Header Ads

काव्यशास्त्रको परम्परामा भामहको योगदान


                        नन्दन भट्टराई
                        उपप्राध्यापक
                        वाल्मीकि विद्यापीठ

१.    विषयप्रवेश
    काव्यशास्त्रको परम्परामा भामहाचार्यको महŒवपूर्ण योगदान रहेको छ । काव्यको बीज वेदमै पाइने हुनाले र वेद स्वयंलाई देवको अमर काव्य मानिएको हुनाले काव्यशास्त्रको परम्परा पनि वेदबाटै शुरु भएको मान्न सकिन्छ (
देवस्य पश्य काव्यं न ममार न जीर्यति ।   तर वेद काव्यको मात्र नभई सम्पूर्ण परम्परागत विद्याको एकमात्र स्रोत भएको र वेदबाटै समस्त शास्त्र विद्याहरू स्वतन्त्ररूपमा प्रस्फुटित भएकाले काव्यशास्त्रको पनि आÇनै स्वतन्त्र परम्परा रहेको कुरा निर्विवाद छ । नाट्यशास्त्रकार भरतमुनि देखि रसगंगाधरकार जगन्नाथ एवं विश्वेश्वर पण्डित सम्मको काव्यशास्त्र किंवा अलङ्गारशास्त्रको सुदीर्घ परम्परामा काव्यालङ्गारग्रन्थका प्रणेता भामहाचार्यको विशिष्ट स्थान रहेको छ । भामहले प्रतिपादन गरेका सिद्धान्त एवं मान्यता कै आलोकमा उत्तरवर्ती आचार्यहरूले काव्यशास्त्रसम्बन्धी कतिपय आÇना मान्यताहरू अघि सारेको देखिन्छ । यसकारण, संस्कृतकाव्यशास्त्रको परम्परा कस्तो छ र त्यसमा भामहाचार्यको योगदान के कस्तो रहेको छ भन्ने विवेचना गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ ।
२.    काव्यशास्त्रको परम्परा
    काव्यसौन्दर्यको परीक्षण गर्ने शास्त्रलाई काव्यशास्त्र भन्दछन् । अपूर्व चमत्कारी वस्तुवर्णन गर्नमा क्षमतावान् कवि हो र कविको कर्म काव्य हो ( लोकोत्तरवर्णनानिपुणं कविकर्म काव्यम् ।   त्यस्तै विधि र निषेध प्रतिपादन गर्ने ग्रन्थलाई शास्त्र भनिन्छ ( शासनात् शास्त्रम् । काव्यले विनेयलाई रामादिवत् वर्तितव्यं न रावणादिवत् यस्तो कृत्याकृत्यमा प्रवृत्त र निवृत्त गराउने भएकोले काव्यमा शास्त्रशब्द जोडिएको हो । अलङ्गारशास्त्रका लागि काव्यशास्त्रको सर्वप्रथम प्रयोग भोजदेवले गरेका हुन् । उनले विधि र निषेधको ज्ञान गराउने ६ शास्त्रमध्ये एक काव्यशास्त्र हो भनेका छन् ( काव्यशास्त्रं तथैव च ।   तर काव्यको मुख्य प्रयोजन उपदेश नभई सद्यः परनिर्वृतिः हुनाले निगूढ रहस्यको उद्घाटनद्वारा काव्यको आत्मभूत रसभावादिको आस्वादन गराउने भएकोले शंसनात् शास्त्रम् यस्तो व्युत्पत्ति मानेर काव्यशास्त्रको प्रयोग गर्नु समुचित हुनेछ भनेर विश्वेश्वर सिद्धान्त शिरोमणिले भनेका छन् । 
प्राथमिक कालमा काव्यशास्त्रलाई काव्यालङ्गार भन्ने गरिन्थ्यो । प्रारम्भिक समयका प्रायः सबै आचार्यहरूले आÇनो काव्यलक्षणग्रन्थको नाम काव्यालङ्गार राखेका छन् । यद्यपि भरतमुनिको नाट्यशास्त्र समस्तकलाको विश्वकोष भएको र अलङ्गार आदि काव्यसौन्दर्याधायक तŒवका साथै काव्यको आत्मतŒव रसभावादिहरूको वर्णन भएता पनि विशेष गरी अभिनेयपरक ड्ढदृश्यकाव्य) भएको र भरतपछिका अन्य मेधावीरुद्र आदि काव्यशास्त्रका प्रवर्तक आचार्यहरूको उल्लेखसम्म पाइएको तर रचनाहरू उपलब्ध नभएकोले काव्यशास्त्रको आद्य आचार्यको रूपमा भामहलाई स्वीकार गर्नु समुचित देखिन्छ । भामहले आÇनो काव्यशास्त्रको नाम काव्यालङ्गार राखेर काव्यशास्त्रलाई काव्यालङ्गार भन्ने परम्परा चलाए । यस सन्दर्भमा भामहको काव्यालङ्गार ड्ढ६औं शताब्दी), उद्भटको काव्यालङ्गार सारसंग्रह ड्ढ८औं शताब्दी), रुद्रटको काव्यालङ्गार ड्ढ९औं शताब्दी), वामनाचार्यको काव्यालङ्गार सूत्र ड्ढ८(९औं शताब्दी) इत्यादि उल्लेखनीय छन् । कुन्तकको लक्षणग्रन्थ वक्रोक्तिजीवितम्का रूपमा प्रसिद्ध भएपनि मूलकारिका भागको नाम काव्यालङ्गार नै हो भन्ने कुरा कुन्तक स्वयंले उल्लेख गरेका छन् (
लोकोत्तरचमत्कारकारिवैचिœयसिद्धये ।
काव्यास्यायमलङ्गारः कोùप्यपूर्वो विधीयते । ।  
कालान्तरमा काव्यशास्त्रलाई छत्रिन्यायले केवल अलङ्गारशास्त्र भन्ने प्रचलन शुरु भयो ( यद्यपि रसालङ्गाराद्यनेकविषयमिदं शास्त्रं तथापि छत्रिन्यायेन अलङ्गारशास्त्रमुच्यते ।   यसक्रममा वाग्भटको वाग्भटालङ्गार र रुøयकको अलङ्कारसर्वस्व ड्ढ११औं शताब्दी) उल्लेखनीय छन् । उपर्युक्त काव्यालङ्गार एवं अलङ्गारशास्त्रमा प्रयुक्त अलङ्गारशब्दको अर्थ अलङ्गारविशेष नभई समग्र काव्यसौन्दर्यपरक हो भन्ने कुरा वामनको काव्यं ग्राèात् अलङ्गारात् र सौन्दर्यं अलङ्गारः  भन्ने सूत्रबाट स्पष्ट हुन्छ । कतिपय आचार्यहरूले चाहिँ आÇनो लक्षणग्रन्थको नामकरण गर्दा अलङ्गार शब्दका स्थानमा नवीन शब्दको प्रयोग गरेको पाइन्छ । यसक्रममा दण्डीको काव्यादर्शः ड्ढ७औं शताब्दी), राजशेखरको काव्यामीमांसा ड्ढ १०औं शताब्दी), मम्मटको काव्यप्रकाश ड्ढ१२औं शताब्दी), हेमचन्द्रको काव्यानुशासन ड्ढ१२ औं शताब्दी), वाग्भटको काव्यानुशासन, विश्वेश्वर पाण्डेको काव्यप्रदीप ड्ढ१८औं शताब्दी) इत्यादि उल्लेखनीय छन् । यही क्रममा काव्यशास्त्र अथवा अलङ्गार शास्त्रको लागि प्रयोग गरिएको अर्को शब्द हो ( ‘साहित्य’ । यसक्रममा सर्वप्रथम भामहाचार्यले शब्द र अर्थको साहित्य काव्य हो भन्दै काव्यको लक्षण गरेका छन् ( शब्दार्थौ सहितौ काव्यम् ।
    शब्द र अर्थको यो सहभाव वा साहित्यको तात्पर्य स्पष्ट पार्दै कुन्तकले काव्यमा सौन्दर्याधानका निमित्त शब्द र अर्थको न न्यून न अतिरिक्त मनोहारी अवस्थिति नै साहित्य हो भनेका छन् (
    साहित्यमनयोः शोभाशालितां प्रति क्वाप्यसौ ।
    अन्यूनानतिरिक्तत्वमनोहारिण्यवस्थितिः । । 
    राजशेखरले काव्यमीमांसामा काव्यशास्त्रलाई चारैविद्याको सार मानेर यसलाई बुझाउन पञ्चमी साहित्यविद्या इति यायावरीयः, सा हि चतसृणामपि विद्यानां निष्यन्दः ।   भनेर आÇनो मत प्रस्तुत गरेका छन् । उनको मत अनुसार काव्यपुरुषको अर्धाङ्किनी साहित्यविद्यावधू हो । यसै क्रममा अलङ्गारसर्वस्वकाररुøयक ड्ढ११ औं शताब्दी), ले साहित्यमीमांसा र विश्वनाथकविराज ड्ढ१४औं शताब्दी) ले आÇनो लक्षणग्रन्थको नाम साहित्यदर्पण राखे । साहित्यदर्पणको लोकप्रियताले गर्दा काव्यशास्त्र को स्थानमा साहित्य शब्दको प्रयोग हुन थाल्यो र वर्तमान समयमा साहित्य शब्द नै व्यापक रूपमा प्रचलित छ । यसका अतिरिक्त काव्यलक्षणग्रन्थको नामकरण गर्दा काव्य, अलङ्गार अथवा साहित्य शब्दको प्रयोग नगरी स्वतन्त्ररूपमा नामकरण गर्ने आचार्यहरूमा काव्यलक्षणग्रन्थको नामाकरण गर्ने आचार्यहरूमा कुन्तकको वक्रोक्तिजीवित ड्ढ१०औं शताब्दी), जयदेव ड्ढपीयूषवर्ष)को चन्द्रालोक ड्ढ११औं शताब्दी), रुद्रभट्टको शृङ्कारप्रकाश ड्ढ११ औंशताब्दी), विद्याधरको एकावली ड्ढ१३(१४औं शताब्दी) विद्यानाथको प्रतापरुद्रयशोभूषण ड्ढ१४ औं शताब्दी), रूपगोश्वामीको भक्तिसामृतसिन्धु ड्ढ१५(१६औं शताब्दी), केशवमिश्रको अलङ्गारशेखर ड्ढ१६ औं शताब्दी), कर्णपुरको अलङ्गार कौस्तुम ड्ढ१६ औं शताब्दी), अप्पøय दीक्षितको चित्र मीमांसा र कुवलयानन्द ड्ढ१६ । १७ शताब्दी), पण्डितराज जगन्नाथको रसगङ्काधर ड्ढ१७ औं शताब्दी) एवं विश्वेश्वर पण्डितको अलङ्गारकौस्तुभ, अलङ्गारप्रदीप, अलङ्गारप्रदीप, अलङ्गारमुक्तावली, रसचन्द्रिका, कवीन्द्रकण्ठाभरण ड्ढ१८ औं शताब्दी) आदि प्रसिद्ध छन् ।
    प्राचीन समयमा काव्यशास्त्र वा अलङ्गारशास्त्रका लागि प्रयुक्त अर्को नाम हो ( क्रियाकल्प । वात्स्यायनको कामशास्त्रमा परिभाषित ६४ कलामध्ये एककला क्रियाकल्प हो । ललितविस्तर नामक बौद्धग्रन्थमा प्रयुक्त क्रियाकल्प शब्दको अर्थ काव्यक्रियाकल्प काव्यकरणविधिः भनेर टीकाकार जयमङ्कलले भनेका छन् । वाल्मीकि रामायणमा पनि काव्यसौन्दर्यको परीक्षा गर्न समर्थका लागि क्रियाकल्पविद् र काव्यरसास्वादनमा समर्थका लागि काव्यविद् शब्दको प्रयोग भएको पाइन्छ (     क्रियाकल्पविदश्चैव तथा काव्यविदो जनान् ।  
    काव्यशास्त्रको परम्परामा उपर्युक्त आचार्यहरूमा अतिरिक्त मेधावी वा मेधाविरुद्रको नाम भामहाचार्यले उपमादोष एवं यथासंख्य अलङ्गारका सन्दर्भमा उल्लेख गरेका छन् । यसैगरी आÇनो प्रकाण्ड विद्वता एवं तन्त्रयोग साधनाका लागि विख्यात् अभिनवगुप्तपादाचार्यको ड्ढ१०औं शताब्दी) उल्लेखविना काव्यशास्त्रको परम्परा अपूर्ण नै रहने छ । उनको नाट्यशास्त्रमा टीका अभिनवभारती र ध्वन्यालोकको टीका लोचन काव्यशास्त्रको अद्वितीय रचना हो । यसरी ई.पू. ५०० का भरतमुनि देखि इसवीय १८ औं शताब्दीसम्मको सुदीर्घ र व्यवस्थित काव्यशास्त्रको परम्परा रही आएको छ । यस परम्पराका प्रमुख आचार्यहरू र तिनका प्रमुख रचनाको यहाँ उल्लेखसम्म गरिएको हो । उपर्युक्त आचार्यहरूका अतिरिक्त अन्य कैयौं आचार्यहरूको पनि काव्यशास्त्रको परम्परामा महŒवपूर्ण योगदान रही आएको कुरा निर्विवाद छ ।
    काव्यशास्त्रको उद्गमका सम्बन्धमा राजशेखरले काव्यमीमांसामा बडो रोचक वर्णन गरेका छन् । उनले उल्लेख गरेअनुसार ( काव्यविद्याका मूल प्रवर्तक श्रीकण्ठ ड्ढशिवजी) हुन् । उनले परमेष्ठी वैकुण्ठ आदि आÇना ६४ शिष्यलाई सर्वप्रथम काव्यविद्याको उपदेश गरे । शिवजीका शिष्य स्वयम्भू ब्रéाले आÇना अयोनिज शिष्यहरू ड्ढऋषिहरू)लाई काव्यविद्याको उपदेश गरी ती मध्येका एक सरस्वती पुत्र काव्यपुरुषलाई तीनै लोकमा काव्यविद्याको प्रचार गर्ने आज्ञा दिए । काव्यपुरुषले १८ भागमा विभक्त काव्यविद्याको उपदेश सर्वप्रथम सहस्राक्ष आदि दिव्य काव्यविद्या स्नातकलाई गरे । ती प्रत्येक शिष्यले कविरहस्य आदि पृथक् पृथक् अधिकरणको स्वतन्त्ररूपमा रचना गरी लोकमा प्रचार गरे । यसैक्रममा नन्दिकेश्वरले रसाधिकरण, धिषणले दोष र भरतले रूपक निरूपण गरे । कालक्रमले छिन्नभिन्न भएको उक्त काव्यविद्यालाई राजशेखरले संक्षिप्त रूपमा प्रतिपादन गरी १८ अधिकरणले युक्त काव्यमीमांसा नामक ग्रन्थको रचना गरे ।
काव्यशास्त्रको सुदीर्घ परम्परामा कालक्रममा प्रमुख पाँच सम्प्रदायको उद्भव भएको छ ( रससम्प्रदाय, अलङ्गार सम्प्रदाय, रीति सम्प्रदाय, ध्वनिसम्प्रदाय र औचित्यसम्प्रदाय । रससम्प्रदायका प्रमुख आचार्यहरूमा भरतमुनि, भट्टलोल्लट, भट्टनायक, शंकुक, विश्वनाथ आदि हुन् । अलङ्गारसम्प्रदायका आचार्यहरूमा भामह, दण्डी उद्भट, रुद्रट आदि हुन् । रीतिसम्प्रदायका प्रमुख आचार्यहरू, दण्डी, वामन आदि हुन् । यसलाई गुणसम्प्रदाय पनि भनिन्छ । ध्वनिसम्प्रदायका प्रवर्तक आचार्य आनन्दवर्धन हुन् । अभिनवगुप्त र मम्मट यस सम्प्रदायका अन्य प्रमुख आचार्यहरू हुन् ।
    यो काव्यशास्त्र अथवा अलङ्गारशास्त्रको परम्परा प्राचीन परम्परा हो । काव्यादर्शको ह्दयङ्कमा टीकाले काश्यप र वररुचिलाई प्रथम अलङ्गारकर्ताको रूपमा निर्देश गरेको छ ।   त्यसैगरी पाणिनिसूत्रमा कृशाश्व र शिलालि निर्मित नाट्यसूत्रहरूको उल्लेख गरिएको छ । स्वयं पाणिनिले आÇना पूर्ववर्ती गाग्र्यको उपमासम्बन्धी सिद्धान्तको चर्चा गरेका छन् । निरुक्तमा पनि उपमाको उदाहरणका रूपमा अनेक मन्त्रहरूको उल्लेख पाइन्छ ।

३.१    भामहको देशकालादि परिचय
    परम्पराअनुसार भामह काश्मीर देशका निवासी हुन् । यिनले आफूलाई रक्रिलगोमिका पुत्र भनेर परिचय दिएका छन् ( सुजनावगमाय भामहेन ग्रथितं रक्रिलगोमिसूनुनेदम् ।   भामहले प्रसिद्ध बौद्धदार्शनिक धर्मकीर्तिको ड्ढ६२० ई.) प्रत्यक्ष लक्षण ग्रहण नगरी धर्मकीर्तिका पूर्ववर्ती दिग्गज बौद्ध दार्शनिक दिङ्नागको ड्ढ४५० ई.) प्रत्यक्षं कल्पनापोढम् भन्ने लक्षण नै प्रत्यक्षको लक्षणका रूपमा स्वीकार गरेकाले यिनको समय ५००(५५० ई. को आसपास स्वीकार गरिएको छ । फेरि बाणभट्टले भामहको शेषो हिमगिरिस्त्वं च महान्तो गुरवः स्थिराः । यदलंघितमर्यादाश्चलन्तीं बिभृथ क्षितिम् । । यो पद्यको छाया लिएर धरणीधारणायाधुना त्वं शेषः ।   भन्ने चमत्कारी रचना गरेका हुन् भनेर आनन्दवर्धनले उल्लेख गरेकाले पनि भामहलाई बाण ड्ढ६०६(६४७ ई.) भन्दा पूर्ववर्ती स्वीकार गरी छैठांैंंं शताब्दीको पूर्वार्ध नै भामहको समय भनिएको छ ।  
३.२    भामहको धर्म
    भामहको पिताको नाम रक्रिलगोमी भएको र गोमी भन्ने पद चन्द्रगोमी इत्यादि बौद्धहरूले प्रयोग गर्ने नाम भएको कारणबाट कतिपय विद्वान्ले भामहलाई बौद्ध धर्मावलम्बी भन्ने गर्दछन् ।   यसलाई पुष्टि गर्ने प्रमाणका रूपमा उनीहरूले काव्यालङ्गार ग्रन्थको प्रथम श्लोकलाई लिएका छन् । काव्यालङ्गारको मंगलाचरण श्लोकमा भामहले सबैका हितकारी सर्वज्ञलाई मन वचन र शरीरका कर्महरूद्वारा प्रणाम गरेर यो काव्यालङ्गार ग्रन्थको रचना गरिन्छ भनेका छन् (     प्रणम्य सार्वं सर्वज्ञं मनोवाक्कायकर्मभिः ।
    काव्यालङ्गार इत्येष यथाबुद्धि विधास्यते । ।     
उनीहरूको भनाईअनुसार सर्वज्ञः सुगतो बुद्धो इत्यादि अमरकोशको श्लोकको आधारमा सर्वज्ञ शाक्यमुनि सिद्धार्थ गौतमको नाम हो र भामहले आÇनो धर्मअनुसार बुद्धलाई तीनपटक प्रणाम गरेर आÇनो ग्रन्थको रचना गरेका हुन् । तर, भामहको एकमात्र रचना काव्यालङ्गारको सम्यक् पर्यालोचनबाट भामह बौद्ध नभई सनातन वैदिक धर्मानुयायी हुन भन्ने सिद्ध हुन्छ । अमरकोषले जसरी बुद्धको पर्यायवाचीका रूपमा सर्वज्ञः पदको उल्लेख गरेको छ त्यसरी नै कृशानुरेताः सर्वज्ञो धूर्जटिर्नीललोहितः । भनेर भगवान् शिवजीलाई सर्वज्ञ मानेको छ । फेरि कालकूट विषको पान गरी चराचर जगत्को रक्षा गर्ने भगवान् नीलकण्ठ सबैका हितकारी सार्व हुनुहुन्छ । त्यसैले भामहले आÇना ईष्टदेव ईशानः सर्वविद्यानाम् लाई नमन गरेका हुन् । फेरि गोमी भन्ने शब्द गोश्वामीको अपभ्रंश भएको र यसको अर्थ चान्द्रव्याकरण अनुसार पूज्य भएको, अनि दक्षिणमा आचार्य भने जस्तै उत्तरभारतमा यो केवल उपाधि मात्र भएकोले यसैका आधारमा भामहलाई बौद्ध मान्नु उचित हुँदैन । यसका अतिरिक्त भामहले आÇनो ग्रन्थमा सर्वत्र वैदिक सनातन धर्म र सोमयागादि यज्ञयागादिको प्रशंसा गरेको, ब्रéा, विष्णु, शंकर, पार्वती आदि देवताको श्रद्धाभक्तिपूर्वक निर्देश गरेको, रामायण एवं महाभारतका पात्रहरूको चर्चा गरेको र कहीँ पनि बौद्धमत वा सिद्धान्तको समर्थन नगरी अपोहवाद को खण्डन समेत गरेकाले भामहाचार्य सनातन वैदिक धर्मावलम्बी हुन् भन्ने सिद्ध हुन्छ ।
३.३    भामहको रचना
    वर्तमान समयमा भामहको एकमात्र उपलब्ध रचना काव्यालङ्गार हो । काव्यालङ्गारका अतिरिक्त वरुरुचिको प्राकृतप्रकाशमाथि मनोरमा नामक टीका भामहको हो भन्ने पाइन्छ (
    वरुचिरचितप्राकृतलक्षणसूत्राणि लक्ष्यमार्गेण ।
    बुद्ध्वा चकार वृत्तिं संक्षिप्तां भामहः स्पष्टाम् । 
    अभिज्ञानशाकुन्तलको टीकामा राघवभट्टले क्षेमं सर्वगुरुर्दत्ते मगणो भूमिदैवतः इति भामहोक्तेः भनेकाले र वृत्तरत्नाकरको टीकामा नारायण भट्टले तदुक्तं भामहेन भनेर ( अवर्णात् संपत्तिर्भवति इत्यादि   भनेकाले भामहको छन्दोविषयक ग्रन्थ पनि थियो भन्ने बुझिन्छ । त्यसैगरी राघवभट्टले नै भामहविरचित पर्यायोक्तको लक्षण र उदाहरणको रूपमा हयग्रीवबधको पद्य भनेर निम्न लिखित श्लोकलाई उद्धृत गरेका हुनाले उनको अन्य काव्यकृति पनि थिए जुन कालको गर्भमा कवलित भए भन्ने बुझिन्छ (
तल्लक्षणमुक्तं भामहेन (
पर्यायोक्तं यदन्येनप्रकारेणाभिधीयते ।
वाच्यवाचकशक्तिभ्यां शून्येनावगमात्मना । ।
उदाह्तं च हयग्रीवबधस्थपद्यम् (
    यं प्रेक्ष्य चिररूढापि निवासप्रीतिरुज्झिता ।
    मदेनैरावणमुखे मानेन ह्दये हरेः । ।
    वर्तमान काव्यालंकारमा उक्तलक्षणको उत्तरार्ध र उदाहरण दुवै पाइँदैन । 
३.३.१    काव्यालङ्गार
    काव्यालङ्गार भरतपश्चाद्वर्ती युगको सर्वमान्य ग्रन्थ हो र यो अलङ्गारशास्त्रको सर्वप्रथम ग्रन्थ पनि हो । अलङ्गारशास्त्रको इतिहासमा यसको अत्यन्तै महŒवपूर्ण स्थान रहेको छ । भामहका उत्तरवर्ती प्रायः सबै आचार्यहरूले काव्यालङ्गार ग्रन्थमा उल्लेख गरेका सिद्धान्तहरूकै आधारमा आÇना मान्यताहरू प्रतिपादन गरेको देखिन्छ । भामहाचार्यले आÇनो समयसम्म उपलब्ध काव्यशास्त्रसम्बन्धी सम्पूर्ण सिद्धान्त एवं मान्यताहरूलाई, संकलन, समन्वय एवं परिष्कार गरी आÇनो अभिमत सहित यस ग्रन्थको रचना गरेको बुझिन्छ । कारिका शैलीमा रचित काव्यालङ्गार ग्रन्थमा छ परिच्छेद छ । प्रथम परिच्छेदमा ५९ श्लोकमा काव्यको प्रयोजन, हेतु, लक्षण, भेद इत्यादि वर्णन गरिएको छ । द्वितीयपरिच्छेदमा ९६ कारिकामा गुण र अलङ्गार, तृतीयमा ५८ श्लोकमा अलङ्गार, चतुर्थमा ५१ श्लोकमा भरत प्रतिपादित दश दोष, पञ्चममा ६९ श्लोकमा न्यायविरोधी दोष एवं षष्ठ परिच्छेदमा ६६ श्लोकमा शब्दशुद्धिको विचार गरिएको छ । काव्यालङ्गार ग्रन्थको प्रतिपाद्य विषयका सम्बन्धमा भामहाचार्य स्वयंले भनेका छन् –
    षष्ट्या शरीरं निर्णीतं शतषष्ट्या त्वलङ्कृतिः ।
    पञ्चाशता दोषदृष्टिः सप्तत्या न्यायनिर्णयः । ।
    षष्ट्या शब्दस्य शुद्धिः स्यादित्येवं वस्तुपञ्चकम् ।
    उक्तं षड्भिः परिच्छेदैर्भामहेन क्रमेण वः । ।  
    काव्यालङ्गार ग्रन्थमा केही अपवाद बाहेक उल्लेख गरिएका लक्षण र उदाहरण स्वयं भामह निर्मित हुन् । जहाँ अन्य कविका मत वा श्लोक छन् तत् तत् स्थानमै भामहले तिनको नाम उल्लेख गरेका छन् । यो ग्रन्थ कतिपय स्थलमा दुरुह एवं क्लिष्ट तथा पूर्वापरप्रसङ्क विहीन जस्तो देखिए तापनि काव्यालक्षणकारहरूका लागि यो क्रिश्चियनहरूका लागि बाइबल जस्तै प्रामाणिक मानिएको छ ।
३.४    भामहको योगदान
    काव्यशास्त्र अथवा अलङ्गारशास्त्रको परम्परामा भामहको महŒवपूर्ण योगदान रहेको छ । नाट्यशास्त्रकार भरतमुनि पछिको लगभग १००० वर्षको अन्धकारमय युगमा उदाएका भामहबाटै काव्यशास्त्रको परम्परा शुरु भएको हो भन्दा अत्युक्ति हुने छैन । नाटक आदि अभिनेयार्थ शास्त्रको प्रपञ्च विस्तृतरूपमा अरुले ड्ढभरत आदिले) बताइसकेको हुनाले अतिरिक्त विषयको मात्र वर्णन गरिन्छ भनेर भामहले काव्यालङ्गारमा भनेका छन्– उक्तं तदभिनेयार्थ(मुक्तोùन्यैस्तस्यविस्तरः ।   भामहले आÇनो युगसम्मका समस्त अलङ्गारशास्त्र सम्बन्धी सिद्धान्त एवं मान्यताहरूको पर्यालोचन एवं आÇना पूर्ववर्तीका काव्यकृतिहरूको अध्ययन गरेर काव्यतŒवको मन्थन गर्दै काव्यालङ्गारको रचना गरेका हुन् । भामहले प्रतिपादन गरेका कतिपय सिद्धान्त एवं मान्यताहरू सार्वभौम, सार्वकालिक, एवं सार्वजनीन छन् र यसको युगान्तकारी प्रभाव रहेको छ । यस सम्बन्धमा उनका केही महŒवपूर्ण विचार एवं मान्यताहरूको उल्लेख गर्नु सान्दर्भिक नै हुनेछ ।
    भामहले शब्द र अर्थको सहभाव अर्थात् साहित्यमा नै काव्यत्व हुन्छ भन्ने मौलिक विचार प्रस्तुत गरेका छन्, जसलाई आचार्य कुन्तकले आÇनो वक्रोक्तिजीवितमा स्पष्ट पारेका छन् एवं मम्मटले काव्यप्रकाशमा अङ्कीकार गरेका छन् ( शब्दार्थौ सहितौ काव्यम्  त्यसैगरी पुरुषार्थचतुष्टय एवं कलाहरूमा विचक्षणताका साथै कीर्ति र प्रीति पनि काव्यबाट प्राप्त हुन्छ भनेर काव्यप्रयोजन सम्बन्धी मत प्रस्तुत गरेका छन् । काव्यको कारणका सम्बन्धमा हेतु शब्दको प्रयोग नगरे पनि प्रतिभा, व्युत्पत्ति र अभ्यासका साथै समुचित वातावरण एवं प्रेरणा समेत काव्यनिर्माणका लागि आवश्यक छ भन्ने उनको मान्यता छ ( काव्यं तु जायते जातु कस्यचित् प्रतिभावतः ।   कवित्वले हीन व्यक्तिको शास्त्रज्ञान निर्धनको दानशीलता, नपुंसकको शस्त्रास्त्रज्ञान, अज्ञको प्रगल्भता जस्तै व्यर्थ हो भन्ने उनको मान्यता रहेको छ । विनयविनाको ऐश्वर्य र चन्द्रविनाको रात जस्तै सत्कवित्वले हीन वाग्वैदध्यको के अर्थ भनेर उनले भनेका छन् ( रहिता सत्कवित्वेन कीदृशी वाग्विदग्धता ।   काव्य सर्वथा निर्दुष्ट हुनुपर्छ, अन्यथा मूर्खपुत्रको कारणले पिता निन्दित भए झैँ कवि पनि निन्दित हुनुपर्छ भन्ने उनको अभिमत रहेको छ (
सर्वथा पदमप्येकं न निगाद्यमवद्यवत् ।
विलक्ष्मणा हि काव्येन दुःसुतेनेव निन्द्यते । ।  
त्यस्तै कुकवित्व त साक्षात् मृत्यु नै हो भन्ने उनको मान्यता रहेको छ (
कुकवित्वं पुनः साक्षान्मृतिमाहुर्मनीषिणः ।  
काव्यमा अलङ्गारको महŒव दर्शाउँदै सुन्दरीको मनोहर मुखमण्डल पनि अलङ्गारबिना शोभायमान हुँदैन भनेर उनले भनेका छन् – न कान्तमपि निर्भूषं विभाति वनिताननम् ।   शब्दालङ्गारवादी र अर्थालङ्गारवादीहरूको मूढाग्रहलाई अस्वीकार गर्दै काव्यको शोभा बढाउन दुवैको उत्तिकै महŒव रहेको कुरा उनले स्पष्ट शब्दमा उल्लेख गरेका छन् ( शब्दाभिधेयालङ्गारभेदादिष्टं द्वयं तु नः ।   महाकाव्यको लक्षण गर्ने सम्बन्धमा उनले सर्गमा विभक्त, महापुरुषहरूको चरित्रवर्णन भएको ठूलो आकारको, ग्राम्य शब्द र अर्थले रहित, अलङ्गारले युक्त एवं सत् विषयवस्तुमा आधारित एवं सबै रसहरूले युक्त हुनुपर्छ भनेका छन् –
    सर्गबन्धो महाकाव्यं महतां च महच्च यत् ।
    अग्राम्यशब्दमथ्र्यं च सालङ्गारं सदाश्रयम् । ।
    युक्तं लोकस्वभावैá रसैश्च सकलैः पृथक् । 
    त्यसैगरी काव्यको भेद प्रतिपादन गर्दै छन्दको आधारमा गद्य र पद्य २, भाषाको आधारमा संस्कृत, प्राकृत र अपभ्रंश ३, विषयवस्तुको आधारमा ख्यातवृत्त, कल्पितवस्तु, कलाश्रित र शास्त्राश्रित ४ एवं स्वरूप विधान अनुसार महाकाव्य, रूपक, आख्यायिका, कथा र मुक्तक गरी ५ भेदको वर्णन गरेका छन् ।
    रीति अथवा मार्गसम्बन्धी विवादमा उनको भनाइ छ ( यो वैदर्भकाव्य हो र यो गौडकाव्य हो भनेर भेंडचालले काव्यको विभाजन गरी कुनै एउटा ड्ढवैदर्भ)लाई उत्कृष्ट मान्नु बुद्धिहीनको काम हो । अर्थगाम्भीर्य एवं वक्रोक्ति जस्ता काव्यका अनिवार्य तŒवले युक्त भएमा गौड पनि सह्दयश्लाघ्य हुन्छ अन्यथा वैदर्भ पनि केवल श्रुतिमधुर गीतझैँ मानिन्छ, काव्य होइन –
    गौडीयमिदमेतत्तु वैदर्भमिति किं पृथक् ।
    गतानुगतिकन्यायान्नानाख्येयममेधसाम् । ।  
काव्यको चारुताको हेतु वक्राभिधेयशब्दोक्ति हो भनेर उनले स्पष्ट पारेका छन् –
वक्राभिधेयशब्दोक्ति रिष्टावाचामलङ्कृतिः ।  
    त्यस्तै अयुक्तिमत् दोषनिरूपणको प्रसङ्कमा वाणीले रहित मेघ आदि र अव्यक्तवाणी भएका पशुपक्षीलाई काव्यमा दूत बनाउनु उचित हुँदैन भनेर पनि कालिदास आदिको मेघदूत आदि काव्यलाई दृष्टिगोचर गरेर विरहव्याकुलताले गर्दा उन्मत्त झैँ व्यवहार गर्छ भने ठीकै छ भनेका छन्–
अवाचोùव्यक्तवाचá दूरदेशविचारिणः । कथं दूत्यं प्रपद्येरन्नितियुक्त्या न युज्यते । ।
यदि चोत्कण्ठ्या यत्तदुन्मत्त इव भाषते । तदा भवतु भूम्नेदं सुमेधोभिः प्रयुज्यते । । 
    दोषहरूको वर्णन गर्ने क्रममा भामहले यो दोषप्रकरण कसैको दोष देखाउन अथवा अभिमानले नभई ज्ञानको लागि भनेर बडो विनम्रता उनले देखाएका छन् (
    न दूषणायालमुदाह्तो विधिर्न चाभिमानेन किमु प्रतीतये ।  
    भामहाचार्यले भरतसम्मत दश गुणको स्थानमा माधुर्य, ओज र प्रसाद गरी केवल ३ गुणको प्रतिपादन गरेका छन् जसलाई मम्मट आदि आचार्यले सहर्ष अनुमोदन गरेका छन् । सामान्यतः समस्तपदको बाहुल्य भएको ओज, श्रव्य र स्वल्प समासयुक्त माधुर्य एवं आबालवृद्धवनिताका लागि सुबोध प्रसाद गुण हो भन्ने उनको मान्यता रहेको छ (
    केचिदोजोùभिधित्सन्तः समस्यन्ति बहून्यपि ।
    श्रव्यं नातिसमस्तार्थं काव्यं मधुरमिष्यते ।
    आविद्वदङ्कनाबालप्रतीतार्थं प्रसादवत् । ।  
    अलङ्गारका सम्बन्धमा पनि भामहको विशिष्ट योगदान रहेको छ । भरतले उपमा, रूपक, दीपक र यमक गरी ४ अलङ्गार मात्र मानेकामा भामहले अनुप्रास र यमक गरी २ शब्दालङ्गार एवं उपमा आदि ३६ अर्थालङ्गारको उल्लेख गरेका छन् । उपर्युक्त अलङ्गारमध्ये कति परम्पराप्राप्त एवं कति भामह उद्भावित भन्ने स्पष्ट नभएपनि उदाहरण चाहिँ उनकै हो भन्ने स्पष्ट छ –
    स्वयं कृतैरेव निदर्शनैरियं मया प्रकृल्प्ता खलु वागलङकृति ः 
    उनले वर्णन गरेका अलङ्गारहरू यसप्रकार छन् –
    रूपक, दीपक, उपमा, आक्षेप, अर्थान्तरन्यास, व्यतिरेक, विभावना, समासोक्ति, अतिशयोक्ति, यथासंख्य, उत्प्रेक्षा, स्वभावोक्ति, प्रेय, रसवत्, ऊर्जस्वी, पर्यायोक्त, समाहित, उदात्त, श्लिष्ट, अपìुति, विशेषोक्ति, विरोध, तुल्ययोगिता, अप्रस्तुत प्रशंसा, व्याजस्तुति, निदर्शना, उपमारूपक, उमपेयोपमा, सहोक्ति, परिवृत्ति, ससन्देह, अनन्वय, उत्प्रेक्षावयव, संसृष्टि, भाविकत्व, आशीः । अलङ्गारविवेचनाको क्रममा उनले पूर्वप्राप्त हेतु, सूक्ष्म र लेशको खण्डन गरेका छन् भने स्वभावोक्ति र आशीको अनिच्छापूर्वक उल्लेख गरेका छन् । उपर्युक्त अलङ्गारहरूको पौर्वापर्यक्रम व्यवस्थित नभएपनि र केहीको लक्षण, केहीको उदाहरण मात्रै भए पनि यसले परवर्ती आलङ्गारिकहरूलाई अलङ्गारको स्वरूप निर्धारण एवं वर्गीकरणमा ठूलो सहयोग मिलेको छ ।
    भामहले काव्यको आत्मस्वरूप रसको पृथ्क विवेचना नगरी रसवद् अलङ्गारको रूपमा उल्लेख गरेका छन् ( रसवद् दर्शितस्पष्टशृङ्कारादिरसं यथा । देवी समागमद्धर्ममस्करिण्यतिरोहिता ।  
    भामहाचार्यको अर्को वैशिष्ट्य हो भेदबाहुल्यको अभाव । यस सम्बन्धमा उनले भनेका पनि छन् ( न ज्यायान् विस्तरो मुधा ।  
    भामहले मेधावीनिर्दिष्ट ७ उपमा दोषलाई स्वीकार गरेर अलङ्गार सर्वथा दोषमुक्त हुनुपर्छ भन्ने सिद्धान्त स्थापित गरेका छन् । भामहले अलङ्गार र अलङ्गार्यको अन्तर स्पष्ट नगरेपनि केही सङकेत अवश्यै गरेका छन् । स्वभावोक्तिलाई कसैले अलङ्गार मानेका छन् भन्दै उनले अर्थको यथावत् स्थिति नै स्वभाव हो भनेका छन् ( अर्थस्य तदवस्थत्वं स्वभावोùभिहितो यथा ।   काव्यतŒवको निरूपण गर्ने क्रममा भामहको सबैभन्दा महŒवपूर्ण योगदान भनेको अतिशयोक्ति र वक्रोक्तिलाई काव्यको प्राण मान्नु हो । भामहको मतानुसार अतिशयोक्ति नै समग्र वक्रोक्ति अर्थात् अलङ्गारप्रपञ्च हो र यसबाट अर्थमा रमणीयता आउँदछ । यसैले कविले अतिशयोक्तिका लागि प्रयास गर्नुपर्दछ अतिशयोक्तिविनाको के अलङ्गार भनेका छन् (
सर्वैवातिशयोक्तिस्तु तर्कयेत्तां यथागमम् ।
            सैषा सर्वैव वक्रोक्तिरनयार्थो विभाव्यते ।
            यत्नोùस्यां कविना कार्यः कोùलङ्गारोùनया विना । ।  
    यसैगरी हेतु, सूक्ष्म र लेश अलङ्गारको खण्डन गर्ने क्रममा वक्रोक्तिको अभिधान नभएको कारण यी ३ लाई अलङ्गार मान्न सकिँदैन भनेका छन् ( समुदायाभिधानस्य वक्रोक्त्यनभिधानतः ।   यसै प्रसङ्कमा उनले सूर्य अस्ताए, चन्द्र उदाए, चराचुरुङ्की गुँडतिर लागे इत्यादिमा अतिशयोक्ति र वक्रोक्ति नभएका कारण यस्तालाई काव्य मान्न सकिँदैन, यी केवल वार्ता ड्ढवृत्तान्तवर्णन) मात्र हुन् भनेका छन् (
    गतोùस्तमर्को भातीन्दुर्यान्तिवासाय पक्षिणः ।
    इत्येवमादि किं काव्यं वात्र्तामेनां प्रचक्षते । ।  
    काव्यका उपर्युक्त सिद्धान्तको विवेचनको क्रममा भामहको अर्को योगदान हो काव्यको प्रयोजनका रूपमा प्रीतिलाई स्थापन गर्नु । भरतमुनिले नाटकलाई विनोदजननं अर्थात् मनोरञ्जनको साधन मानेका थिए भने भामहले प्रीति अर्थात् आनन्दलाई काव्यको प्रयोजन स्वीकार गरेर काव्यबाट प्रँप्त हुने रसानुभूतिलाई ब्रéास्वादसहोदर का रूपमा प्रतिष्ठापित गरेका छन् । मह चटाएर तीतो औषधि ख्वाए जस्तै मधुरकाव्यरसमा मिलाएर क्लिष्टशास्त्रको पनि उपयोग हुन्छ भन्ने उनको भनाई अत्यन्त व्यावहारिक छ –
    स्वादुकाव्यरसोन्मिश्रं शास्त्रमप्युपयुञ्जते ।
प्रथमालीढमधवः पिबन्ति कटुभेषजम् ।  
    भरतमुनिले जस्तै भामहले पनि काव्यको व्यापकतालाई स्वीकार गर्दै काव्यको अङ्क नबन्ने कुनै विषय छैन भनेका छन् (
न स शब्दो न तद्वाच्यं न स न्यायो न सा कला ।
     जायते यन्न काव्याङ्गमहोभारो महाकवेः । ।  
    अन्तमा, सत्कविका मतमतान्तरको अवलोकन गरेर अनि आÇनो बुद्धिले काव्यको स्वरूपको विचार गरेर सज्जनहरूलाई काव्यको स्वरूपको बोध होस् भनेर यो ग्रन्थको रचना गरिएको हो भन्दै काव्यालङ्गार ग्रन्थको पटाक्षेप गरेका छन् (     अवलोक्य मतानि सत्कवीनामवगम्य स्वधिया च काव्यलक्ष्म ।
     सुजनावगमाय भामहेन ग्रथितं रक्रिलगोमिसूनुनेदम् । ।  
    भामहले आÇनो ग्रन्थमा आÇना पूर्ववर्ती ग्रन्थकार एवं काव्यहरूको बडो आदरका साथ नाम लिएका छन् । यसक्रममा उनले उल्लेख गरेका काव्यहरू ( अच्युत्तोत्तर, अश्मकवंश, रत्नाहरण, राजमित्र यी ४ हुन् भने ग्रन्थकार आचार्यहरू ( कणभक्ष, न्यासकार, पाणिनि, पादकार, मेधावी, रामशर्मा, शाखावर्धन, शालातुरीय र सूत्रकृत हुन् ।
    काव्य सर्वथा दोषरहित एवं रमणीय बन्नका लागि शब्दको समुचित प्रयोग हुनुपर्दछ, यसका लागि मालीले माला उन्दा फूल र पातसमेत चुनेझैँ शब्द चयन गर्नुपर्दछ भन्ने भामहको विचार कस्तो सुन्दर छ –
    एतद् ग्राèं सुरभिकुसुमं ग्राम्यमेतन्निधेयं
        धत्ते शोभां विरचितमिदं स्थानमस्यैतदस्य ।
    मालाकारो रचयति यथा साधु विज्ञाय मालां
        योज्यं काव्येष्ववहितधिया तद्वदेवाभिधानम् । ।  
उपसंहार
    यसरी, भरतमुनिदेखि वर्तमान समयसम्मको काव्यशास्त्रको लगभग २५०० वर्षको सुदीर्घ परम्परामा काव्यशास्त्र किंवा अलङ्गारशास्त्रको सुसम्बद्ध इतिहास भामहालङ्गार बाटै उपलब्ध भएको हुनाले भामहलाई काव्यशास्त्रको आद्य आचार्य मानिएको छ । आÇना पूर्ववर्ती आचार्यहरूका मतको समीचीन विश्लेषणका साथै स्वकीय मौलिक सिद्धान्तहरूको प्रतिपादनका कारण परवर्ती प्रायः सबै प्रमुख आचार्यहरू – उद्भट, वामन, आनन्दवर्धन, कुन्तक, अभिनवगुप्त, मम्मट, रुøयक आदिले भामह र भामहका सिद्धान्तप्रति समादर प्रकट गरेका छन् । उनका विचारहरू अङ्कीकार गरेका छन् । प्रतापरुद्रीयका प्रणेता विद्यानाथले त भामहलाई नमस्कार गर्दै आÇनो ग्रन्थको प्रारम्भ गरेका छन् (     पूर्वेभ्यो भामहादिभ्यः सादरं विहिताञ्जलिः ।
        वक्ष्ये सम्यगलङ्कारशास्त्रसर्वस्वसंग्रहम् । ।     
भामहले प्रतिपादन गरेका ‘शब्दार्थको साहित्यमा काव्यत्व, माधुर्यादि गुणत्रयको सिद्धान्त, काव्यमा आनन्द एवं अपवर्गको साधनत्व, काव्यरचनामा समुचित वातावरण एवं प्रेरणापक्षको अनिवार्यता काव्यको कारण ड्ढहेतु) का रूपमा प्रतिभा, व्युत्पत्ति र अभ्यासको निर्देश, देशविशेषको नामबाट रीति ड्ढमार्ग)को नामकरणको अनौचित्य प्रतिपादन, साधु असाधु, पदयोजनको औचित्य विचार, अतिशयोक्ति र वक्रोक्तिको काव्यसौन्दर्यनिष्पादकत्व’ आदि काव्यसिद्धान्तहरू युगान्तकारी प्रभाव राख्ने सिद्धान्त बन्न पुगेका छन् । वर्तमान युगसम्म प्रतिपादन गरिएका काव्यसिद्धान्तरूपी गगनचुम्बी महल भामहप्रतिपादित काव्यसिद्धान्त कै सुदृढ भूमिमा खडा भएका हुन् भन्नेमा कसैको पनि विमति हुनेछैन । निष्कर्षमा, संस्कृत काव्यशास्त्रको परम्परामा भामहको महŒवपूर्ण योगदान रहेको कुरा निर्विवाद छ ।
सन्दर्भग्रन्थसूची
1.  उपाध्याय, बलदेव, संस्कृत साहित्यका इतिहास, पुनर्मुद्रण, वाराणसी ः शारदा निकेतन, इ.सं. १९७८ । 
2.    कुन्तक, वक्रोक्तिजीवित, पञ्चम सं., व्याख्याकार राधेश्याम मिश्र, वाराणसी ः चौखम्बा संस्कृत संस्थान, वि.सं. २०४७ ।
3.   भरतमुनि, नाट्यशास्त्र, अनु. गोविन्द प्र.भट्टराई, काठमाडौं ः ने.रा.प्र.प्र., वि.सं. २०३९ । 
4.   भामह, काव्यालङ्गार, द्वि.सं., भाष्यकार देवेन्द्रनाथ शर्मा, पटना ः विहार राष्ट्र भाषा परिषद्, वि.सं. २०४२ ।
5.    भोजदेव, सरस्वती कण्ठाभरण, नई दिल्ली ः कलामूलकास्त्र ग्रन्थमाला, इ.सं. १९९२ ।
6.    मम्मट, काव्यप्रकाश, व्याख्याकार विश्वेश्वर सिद्धान्त शिरोमणि, वाराणसी ः चौखम्बा सुरभारती प्रकाशन इ.सं. १९९५ ।
7.    मिश्र, रामचन्द्रः, संस्कृत साहित्येतिहासः, वाराणसी ः चौखम्बा विद्यँभवन, इ.सं. १९९३ ।
8.    वररुचि, प्राकृतप्रकाश, सम्पा. मधुराप्रसाद दीक्षित, वाराणसी ः चौखम्बा संस्कृत सीरीज अफिस, वि.सं. २०१६ ।
9.    वामन, काव्यालङ्गारसूत्र, द्वि.सं. वाराणसी ः चौखम्बा सुरभारती प्रकाशन, इ.सं. १९९५ ।
10.    वाल्मीकि, रामायण, द्वितीयखण्ड, पुनर्मुद्रण, गोरखपुर ः गीता प्रेस, वि.सं. २०६६ ।
Powered by Blogger.