पर्व उत्सव एवं व्रत पदको निरुक्ति र अर्थ
- पुरुषोत्तम खतिवडा
भ्वादि गणीय
पर्व धातु पर्वति पूरा गर्नु भर्नु जोड्नु
अर्थमा प्रयुक्त हुन्छ, यसमा अच् प्रत्ययको योगबाट पर्व शब्द बन्दछ जसको अर्थ हो पूर्ण
भरेको अथवा जोडेको गाँठो । उदाहरणद्वारा पर्वको अर्थ स्पष्ट गरिन्छ । स्त्री अपूर्ण
छ पुरुष अपूर्ण छ । विवाह संस्कारपछि दुवै मिलेर पूर्ण हुन्छन् । जसरी अर्ध नारीश्वर
आधा नारी (स्त्री) आधा ईश्वर (पुरुष) र पूर्णब्रम्ह । यस कारण विवाहका दिन तिथि गृहस्थीका
लागि पर्व हो । द्वादश प्रधयश्चक्रमेकम् अथर्व १०।८।४ यस मन्त्रमा एक चक्रको बाह्र
टुक्रा हुन्छन् । यी टुक्रालाई आपसमा जोडिन्छ । जोड्नाले बाह्र गाँठा पर्दछन् । यी
बाह्र गाँठाले युक्त हुनाले यो चक्र पूर्ण अथवा ब्रम्ह हो । बाह्र टुक्रा बराबर बाह्र
राशिहरू मेष, वृष, मिथुन, कर्कट, सिह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ तथा मीन
। सूर्य जब मेष राशिलाई नाघेर वृष राशिमा प्रवेश गर्दछन् त्यो एक पर्व हुन्छ । यसरी
परिवर्तनको आधार मानेर यसलाई वृष संक्रान्ति भन्दछन् । जब सूर्य मीन राशिलाई नाघेर
मेषमा प्रवेश गर्दछन्, त्यो पनि एक पर्व घटित हुन्छ । यसलाई मेष संक्रान्ति भन्दछन
। संक्रान्तिको अर्थ हो आगमन । एक वर्षमा सूर्यको बाह्र संक्रान्तिहरू पर्वका नामबाट
जानिन्छन् । एउटा मात्र राशि अपूर्ण हुन्छ । एक एक गरेर बाह्र राशिहरू जोडिँदा पूर्ण
हुन्छ । यसकारण मेष संक्रान्ति संवत्सरको प्रारम्भ एक विख्यात पर्व हो रात र दिनको
जोड सूर्योदय एवं सूर्यास्त यी दुवै दैनिक पर्व हुन् यिनलाई दैनिक संक्रान्ति भन्दछन् ।
चन्द्रमामा
पूर्ण प्रकाश अर्थात्् पूर्णिमा तिथि सूर्य र चन्द्रमाको आमने सामने हुनु १८०अंश टाढा
हुनु एक पर्व हो । चन्द्रमामा पूर्ण अन्धकार अर्थात् अमावस्या तिथि सूर्य र चन्द्रमा
एकै ठाँउ हुनु परस्पर शून्य अंश टाढा हुनु अर्को पर्व हो । चन्द्रमामा आधा प्रकाश एवं
आधा अन्धकार हुनु अष्टमी तिथि परस्पर ९० अंश शुक्लाष्टमी एंव २७० अंश कृष्णाष्टमी यी
दुवै पर्व हुन् । यी चन्द्रमाका चार तिथि पर्व भए । चन्द्रग्रहण एवं सूर्यग्रहण पूर्ण
अन्धकारको स्थिति हुनु पनि पर्व हो । जातकको गर्भबाट बाहिर आउनु जन्म भू–संक्रान्ति
एक पर्व हो । जातकको यस लोकबाट परलोक जानु मृत्यु उध्र्व संक्रान्ति यो पनि दोस्रो
पर्व हो । यस प्रकार प्रत्येक गृहस्थीका जीवनमा २४ पर्व सामान्य हुन्छन् । तिनीहरू
जस्तैः सूर्यका १२ संक्रान्तिहरू चन्द्रमा पूर्वोक्त ४ तिथि सायं प्रात महापुरुषहरूको
जन्म मृत्यु(श्राद्धको दिन) स्वजन्म विवाह सूर्य एवं चन्द्रग्रहण आदि ।
१. आत्मनेपदि
तुदादिगणका पृ धातुको अर्थ हो व्यस्त हुनु सक्रिय हुनु सुम्पनु नियम गर्नु आफुलाई काममा
लगाउनु निश्चित गर्नु अथवा राख्नु ।
२. परस्मैपदी
जुहोत्यादिगणका पृ धातुको अर्थ हो अगाडि लानु प्रकाशित गर्नु,रक्षा गर्नु, जीवित राख्नु,
उन्नति गर्नु, प्रगतितर्फ बढ्नु आदि ।
३. परस्मैपदी
क्रयादिगणका पृ धातुको अर्थ हो रक्षा गर्नु अर्थात् पालन पोषण गर्नु आदि ।
४. परस्मैपदी
स्वादिगणका पृ धातुको अर्थ हो प्रसन्न हुनु संतृप्त गर्नु गराउनु आदि ।
५. उभयपदि चुरादिगण
पृ धातुको अर्थ हो पार लगाउनु कुनै वस्तुलाई अर्को ठाउँमा पु¥याउनु, अनुष्ठान गर्नु,
सम्पन्न गर्नु, योग्य हुनु समर्थ हुनु बचाउनु उद्दार गर्नु योग्य हुनु सङ्कल्प पुरा
गर्न । यस अर्थमा पृ धातुबाट वनिप् प्रत्ययको योगबाट पृ वनिप् पर्वन् शब्द निष्पन्न
हुन्छ । पर्वन् सु बराबर पर्व शब्द यसरी बन्दछ । यसको अर्थ हो व्यस्ति नियति हर्ष उन्नति
रक्षा पालन तृप्ति संतुष्टि सामथ्र्य उद्धार निस्तार भेट प्राप्ति आनन्द अनुष्ठान पूर्ति
आल्हाद विकाश तथा यश । ग्रन्थि पुस्तक र पीडा पनि पर्वको अर्थ हो । जन्मदेखि लिएर मृत्यु
पर्यन्त मनुष्यको जीवन एक पर्व हो । अनन्त पर्वहरूको श्रृङ्खलामा जीव(प्राणी) का वर्तमान
जीवन दृश्य पर्व हुन् । यो सुख र दुःखका सूत्रमा बाँधिएको गाँठो हो । यस गाठाँलाई खोल्न
जान्नु भनेको त्यसपछिको शान्ति प्राप्त गरेर जीवन यात्रामा पुग्ने लक्ष्य हो । पर्वले
युक्त हुनाको कारण जीवन पर्वत जस्तै हो । पर्वत पूज्य हो पर्वताय नमः।
उत्सव
सू धातु अदादि
तुदादि दिवादि स्वादि गणमा पठित हो जसको अर्थ हुन्छ उत्पन्न गर्नु जन्म दिनु उत्तेजित
गर्नु उक्साउनु प्रेरित गर्नु ऋणादिको परिशोधन गर्नु आदि । यस अर्थमा उत् उपसर्ग एवं
अञ् प्रत्यय लागेर (उत् सू अव) बराबर उत्सव शब्द निष्पन्न हुन्छ । यसको अर्थ हो आमोद
प्रमोद हर्ष सुख प्रसन्नता आन्नद सम्प्राप्ति उन्नति प्रकाश चाडपर्व चहल पहल आदि ।
जति पनि पर्व छन् । ती सबै उत्सव हुन् । सूर्यका १२ संक्रान्ति १२ अमावस्या १२ पूर्णिमा
१२ शुक्लअष्टमी १२ कृष्ण अष्टमी यी ६० सार्वजनिक उत्सव (पर्व) हुन् । राज्यसत्ताका
लागि धर्म युद्ध उत्सर्व (महाभारतको लडाइँ) नेपालको २०६२–६३ को जन आन्दोलन आदि पनि
पर्व नै हुन्, जस्तैः मन्त्रं तमप्सन्त शवस उत्सवेषु नरो नरमवसे तं धनाया (ऋक् १।१००।८)
तम् द्र त्यसमा
। अप्सन्त द्र प्राप्त हुन्छन् । शवस द्र वलद्वारा । उत्सवेषु द्र उत्सवहरूमा । नरः
द्र मनुष्य । नरम् द्र मनुष्यलाई अवसे द्र रक्षाका लागि, तम् द्र त्यसलाई । धनाय द्र
धनका लागि समाजहनी दुष्टको वध उत्सव हो । जसरी श्री रामले रावणको वध आश्विनमा गरेको
थियो । त्यसैले आश्विनमा विजयादशमी उत्सव हुन्छ ।
व्रत
‘वृ’ धातु भ्वादि, स्वादि, क्य्रादि र
उभयपदी हो । वरति – वरते वृणोति, वृणुते, वृणाति, वृणीते यस्ता रूप बन्दछन् । यसको
अर्थ हो, छाट्नु, चुन्नु, प्रसन्न गर्नु, निवेदन गर्नु, विवाहका लागि वरण गर्नु, प्रार्थना
गर्नु, निवेदन गर्नु, याचना गर्नु, ढाक्नु, छोप्नु, गोप्य राख्नु, हटाउनु, बिध्न गर्नु,
विरोध गर्नु, रोक्नु, दबाउनु, नियन्त्रण गर्नु,
निरीक्षण गर्नु, सेवा गर्नु, परिचर्चा गर्नु , समर्पण गर्नु, स्वीकार गर्नु आदि । यी
पूर्वोक्त अर्थमा वृ धातुमा अतच् प्रत्यय लगाउँदा (वृ अतच्) व्रत शब्द बन्दछ । यसको
अर्थ हुन्छ चयन चुनाव, स्वीकृति प्रसन्न, प्रार्थना, निवेदन ,ढाक्नु, अवरोध, निरोध
दमन समर्पण, सेवा, गोपनीय, टाढा, लगाव नहुनु परीक्षण आदि । पुनः परस्मैपदी भ्वादि गणीय
व्रज गतौ अर्थमा व्रजति घ+जस्य त व्रत यस निष्पत्तिद्वारा व्रत शब्द बन्दछ । व्रतको
अर्थ हो आफ्ना प्रियका नजिक जानु, परमात्माका निकट जानु, आफ्ना स्वरूपमा प्राप्त हुनु,
भक्ति साधना, प्रतिज्ञा सङ्कल्प तथा दृढ निश्चय । यसका अतिरिक्त संस्कार आस्था अनुष्ठान,
अभ्यास यज्ञ उपवास, नियम, विधि अध्यादेशलाई पनि व्रत भन्दछन् । शुभ र अशुभ कर्म कर्तालाई
आवृत गर्दछ अथवा ढाक्दछ । अतः त्यस्तो कर्म नै व्रत हो । व्रतमिति कर्मनामा निघण्टु
। सङ्कल्पका साथ कर्मको आचरण गर्नु व्रत हो नाना विध कर्म हुनाले व्रत पनि नानाविध
नै छन् । व्रतको रक्षा गर्नेवाला अग्नि हुन् । अग्निलाई व्रतपा भनिन्छ, जस्तैः
त्वमग्ने व्रतपा
असि देव आ मत्र्येष्वा त्वं यज्ञेष्वीडयः । अथर्व (१९।५९।१)
अर्थः त्वम्
अग्ने, हे अग्ने, तिमी, व्रतपा असि द्र व्रतको रक्षक हौ ।
देवः द्र देवता
हौ, आ मत्र्येषु आ द्र सम्पूर्ण मनुष्यहरूमा । त्व यंज्ञेषु द्र तिमी यज्ञहरूमा इड्यः
द्र स्तुतिका लागि योग्य छौ । सूर्यलाई पनि व्रतपा भनिएको छ ।
जस्तैः मन्त्र
द्र ततः सूर्यो व्रतपा वेन आजनि (ऋक् १।८३।५७)
ततः सूर्य द्र
यस पछि सूर्य, व्रतपा द्र व्रतरक्षक, वेनः द्र क्रान्तिमान् अजनि द्र प्रकट भए ।
निष्कर्ष यो निस्कन्छ कि सूर्य अथवा अग्निको
उपासकहरूको व्रत पूरा हुन्छ । श्रीरामले १४ वर्षसम्म वनमा रहने व्रत पूरा गर्नुभयो
। पाण्डवहरूले १२ वर्षसम्म वनमा रहने तथा एक वर्ष अज्ञातवास गर्ने वाचा व्रत पूरा गरे
। महामना भीष्मले ब्रह्मचर्य व्रतलाई पूरा गरे । सबै ब्रतचारी आदरणीय हुन् –‘व्रतचारिणे
नमः ।
रुढ अर्थमा व्रतलाई उपवास भन्दछन् । उपवास
मा उप द्र नजिकै वास द्र बस्नु । उपवास आफ्ना आत्माको नजिक हुनु – शान्त चित्त रहनु
। यसका लागि गरिष्ठ भोजन एवं नुन, लवण (स्वादिष्ठ) भोजनको त्याग गरिन्छ । यो स्वास्थ्य
एवं दीर्घायुको सूत्र हो । हर्ष एवं शोक दुवै अवसर (पर्व)मा उपवास गरिन्छ । श्रीरामले
राज्याभिषेकको समयमा उपवास गरेको थियो । विवाहका दिन कन्यादान गर्ने व्यक्ति उपवास
(व्रत) मा रहन्छन् । मृत्युका समयमा आफन्त (क्रिया) उपवासमा रहन्छन् । यो हाम्रो अक्षुण्ण
सांस्कृतिक परम्परा हो । प्राचीन समय तिथि एवं संक्रान्तिको गरिन्थ्यो अब अहिले आएर
बार (सप्ताह दिन मध्ये कुनै) व्रत गरिन्छ । व्रत धर्मको एक अभिन्न अङ्ग हो । व्रत गर्ने
व्यक्तिलाई धार्मिक, आस्तिक बुझिन्छ । व्रतको सम्बन्ध पर्वसँग छ । व्रत एवं पर्वको
प्रकाश पार्ने प्रक्रियालाई ‘उत्सव’ भनिन्छ । यस प्रकार व्रत, पर्व एवं उत्सव धर्म
पुरुषका त्रिपाद हुन् । यो क्रियापदको नमस्कार छ ।
व्रत शब्द वैदिक धर्म दर्शन एवं सांस्कृतिकको
एक अनौठो देन छ । चार वेद ब्राह्मण ग्रन्थ एवं मनुस्मृति साहित्यिक ग्रन्थमा ‘व्रत’
शब्दहरू अनेक बार आएका छन् । यस शब्दको ठीक ठीक अनुवाद कसैले पनि कुनै भाषामा गर्न
सकिन्न । अरू भाषामा यसको गम्भीर भावको व्यक्तता गर्न सकिन्छ । परन्तु यसको पर्याप्त
कुनै भाषामा पनि मिल्दैन । हाम्रा प्राचीन ग्रन्थमा व्रत, प्रतिज्ञा पालना गर्नका लागि
दुर्गुण परित्याग एवं सद्गुणहरूको धारण गर्नका लागि दृढ निश्चय एवं दृढ सङ्कल्पका अर्थमा
आएको छ ।
व्याकरणको दृष्टिमा
आचारशास्त्रको परम्परा
एक विचारकको भनाइ छ कि झिँगालाई आफूले
बस्ने गुँड बनाउन घाँसको त्यान्द्रोबाट उसले बनाउने छाताजस्तो आकारको गुँड सिक्न आवश्यकता
पर्दैन तर मनुष्य बालक आफ्नो मुख धुने नियम सिक्दछ । अतः यो स्पष्ट हुन्छ कि मनुष्यलाईएक
आचारशास्त्र चाहिन्छ जुन परम्पराबाट नै चलेको छ, त्यसको नाम नै ‘व्रत’ हो । व्रतको
परिभाषा के हो ? यसलाई वेद वा व्याकरणका शाखामा शब्द सहित राख्दा अधिक श्रेयस्कर एवंलाभप्रद
होला । यजुर्वेद (१–५) मा आउँछ, जस्तैः
“अग्ने व्रतपते व्रतं चरिष्यामि तच्छकेयं
तन्मे राध्यताम् ।
इदमहमनृतत् सत्यमुपैमि ।”
आचारशास्त्रको
आधार
व्रतपति भगवान्ले आफ्ना व्रतको परिपालनका
लागि सहायता माग्नु भएको छ । त्यो व्रत के हो ? अनृत –झूटको परित्याग एवं सत्यको ग्रहण
। आचारणशास्त्रको आधार वेदको मन्त्र यही हो । सर्वशक्तिमान् सर्वज्ञ प्रभु व्रतको पालनामा
हाम्रो रक्षक एवं सहायक हुनुहोस्, यही प्रार्थना उपयुक्त मन्त्रमा गरेको छ ।
व्रत
व्रियते इति व्रतम् १ । जसको वरण, ग्रहण,
अनुपालन आचारण, अनुष्ठान गर्दा त्यसलाई व्रत भनिन्छ । ‘वृञ्वरणे’ यो धातुबाट कर्ममा
‘अतच्’ प्रत्यय गरेर व्रत शब्द निष्पन्न हुन्छ । यसका अतिरिक्त ‘वृञ् आवरणे, वृतु वर्तने
वृतु वरणे, वृतु व्यवहारे तथा ‘व्रति’ नियमने यी धातुहरूबाट पनि व्रत शब्द बन्द छ ।
२ फलतः व्रत शब्दको पुण्यजनक उपवास, नियम, निष्ठा, अनुष्ठान, नियमन निषिद्धवस्तु त्याग
आदि अनेक अर्थ छन् । महाभारत अनुशासन पर्वको १४९ अध्यायमा भीष्मपितामहद्वारा निर्दिष्ट
‘विष्णु सहस्रनाम स्तोत्रमा विष्णुका लागि दुई पटक ‘सुव्रत’ नाम आएका छन् जसको अर्थ
हुन्छ ‘शोभनं व्रतं जगद्व्यवस्थादिनियमो यस्य स सुव्रतः । यहाँ व्रत शब्द व्यवस्था
नियमका अर्थमा प्रयुक्त भएको छ, जस्तैः
नीरक्षीरविवेके हंसालस्यं
त्वमेव तनुषे चेत् ।
विश्वस्मिन्नधुनान्यः कुलव्रतं
पालयिष्यति कः ।
पानीबाट दूधलाई अलग गर्ने प्रक्रियामा
हंस नै यदि अल्छी गर्छ भने संसारमा अर्को आफ्ना कुल धर्मको पालन कसले गर्दछ ? यहाँ
कुल–क्रमागत कर्तव्य धर्म कर्ममा अर्थमा ‘व्रत’ शब्द आएको हो । भीष्म पितामहले आजीवन
ब्रह्मचारी रहने व्रत लिएका थिए । यहाँ ‘व्रत’ शब्द सङ्कल्पका अर्थमा प्रयुक्त भएको
छ । यसरी ‘व्रत’ शब्द आफ्ना धात्वर्थको विशेषताद्वारा विभिन्न अर्थहरूको प्रकाशित गर्दछ
। जसको प्रसङ्ग विशेषबाट अर्थविशेष ज्ञात हुन्छ । अमरकोषमा व्रत र नियमको पर्यायवाचक
मानेको छ तथा उपवास पुण्यक आदिको व्रतको प्रकार भनेको छ ।
वस्तु वर्जन २ सङ्कल्प, संयम आदि अनेक
अर्थ हुन्छन्, जस्तैः पयः शूद्रान्यं वा व्रतयति अर्थात्् पयो व्रतयति पयो भुङ्क्ते,
शूद्रान्नं वर्णयति – निषिद्धान्नं वर्जयति आदि ।
निष्कर्षतः सत्कर्म नै व्रत हो । अभीष्ट
कर्म गर्नु नै सङ्कल्प व्रत हो । धर्माचरण व्रत हो । पुण्य प्राप्तिका लागि विहित तिथिमा
उपवास गर्नु व्रत हो, जस्तैः श्रीरामनवमी, श्रीकृष्ण जन्माष्टमी, शिवरात्री, हरितालिका,
पूर्णिमा र अमा आदि । ज्ञात अज्ञात रूपबाट गरिएका कर्म निवारणका लागि अथवा अभीष्ट प्राप्ति
फलका लागि चान्द्रायण प्राजापत्य आदि पनि व्रत हुन् । सूर्य, विष्णु, गणेश, महेश र
दुर्गा आदिको ब्रह्मचर्य शौचादिमा रहेर अनुपालन गर्नुपर्दछ । ब्रह्मचारी सत्य, शौच,
सत्य भाषण, निरामिष भोजन आदि सबै प्रकारका व्रतमा प्रशस्त मानेकाले यस्ता व्रत व्रतीले
गर्नु पर्दछ ।
पर्व पूरणे तथापर्व गतौ धातुबाट कनिन्
प्रत्यय एवं पृ पूरणे र पृृ पालन पूरणयोः धातुबाट वनिप् प्रत्ययको योगबाट पर्वशब्द
निष्पन्न हुन्छ । यसरी विभिन्न धातुबाट बनेको ‘पर्व’ पनि व्रत शब्द कै तरह अनेक अर्थलाई
प्रकाश पार्दछ । कहीँ त ‘पर्व’ शब्दले अमावस्या, प्रतिपदा तथा पूर्णिमा, प्रतिपदाका
सन्धिकाललाई पनि अभिव्यक्त गर्दछ ।
दशावतार व्रत भाद्रपदशुक्ल दशमीका दिन
दशावतार व्रत गरिन्छ । यसमा स्नानादि नित्यकर्म गरेपछि मत्स्य, कुर्म आदि अवतारलाई
सविधि पूजा गरेर अपूपको नैवेद्य अर्पण गरिन्छ ।
व्रतस्वरूप
‘अथातो व्रतमीमांसा’ ‘बृहदारण्यकोपनिषद्’
१।५८।२१ ।
ऋग्वेदमा २२०
पटक ‘व्रत’ शब्दको प्रयोग भएको छ । व्रत शब्दको निष्पत्ति ‘वरणार्थक’ वृ धातुबाट निष्पन्न
भएको कुरा पहिले नै लेखिसकियो । यसमा ‘वर’ शब्द पनि सिद्ध हुन्छ । वरणको सिद्धि सङ्कल्प
या इच्छाबाट हुन्छ । अतएव ‘वृ’को अर्थ सङ्कल्प या इच्छा गर्नु पनि हो । यो तथ्य प्माण
‘वृणीत जेन्या’ (ऋ.१।११९।५) । ‘सरज्यारो न योषणां परः (ऋ. १०८५।९) ।’ प्रजापति र्वैसोमाय
राज्ञे दुहितरं प्रायच्छत् सूर्यो सावित्रीं तस्यै सर्वे देवा वा आगच्छन्’ (ऐ.ब्रा्४।७)
आदि वचनको पनि अनुशीलन गर्नु आवश्यक छ ।
“व्रतमिति कर्म
नाम वृणोतीति सतः । इदमपीतरद् व्रतमेतस्या देव । निवृत्तिकर्म । वारयतीति सतः ।” अन्नमपि
व्रतमुच्यते । यदावृणोतीति शरीरम् । (निरुक्त २।४।१३) ।
‘व्रत’ शब्दको
अर्थ भोजन र भोजन निवृत्ति हुन्छ । महर्षि कात्यायनले व्रत शब्दको अर्थ ‘व्रताद्भोजनं
तन्निवृत्योः” भनेको छ । “व्रतमिति च मानसं कर्म उच्यते ।” ‘व्रत’ तीन प्रकारका हुन्छन्
। ‘कायिक, वाचिक र मानसिक । कायिक व्रतमा शास्त्रवर्जित हिंसा कदाचार एवं कुत्सित दर्शन
आदिको त्याग गर्नु पर्दछ । अर्को – नित्यं नैमित्तिक र काम्यका भेदले ‘व्रत’ का तीन
भेद छन् । नित्य व्रत त्यो हो जसमा कुनै प्रकारको कामना हुँदैन, जस्तैः पतिव्रता नारीका
लागि ‘पातिव्रत्य व्रत’ ।
व्रतोवासनिरता या नारी परमोत्तमा ।
भर्तारं नानुवत्र्तेत साच पापगतिर्भवेत्
। (वाल्मीकि रा. २।२४।२५।२६)
यसरी ‘व्रत’
शब्दको ‘वृ’ धातुबाट व्याख्या अनेक विद्वान्हरूले गरेका छन् ।
सन्दर्भग्रन्थ
सूची
– अमरकोषः अमरसिंहः, बालकृष्णाश्रमीटीका, भार्गव
भूषण प्रेस यशोदा पुस्तकालय वाराणसी ।
– कल्याण, व्रतपर्वोत्सव अङ्क, गीताप्रेस गोरखपुर,
२००४ इ. ।
– अष्टाध्यायी महामुनि पाणिनि, परिष्कर्ता
गोपालशास्त्री चौखम्बा सुरभारती प्रकाशन वाराणसी १९९२ ।
– सिद्धान्तकौमुदी, दीक्षित भट्टोजि, खेमराज
श्रीकृष्ण दास, बुम्बइ (२०३१–१९८६) ।
– लघुसिद्धान्तकौमुदी नेपाली भाषानुवाद भवानीशंकर
शर्मा सुरि विरचित संवत् १९९२ मार्गशीर्ष पूर्णिमा ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्