अनेकार्थक शब्दहरूको अर्थनिर्णय
उपप्रा.नारायणप्रसाद पौडेल
वाल्मीकि विद्यापीठ, काठमाण्डौ ।
संस्कृत भाषामा धेरै शब्दहरूले एक अर्थ बोध गराउने र एउटा शब्दले नै धेरै अर्थ बोध गराउने गरी दुई खाले शब्दहरू छन् । धेरै शब्दले एउटै अर्थ बोध गराएमा त्यस्ता शब्दलाई पर्यायवाची शब्द भनिन्छन् भने एउटै शब्दले धेरै अर्थ बोध गराएमा त्यस्ता शब्द नानार्थक वा अनेकार्थक शब्द हुन् । यी दुईमध्ये प्रस्तुत लेखमा अनेकार्थक शब्दको अर्थनिर्णयका बारेमा चर्चा गर्न जमर्को गरिएको छ । यस प्रसंगमा हरि शब्दको अर्थ बताउने निम्न श्लोक सान्दर्भिक छ । जस्तै – हरिर्विष्णावहाविन्द्रे भेके सिंहे हये रवौ ,
चन्दे्र कोले प्लवङ्गे च यमे वाते च कीर्तितः ।
वारि वारिदके वापि नवपञ्चार्थकः स्मृतः । ।
१. विष्णु ,२.सर्प ३. इन्द्र ४. भ्यागुतो ५.सिंह ६.घोडा ७. सूर्य ८. चन्द्रमा ९. सुंगुर १०. बाँदर ११ यमराज १२. वायु १३ जल र १४ .मेघ,यी हरि शब्दका अर्थ हुन् । यसरी एउटै शब्दका धेरै अर्थ हुने भएकाले अनेकार्थक शब्द प्रयोग गरिएका वाक्यमा कसरी अर्थ निर्णय गर्ने भन्ने प्रसंगमा भर्तृहरि वाक्यपदीयमा अर्थ निर्णयका १४ साधन उल्लेख गर्दछन् । उनी भन्दछन् –
संयोगो विप्रयोगश्च साहचर्यं विरोधिता ।
अर्थः प्रकरणं लिङ्गं शब्दस्यान्यस्य सन्निधिः । ।
सामथ्र्यमौचिती देशः कालो व्यक्तिः स्वरादयः ।
शब्दार्थस्यानवच्छेदे विशेषस्मृतिहेतवः । ।
१. संयोग –जससँग संयोग वा अथवा सम्बन्ध प्रसिद्ध छ,त्यस आधारमा अनेकार्थक शब्दहरूको अर्थनिर्धारण गरिन्छ । सामान्यतया राम शब्दका तीन अर्थ रहेका छन् –रामचन्द्र ,परशुराम, र बलराम । रामको धनुष, परशुरामको बन्चरो , बलरामको हलो प्रसिद्ध छ । केवल राम भन्नाले सन्देह हुनसक्छ । अतः धनुर्धरः रामः ¥ धनुषधारी राम भन्नाले (दशरथका छोरा ) रामचन्द्र भन्ने अर्थ लिइन्छ । यसै गरी परशुधरः रामः भन्नाले परशुराम र हलधरः रामः भन्नाले बलराम भन्ने अर्थ नै लिइन्छ । यसै गरी हरि शब्दका सूर्य आदि १४ अर्थ भएतापनि सशत्रचक्रः हरिः भन्नाले हरिको विष्णु नै अर्थ लिइन्छ ।
२. विप्रयोग –प्रसिद्ध वस्तु सम्बन्धको अभाव देखिनु नै विप्रयोग वा वियोग हो । यसद्वारा पनि अनेकार्थक शब्दहरूको अर्थनिर्णय गर्न सकिन्छ । रामको सीतासँग सम्बन्ध प्रसिद्ध छ । अतः सीतावियुक्तः रामः (सीता नभएका राम) भन्नाले रामचन्द्र नै अर्थ लिइन्छ ,परशुराम आदि लिइदैँन ।
यसरी नै अवत्सा गौः (बाच्छो नभएको गाई ) भन्नाले गो शब्दले यहाँ गाई भन्ने अर्थ निर्णय गरिन्छ । गो शब्दका गाई ,पृथ्वी,किरण आदि धेरै अर्थ भए तापनि अवत्सा विशेषण जोडिएकाले गाई भन्ने अर्थ लिइएको हो । यस्तै अशङ्खचक्रः हरिः (शङ्खचक्ररहित हरि) भन्नाले पनि हरि शब्दको अर्थ विष्णु भगवान् भन्ने अर्थ निर्णय गरिन्छ ।
३. साहचर्य – भनेको सँगै रहनु हो । जसको साथमा जो रहने प्रसिद्ध छ ,त्यो नै लिइन्छ । रामलक्ष्मणौ –भन्नाले लक्ष्मणको साहचर्यले राम ¥ राचन्द्र अर्थ लिइन्छ । यसै गरी भीम र अर्जुनका धेरै अर्थ भए पनि भीमार्जुनौ यहाँ भीम र अर्जुन दुवै कुन्तीपुत्र भन्ने अर्थ निर्णय गरिन्छ ।
४. विरोध –जसको विरोधी प्रसिद्ध छ , त्यसद्वारा पनि अनेकार्थक शब्दको अर्थनिर्णय गरिन्छ । रामरावणौ भन्नाले राम शब्दले दशरथका छोरा राम भन्ने अर्थ लिइन्छ । यस्तै कर्णार्जुनौ ¥
(कर्ण र अर्जुंन )मा कर्णले राधापुत्र कर्ण र अर्जुनले कुन्तीपुत्र अर्जुन अर्थ लिइन्छ ।
५. अर्थ (प्रयोजन) – जससँग अर्थ वा प्रयोजन प्रसिद्ध छ त्यही अर्थ लिइन्छ । गो शब्दका गाई ,पृथ्वी आदि धेरै अर्थ भए पनि दुग्धाय गां श्रय( दूधका लागि गाईलाई सेवा गर) यहाँ दूध गाईबाट पाइने भएकाले गो शब्दको अर्थ गाई लिइन्छ । यसै गरी कृषये गां श्रय (कृषिका लागि पृथ्वीको आश्रय लेऊ ) मा गो शब्दको पृथ्वी अर्थ लिइन्छ ।
६. प्रकरण (प्रसंग) — प्रकरण वा प्रसंगद्वारा अनेकार्थक शब्दको अर्थ निर्णय गरिन्छ । संस्कृतमा मधु शब्दका धेरै अर्थ छन् —वसन्त ऋतु ,मह, रक्सी आदि । यसको प्रसंग अनुसार अर्थ हुन्छ । मधुमत्तः कोकिलः मा मधुको अर्थ वसन्त ऋतु भन्ने हुन्छ ।
७. लिङ्ग (चिह्न) यहाँ लिङ्गको स्त्रीलिङ्ग पुँल्लिङ्ग भन्ने अर्थ होइन । जससँग जे प्रसिद्ध छ त्यस चिह्नद्वारा उसलाई चिनिन्छ । पयोधर शब्दको बादल र स्तन अर्थ हुन्छन् । व्योम्नि पयोधराः वाक्यमा पयोधरको बादल अर्थ हुन्छ भने वक्षसि पयोधरौ यसमा पयोधर ¥ स्तन अर्थ हुन्छ ।
८. अन्य शब्दको सन्निधि –नजिकमा रहेका पदहरूको सहायताले पनि अनेकार्थक शब्दको अर्थनिर्णय हुन्छ ।
रामः जामदग्न्यः यहाँ जामदग्न्य पद नजिकमा रहेकाले राम भन्नाले परशुराम भन्ने अर्थ हुन्छ ।
९. सामथ्र्य– जुन कार्य गर्ने सामथ्र्य छ त्यो अर्थ लिइन्छ । अभिरूपाय कन्या देया ’मा अभिरूपको सामथ्र्यद्वारा योग्य भन्ने अर्थ लिइन्छ ।
१०. औचित्य –यसका आधारमा अनेकार्थक शब्दको अर्थ निर्णय गरिन्छ । द्विज शब्दका ब्राह्मण, दाँत, पक्षी, आदि अर्थ छन् । द्विजाः पठन्ति मा द्विज ¥ ब्राह्मण हो भने द्विजाः उड्डीयन्ते मा द्विजले पक्षी अर्थ लिइन्छ ।
११ . देश– देश वा ठाउँका आधारमा अनेकार्थक शब्दको अर्थनिर्णय हुन्छ । केदार शब्दका खेत र केदारनाथ आदि अर्थ हुन्छन् , तापनि केदारे गान्धिसरोवरः यस वाक्यमा केदार शब्दको केदारनाथ अर्थ हुन्छ । भात्यत्र परमेश्वरः यहाँ परमेश्वरले राजा अर्थ बुझाउँछ ।
१२. काल –कतिपय अनेकार्थक शब्दको समयका आधारमा अर्थनिर्णय गर्नुपर्छ । प्रातः हरिरुदेति मा हरि शब्दको सूर्य अर्थ हुन्छ । मधौ कोकिलः यस वाक्यमा मधु शब्दले वसन्त ऋतु भन्ने अर्थ लिइन्छ ।
१३. व्यक्ति (लिङ्ग ) लिङ्ग भेदद्वारा पनि अनेकार्थक शब्दको अर्थ निर्णय गरिन्छ । कालः पुँल्लिङ्गको समय, यमराज, अर्थ हुन्छ भने स्त्रीलिङ्गको काली ¥ दुर्गा अर्थ हुन्छ । मित्रः ¥ सूर्य पुँल्लिङ्गको अर्थ हो भने नपुंसक लिङ्गको मित्रम् भन्नाले साथी भन्ने अर्थ हुन्छ । यसै गरी पापः ¥ पापी ,पापम् ¥ पाप, आदि ।
१४. स्वरादि —उदात्त, अनुदात्त, स्वरित आदि स्वरबाट पनि अर्थभेद गरिन्छ । इन्द्रशत्रुः मा तत्पुरुषद्वारा इन्द्रको शत्रु वृत्रासुर हुन्छ भने बहुव्रीहि समास हँुदा स्वर भेद भएर इन्द्र नै शत्रु भन्ने अर्थ हुन्छ । यसरी अनेकार्थक शब्दहरूको अर्थनिर्णयका लागि यी उपर्युक्त साधन बताइएको छ । यी बाहेक ष–सका भेद, न र णका भेद ,आङ्गिक अभिनय ,मुखविकार , नेत्रविकार, हस्तसङ्केत आदि पनि अर्थनिर्णयका साधन हुन सक्छन् । अस्तु
सन्दर्भग्रन्थसूची
द्विवेदी , कपिल, भाषा विज्ञान एवं भाषा शास्त्र , वाराणसी ः विश्वविद्यालय प्रकाशन, ई. सं. १९९७(पं.सं.)
भट्ट , कौण्ड , वैयाकरणभूषणसार , दर्पणव्याख्या (व्याख्याकार श्रीहरिबल्लभ) तथा सुबोधिनी हिन्दी व्याख्यासहित (व्याख्याकार डा. चन्द्रिकाप्रसाद द्विवेदी )
दिल्ली ः चौखम्बा संस्कृत प्रतिष्ठान ई.सं.२००१(तृ.सं.)
भट्ट, नागेश, वैयाकरणसिद्धान्तपरमलघुमञ्जूषा , किरणावली संस्कृतव्याख्या एवं हिन्दी व्याख्या सहित
(व्याख्याकार लोकमणि दाहाल) वाराणसी ः चौखम्बा सुरभारती प्रकाशन ई.सं. १९९१ ।
भर्तृहरि, वाक्यपदीय, अम्बाकत्र्री व्याख्या सहित ( व्याख्याकार पण्डित रघुनाथशर्मा ‘पद्मश्री’ वाराणसी ः सम्पूर्णानन्द – संस्कृत विश्वद्यिालय, विं सं २०४५ ।

प्रतिक्रिया व्यक्त गर्नुहोस्