Header Ads

उत्तर–आधुनिकताका सन्दर्भमा डा. ध्रुवचन्द्र गौतमको ‘उपसंहार अर्थात् चौथो अन्त्य’ उपन्यास




कृष्णप्रसाद कोइराला
उपप्राध्यापक
पिण्डेश्वर विद्यापीठ, धरान१४

. लेखक परिचय
डा. ध्रुवचन्द्र गौतम (जन्म२००० : रक्सौल, भारत) नेपाली साहित्यमा नौलानौला बान्की विषयका आख्यान सिर्जना गर्ने बेजोड आख्यानकार हुन् यिनले नेपाली साहित्यका प्रायः सबै विधामा सशक्त रूपमा कलम चलाई उत्तिकै सफलता पनि प्राप्त गरेका छन् नेपाली भाषासाहित्यको विशाल फाँटमातटस्थता : असफलताकविता एक यात्रानुभूतिकथा (२०२० : रूपरेखा) लिएर प्रवेश गरेका ध्रुवचन्द्र गौतमले करिब पाँच दशक यात्रा गरेका छन् २०१५/१६ सालतिरै आफ्नो उपन्यास यात्राको छवि कोर्न कुचि समाएका ध्रुवचन्द्रलेअन्त्यपछि’ (२०२४) छपाएर उपन्यासकारका रूपमा आफूलाई उभ्याएका हुन्, तर त्यसपछि यिनको औपन्यासिकताको उडान कहिल्यै रोकिएन, जुन अद्यावधि जारी यिनले गीत, कविता, कथा, निबन्ध, नाटक विधामा पनि कलम चलाएका छन् यिनले साहित्याकाशमा हाम्फाल्दा नेपाली साहित्यमाआयामेली आन्दोलन’ (२०२० : प्रतिभाहरूइन्द्रबहादुर राई, ईश्वर बल्लभ बैरागी काइँला) प्रारम्भ भएको थियो आयामेली आन्दोलनले परम्परित सिर्जनालाई चेप्टो साहित्यभन्दै विषयवस्तु, शिल्पसंरचना भाषाशैलीमा नयाँपन खोज्यो त्यस परिप्रेक्ष्यमा देखा परेका ध्रुवचन्द्र गौतम अहिले नेपाली साहित्यमा विशेषतः आख्यान नाटकमा बलियो खम्बाका रूपमा उपस्थित छन्

. प्रकाशित उपन्यासहरू
ध्रुवचन्द्र गौतमलाई बलियो दरिलो उपन्यासकारका रूपमा चिनाउने उपन्यास निम्न छन्
अन्त्यपछि (२०२४), बालुवामाथि (२०२८), डापी (२०३३), कट्टेलसरको चोटपटक (२०३७), अलिखित (२०४०), निमित्त नायक (२०४३), स्वर्गीय हीरादेवीको खोज (२०४५), एक सहरमा एक कोठा (२०४६), उपसंहार अर्थात् चौथो अन्त्य (२०४८), दुविधा (२०५२), अग्निदत्त+अग्निदत्त (२०५३), फूलको आतङ्क (२०५५), बाढी (२०५६), सहस्राब्दिको अन्तिम प्रेमकथा (२०५६), मौन (२०५६), भीमसेन चारको खोजी (२०५८), घुर्मी (२०६१), जेलिएको (२०६२), एक असफल आख्यानको आरम्भ (२०६६), अप्रिय (२०६७), सातौं ऋतु (२०६८) आदि

. औपन्यासिक प्रवृत्ति
डा. ध्रुवचन्द्र गौतम उपन्यासमा नयाँनयाँ उपविधा सिद्धान्तलाई भित्र्याउने प्रतिभा हुन् तत्कालीन समयमा प्रचलितभन्दा पृथक् संरचनाका उपन्यास लिएर नेपाली साहित्यको उपन्यास विधामा प्रवेश गरेका ध्रुवचन्द्र गौतमका प्रारम्भिक उपन्यासहरूमा दुरुहता क्लिष्टता पाइन्छ २०३० को दशकमा लेखिएका यिनका उपन्यासमा मानवीय जीवनमा अस्तित्वको प्रश्न, प्रेम त्यसबाट उत्पन्न समस्या, प्रेमजन्य विकृति विसङ्गति, विवाहित अविवाहित नारी मनस्थिति, आर्थिक अभावबाट उत्पन्न समस्या, बेरोजगारी त्यसबाट सिर्जित अन्य सामाजिक समस्या, रहस्यात्मकता, सहरिया दुष्प्रवृत्ति, यौनजन्य समस्या आदि अनेक विषयवस्तुको मार्मिक अभिव्यञ्जना गरिएको २०३० भन्दा पछाडिका उपन्यासहरूमा संरचनागत थप नौलोपना, विषयवस्तुगत व्यापकता, प्रस्तुतिगत विविधता स्वैरकल्पनाको आधिक्यता पाइन्छ वास्तवमा स्वैरकल्पना यिनको कथा उपन्यासको एउटा महत्वपूर्ण टेक्निक नै बनिसकेको अयथार्थको माध्यमबाट यथार्थको प्रकटीकरण गर्ने शैली स्वैरकल्पनाको प्रयोग यिनका उपन्यासमा नियोजित नभएर स्वतस्फूर्तरूपमा भएको पाइन्छ स्वैरकल्पना श्यामव्यङ्ग्य (असित व्यङ्ग्य : ब्ल्याक ह्युमर)को विशिष्ट प्रयोग यिनको प्रयोगधर्मिताको एउटा महत्वपूर्ण पाटो हो २०५० को दशकमा यिनका उपन्यासमा आर्थिक अभाव, राजनैतिक सामाजिक विकृति विसङ्गतिबाट उत्पन्न सामाजिक समस्या त्यही पीडाकै बीचमा जीवन धानी रहेको मान्छेको अस्तित्वको खोजी गरिएको पाइन्छ अनौपचारिक शिल्पविधान, कथ्यलाई सोझै नभनेर विम्ब, प्रतीक, मिथक, स्वैरकल्पना श्यामव्यङ्ग्य (असित व्यङ्ग्य : ब्ल्याक ह्युमर) आदिका माध्यमले अभिव्यक्ति गर्नु यिनको निजी प्रवृत्ति हो गौतमको उपन्यासको भाषा समसामयिक खालको हुने हुनाले रोचक हुन्छ नै फेरि कतैकतै सूक्तिमय अभिव्यक्ति पाइनाले झन् रोचक हुन्छ
समग्रमा ध्रुवचन्द्र गौतमका औपन्यासिक प्रवृत्तिहरू निम्न छन् :–
. सामाजिक, आर्थिक, राजनैतिक एवं मानवीय विकृति विसङ्गतिप्रति व्यङ्ग्य,
. मानवीय जीवनको मूल्यहीनताको उपेक्षा अनि जीवनमूल्यको खोजी,
. परम्परित लेखनपद्धतिभन्दा भिन्न विषयवस्तु, शैलीशिल्पको खोजी,
. सहरिया जीवनका सङ्गतिहीनता कुरूप यथार्थको चित्रण,
. मान्छेका वैयक्तिक मनोगत कमीकमजोरीप्रति व्यङ्ग्य,
. अयथार्थको माध्यमबाट यथार्थको प्रकटीकरण गर्ने स्वैरकल्पनात्मक प्रविधिको प्रस्तुति,
. अतियथार्थादी लेखन,
. काठमाडौं उपत्यकाका कुरूपता, नग्नता, दण्डहीनता, विद्रुपात्मकता त्रासद स्थितिको अभिव्यक्ति,
. श्यामव्यङ्ग्यको प्रारम्भ गरी त्यसको उच्चतम प्रयोग,
. अउपन्यास संरचनामा प्रस्तुति,
. विम्ब, प्रतीकको प्रयोग गरी जनसामान्य भाषाको प्रयोग,
. अनौपचारिक लेखन,
. अरैखिक ढाँचा

. ध्रुवचन्द्र गौतमका उपन्यासमा उत्तरआधुनिकता

डा. ध्रुवचन्द्र गौतमका उत्तरवर्ती उपन्यासमा लेखक, पात्र पाठकबीचका खेलहरू प्रस्तुत गरिएका उत्तरआधुनिक सिद्धान्तले ल्याएका नयाँनयाँ शैलीको प्रयोग गरिएको पाइन्छ उनको एउटा तरिका किंवदन्तीको प्रयोग गर्दै मिथकीय स्वैरकल्पनाको प्रयोग गर्नु हो उनका उपन्यासमा विभिन्न प्रसङ्गमा मिथकको प्रयोग गरिएको पाइन्छ तर त्यो पुराणको जस्तो नभई स्वैरकाल्पनिक प्रकारको पाइन्छ उनको अर्को शैली होश्यामव्यङ्ग्य श्यामव्यङ्ग्यको प्रयोग उनको औपन्यासिक विशेषता नै हो उनको उपन्यासमा सहरिया परिवेशको कष्टकर जीवनको प्रस्तुति त्यसले ल्याएको मृत्यु चिन्तनलाई प्रस्तुत गरेर मृत्यु चिन्तनको बीचमा रहेर पनि जीजिविषाको प्रस्तुति गरिएको हुन्छ अस्तित्ववादी दर्शनको प्रस्तुति उनको निजी विशिष्टता पनि हो विपना सपनाबीचको भ्रान्ति उत्पन्न गरी अतियथार्थको पनि प्रस्तुति पनि गर्दछन्, उनी सन् १९८० पछि विश्व लेखनमा आएको यो शैलीगत प्रयोग उत्तरआधुनिकताको उपज मानिन्छ

. उत्तरआधुनिकतावाद
उत्तरआधुनिकतावाद दोस्रो विश्वयुद्धपछि निर्माण भएका धारणालाई बुझाउने सैद्धान्तिक अवधारणा हो पश्चिमी बौद्धिक जगत्मा यस शब्दले गएका केही वर्षदेखि ज्यादै उधुम मच्चाइरहेको उत्तरआधुनिकतालाई आजको सर्वाधिक महत्वपूर्ण दर्शनचिन्तनका रूपमा प्रचारित गरिंदैछ अनेक समकालीन पश्चिमी बुद्धिजीवीहरूका विभिन्न विचारहरूको तालमेललाई यो नाम दिइएको यसलाई पूरै विश्वको चिन्तन बनाएर प्रस्तुत गर्न जोडदार प्रयत्न भैरहेको उत्तरआधुनिकतावादी धारणाहरूलाई केलाउँदै यसलाई एउटा निश्चित परिभाषा दिनु कठिन यसका मुख्यतः दुईवटा कारणहरू छन्, पहिलो यो कुनै सुसङ्गत क्रमवद्ध चिन्तन होइन, दोश्रो यो विचारको बहुलता अनेकौँ विरोधाभाषहरूले ग्रस्त उत्तरआधुनिकतावादलाई अथ्र्याउनै सकिँदैन भन्ने तर्क स्वयम्मा उत्तरआधुनिकतावादी तर्क हो यसलाई अथ्र्याउन बुझ्न सकिन्छ तर एक हदसम्म योजादुमयपनि

.. ऐतिहासिक पृष्ठभूमि
उत्तरआधुनिक शब्दको प्रयोग सर्वप्रथम आर्नाेल्ड टोयनवीले आफ्नो कृति स्टडी अफ हिस्ट्रीमा सन् १९२४ मा गरेका थिए उनले यस शब्दको प्रयोग एक खास ऐतिहासिक अवधिका निम्ति गरेका थिए यो अवधि सन् १९१८ देखि सन् १९३९ बीचको थियो, जो दुई विश्वयुद्धको अवधि थियो टोयनवीका अनुसार उत्तरआधुनिकतावादका मूल प्रेरक चिन्तक नित्से हुन् यस चिन्तनले नित्सेको मृत्युपछि आकार ग्रहण गर्दै जान थाल्यो उत्तरआधुनिकतावादी चिन्तन अगाडि आयो नित्सेले ग्रिस नाटकहरूको अध्ययन गर्ने सन्दर्भमा त्यसका दुई प्रवृत्तिहरू देखाएका थिए जो सामान्यतः सुखान्त दुखान्त नाटकका अवधारणाहरूभन्दा भिन्न थिए अपोलो नियन डायोनिसियन नित्सेले रेखाङ्कित गरेका दुई प्रवृत्तिहरू हुन् नित्सेका अनुसार अपोलोनियनमा क्रम, आकार, नियन्त्रण, नियमितता, सङ्गति एवं सौन्दर्यजस्ता विशेषताहरू पाइन्छन् डायोनिसियनमा अतार्किकताको साम्राज्य भावनाको प्राधान्यता रहन्छ स्पेङ्गलरले अपोलोनियन डायोनिसियन सम्बन्धी नित्सेका विचारहरूलाई संस्कृतिको अध्ययनका निम्ति प्रयोग गरे स्पेङ्गलरको विचार कुनै पनि सभ्यताको अन्तमा डायोनिसियन जस्तो अतार्किकता जिम्मेवार रहन्छ भन्ने थियो टोयनवीका अनुसार आधुनिकतापछि उत्तरआधुनिकता तब सुरू हुन्छ जब मानिसहरू आफ्नो जीवन, विचार एवं भावनामा अपोलोनियन तार्किकता एवंं सङ्गतिलाई परित्याग गरेर डायोनिसियन प्रवृत्तिको शिकार हुन्छन् उनका अनुसार उत्तरआधुनिकता विगत एवं विगतका प्रतिमानहरूलाई बिर्सिदिने सक्रिय उत्साहमा प्रतिविम्बित हुन्छ यसले क्रमबद्ध समाज तार्किक प्राज्ञिक संस्थाका प्रतिमानहरूलाई परित्याग गर्दछ वास्तवमा उत्तरआधुनिकतावादका प्रेरणाका स्रोत दृष्टिनिर्माता नित्से नै हुन् उनका विचारहरूले नै उत्तर आधुनिकतावादी चिन्तनको निर्माण विकासमा कोशेढुङ्गाको भूमिका निर्वाह गरेका छन् टोयनवी भन्दा धेरै विस्तृत फरक ढङ्गले उत्तरआधुनिक युगको प्रारम्भको चर्चा सि. राइट मिल्सले सन् १९५९ मासमाजशास्त्रीय कल्पनानामक आफ्नो पुस्तकमा गरेको पाइन्छ मिल्सले ज्ञानोदय युगले जुन मूल्यमान्यता, धारणा विचारको निर्माण गरेको थियो ती मध्ये आज अधिकांश सङ्कटमा छन भन्ने दृष्टिकोण अघि सारेका थिए उनको धारणा उदारवाद समाजवाद अपर्याप्त अनुभव भइरहेछन्, मानवीय विवेक स्वतन्त्रतामाथि अनेक प्रकारका सङ्कटहरू उत्पन्न भइरहेछन्, मानवीय क्रियाकलापमा विवेकको महत्व घटेको व्यक्ति स्वतन्त्रतामा ह्रास आइहेको भन्ने थियो उनले यस अवस्थालाई सामाजिक संरचनासँग गाँसेका थिए यसका निम्ति व्यक्तिको जीवन इतिहासको विश्लेषणको आवश्यकतालाई औँल्याएका थिए उनको चिन्ता चिन्तनको मूल केन्द्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता समाजको इतिहास निर्माणको प्रक्रियासँग थियो

.. प्रारम्भ : वैचारिक आकार ग्रहण
उत्तरआधुनिकतावादले वैचारिक आकार ग्रहण सत्तरीको दशकपछि मात्रै गर्न थालेको हो यसलाई वैचारिक आधार प्रदान गर्ने श्रेय फ्रान्सेली सिद्धान्तकार ज्याँ फ्रांक्वा ल्योतारलाई जान्छ उनी उत्तरआधुनिकताका एक आधारस्तम्भ हुन् सन् १९७९ मा क्यानाडा सरकारले पश्चिमी समाजमा ज्ञानको स्थितिका बारेमा एउटा रिपोर्ट तयार गर्न ल्योतारलाई नियुक्त ¥यो उनले ज्ञानको तत्कालीन स्थिति जनाउन उत्तर आधुनिक शब्दको प्रयोग गरे ल्योतार उत्तर आधुनिकतालाई परिभाषित गर्दै के भन्दछन् भने यो महावृत्तान्तहरूप्रति एउटा अविश्वास हो ल्योतारको चिन्तनप्रणालीमा महावृत्तान्त इतिहासकै दोस्रो नाम हो फ्रान्सेली चिन्तकहरू जस्तैज्याक्स डोरिडा, मिसेल फुको, फ्राङकोइस लियोरार्ड, जर्मन चिन्तक ध्यावरमोस अमेरिकी चिन्तकहरू रियार्ड रोटी फ्रेडिक जोमसन् यस चिन्तनका मुख्य विचारक हुन् ज्याक्स डोरिडा मुख्यत भाषाको माध्यमबाट भाषाले कसरी काम गर्छ भन्ने विषयमा चासो राख्छन् यसको अध्ययन अत्यन्त महत्त्वपूर्ण , किनभने मानिसहरू भाषाभन्दा बाहिरको यथार्थ थाहा पाउन सक्दैनन् उनको विचारमा सारा सामाजिक, सांस्कृतिक एवं राजनीतिक पद्धति भाषाकै स्वरूप हुन् भाषामा अन्तरनिहित स्वरूपले सामाजिक, आर्थिक मानसिक संरचना निर्माण गर्छ यसले एक आधुनिकता विरोधी चिन्तनधारालाई व्यवस्थित ¥यो नै एक उत्तर आधुनिकतावादी चिन्तनका रूपमा उनको प्रख्यातिलाई पनि बढायो यसरी दार्शनिक अवधारणा सहित उत्तर आधुनिकतावाद अगाडि आयो प्रस्तुत आलेखको मुख्य विषय पनि डा. ध्रुवचन्द्र गौतमकोउपसंहार अर्थात् चौथो अन्त्यउपन्यासमा उत्तर आधुनिकतावादी चिन्तन पहिल्याउनु रहेको  

. ‘उपसंहार अर्थात् चौथो अन्त्यउपन्यास
उपन्यासकार डा. ध्रुवचन्द्र गौतम (२०००) द्वारा लिखित प्रस्तुतउपसंहार अर्थात् चौथो अन्त्यउपन्यास (२०४८) पञ्चायती राजतन्त्र प्राजातान्त्रिक नेपालको सङ्क्रामक स्थितिमा जीवन धान्ने तथा परिवर्तित युगसन्धिका सामाजिक पृष्ठभूमिको घटना क्रम ओकल्ने बिषयवस्तुमा आधारित उपन्यास हो पात्रको समाख्यान एकालापमा तथा उसकै केन्द्रीयतामा संरचित प्रस्तुत उपन्यासमा १७९ पृष्ठ ससाना ५२ परिच्छेद रहेका छन् अन्त्यका चार वटा परिच्छेदमा क्रमशः उपन्यासका चार वटा बैकल्पिक अन्त्यको चर्चा २०४८ सालमा प्रकाशित भएको यस उपन्यासमा स्वैरकल्पनाको प्रयोग गरी उत्तरआधुनिक नेपाली समाजका विकार ग्रस्त यथार्थलाई बिषयवस्तुका रूपमा प्रस्तुत गरिएको यस उपन्यासमा खास गरी सं. २०३७/३८ पछि एक दशकको नेपाली राजनीतिमा विकसित हँुदै आएको चाकडी गर्ने अत्यन्त घटिया बानी तथा यौनसम्बन्धमा अत्यन्त विकृत हुन पुगेको विषाक्त सामाजिक प्रवृत्तिका पृष्ठभूमिमा क्रान्तिका पूर्वापर दुवै स्थितिमा उपन्यासनायक रवि जस्ता निर्दोष, स्वाभिमानी, सिद्धान्तनिष्ठ प्रजातन्त्रका लागि मरिमेट्ने योद्धाको अवस्था दर्दनाक नै रहिरहेको वा जनजीवनमा परिवर्तनले भिन्नता नल्याएको पृष्ठभूमिलाई मुख्य कथ्यका रूपमा लिइएको यथार्थ सामाजिक जीवनगाथालाई उपन्यासको मूल स्रोतका रूपमा प्रस्तुत गरिए पनि यस उपन्यासमा खल नीचपात्रका माध्यमबाट एकालाप प्रस्तुत गरी प्रथम पुरुष दृष्टिविन्दुमा आधारित रही कथावस्तु प्रस्तुत गरिनु, विभिन्न ठाउँमा पूर्वदीप्तिको प्र्रयोग, समाजको मूल व्यवस्था अर्थात् सरकार राजनीतिको नाङ्गो नाच पत्रकारिता भित्र व्याप्त विसङ्गतिको जालो फस्टाउने वातावरण आदि बिषयवस्तुलाई असित व्यङ्ग्य स्वैरकल्पनाका माध्यमबाट प्रस्तुत गरिनु उत्तरआधुनिकतावादी प्रयोग धर्मिता हो

... कथावस्तु
नेपालको ग्रामीण परिवेश सहरिया जनजीवन अर्थात् राजधानी राजधानीबाहिरको सामिप्य दुरीलाई वस्तु एवं प्रवृत्तिगत बिषमताका आधारमा आलोचना गर्ने मूल दृष्टिकोण भएको यस उपन्यासमा सुरुमा ग्रामीण परिवेशमा सँगसँगै बाल्यावस्था बिताएकापात्र वा लक्ष्मी पात्र वा रवि गरी यी दुईपात्रको प्रारम्भिक जीवनगाथाबाट कथानकको उठान भएको पात्र अर्थात् रविको साहचर्यविना गाउँमा मौलाएको साहित्यसिर्जना खास गरी कवितालेखन सहरमा उत्तिकै सहजतासाथ सम्पन्न हुन नसक्ने देखेपछि लक्ष्मीले रविलाई पनि आश्रय दिई आफूसँगै एउटै डेरामा राखेको देखिन्छ रवि सहरमा बस्न थालेदेखि नै आफ्नो व्यक्तित्व वर्चस्व कायम राख्न खोज्छ मन्त्री सभापतिको सिफारिसमादीप्तिमान्पत्रिकामा आबद्ध भएपछि लक्ष्मीले रविलाई पनि सँगै काम गर्ने अवसर दिलाउँछ ती दुबै थोरै आम्दानीबाट जीवन निर्वाह गर्न विवश छन् पत्रिकाको उपजीव्य अर्थात् आर्थिक स्रोत कमजोर रहनु त्यसमा पनि सम्पादक शिव उसकी पत्नीको प्रभाव, लक्ष्मी रविको डेराको अव्यवस्था, भान्साका लागि सहयोग गर्ने महिला रुकमिनीसँगको लक्ष्मीको व्यवहार, शीला गीतासँगको व्यभिचार, आर्थिक दुरवस्थाले भित्र्याएको रुकमिनी उसकी छोरीको जीविकोपार्जन गर्ने वृत्ति, निर्धा निम्नवर्गीय सोझा श्रमिकको शोषण ठगी, निकटतम अभिन्न मित्र भए पनि लक्ष्मीले रविप्रति बुनेका षडयन्त्र, छलछाम ईष्र्याका तानातुना, लक्ष्मीमा अङ्कुरित व्यक्तित्वको विनाशका लागि लक्ष्मीबाट भएका प्रयत्नहरू, मद्यपान गर्न गरिएका विभिन्न बहानावाजी आदि उपन्यासको कथानकको केन्द्रविन्दुसँग गाँसिन पुगेको यी सबै कथ्यपक्षले उत्तरआधुनिकाको सङ्केत गरेका छन्

लक्ष्मीको व्यक्तित्व चरित्र यौन व्यभिचार, भ्रष्टाचार छलछाममा आधारित भने रविमा पवित्र प्रेम, स्वाभिमानी, कर्तव्यनिष्ठ स्वच्छ चरित्र विकसित भएका छन् लक्ष्मीले सम्पादक शिवलाई समेत नाघेर मन्त्रीसम्म पहुँच बनाएको, रविको प्रतिभाको शोषण गरी आफ्नो व्यक्तित्व उन्नत तुल्याउन खोजेको, पेस्की छलकपटबाट रविलाई समेत थाहै नदिई सम्पत्ति जोड्न थालेको, प्रसाद राजा वा चन्द्रप्रसादसँग सम्पर्क त्यसक्रममा आफ्नो थुक आफैं चाट्ने जुत्तासमेत बोक्ने लक्ष्मीको नीचता, रविको सिर्जनशीलता प्रतिभाप्रति डाहा छटपटीबाट लक्ष्मीमा आएको हीनताबोध, रविलाई पनि प्रसाद राजाको सम्पर्कमा ल्याएपनि उसको स्वाभिमानिताबाट राजा सशङ्कित त्रस्त भएको, राजासाहेबको विश्वासपात्र, कार्यकर्तालाई पैसा वितरण गर्ने, भण्डारे बन्दाबन्दै लक्ष्मीबाट रानी रोजिना प्रतिभा नामक सुसारेको समेत यौनशोषण, अवाञ्छित काम नगर्ने रविको दृढतासँगै प्रसाद राजासँगको सम्बन्ध टुट्नु, दरबारिया अनुग्रह पाएको लक्ष्मीबाट अकूत सम्पत्तिको जोडजाम जस्तो कथावस्तु पनि यहाँ जोडिन पुगेको , जुन विषयले मानवीय विवेक स्वतन्त्रतामाथि प्राप्त सङ्कटका रूपमा मानवीय क्रियाकलापमा घटेको विवेकको महत्व व्यक्ति स्वतन्त्रतामा आइहेको ह्रासत्वको चित्रण गरेको

वि.सं. २०४६/४७ को जनआन्दोलनको परिवेशमा रानी साहेवलाई भूमिगत सुरक्षामा रहेकै अवस्थामा गर्भिणी तुल्याइनु, रविकी प्रेमिका पनि लक्ष्मीको यौनपिपासाको सिकार हुनु, सत्ता परिवर्तनको प्रसङ्ग दलीय वर्चस्व चैतमा रातारात सत्तारुढ दल काँग्रेसमा प्रतिगामीहरूको प्रविष्टि, प्रसाद राजा पनि राजनैतिक नयाँ आवरणमा देखिनु, परिवर्तनपछि पनि रविको स्थितिमा सुधार नआउनु, उसलाई प्रतिगामी तुल्याई प्रतिशोध गर्न भएको प्रयत्न, पार्टीको कार्यकर्ता पद्मनाथ चुनावपछि गौण भूमिकामा प्रसाद राजा चुनावमा सहभागी नभए पनि पहुँचवाल भएको जस्ता तथ्यहरू कथानकको अन्त्यमा सटीक ढङ्गबाट प्रस्तुत हुन पुगेका छन् यी प्रसङ्ग पनि उत्तरआधुनिकताका बलिया उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ

अमिता रविको वियोग पछि रविमाथि भएको हमला कथावस्तुको समाप्तिका क्रममा उपन्यासका समाप्तिका विभिन्न सम्भावनाहरू औंल्याउँदै कथानक सकिएको , खासगरी रविमाथिको आक्रमणको रहस्य सुल्झाउने विभिन्न उपायहरू पहिल्याउँदै यस उपन्यासको आख्यानवृत्त टुङ्गिएको

.. चरित्र चरित्रचित्रण
पूर्वदीप्तिका क्रममा झिनो ग्रामीण परिवेश भए पनि मूलतः सहरिया परिवेश, खासगरी राजधानी काठमाडौँको आवरणमा केन्द्रित कथावस्तु भएको प्रस्तुत उपन्यासमा पञ्चायती शासन पद्धति नवस्थापित प्राजातान्त्रिक शासनपद्धतिका सङ्क्रमणमा रहेको सरकार, राजनीति पत्रकारितामा रहेका अव्यवस्था, भद्रगोल विसङ्गतिलाई पर्दाफास गर्न विभिन्न पात्रहरूको संयोजन गरिएको यस उपन्यासमा कथावस्तुको समाख्याता लक्ष्मीपात्रको भूमिकामा उसको साथी रविपात्रको भूमिकामा प्रस्तुत भई प्रमुख केन्द्रीय पात्रका रूपमा प्रस्तुत भएका छन् यस अतिरिक्त कथावस्तुलाई पूर्णता प्रदान गर्न यहाँ सम्पादक शिवराम, प्रसाद राजा, रुकमिनी, रोजिना, रानीसाहेब, अमिता, गीता, शीला, शिवरामकी पत्नी, रुकमिनीकी छोरी सविता, भक्तपुरको किसान परिवार, सहायकमन्त्री, जि.एम., प्रधानमन्त्री, दरबार, सिलवाल, फक्कड पत्रकार, केसी, छिमेकी परिवार, आमा, बहिनी, भान्दाइ, प्रेमकुमार, गुरु, माली, प्रतिमा, धर्मदत्त, शिवहरि, रामकुमार, पदमनाथ, गुण्डा केटाहरू आदि धेरै पात्रहरूको प्रयोग गरिएको लक्ष्मी, रवि, प्रसाद राजा, शिवराम आदि मुख्य पात्रहरूमध्ये रविमात्र सकारात्मक चरित्रका रूपमा अन्य नकारात्मक चरित्रका रूपमा देखा परेका छन् नायिकाको भूमिका निर्वाह गर्ने पात्रको अभाव रहेको यस उपन्यासमा समाजमा देखा परेका विकृित, विसङ्गति सन्त्रासको स्थितिमा बाँचीरहेका सीधासाधा सङ्कघर्षशील मान्छेहरूको चिन्ताजनक स्थिति तथा भ्रष्ट अवसरवादीहरूले देशलाई खोक्रो पारिरहेको प्रसङ्गलाई सटीक स्पष्ट ढङ्गले चित्रण गर्न उक्त पात्रहरूको सुन्दर विशिष्ट संयोजन गरिएको यस उपन्यासमा प्रयुक्त केही महत्वपूर्ण पात्रहरूको चरित्रचित्रणमा उत्तरआधुनिकताको प्रक्षेपण यसरी गर्न सकिन्छ :–

.. लक्ष्मी
उपन्यासको समाख्याताका रूपमा आएको लक्ष्मी प्रमुख भूमिका निर्वाह गर्ने चरित्र हो गाउँबाट जीवका धान्न काठमाडौँ आएको , यस क्रममा उसले चाकडी चाप्लुसीका अनेकौँ तरिका उपयोग गरेको सानैमा आमा पोइला गएकी लक्ष्मीको प्रारम्भिक जीवन निकै कष्टप्रद संघर्षमय देखिन्छ, तर पछि स्वार्थी हुन पुगको पत्रकारिता जस्तो आदर्श पेसामा रहेर पनि अनैतिक काम गर्छ पैसाका लागि जस्तो सुकै नीच काम गर्न पनि पछि पर्दैन उसले स्वार्थसाधना गर्न जस्तो सुकै चरित्रलाई निर्वाह गरेको देखिन्छ यौन मामिलामा अति कमजोर , उसले गीता, शीला, रुकमिनी, सविता, रोजिना, प्रतिमा, अमिता आदि महिलाहरूसँग कुकर्म गरेको उसकै कारण रुकमिनी रोजिना वेश्या हुन पुगेका छन् प्रसाद राजाको विश्वास जित्न थुकेको थुक चाट्न जुत्ता टिपेर दगुर्न पनि पछि पर्दैन पछि उसैलाई समेत ठगेर काठमाडौँमा घर बनाउन सफल हुन्छ जनआन्दोलनमा अनिताका घरमा डरले लुक्ने लक्ष्मी आन्दोलनपछि दलीय आवरण फेरेर ठूलो क्रान्तिकारी भई टोपल्छ लक्ष्मी पीतपत्रकारिता प्रजातन्त्रको प्रतिगमन चाहने नीच भ्रष्ट प्रवृत्तिका सामन्तहरूको प्रतिनिधित्व गर्ने वर्गीय पात्रका रूपमा उपन्यासमा प्रस्तुत भएको अरुलाई पीडा दिएर आनन्द प्राप्त गर्ने प्रवृत्ति भएको लक्ष्मी यस उपन्यासको नकारात्मक भूमिका निर्वाह गर्ने खलपात्र पनि हो उसका माध्यमबाट लेखकले यस उपन्यासमा प्रजातन्त्रप्रति पछिको नेपाली पत्रकारिता, राजनीति सामाजिक संस्कारमा देखा परेका अधम स्थिति मूल्यगत ह्रासताको चित्रण गरेका छन्

... रवि
बाल्यकालमा लक्ष्मीसँगै हुर्केको गाउँबाट काठमाडौँ आएपछि लक्ष्मीकै सहारामा एउटै डेरामा बसोवास गर्ने रवि यस उपन्यासको नायक हो पनि लक्ष्मीसँग एउटै पत्रिकामा काम गर्छ उसले जस्तोसुकै हन्डरठक्कर खाएपनि निस्वार्थ, नीतिवान् स्वाभिमानी उसलाई लक्ष्मीका अनैतिक क्रियाकलाप मन पर्दैनन्, तथापि उसले लामो समयसम्म लक्ष्मीसँगै बसेर गुजारा गरेको उत्कृष्ट कवि पनि हो उसका कविता जर्मनेली भाषामा अनुवाद हुन्छन्, तर उसले कुनै प्रतियोगितामा पुरस्कृत हुने अवसर पाएको छैन नचाहिंदो अवाञ्छित कुरामा ध्यान नदिने अर्काको अनावश्यक दबाव सहन नसक्ने भएकाले साथीहरूमाझ पनि मनपर्दो देखिंदैन रविको दृढता, स्वाभिमानिता आदर्शप्रति लक्ष्मी लगायत उसका मतियारहरू ईष्र्यालु हुन पुग्छन् लक्ष्मी, शिवराम प्रसाद राजाजस्ता भ्रष्ट, पाखण्डी कुकर्मीहरूसँग झुक्दैन उसले अमितासँग आत्मीय प्रेम गरेको धनको अभावमा पनि उसबाट अनैतिक काम भएको छैन उसले होटेलवालाको पैसा तिर्ने मनसाय व्यक्त गरेको प्रजातन्त्र प्राप्तिका लागि प्रतिबद्ध आन्दोलनमा सहभागी भई घाइते समेत हुन पुग्छ शिवरामको पत्रिका बन्द भएपछि प्रसाद राजाकहाँ काम गर्न पुगेको रवि अनैतिक तरिकाले टेण्डर स्वीकृति गर्न नमिल्ने बिषयमा प्रसाद राजासँग विवाद भई जागिर छोडिदिन्छ इमान्दार सहयोगी रुकमिनी सवितालाई विगारेको बिषयमा लक्ष्मीसँग रिसाउँछ तर उसकै आग्रहमा रविले रोजिना रानीसहेव लक्ष्मीलाई आफ्नी प्रेमिकाको घरमा लुकाउने बन्दोवस्त गरेको अन्तर्मुखी स्वभावको रवि आफ्नो सिद्धान्त आस्थाका लागि सौदाबाजी नगर्ने समाजको आदर्श व्यक्तिको प्रतिनिधित्व गर्ने व्यक्तिगत चरित्र हो
मानवीय विवेक स्वतन्त्रतामाथिको सङ्कटग्रस्त विवेकहीन मानवीय क्रियाकलाप तथा ह्रासत्वको वर्तमान युगमा रवि जस्ता स्वच्छ, इमानदार सच्चरित्रले उचित सम्मान प्रतिष्ठा नपाउनु उत्तरआधुनिक समाजको प्राप्ति ठह¥याउँदै लेखकले उपन्यासको अनुकूल पात्रका रूपमा स्थापना गरिकन पनि घटनालाई नियन्त्रणमा लिन नसक्ने निरीहता प्रस्तुत गरी उल्टै घटनाबाट थिचिएको रुग्ण अनायकका रूपमा रविलाई चित्रण गरेका छन् उपन्यासको अन्त्यमा अज्ञात व्यक्तिको छुरीद्वारा घाइते भई अन्त्यमा मृत्युलाई कुरेर बस्न बाध्य रवि उत्तरआधुनिक समाजको एउटा प्रतिनिधि पात्र भएको

... शिवराम, रुक्मिनी प्रसाद राजा
शिवराम दीप्तिमान् पत्रिकाको सम्पादक हो कसैलाई गाली गरेर कसैलाई प्रशंसा गरर पत्रिकामा लेख्ने तर त्यसको जिम्मेवारी भने अरुलाई वहन गर्न लगाउने शिवराम अत्यन्त नीच पात्र हो सहायक मन्त्रीको सहयोगबाट पत्रिका चलाउने पाएको पैसा उक्लै गुटमुट्याउँछ कर्मचारीहरूलाई आश्वसन मात्र दिन्छ मन्त्रीहरू जी.एम्.हरूको चाकडी गरेर होस् वा तिनीहरूलाई धम्क्याएर होस् पैसा झार्नु उसको प्रमुख कर्तव्य हो पत्रिकामा कर्मचारीले पैसा माग्न थाले भने अन्तिम उपायका रूपमा आफ्नी रूपवती श्रीमतीलाई प्रयोग गर्छ श्रीमतीका अगाडि खुव व्यस्त झैं देखिने उसको काम कामदारलाई हप्काउने ठूलाबडाबाट पैसा झार्ने हो पीतपत्रकारिताको नमुना बनेर देखिएको शिवराम मौकाको फाइदा उठाउन हदै सिपालु

लक्ष्मी रविको डेरानजिकै बस्ने रुक्मिनी पाँच सन्तानकी आमा हो उसको लोग्नेको मृत्यु भएकाले गरिबीको चाप बढेकाले उसले छोराछोरीको लालनपालन गर्नु परेको पछि लक्ष्मी रविको डेरामा भात पकाउने भाँडा माझ्ने काम गर्न थालेकी रुकमिनीलाई एक दिन लक्ष्मीले बलात्कार गरिदिन्छ काम गर्न आउन छोड्छे रुक्मिनीकी छोरी सवितालाई पनि लक्ष्मीले नै बलात्कार गरेर दुवैलाई वेश्या बनाउँछ जीवन चलाउने अन्तिम उपायमा रूपमा घृणित पेसा अपनाउन रुक्मिनी बाध्य भएकी

सानो दरबार नै सञ्चालन गरेर बसेको चन्द्रप्रसादलाई उपन्यासमा प्रसाद राजा राजासाहेब पनि भनिएको पञ्चायती कालको सामन्त कैयौँ भरौटेहरूलाई सञ्चालन गर्ने प्रसाद राजा भूमिगत रूपमा शासन गर्ने मान्छे हो आफू नपंूसक भएकाले सुन्दरी श्रीमती रोजिनासँग सधैं त्रस्त रहने प्रसाद राजा पैसा बाँडेर सबैलाई ठिक लगाउन खोज्छ सत्तारुढ मन्त्री, प्रधानमन्त्री जी.एम् आदिको भीड उसकै घरमा लाग्दछ लक्ष्मीको गर्भधारण गरेर रोजिनाले छोरो पाए पनि हर्षित नै बहुदल आएपछि लक्ष्मीकै सहयोगले चैते बनेर पार्टीमा प्रवेश गर्छ नीच प्रतिगामी चरित्र निर्वाह गर्ने प्रसाद राजाले लक्ष्मीलाई थुकेको थुक चाट्न लगाएको भने रविले टेन्डरका कुरामा आफ्नो अवज्ञा गर्दा मनपरी गाली गरेको

सारांशमा यी तीनैजना पात्रमा वर्तमान युग परिवेशको प्रत्यक्ष प्रभाव

.. द्वन्द्व
उपसंहार अर्थात् चौथो अन्त्यउपन्यासको कथानकमा द्वन्द्वको प्रबलता यहाँ बाह्य द्वन्द्वका रूपमा लक्ष्मी रविको बैचारिक द्वन्द्व प्रबल रहेको चाकडी चाप्लुसी गरेर तथा प्रजातन्त्रका विरुद्ध अवसरवादी भई शक्ति सम्पत्ति जोड्ने लक्ष्मीको प्रवृत्ति तथा शिवराम, प्रसाद राजा जस्ता भ्रष्टाभारी सामन्तहरूसँग नझुक्ने तथा सच्चा हृदयले काम गर्ने अनि समाज नै अवसरवादी प्रवृत्तिको प्रशंसक भए पनि देशमा प्रजातन्त्रका लागि मरिमेटी प्रयत्न गर्ने रविको प्रवृत्तिका बीच प्रबल द्वन्द्व यहाँ बैचारिक आधारमा दृढता इमान्दारिता तथा अवसरवादिता मूल्य विघटनका बीचमा द्वन्द्व भन्न सकिन्छ


. निष्कर्ष

पञ्चायती राजनीतिको संरक्षणमा हुर्किएका विकृतिलाई प्रस्तुत गर्ने क्रममा प्रस्तुतउपसंहार अर्थात् चौथो अन्त्यउपन्यासको वस्तु तैयार भएको गौतमका अन्य उपन्यासमा जस्तै यहाँ गरिबी बस्तु बनेर आएको पाइन्छ भोकको तृप्तिका लागि पात्रले अनेक कार्य गरेका उदाहरण उपन्यासमा आएका पाइन्छन् हुन भोक विभिन्न प्रकारका छन्शारीरिक (खाद्यवस्तुको) भोक, यौनिक भोक, शक्तिको भोक, अज्ञानता अन्धकारको भोक यी सबै प्रकारका भोकहरू यस उपन्यासमा आएको पाइन्छ कामवासना पनि भोककै एउटा शृङ्खला हो रक्सी पनि गौतमको उपन्यासको अर्को वस्तु हो उनका पात्रहरू जति नै गरिब या धनी भए पनि तिनीहरूको जीवनको आधार रक्सी बनेको हुन्छ खुसीमा होस् या दुःखमा उनका पात्रहरू रक्सीमा रमाइरहेका देखिन्छन् पैसा गौतमका यस उपन्यासको एउटा वस्तु हो पैसाको कमीले गरिब बनेका पात्रको गरिबीको चित्रण उपन्यासमा प्रस्तुत हुनु पैसाका लागि मरिमेट्ने, चाकडी चाप्लुसी गर्ने, स्वाभिमानलाई गिराउने खालका, घूसका शृङ्खलामा फन्फन्ती घुमेको पात्र लक्ष्मी नै यस उपन्यासको समाख्याता बनेको पैसाका लागि निकृष्ट काम गर्न पनि पछि पर्दैन देश जनताको समसामयिक वस्तुस्थिति पनि यस उपन्यासको वस्तु हो कमजोर भ्रष्ट मन्त्री, राष्ट्रियताको अभाव, खोक्रा भाषण दिने नेता, अकर्मण्य प्रहरी प्रशासन यस उपन्यासमा आएका छन् यस उपन्यासको वैचारिक धरातलको रूप अस्तित्ववाद विसङ्गतिवाद नै हो, तर आर्थिक, राजनैतिक, सांस्कृतिक साञ्चारिक विसङ्गतिका पक्षहरूलाई उत्तरआधुनिकताका परिधानभित्र राखेर यस उपन्यासमा सारभूत रूपमा मूल्यहरूको क्रमशः अन्त्य हुँदै गएको विषयलाई उपस्थापन गरिएको

.सन्दर्भग्रन्थ सूची
गिरी, अमर, उत्तरआधुनिकतावादका अवधारणा, गोरखापत्र, शनिवासरीय परिशिष्टाङ्क, धधध।नयचपजबउबतचब।यचन।लउ संस्करण
गौतम, ध्रुवचन्द्र, जेलिएको, बल्खु : नेपाल मुद्रण उद्योग सङ्घ, २०६२
गौतम, ध्रुवचन्द्र, अप्रिय, काठमाडौं : ओरिएन्टल पब्लिकेसन, २०६७
गौतम, ध्रुवचन्द्र, उपसंहार अर्थात् चौथो अन्त्य, काठमाडौं : साझा प्रकाशन, २०४८
प्रधान, कृष्णचन्द्रसिंह, नेपाली उपन्यास उपन्यासकार (ते.सं.), काठमाडौँ : साझा प्रकाशन, २०५२
बराल, कृष्णहरि अन्य, उपन्यास सिद्धान्त नेपाली उपन्यास (दो.सं.), काठमाडौँ : साझा प्रकाशन, २०५८
भट्टराई, गोविन्दराज, उत्तरआधुनिक विमर्श, काठमाडौँ : मोडर्न बुक्स, २०६४
राई, इन्द्रबहादुर, नेपाली उपन्यासका आधारहरू (दो.सं.), काठमाडौँ : साझा प्रकाशन, २०३२
रेग्मी, अनुपमा, ध्रुवचन्द्रका उपन्यासमा वस्तुप्रयोग अप्रियउपन्यासको विशिष्टता, मधुपर्क बैशाख, २०६८।
सुवेदी, राजेन्द्र, नेपाली उपन्यास : परम्परा प्रवृत्ति (दो.सं.), काठमाडौँ : साझा प्रकाशन, २०६४  




Powered by Blogger.