भिक्षुको ‘हारजित कथामा भाषिकप्रयोग र शब्दस्रोत
कृष्णप्रसाद कोइराला
उप प्राध्यापक
पिण्डेश्वर विद्यापीठ, धरान–१४, सुनसरी
उप प्राध्यापक
पिण्डेश्वर विद्यापीठ, धरान–१४, सुनसरी
१.१. कथाकार भवानी भिक्षु
आधुनिक नेपाली कथाका समुज्ज्वल नक्षत्र कथाकार भवानी भिक्षुको जन्म वि.सं. १९६६ मा नेपालको हालको कपिलवस्तु जिल्लाको गोटिहवा भन्ने ठाउँमा भएको हो । शारदा पत्रिकामा वि.सं. १९९५ मा प्रकाशित भएको ‘मानव कथा उनको प्रकाशित पहिलो नेपाली कथा हो । उपन्यास, निबन्ध र कवितामा पनि भिक्षुको कलम नकुदेको त होइन तर यिनको प्रसिद्धिको क्षेत्र भने कथाकारिता नै रèो । पुस्तकाकार रूपमा उनका चार वटा कथासङ्ग्र्रहहरू प्रकाशित छन्, ती हुन् – गुनकेशरी (२०१७), मैयाँ साहेब (२०१७), आवर्त (२००४) र अवान्तर (२०३४) । नेपाली भाषासाहित्यका साधनाका अतिरिक्त विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा सेवा पु¥याएका भिक्षुले आÇनो भौतिक शरीरको अवसानपर्यन्त (२०३८) आÇनो सिर्जनशीलतालाई जारी राखे । उनी आधुनिक नेपाली कथाक्षेत्रमा कथाकलाका एक अमर प्रतिभा हुन् ।
१.२. भिक्षुका कथाका मूल प्रवृत्ति
भवानी भिक्षुका कथाहरूमा सामाजिक जीवनयापनको क्रममा मानवमनमा प्रस्फुटन हुने विभिन्न भावना र तिनले अनुभूत गरेका सङ्घर्षलाई मुख्यतः संयोजन भएको पाइन्छ । समाज र परिवेश जगत्मा प्राप्त हुने बाè घटनाका तुलनामा उनले मानसिक जगत्मा प्राप्त घटना, आरोह–अवरोह तथा किचलोलाई कथामा व्यक्त गर्ने सशक्त माध्यम बनाएका छन् । जीवन भोगाइका सबै कालखण्डका पात्रहरू के बालबालिका, के तरूण, के बुढाबुढी सबैका मनोदशा व्यक्त गर्न सिपालु देखिन्छन्, भवानी भिक्षु । त्यसैले यिनका कथामा कथावस्तु भन्दा पनि अझ आकर्षक तŒवका रूपमा पात्र वा चरित्र रहने गर्दछन् । घर परिवार र समाजको पृष्ठभूमिमा खडा गरिएका पात्रहरूको मानसिक भावना तथा तिनका बाè र आन्तरिक समस्याहरू खोतल्ने एवं अन्वेषण गर्ने प्रवृत्ति यिनमा प्राप्त हुन्छ । यिनले आÇना कथामा विशेषतः नारी पात्रको चरित्रचित्रणमा मुख्य रुचि देखाएका छन् । परिवेशगत रूपमा यिनका कथा २००७ सालको क्रान्तिलाई मुख्य बिन्दु मानी त्यस अघि र पछिको नेपाली समाज र त्यसका राजनैतिक आर्थिक एवं अन्य पक्षहरूको चित्रणमा केन्द्रित छ । सहरी जीवन र ग्रामीण जीवन दुबैलाई उत्तिकै महŒव दिई कथा लेख्ने भिक्षुले आÇना केही कथामा आञ्चलिकतालाई प्रस्तुत गरी विशेषतः तराईको ग्रामीण जनजीवनलाई समेत प्रस्तुत गरेका छन् । उनका कथाका सामाजिक परिवेश र युगको चित्रणमा आदर्श र व्यवहारका बीचको पार्थक्य देखाई समाज, मानिस र युगप्रति हास्यव्यङ्ग्य वा व्यङ्ग्य र उपहासको प्र्रयोग पनि गरिएको छ । द्वन्द्वगत रूपमा भिक्षुले मानिस–मानिसका बीचमा र मानिसका आÇनै अन्तर्मनमा उत्पन्न हुने ससाना भावना र तिनका ग्रन्थीलाई देखाउने कुरामा महŒव दिएका छन् ।
मानिसका मनका प्रेम, ईष्र्या, द्वेष, घृणा, शत्रुता, अहङ्गार, क्षुद्रता, कुण्ठा, निराशा, पीर आदि अनेक थरी मसिना कुरालाई उनका कथाले अन्वेषण गर्ने र खोतल्ने गर्दछन् । सिग्मन्ड फ्रायडका मनोविश्लेषण सिद्धान्तलाई आÇना कथामा प्रयुक्त गर्ने कथाकार भिक्षु सशक्त मनोवैज्ञानिक कथाकार हुन् । उनका कथामा बाè तथा अन्तरिक घटना र चरित्रको वर्णन र विश्लेषणका साथै दृश्यहरू खडा गर्ने र पात्रका संवाद एवं मनोवादको समेत प्रयोग गर्ने द्वन्द्वात्मक पद्धतिलाई प्रयोग गरिएको पाइन्छ । उनका कथा आन्तरिक (प्रथमपुरूष कथन ढाँचा) र बाè (तृतीय पुरूष कथन ढाँचा) दुबै दृष्टिविन्दुमा रचना गरिएका छन् । भाषा प्रयोगका दृष्टिले मानकीकृत र स्तरीकृत भाषालाई चनाखो भई प्रयोग गर्नाले केही कृत्रिमता र विशिष्टतालाई ग्रहण गर्ने कथाकार भिक्षु मूल रूपमा स्वच्छन्दतावादी, यथार्थवादी र मनोवैज्ञानिक कथाधाराहरूलाई मिश्रण गरी उत्कृष्ट आधुनिक नेपाली कथा सिर्जना गर्न सक्षम देखा पर्दछन् ।
चालिस वर्षभन्दा लामो अविच्छिन्न कथायात्रामा मानव जीवनका रहस्यलाई छुने र भावुकतामा रमाउने अनि त्यस युगको नेपाली समाजको यथार्थ अवस्थाका साथै मानिसका मनका थरीथरीका मसिना भावनाहरूलाई केलाउने प्रवृत्तिलाई मुख्य विषयवस्तुका रूपमा आÇना कथामा प्रस्तुत गर्ने भवानी स्वच्छन्दतावादी र रहस्यवादी कथाधाराका सामाजिक यथार्थवादी र मनोवैज्ञानिक कथाधाराको सड्डममा कथा रच्ने कथाकार हुन् । समाज र जीवनका अनेक पक्षलाई आÇना कथामा प्रस्तुत गर्ने भिक्षुले मुख्यतः नरनारीका बीचमा उत्पन्न हुने पारस्परिक मानसिक आकर्षण र प्रेमका साथै विविधतायुक्त द्वन्द्व, तनाव र व्यथालाई प्रस्तुत गरी आÇनो पृथक् लेखन पद्धति नेपाली कथालाई प्रदान गरेको पाइन्छ ।
२.१. कृतिगत सन्दर्भ
भवानी भिक्षुको ‘हारजित कथा २०१५ सालमा लेखिएको कथा हो र यो कथा उनैको मैयाँसाहेब कथासङ्ग्रह (२०१७) मा सङ्गृहीत छ । यो कथा सानाठूला गरी ५४ अनुच्छेदमा संरचित कथा हो र संवादका क्रममा कतिपय अनुच्छेदहरू त एउटा वाक्य र एक हारमा मात्र पनि सीमित छन् । उनले यो कथा नेपालको पश्चिमी तराईको स्थानीय ग्रामीण जनजीवनलाई प्रस्तुत गरी लेखेका हुन् र यो कथा सामाजिक पृष्ठभूमिमा आधारित एउटा मनोवैज्ञानिक कथा पनि हो । परिवेश चित्रणबाट सुरु गरिएको यस कथामा घुरहु महतो र मनोहरको उच्च मनोग्रन्थीको अहम्को द्वन्द्वलाई नाटकीकरण गरिएको छ । यी दुई जना प्रमुख पात्रका बीच सामाजिक प्रतिष्ठा प्राप्तिका लागि कडा प्रतिस्पर्धा यस कथामा चित्रण गरिएको छ । यस प्रतिस्पर्धामा कसको हार भयो वा कसको जित भयो भन्ने कुरालाई अनिर्णीत अवस्थामा राखिएको छ र हारजितको विषयलाई मनोवैज्ञानिक ढड्डले खुट्याउने प्रयास गरिएको छ । यिनै सामाजिक र मनोवैज्ञानिक पृष्ठभूमिमा यो कथाको सिर्जना भएको हो । कथामा प्रमुख पात्रका रूपमा यी दुई पात्रका अतिरिक्त यसमा अलगुवा, उसको गोज्याङ्ग्रो छोरो, तयफवा, रतियाको ससुरो, सोनवा आदि अन्य पात्र पनि रहेका छन् । यस कथामा आन्तरिक ऊहापोहलाई चित्रण गरिएको छ ।
२.२. कथानक
हारजित कथाको कथानक झिनो छ । गोटिहवा गाउँको एउटा निम्नवर्गीय व्यक्ति अलगुवाकी बुहारी सोनवा सधैंभरि आÇनो लोग्नेको बिनाकारणको कुटपिटका कारण दुःखित हुन्छे र दिनहुँ यस्तै स्थिति सहनु पर्ने भएपछि त्यसबाट उन्मुक्त हुन गाउँकै सम्पन्न व्यक्तित्व मनोहर महतोका शरणमा पुग्दछे र उसकै घरमा आश्रय लिन पुग्दछे । कामको चापाचाप भएको र कामदारको अभाव हुँदै गरेको अवसरमा बिना–पारिश्रमिक काम लिन पाउने आशाले मनोहरले उसलाई आश्रय दिएको देखिन्छ । उता गाउँमा सोनवाले गृहत्याग गरी मनोहरकहाँ आश्रय लिएपछि टीकाटिप्पणी हुन थाल्छ । अर्कातिर मनोहरले सोनवाको रूप तथा आचरणमा आकर्षित भई आÇनो पठ्ठो छोरोलाई सोनवा भिराई बुहारी पो बनाउँछ कि भन्ने शङ्गाले गाउँ नै हल्लिन्छ । यस क्रममा घुरहु महतोले सामाजिक मानमर्यादा र प्रतिष्ठा रक्षा गर्न तथा सोनवालाई उसकै घरमा फिर्ता पठाउने सर्तमा मनोहरका घरमा आÇनी विवाहिता छोरी रतियालाई कामदारका रूपमा जिम्मा लगाएर मुक्ति दिलाएको देखिन्छ । यसरी सम्पन्नताको प्रतिमूर्ति मनोहरले आÇनो वैभव र सानलाई प्रतिष्ठित तुल्याउन खोजेको देखिन्छ भने घुरहु सामाजिक प्रतिष्ठाका पक्षपाती देखिन्छन् । यस क्रममा मनोहरले पनि आफूकहाँ रहुन्जेल रतियालाई आÇनै छोरी झैं स्नेह र वात्सल्य प्रदान गर्दछ, साथै उसको द्विरागमनको समय आएपछि सामाजिक विधिपूर्वक ससम्मान बिदावारी गरी उसकै घर (पतिगृह) तिर पठाउँछ । यसरी यहाँ गाउँको धनीमानी मनोहर र प्रतिष्ठित घुरहुका बीचमा भएको व्यक्तित्वको टक्कर नै कथाको मुख्य कथ्य विषय हो ।
यस कथामा आ–आÇना अहम्का लागि भएको घुरहु र मनोहरका बीचको द्वन्द्वलाई राम्ररी प्रस्तुत गरिएको छ । स्थानीय परिवेशलाई उजिल्याउनु यस कथाको उद्देश्य हो । हारजित शीर्षकले घुरहु र मनोहरको प्रतिष्ठाको सवाललाई बोकेको हुँदा यो औचित्यपूर्ण र सार्थक छ । कथाव्याख्याताका रूपमा कथाकार आफैं रहेकाले यो कथा तृतीय पुरुष दृष्टिबिन्दुको कथन ढाँचामा अभिव्यक्त कथा कृति हो । घुरहु र मनोहरको हारजितको मनोवैज्ञानिक पक्षको उद्घाटन गरिएको प्रस्तुत कथा विषय र भावको आधारमा उत्कृष्ट बन्न पुगेको छ ।
२.३ आञ्चलिकता
भवानी भिक्षु आÇनो देश र देशको माटोप्रति सर्वतोभावेन समर्पित साहित्यकार थिए । उनी देशभक्त र भाषाभक्त लेखक थिए । अनेपाली भाषाभाषी भएर पनि उनी नेपाली भाषाका अनन्य सेवक थिए । उनी अवधी भाषाभाषी थिए तर त्यस भाषामा उनले कलम चलाएको कुनै प्रमाण पाइँदैन । बरु सम्पर्क भाषा हिन्दीमा उनले धेरै योगदान दिएका छन् । कालान्तरमा हिन्दी भाषामा आÇनो लेखन बन्द गरेर नेपाली भाषामा लेख्नु उनको राष्ट्रभाषा नेपाली प्रतिको असीम प्रेम तथा अनन्त श्रद्धाको द्योतक हो । आÇनो देशप्रति र देशको भाषाप्रति उनको निम्नाङ्गित उद्गार अभिनन्दनीय, प्रशंसनीय र सराहनीय छ –‘देश र माटो असाधारण आशक्ति हो । स्वर्गको सम्पूर्ण सान्त्वना लिएर जान लागे पनि यही माटोकै भाषामा मानिसलाई अथाह पीर खप्नुपर्छ । नेपाल तराईका बासिन्दा भएकाले भवानी भिक्षु त्यहाँको रहनसहन, रीतिरिवाज, खानपिन, पहिरन र जीवनशैलीसित पूर्ण परिचित थिए । अतः उनको प्रस्तुत हारजित कथामा त्यहाँको ग्रामीण जीवनको यथार्थ चित्रण गरिएको छ । भवानी भिक्षुले यस कथाबाट नेपाली साहित्यको आञ्चलिक परिवेशलाई अङ्गित गरेर एउटा प्रशंसनीय काम गरेका छन् । नेपालको तराईको आञ्चलिक परिवेशमा लिखित यो नेपाली साहित्यको पहिलो कथा नै हुन सक्तछ । भिक्षु स्वयं तराईबासी भएकाले आÇना रचनामा आञ्चलिक परिवेशको जीवन्त निरूपण गर्न निपुण साहित्यकारको रूपमा देखापर्नु कुनै आश्चर्यको कुरो होइन ।
२.४. भाव र सन्देश
समाजका दुई प्रतिष्ठित व्यक्तिका बीचमा सामाजिक प्रतिष्ठाका लागि भएको अहम्को द्वन्द्व देखाइएको प्रस्तुत कथामा समाजमा आफूलाई उच्च देखाउने जुन अहंभाव मानिसमा रहेको हुन्छ त्यसैको अभिव्यक्ति घुरहु महतो र मनोहर महतोका माध्यमबाट गरिएको छ । यस कथामा मानिस सामाजिक प्रतिष्ठाका लागि जस्तोसुकै त्याग गर्न पनि तत्पर हुन्छ भन्ने देखाई मानिसका निम्ति सबैभन्दा ठूलो कुरा इज्जत नै हो भन्ने भाव वा विचार व्यक्त गरिएको छ । यहाँ कथाकारले सामाजिक परिवेशलाई पृष्ठभूमिमा राख्दै दुबै पात्रका बीचको अन्तद्र्वन्द्वका माध्यमबाट कसैको हार र कसैको जित नभएको कुरा बताउँछन् । सारांशमा कथाले त्याग र समर्पणको भावनाले नै मानिसको चरित्रलाई उच्च र आदर्श बनाउँछ भन्ने सन्देश प्रदान गरेको छ ।
२.५. भाषाशैली
भवानी भिक्षुका कथामा प्रयुक्त भाषा र शैली संस्कृतपरक, शिष्ट र शालीन हुने गर्दछ । उनी तत्सम शब्दको प्रयोगमा अलि बढी रत्तिन्छन् । यिनको भाषामा हिन्दी भाषाको प्रभावसमेत भेटिन्छ । आनुप्रासिक वाक्ययोजना र गम्भीर, तार्किक, बौद्धिक एवं मार्मिक भाव संयोजनले यिनको भाषाशैलीमा पृथकता पहिल्याउन सकिन्छ । यद्यपि उनको अभिव्यक्तिलाई सहज, सरस र सरल नै भनिहाल्न मिल्दैन । अझ आञ्चलिक कथावस्तुलाई नेपाली भाषामा प्रस्तुत गरिएको हुँदा यस कथामा हिन्दी र स्थानीय भाषाको समेत प्रयोग भएको देखिन्छ । कथाको उद्देश्य नै स्थानीय परिवेशलाई उजिल्याउनु रहेकाले यस किसिमको प्रयोगलाई स्वाभाविक मान्नु पर्छ ।
३. शब्दस्रोतका सन्दर्भमा हारजित कथा
हारजित कथामा गणना गर्दा पुगनपुग चार हजार (३९१८) शब्द र करिब तीन सय (२८६) वाक्यको प्रयोग गरिएको देखिन्छ । यी मध्ये ९१.६ प्रतिशत शब्द (३५८९) नेपाली तद्भव स्रोतका छन् भने झण्डै ५.४ प्रतिशत जति शब्द (२१२) तत्सम (संस्कृत) स्रोतका छन् । साथै ३ प्रतिशत जति शब्द (१२७) आगन्तुक स्रोतका पनि छन् । यस कथामा प्रयोग गरिएका धेरै जसो तत्सम शब्द प्रचलित किसिमका नै छन् । यद्यपि अवलम्ब, मूकविरोध, आलोचनापत्रिका, निःसन्दिग्ध, निगूढ, मनश्चेतना, स्फूरित, अभ्यन्तर, निःस्पृह, परिहार, मर्यादाबोध, अकल्पनीयता, अनुभवशीलता, उद्वेलन, कल्मष आदि तत्सम शब्द भने नेपालीमा कमै प्रचलनमा देखिन्छन् । यी शब्दको प्रयोग खास गरी प्रकृतिको चित्रण गर्ने क्रममा र जीवन भोगाइका क्रममा पीडा, वेदना र रहस्यलाई प्रकट गर्दा आएका छन् । यस कथामा प्रयोग भएका आगन्तुक शब्दहरू मध्ये केही शब्द आञ्चलिक परिवेश र पश्चिमी तराईको परिवेश एवं स्थानीय पात्र छनौट गर्ने क्रममा देखिने शब्द छन्, जुन नेपाली भाषामा अलि नौला लाग्ने भए पनि अन्य शब्दहरू नेपालीमा प्रचलित नै देखिन्छन् । जस्तै दाँद, गोठघारी, काढ्नु, पाट्नु, मरदलबाग, बरकत, बढ्ती, गुहारिन, बेसाहा, मचिया, दिदाकी दब्बर, बोरिदिन्थे, जङ्करेत, देहार, खतुका, कउडा, जाजिम, तलहिया, डेहेरी, रसिदा, पतुरिया, बेरी आदि शब्द नेपाली भाषामा भित्रिसकेका देखिंदैनन् । भाषिक विशिष्टतालाई सरल तुल्याउन यस्ता शब्दको शब्दार्थ कथाकै पाटटिप्पणीमा अंकित गरिएको पनि छ । कथाकार भवानी भिक्षुले प्रस्तुत हारजित कथामा सुरुदेखि पन्ध्रौं अनुच्छेदभित्र प्रयोग गरेका तत्सम शब्दहरूको संस्कृतभाषामा रहेको शब्द निर्माण प्रक्रिया र त्यसको नेपाली भाषामा प्रचलित शब्दार्थ यहाँ प्रस्तुत गरिएको छ, जसमा संस्कृत शब्द निर्माण प्रक्रमलाई कोष्ठकभित्र र कथाको भावले समात्ने अर्थलाई मोटा अक्षरमा राखिएको छ ।
पूर्वदक्षिण ः ड्ढपूर्व+अच्+दक्ष्+इनन्), पूर्व र दक्षिण दिशाको मध्यविन्दु ड्ढपूर्व – सूर्य, चन्द्रमा आदि ग्रह उदाउने दिशा, दक्षिण– सूर्योदय हुने दिशातिर हेर्दा दाहिने पर्ने दिशा)
सूर्यविम्ब ः ड्ढसरति आकाशे सूर्यः, यद्वा स्रुवति कर्मणि लोकं प्रेरयति – सृ+क्यप्+वी+वन् ), सूर्यमण्डल, सूर्यवरिपरि लाग्ने घेरो ।
वस्तु ः ड्ढवस्+तुन्), पृथ्वी वा ग्रहमा पाइने जुनसुकै पदार्थ, भौतिक अस्तिŒव वा अलग पहिचान पहिचान भएको कुनै चीज ।
शिवपुर ः ड्ढशो+वन्+पृ+क), तीन मुख्य देवता ब्रह्मा, विष्णु, महेश्वरमध्ये एक, संहारक देवता महादेवको पुर वा बासस्थान । कुनै गाउँको नामविशेष ।
छाया ः ड्ढछो+य+टाप्), कुनै वस्त्र, व्यक्ति आदिले सूर्य, बत्ती आदिको प्रकाश छेकिँदा पर्ने ओझेल, छाया छहारी, सियाँल । प्रतिबिम्ब । प्रभाव, असर । अनुवाद, उल्था, अनुकरण । आश्रय, आछापिछा ।
दोष ः ड्ढदुष्+घञ्), कुनै वस्तु, व्यक्ति आदिमा हुने कमी, कमजोरी, खराबी वा दुर्गुण । कसैका विरूद्ध लगाइएको लाञ्छना, फत्तुर अभियोग, अत्तो । कसुर अपराध । दाग, कलङ्ग, खोट । अशुद्धि, त्रुटि, भुल, गल्ती । उत्तर, कस । शरीरमा वायु, कफ आदिबाट हुने विकार वा त्यस्तो प्रकोप । कथाको मुख्य भावलाई धमिल्याउने अवगुण ।
अधीन ः ड्ढअधीगतम् इनम् प्रभुम्), बसमा वा पकडमा रहेको । स्थिति, मातहत, अन्तर्गत, आश्रय, खटन । मातहतमा रहेको आश्रित अन्तर्गतको ।
लक्ष्मी ः ड्ढलक्ष्+ई, मुट् च), धनकी देवी भगवान् विष्णुकी पत्नी, धनसम्पत्ति, ऐश्वर्य, समृद्धि, श्रीसम्पत्ति , लच्छिन, शुभ, शोभा । गाईलाई आदर गर्दा भनिने शब्द । घरकी मालिक्नीलाई भनिने शब्द ।
मल ः ड्ढमृज्यते शोध्यते, मृज्+कल्), गोबर पात पतिङ्गर कुहाएर बनाएको मैलो बस्तु । खेतबारीमा उब्जनी बढाउन प्रयोग गरिने रासायनिक पदार्थ, खाद, उर्बरक । फोहोरमैला दिशापिसाब, विष्ठा, कसर, कस, मयल, विकार ।
अघोर ः ड्ढनञ्+घुर्+अच्), ज्यादै डरलाग्दो भयानक, ज्यादै, अति विछट्ट ।
मुख ः ड्ढखन्+अच्, डित् धातोः पूर्व मुट् च), प्राणीहरूको बोल्न र खानका लागि उपयोगी अवयव, थुतुनो, चुच्चो । अनुहार, चेहरा, मुहार । वस्तुको अग्रभाग, मोहडा । प्रवेश गर्ने ठाउँ, ढोका, द्वार । थालनी, प्रारम्भ, अग्रभाग । प्रधान, प्रमुख ।
अनुहार ः ड्ढअनु+हृ+घञ्), मुख, मुखमण्डल, चेहरा । बाहिरी रूप, आकार, आकृतिप्रकृति ।
सङ्गल्प ः ड्ढसम्+कृप्+घञ्, गुणः रस्य लः), कुनै काम गर्ने अठोट, दृढ निश्चय, प्रतिज्ञा, बाचा । पूजा, यज्ञ आदिमा यजमानको तर्फबाट पुरोहितले पढ्ने दान पुण्य कर्म आदिसँग सम्बन्धित प्रतिज्ञावाक्य ।
परिचायक ः ड्ढपरि+चि+अप्+ण्वुल्), परिचय दिने चिनाउने चिनारी गराउने, चिनो, समझौटो, सङ्गेत पहिचान ।
आपतविपत ः ड्ढआ+पद्+क्विप्+वि+पद्+क्विप्), कुनै काममा आइपरेको सङ्गट, विपत्ति । अप्ठ्यारो स्थिति, मुस्किल ।
अन्तिम ः ड्ढअन्त+ङिमच्), पल्लो, आखिरीको, उपल्लो, अन्त्यको, अर्को, परको, पछिल्लो, पछिको,
अवलम्ब ः ड्ढअव+लम्ब्+घञ्), आश्रय ।
निर्णायक ः ड्ढनिर्+नि+अच्+ण्वुल्), छलफलबाट निस्केको कुरा, निष्कर्ष, निधो, टुङ्को, निक्र्यौल ।
शक्ति ः ड्ढशक्+क्तिन्), व्यक्ति, प्राणी आदिमा हुने क्षमता, सामथ्र्य, बल आदि । सम्पत्ति, पद, प्रतिष्ठा, सत्ता आदिको प्रभाव, दबदबा । देवता, मन्त्र जादुटुना आदिको रहस्यमय प्रभाव । चमत्कार । हावा, घाम, विजुली, दाउरा, तेल आदिको ताप वा रापबाट प्राप्त हुने ऊर्जा । कुनै वस्तुलाई आफूतिर तान्ने तथा प्रभावमा पार्ने क्षमता । शब्द र अर्थका बिचको सम्बन्ध ।
अनुभव ः ड्ढअनु+भू+अप्), देखेर वा भोगेर आर्जन गरिने ज्ञान, पढेर होइन परेर जानिएको कुरा, भोगाइ । इन्द्रियहरूले थाहा पाउने संवेदना, अनुभूति । स्वतःस्फूर्त हुने बोध, अन्तरात्माको अनुभूति, महसुस । आर्जित क्षमता, दक्षता, परिपक्वता ।
परिचित ः ड्ढपरि+चि+क्त), परिचय भएको, चिनारी वा पहिचान भएको, चिनेजानेको, ज्ञात ।
व्यक्ति ः ड्ढवि+अञ्ज्+क्तिन्), पृथक मान्छे, भिन्न मान्छे । प्रत्येक एकाइ वा पृथक सत्ता ब्यष्टि, प्रकट हुने स्थिति, प्रकटन ।
प्रख्यात ः ड्ढप्र+ख्या+क्त), नाम चलेको, कीर्ति फैलेको, प्रसिद्ध ।
हरिहर ः ड्ढहृ+इन् हरिः, हृ+अच् हरः), विष्णु र शिवको संयुक्त रूप, हरिकङ्काल वा तन्नम भएको अवस्था । भारतको विहार प्रान्तमा गण्डकी नदी र गङ्काको सङ्कममा पर्ने तीर्थस्थल, हरिहरक्षेत्र ।
क्षेत्र ः ड्ढक्षि+स्ष्ट्रन्), जमिन आदिले समेटेको परिधि वा भाग । ठाउँ, स्थल, प्रवेश । निश्चित विषयको परिधि, खास परिवेश, विशेष फाँट, तीर्थस्थल, धाम ।
गङ्कास्नान ः ड्ढगम्+गन्+टाप्+स्ना+ल्युट्), गङ्काजीको पवित्र नदीमा नुहाउने काम, कुनै तीर्थस्थल वा नदीमा गएर स्नान गरिने काम । पवित्र हुने काम ।
गोधन ः ड्ढगच्छत्यनेन गम् करणे गोः, धन्+अच्, गो एव धनं गोधनम्), गाई, भैँसी, भेडाबाख्रा आदि । पशुसम्बन्धी धन, पशुधन ।
आत्मा ः ड्ढअत्+मनीण्), शरीरलाई जीवित राख्ने विश्वास गरिएको आध्यात्मिक तŒव । हंश । प्राणीमा रहेर सत् असत्को विवेक गर्न सक्ने, साक्षी, चेतना तŒव, चैतन्य, मनको साक्षी कुनैे वस्तु वा विषयको मूल तŒव वा सारतŒव ।
सामाजिक ः ड्ढसम्+अज्+घञ् समाज, समाज+इक), समाजमा हुने, समाजमा पाइने, समाजसँग सम्बन्धित समाजमा आधारित । समाजमा घुलमिल भएर वस्ने मिलनसार, सहयोगी ।
अन्याय ः ड्ढनञ्+नि+इ+घञ्), नीति तथा नियम विरूद्ध गरिने काम । निसाफ नभएको स्थिति, न्यायको अभाव, अनुचित व्यवहार, अनाचार, मनपरी, अत्याचार ।
असहाय ः ड्ढनञ्+सह+इ+अच्), सहायता नपाएको । कसैले साथ नदिएको, कोही सहयोगी वा मदतगार नभएको । निःसहाय, अनाथ ।
अवस्था ः ड्ढअव+स्था+अङ्¬¬), कुनै कार्य, घटना आदिको स्थिति । कुनै व्यक्तिको हालचाल, हालत वा दशा । उमेर आदिको तह वा चरण । कुनै स्थानको वातावरण वा परिवेश, अवस्थिति ।
विह्वल ः ड्ढवि+êल्+अच्), पीडा, शोक, डर, चिन्ता आदिले मन अशान्त भएको आत्तिएको बेचैन, ब्याकुल ।
मर्यादा ः ड्ढमर्यायां सीमायां दीयते मर्यादा, मर्या+दा+अङ्+टाप्), गर्न हुने कुनै कार्य वा विषयबारे तोकिएको सीमा, नैतिक बन्धनको हद, नैतिकता, आचरण, प्रचलित नियम अनुशासन वा रीतिस्थिति । मान, इज्जत, प्रतिष्ठा ।
मनोहर ः ड्ढमनस्+हृ+अच्), मनलाई लोभ्याउने वा हरण गर्ने, आकर्षक, मनोरम, मनोहारी । पात्र विशेषको नाम ।
प्रदक्षिणा ः ड्ढप्र+दक्ष्+इनन्+आच्), मन्दिर वा यज्ञमण्डपलाई दाहिने पारी घुम्ने काम, परिक्रमा, फेरो ।
एकान्त ः ड्ढएक+अन्त), अरू कोही नभएको, हल्ला बिनाको, निर्जन, सुनसान, एकलास ।
दुःख ः ड्ढदुष्टानि खानि यस्मिन्, दुष्टं खनति वा खन्+ङ+अच्), शारीरिक वा मानसिक पीडा, कष्ट, ब्यथा, विपत्ति आपत्ति सङ्गट ।
परिकार ः ड्ढपरि+कृ+अण् घञ् वा), खानेकुराका प्रकार, धेरै किसिमको खाना ।
गृहस्थी ः ड्ढग्रह्+क+स्थ गृहस्थः, गृहस्थ+इनि), घरबार गरेर बस्ने व्यक्ति, गृहस्थ । घरव्यवहार, घरबार ।
मूकविरोध ः ड्ढमू+कक्+वि+रुध्+घञ्), प्रत्यक्ष नदेखाई मौन रहेर असहमति जनाउने काम ।
संसार ः ड्ढसम्+सृ+घञ्), पृथ्वीको सम्पूर्ण भूभाग, विश्व, दुनियाँ । मान्छेको देख्न वा हिडडुल गर्न सक्ने सबै ठाउँ । धेरै देशप्रदेश, सम्पूर्ण पृथ्वीजगत् । पृथ्वी र यहाँ रहेका सम्पूर्ण प्राणी, वनस्पति, जनता आदि । जीवहरूको लोक, मत्र्यलोक । सम्पूर्ण लौकिक व्यवहार वा पप्रञ्च । चल अचल सम्पत्तिको छेलोखेलो, अथाह, स्थिति ।
विचार ः ड्ढवि+चर+घञ्), कुनै विषय, समस्या आदिका बारेमा सोचिएको कुरो, मनस्थिति, चिन्तनमनन । मनमा उठेको कुरो, अनुभूति, सोच, समझ । कुनै विषयमा गरिएको तर्क, पक्ष विपक्षबारे सोचाइ । मनले कुनै विषयमा यसो गर्छु भनेर गरिएको सङ्गल्प, अठोट, ठहर । बुद्धि, विवेक । कुनै ठाउँ सामान आदिको रेखदेख अवलोकन, हेरविचार, वास्ता, ख्याल । सहयोग, मदत । क्रियापुत्रीको घरमा बन्धुबान्धवले लैजाने खानेकुरा आदि ।
अभ्यस्त ः ड्ढअधि+अस्+क्त), अभ्यास गरिएको, अभ्यासले गर्दा बानी परेको । निपुण, दक्ष ।
धनी ः ड्ढधन्+इनि), धैरै धन हुने, धनवान्, धनाढ्य, सेठ । अरूलाई ऋण दिने व्यक्ति, साहु । मालिक, स्वामी । धन भएको व्यक्ति ।
घटना ः ड्ढघट्+ल्युट्+टाप्), अकस्मात् भएको कुनै गतिविधि, विशेष गतिविधि, हत्या, दुर्घटना, डकैती ।
विषय ः ड्ढवि+सि+अच्, षत्वम्), त्यस्तो कुरा जसको बारेमा बयान गरिन्छ, छलफल गरिन्छ, लेखिन्छ वा पढिन्छ । वर्णनीय वस्तु, पदार्थ, तŒव, कार्य वा व्यवहार । छलफल, वर्णन आदिको शीर्षक । अध्ययनको खास क्षेत्र । ज्ञानेन्द्रियले थाहा पाउने भौतिक वा आत्मिक अनुभव, सम्बन्ध, प्रसङ्क ।
चर्चा ः ड्ढचचर््+अङ्+टाप्) कुनै विषयमा गरिने छलफल विचार विमर्श । प्रसङ्ग, सन्दर्भ ।
४. निष्कर्ष र मूल्याङ्गन
कथाकार भवानी भिक्षुका कथामा भाषा प्रयोगमा नेपाली भाषाको झर्रोपनका तŒवहरूको थोरै मात्र प्रयोग भएको पाइन्छ । उनी तत्सम (संस्कृत) शब्दहरूको प्रचुर प्रयोग गर्दछन् र हिन्दी एवं अन्य आगन्तुक शब्दको पनि निकै प्रयोग गर्दछन् अनि उनका तत्सम शब्दहरूकै प्रयोगमा पनि केही कृत्रिमता र क्लिष्टता रहेको पाइन्छ । कम प्रचलित तत्सम शब्दहरूको प्रयोग र स्वाभाविक तथा चोखो नेपाली वाक्य गठनका अपेक्षाका दृष्टिले उनको भाषाप्रयोगमा केही कमजोरी र कसर छन् । उनका पात्रहरूकै संवादका क्रममा शिष्ट बोलचालका भाषाको स्वाभाविकताका दृष्टिले भाषामा केही कसर रहेको पाइन्छ । नेपालको पश्चिम तराईको अवधी भाषा उनको मातृभाषा भएको र नेपाली भाषाको नियमित शिक्षाको अवसर पनि उनले नपाएकाले सामाजिक सम्पर्क र साहित्य स्वाध्ययनकै आधारमा राष्ट्र भाषा नेपालीको प्रयोग गरी उनी नेपाली भाषाका महान् कथाकार बन्न पुगेका छन् । सहज र आकर्षक भइकन पनि लामालामा वाक्य र केही अप्रचलित खालका आगन्तुक शब्दहरूको प्रयोग गरिएकाले यस कथाको भाषाशैली केही मात्र जटिल बन्न पुगेको हो । नेपाली भाषा मातृभाषा नभएका तराईबासी नेपाली साहित्यकारहरू मध्ये भिक्षु सर्वश्रेष्ठ प्रतिभा हुन् साथै उनका भाषामा शब्दप्रयोग र वाक्यव्याकरणका दृष्टिले केही कसर, कृत्रिमता र क्लिष्टता रहे पनि कथाको कलामा भने उनले ठूलो कुशलता देखाएका छन् । थोरै परिश्रम र मिहिनेतपूर्वक अध्ययन गर्दा उनको भाषाशैली कथाको भाव र कला दुवै पक्षको उच्चतालाई वहन गर्न सक्षम नै रहेको छ ।
५. सन्दर्भसूची
– अधिकारी, अच्युतरमण, एउटा भिक्षुको कथा,(२०४९), काठमाडौं ः उन्नयन, पूर्णाङ्ग १०, साउन, भदौ, असोज ।
– अधिकारी, हेमाङ्गराज, पूर्वीय समालोचना सिद्धान्त, (२०३५), काठमाडौं ः साझा प्रकाशन ।
– आप्टे, वामन शिवराम, संस्कृत हिन्दी कोश, (ई. २००९) । न्यू भारतीय बुक कार्पोरेशन, दिल्ली, ।
– खनाल, यदुनाथ, समालोचनाको सिद्धान्त (२०३०) सा.प्र. काठमाडौंः ।
– गौतम, देवीप्रसाद, डा., नेपाली कथा,(२०५४), काठमाडौं ः नवीन प्रकाशन ।
– त्रिपाठी, वासुदेव, डा., पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा, (२०४९), काठमाडौं ः साझा प्रकाशन (ते. सं.) ।
– त्रिपाठी, वासुदेव, डा., भवानी भिक्षुको समष्टि कथायात्रा ः एक रेखाङ्गन, (२०४९), काठमाडौं ः उन्नयन, पूर्णाङ्ग १०, साउन, भदौ, असोज ।
– नेपाली बृहत् शब्दकोश, (२०४०), काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, ।
– नेपाल, वसन्तराज शम्र्मा, नेपाली शब्दसागर, (२०५७), काठमाडौं
– प्रसाईं, नरेन्द्रराज, नेपाली साहित्यका बटवृक्ष ः भवानी भिक्षु, समकालीन साहित्य, (धधध । कबmबपबष्लिकबजष्तथब । अयm संस्करण) ।
– भट्ट, आनन्ददेव, भवानी भिक्षु र त्यो फेरि फर्कला, (२०४९), काठमाडौं ः उन्नयन, पूर्णाङ्ग १०, साउन, भदौ, असोज ।
– भिक्षु भवानी, मैयाँसाहेब,(२०५२), काठमाडौं ः साझा प्रकाशन (ते. सं.) ।
– भुसाल, गुणाकर, काठमाडौं, इन्द्रेणी(सँगालो), (२०५८), काठमाडौं ः क्षितिज प्रकाशन ।
– राई, शिवकुमार, श्री भवानी भिक्षुः एक संस्मरण, (२०४९), काठमाडौं, उन्नयन, पूर्णाङ्ग १०, साउन, भदौ, असोज ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्