मेघदूत (Meghdut)
प्राध्यापक टीकाप्रसाद शर्मा
सन्मार्ग सदन, धरान–१६
संस्कृत–साहित्य–जगत्मा महाकवि कालिदासको स्थान आदिकवि वाल्मीकि र महर्षि वेदव्यास पछि सर्वोत्कृष्ट मानिन्छ । यिनी महाराज विक्रमादित्यका कविनवरत्न विद्वान्हरूमध्ये प्रमुखतम एक थिए । महाराज विक्रमादित्यका नाम र समयबाट आजको हाम्रो विक्रम सम्वत् प्रचलनमा आएको हो । राजा विक्रमादित्यको राजधानी भारतवर्षको माझ उज्जयिनी–नगरी थियो । शशिशेखर भगवान् शिवका द्वादश ज्योतिर्लिङ्क यो विशाल भारत–वर्षमा अलग अलग बाह्र ठाऊँमा छरिएर रहेका छन् । ती ज्योतिर्लिङ्कहरू मध्ये त्यस उज्जयिनीमा एउटा ज्योतिर्लिङ्क विद्यमान छ – महाकालेश्वर –“उज्यायिन्यां महाकालः । ”यी महाकाललाई कालका देवता पनि भनिन्छ । महर्षि कश्यप र अदितिका पुत्र – आदित्य भगवान् श्री सूर्य नारायणको विक्रम अर्थात् गतिविशेषलाई निर्धारणकर्ताका रूपमा काल ऽ समयका निर्धारक यी महाकालेश्वर ऽ शिव हुन् पनि भनिन्छ । पश्चिमी जगत्को आजको समयनिर्धारक ग्रीनविच् टाइम मानिए जस्तो कुनै समयमा भरतखण्ड त्यो समग्र भारतवर्षमा उज्जयिनी – महाकालेश्वरको श्रीसूर्यको उदयास्तको समयलाई केन्द्र मानेर ज्योतिर्विद्हरू कालगणना गर्दथे । भारतमा पच्छिमा हावा लाग्नुभन्दा अघिसम्म विक्रमसम्वत् नै प्रचलनमा थियो । यहाँ नेपालमा भने उसै बेलादेखि नै विक्रमसम्वत् प्रमुखत्वेन प्रचलनमा रहिआएको छ । यसरी महाराज विक्रमादित्यका सभासद् कविनवरत्न विद्वान्हरूमध्ये प्रमुख–रत्न महाकवि कालिदासको समय आजभन्दा २०६६ वर्षपूर्वको साबित हुन आउँछ ।
विक्रम सम्वत् २००० मा काशीहिन्दूविश्वविद्यालयका संस्थापक महामना पण्डित मदनमोहन मालवीयका अध्यक्षतामा त्यहाँ काशीमा अखिल भारतीय विक्रम परषद्को स्थापना भयो र यस परिषद्ले महाराज विक्रमादित्यको “द्विसहस्राब्दी ”अनेक सार्थक ठोस कार्यक्रमहरू सञ्चालन गरेर मनायो । विक्रमादित्यको समयमा संस्कृत वाङ्मय, दर्शन र साहित्यको विकास एवं श्रीû–वृद्धि भएको ऐतिहासिक यथार्थता दर्शाउने कार्यक्रमहरू सञ्चालन गरिए । विक्रमादित्यका सभाका नवरत्न कवि, विद्वान्हरूका कृतिहरूको खोज, परिचय र प्रकाशन गर्ने गर्दै जाने लक्ष्यअनुसार पहिलो वर्गमा महाकवि कालिदासका काव्य–कृतिहरूको खोज–तलास र निर्र्केवलसमेत गरी, २००१ सालमा पण्डित सीताराम चतुर्वेदी (एम.ए., बी.टी., एल.एल.बी.) को प्रधान–सम्पादकत्वमा हिन्दी अनुवादसमेत “कालिदास–ग्रन्थावली ”प्रकाशित ग¥यो, यसै परिषद्ले । यस कडीमा अगाडि अभिनव नाट्यशास्त्र, भारतका सांस्कृतिक इतिहास, समीक्षाशास्त्र, भारतीय काव्यशास्त्र आदि प्रकाशित गर्दै जाने यस परिषद्ले लक्ष्य लिएको थियो ।
यस परिषद्ले दुई हज्जारवर्षको लामो अन्तरालमा विद्वान् कवि, ग्रन्थकार आदिका रूपमा चिनिएका कालिदासहरूको र तिनका कृतिहरूको अन्तर एवं बहिः साक्ष्यका आधारमा, द्विसहस्राब्दिपूर्वका विक्रमादित्य– सभापण्डित नवरत्न मध्ये को महाकवि कालिदासका कृतिहरूको ठोस–ठहर गरी यो कालिदास–ग्रन्थावली प्रकाशित गरेको छ । यसमा महाकवि कालिदासका सातवटा कृतिहरू सङ्गलित छन् । रघुवंश र कुमारसम्भव दुई महाकाव्य, ऋतुसंहार र मेघदूत दुई खण्डकाव्य एवं अभिज्ञानशाकुन्तल, विक्रमोर्वशीय र मालविकाग्निमित्र तीन नाटक गरी जम्मा सात ग्रन्थ यहीं आएका छन् । सूर्यवंशी राजाहरूको वर्णनपरक रघुवंश अनेक नायकवाला महाकाव्य हो –उन्नाईस सर्ग भएको । कुमार कार्तिकेयको जन्म–कर्ममा आधारित १७ सर्गे कुमार–सम्भव एकनायकवाला अर्को महाकाव्य हो । ऋतुसंहारमा अलगअलग छ ऋतुहरूको वर्णन विषयवस्तुपरक खण्डकाव्य हो । अलग अलगै पनि एक एक खण्डकाव्य मान्न सकिने यसलाई ऋतुवर्णन मात्रत्वेन एउटा खण्डकाव्य मानिएको हो । ऋतुवर्णन खासगरेर बाह्रमहिनाभित्र दुई दुई महिनाको फरकमा पाइने बदलिने प्रकृतिको रूप तत्कालीन सामाजिक परिवेशसमेतलाई समाकलन गरी काव्यीय सौन्दर्यको रूप दिने यो परिपाटी हाम्रो प्राचीन वैदिक परिपाटी हो । वैदिक वाङ्मयमा यसका रूप देख्न पाइन्छन् । प्रतिविम्बनको शैली भने युगानुकूल थोरबहुत भिन्न देखिन्छ । मेघदूत पनि खण्डकाव्य हो, तर ऋतुसंहारभन्दा पृथक् प्रकृतिको । बाँकी रहे तीनवटा नाटक । यिनका नाममात्रले पनि विषयवस्तु प्रतिपाद्य सामग्रीको सङ्गेत गर्दछन् । यसरी यी सातथान कृतिमा यत्रतत्र सर्वत्र महाकवि कालिदासको प्रतिभा, कला र बुद्धि–वैशद्य लहराइरहेको पाइन्छ । कुनै पनि कृति हातमा लिएपछि अन्त्यसम्म नपुगी छोड्न मनले मान्दैन एवं च जतिपल्ट पढ्न बसे पनि जति आवृत्ति पढे पनि रसास्वाद आइरहन्छ, फरक पर्दैन – सदाबहार छन् महाकविका यी कृतिहरू । अभिज्ञानशाकुन्तल विश्वसाहित्यमै उत्कृष्ट नाट्यकृतिको रूपमा मानिन्छ र यसैले महाकवि कालिदासलाई विश्वसँग परिचित गरायो, विश्वकविको रूपमा चिनायो । महाकवि कालिदासका अप्रतिम प्रतिभा एवं उत्कृष्ट साहित्य–साधनाका प्रतिफल यी सबै कृति एकसे एक छन्, एक एकको परिचय–प्रतिपाद्य यहाँ प्रस्तोतव्य हुन आउँछ, किन्तु यस्ता सामान्य एवं लघु आकारका लेखमा त्यो सम्भव छैन । यहाँ केवल एउटा मेघदूत खण्डकाव्यको अति सानो र त्यो पनि सामान्य चर्चा मात्र प्रस्तुत छ ।
महाकवि कालिदासको लघु आकारको, सात कृतिमध्ये सबैभन्दा सानो एउटा कृतिको नाम हो – मेघदूत । यो खण्डकाव्य हो । कविलाई स्रष्टा भनिन्छ । त्यो सर्जक हो, सिर्जना गर्छ । यसलाई विधि–विधाता, वर्णयिता, रचयिता आदि शब्दले पनि चिनिन्छ । यो अपार, विशाल संसार विधिको, विधाताको रचना हो, कृति हो, क्रिया हो, कर्म हो, काव्य हो । त्यसैले पहिलो विधि वा कवि पनि त्यही विधि हो । कवयते ऽ वर्णयति, इति कविः । कवेः कृतिः ùकर्म ऽ काव्यम् – यो शब्द, व्युत्पत्ति छ यहाँ । यसको सामान्य अर्थ भयो कवि ऽ कर्ताको कृति ऽ कर्म नै काव्य हो भन्ने । कविको आÇनो कृतिमा मन, वचन र कर्म सबै लागि परेका हुन्छन्, उसले यहाँ जुन यत्न गर्छ, प्रयत्न गर्छ वा खिप्ति गर्छ, खिप्छ त्यो नै भयो – उसको कृति ऽ काव्य । यस खिपाइमा उसको प्रभा, प्रज्ञा अर्थात् प्रतिभाको प्रभा, प्रभाव, जलप भनांै लावण्य वा चमत्कार भित्र– बाहिर, तल–माथि सबैतिर बराबर विद्यमान रहन्छ । यसैले पनि अरू सामान्य रचनाभन्दा कविकृति, काव्य, रचनामा विशेषतः भिन्नता रहने गर्छ । यो अलौकिक–असामान्य अर्थात् विशिष्ट मानिन्छ । स्रष्टा वा कविको यो परिश्रम, यो खिप्ति गद्य र पद्य दुबै प्रकारको वाङ्मयविधामा उत्तिकै परेको हुन्छ र पनि –कवि भन्दा प्रायेण, छन्दोविधान वा लयका साथ काव्यकृति तयार गर्ने स्रष्टालाई लिने सम्झ्mने गरन्छ । यो रुढिको प्रभाव हो । त्यस्तै महाकविमा पनि रुढिको गहिरो पहुँच रहेको छ । “खण्डकाव्य ”अर्थात् कवि वा स्रष्टाका काव्यकृतिको कुनै एक अंश ऽ खण्ड, कविको कल्पनामा प्रतिविम्बित हुन पुगेको जीव–जगत्को कुनै पनि एउटा खण्ड । यो “खण्ड ”तर पुराणहरूका पर्व वा अध्याय, भाग वा महाकाव्यको कुनै एक सर्गजस्तो जसको पूर्वापर प्रसङ्कमा संलग्न–सातत्य रहन्छ, त्यस्तो नभई गद्यमा बङ्कालीको गल्व, हिन्दीको कहानी, नेपालीको कथाजस्तो कुनै बृहदाकार उपन्यासको एक अंश वा खण्ड नभै आफैंमा अन्य निरपेक्ष सर्वाङ्कीण पूर्णतासम्पन्न खण्ड हो । कलेवर किंवा आकारले ठूलो भए पनि जस्तो एउटा –कथा, कथा नै हो उपन्यास हैन र उपन्यास सानो भए पनि उपन्यास नै हो त्यस्तै यो खण्डकाव्य पनि हो । थोरैमा भन्दा निरपेक्ष काव्यगत सर्वाङ्कीण पूर्णता यी खण्डकाव्यहरूमा विद्यमान रहन्छ । यो कवि–स्रष्टाको सोचको आकारप्रकारमा भरपर्ने हुन्छ, त्यसैले कतै सानो र कतै केही ठूलो आकारमा उपलब्ध हुन्छ । खण्डकाव्यको लक्षण छ –“खण्डकाव्यं भवेत् काव्यस्यैकदेशानुसारि च । ”(साहित्यदर्पण ६।३२९) यहाँ “काव्यस्यैकदेशानुसारि ”यो उपलक्षण मात्र हो । कालिदासकै “ऋतुसंहार ”र यस्ता अरु अरु कृतिहरू पनि यस खण्डकाव्य अन्तर्गत लिइएका छन् ।
स्रष्टा, कविको –काव्य, जीवनको यक्षको एउटा सानो भाग, अंश वा खण्डको अलिकति सारै अलिकति मात्र चर्चा यहाँ, यस कृतिमा आएको छ– खण्डकाव्यको आकारमा । यसको नाम दिए महाकवि कालिदासले मेघदूत ।अत्यन्त सरल नाम, हो यहाँ यस कृतिमा मेघले दूतŒव लिएको छ, अर्थात् मेघैलाई दूत बनाउने काम भएको छ । यहाँ मेघ भन्नाले तपाईं–हामी सबैले देखेको, हजारौं वर्ष अघिदेखि ऋतु अनुसार विशाल यो नील–नभमा देखिँदै आएको बादल वा कुइरो नै भन्ने अर्थ हो । यसले समय समयमा पृथिवीमा पानी बर्षाएर तिनलाई शस्यश्यामला, हराभरा नबनाइदिने हो भने बालीनाली, अन्नपात नउम्रने हो भने आज जीवजगत्ले ढाकिएकी यी वसुमती पृथिवीको कुन रूप हुने थियो –कल्पनासम्म गर्न पनि सकिन्न । दूत शब्दको अनि, व्युत्पत्तिपरक अर्थ हुन्छ –एउटा एकातिरको वार्ता, सन्देश अथवा कुरो अर्को, अर्कातिरकोलाई पु¥याइदिने काम गर्ने भन्ने । यो काम सजिलो छैन, जसिलो पनि छैन, दौत्यकर्म कहाँ सजिलो छ आज पनि । दूतका काम गराइका आधारमा थुप्रै प्रकारका काम परिकल्पना गर्न सकिन्छ । शास्त्रमा संक्षेपमा पठाउने र पठाइने दुबैतिरको भाव बुझ्mेर काम गर्ने निसृष्टार्थ दूत, कुरो थोरै गरेर काम पूरा गर्ने मितार्थ दूत र कुरो जतासुकै परोस् जस्ताको तस्तो पु¥याइदिने संदेशहारक दूत गरी तीन भेद दूतहरूका गरिएका छन् । तर, दूतका लक्षण वा भेद शास्त्रमा जस्ता देखाइए पनि यस मेघदूत काव्यमा आएको दूत साधारण, जस्तोतस्तो दूत छैन – यो मेघ । यसलाई सन्देशप्रेषक यक्षले मुख्यतया तीन प्रकारका कुरा, खासियतले दूत बनाउन लागेको छ । एक –यो मेघ कुलीन छ, उत्तम कुलको छ । मेघ पनि हेर्नका हुन्छन् । कुनै त “जो हो नबर्सने मेघ उसैको हुन्छ घर्घर ”वाला “ढपोरशंख ”मेघ, गर्जन्ति केचिद् वृथा जस्ता हुन्छन् । किन्तु यो मेघ कुलीन पुष्कर र आवत्र्तक जस्ता उत्तम कुलको छ, खानदानियाँ छ । दोस्रो कुरा यो स्वर्गका महाराज इन्द्रले पनि पत्याइएको, उनको विश्वासिलो खास व्यक्तिभित्र पर्दछ । तेस्रो कुरा र मुख्य कुरा यो मेघ ठाउँ अनुसार र काम अनुसार जस्तो बन्न परे पनि बन्न सक्छ, अनि इन्द्रका काम गर्दागर्दा खप्पिस भइसकेको छ । यसैले परम चतुर छ यो मेघ । यिनै गुणत्रयले विशिष्ट देखिएको मेघमा कुशलता, विश्वस्तता या भरपर्दोपन ठम्याएर प्रियाविरही यक्ष्य अरू फाल्तु कुरा नगरी आÇना कुरा सोझ्mै सरक्कै अघि सार्छ । धेरैजसो गरेर सन्देश पठाउने व्यक्ति उत्तमपुरुष र सन्देशवाहक दूत मध्यमपुरुष जस्तो देखिन्छ –व्यवहारमा, तर यहाँ त्यसको विपरीत, पठाउने भन्दा पठाइने मेघ उत्तम देखिन्छ –“मेरो यति सन्देश खबर पु¥याइदेऊ न ”भनी प्रार्थना गरिन्छ । अझ्m यति मात्र कहाँ सज्जन यक्ष साना तुच्छसँग गरिएको प्रार्थना निहोरा सफल हुनुभन्दा कुलीन, उच्चसँग गरिएको त्यो असफलै भए पनि राम्रो ठान्छ । यक्षले दूत बनाउन लागिएका मेघलाई गरिएका बेलाबेलाका बन्धु, भाइ, मित्र, सखा जस्ता सम्बोधनहरूले पनि यस दूत मेघको उत्तमता र परमविश्वसनीयता सुतरां स्पष्ट हुन्छ । यहाँ महाकवि कालिदासलाई आÇनो यस मेघदूत काव्यका पाठकले अचेतन जड मेघलाई दूत बनाइएकामा कुरा उठाउन सक्छन्, शङ्गा गर्न सक्छन् भन्ने लाग्छ । त्यसैले यसको समाधान त्यहाँ तत्काल प्रस्तुत गर्छन् –प्रियावियोगी यक्षको चित्त ठेगानमा थिएन, एकसुरे, विरही, कामात्र्तहरूमा चेतन अचेतनको विवेक रहन्न । “कामात्र्ता हि प्रकृतिकृपणाश्चेतनाचेतनेषु ”(पूर्वमेघ–५)
यो मेघदूत शृङ्कार–रसको काव्य हो । यहाँ विप्रलम्भशृङ्कार आद्यन्त सर्वत्र अनुभूत हुन्छ । विप्रलम्भले संयोग वा सम्भोग शृङ्कारलाई परिपाक दिने कुरामा रसशास्त्रीहरूको एकमत छ । शृङ्काररसप्रधान सबै जसो काव्य–महाकाव्यहरूमा विप्रलम्भ शृङ्कारलाई लिएर लेखिएको सम्भवतः महाकवि कालिदासको अमरकृति यो मेघदूत एउटै मात्र हो कि संस्कत साहित्यमा ? विप्रलम्भ शृङ्काररसको यो खण्डकाव्य स्वयंमा पूर्ण–परिपूर्ण छ । यसको कथावस्तु सानो छ, छोटो छ । मालिक कुबेरले खटाइएको काम, ख्याल नराख्ता आफूबाट बिरिएपछि उनको झ्वाँकमा एकवर्षका लागि प्रिया पत्नी–वियोगी भई प्रवासको दण्ड भोग्नु परको यक्ष, त्यहाँ आठ महिना जति जसैतसै बिताइसकेपछि वर्षाऋतु सुरु हुन लाग्दा, यो ऋतुमा अझ्m उर्लिएर आउने वियोगव्यथा म त जसैतसै खेपुँला खपुँला त्यहाँ अलकापुरी – मेरो घरमा एक्ली विरहिणी प्रिया यक्षीको के गति होला ? भन्ने सम्झ्mन्छ र त्यहाँ नजिकै पर्वतमालामा क्रीडारत मेघमण्डललाई देख्छ, उसलाई कस्तो कस्तो लाग्छ, घोरिन्छ अनि यसै मेघलाई दूत भइदिन अनुरोध गर्दै जाने बाटो, आÇनो अवस्था र यक्षीलाई पु¥याउनुपर्ने कुरा भन्न थाल्छ । मेघदूतको मूलकथा उपक्रम यत्ति हो, यही हो, तर यो यक्षको प्रवास रामगिरिदेखि टाढा अलकापुरी पुग्ने बाटाको वर्णनले समेत भरिएको छ ।
यस मेघदूत खण्डकाव्यमा एउटै छन्दको प्रयोग महाकवि कालिदासले गरेका छन् । त्यो मन्दाùùक्रान्ता छन्द हो, प्रतिपद, सत्र अक्षर हुने म.भ.न.त.त. गण पछि दुई अक्षर दीर्घ भएको समवृत्तको लामो छन्द । मेघदूत पूर्व र उत्तर २ खण्डमा विभक्त छ, । सामान्यतया पूर्वखण्डमा रामगिरिदेखि अलकापुरीसम्म पुग्ने बाटाको वर्णन छ, जसमा ६३ श्लोक छन् र उत्तरखण्डमा अलकापुरी, आÇनो घर, त्यसको सम्भाव्य अवस्था, विरहिणी प्रोषितभर्तृका यक्षीको अन्दाज गरिएको अवस्था र अफ्ना सन्देशका कुरा र धैर्य गरी अरू ४ महिनासम्म बस्न, दुःखका दिन खप्न पठाइएका सन्देशका कुरा छन् । उत्तरखण्डमा ५२ श्लोक छन् । यसरी जम्मा मात्र ११५ श्लोकमा विश्वप्रसिद्ध यो खण्डकाव्य पूर्ण भएको छ ।
संस्कृत–साहित्यका लोकप्रिय प्रसिद्ध ग्रन्थहरूमा, परवर्ती विद्वान्हरूले समयसमयमा त्यस्ता काव्यहरूमा आफूलाई मन परेका ठाउँमा वा आफूलाई स्वाद परेका अथवा थप्नैपर्ने भन्ने लागेका स्थलहरूमा थप गरेका श्लोकहरू पाइन्छन्, पाइने गर्दछन् । यस्ता श्लोकहरूलाई प्रक्षिप्तश्लोक वा छोटकारीमा प्रक्षेप भन्ने गरिन्छ । यी श्लोक, कसले, कुनकुन विद्वान्ले कहिले, कुन बेला थपे यो कुरा भन्न भने कठिन हुन्छ, तर विद्वानहरूले प्रक्षिप्तलाई तुरुन्तै ताडिहाल्छन् । यो मेघदूत पनि त्यस्तै लोकप्रिय प्रसिद्ध काव्य हो र यो पनि यस दिशामा अपवादमा पर्दैन । यसमा पनि त्यस्ता प्रक्षित श्लोक निकै पाइन्छन् । प्रक्षिप्त श्लोकहरू स्थानानुकूल र आस्वादानुकुूल प्रतीत भए लागे भने व्याख्याकार टीकाकारहरूले प्रक्षिप्तभित्रै राखेर भए पनि व्याख्या गरेको पाइन्छ , नभए केवल श्लोक दिन्छन्, आफू व्याख्या भने गर्दैनन् । यहाँ यस मेघदूत खण्डकाव्यमा पनि संस्कृत–साहित्यका सुप्रसिद्ध टीकाकार महामहोपाध्याय मल्लिनाथसुूरिले त्यस्ता प्रक्षिप्त कतिपय श्लोकहरूको व्याख्या गरेका छन् र कतिपयको भने गरेका छैनन् । यिनका टीकाको नाउँ हो सञ्जीवनीटीका ।
मेघदूतको रचना भएदेखि यता भनौं बीस एक्काइस सय वर्ष यता, यसको अर्थ खोल्न र सजिलैसँग बुझ्न थुप्रै काम भएका छन् । मेघदूत कथा–प्रसङ्कले सरल सजिलोजस्तो देखिए पनि यो विषयवस्तु, रस, भाव, अलङ्गार आदिको दृष्टिले अन्यन्त सुश्लिष्ट छ र यहाँको प्रकृतिसँगको मानवको तादात्म्य, जीवनको अस्थिरता र त्यसको अमृतमय शाश्वतता हेर्ने मुत्र्याउने विश्लेषण–व्याख्या गर्ने शैली अत्यन्त निगूढ छ र अर्को दृष्टिमा उदार पनि छ । यसरी क्षणभङ्कुर मानवजीवनको मधुमय व्यापक र विशाल याथाथ्र्यलाई मेघदूतको काव्यमय सानो सुनौलो डिब्बीमा भरेर राखिदिएका छन् – महाकवि कालिदासले । त्यसैले यसलाई खोल्न, सरल ढङ्कले बुझ्mाउन यो लामो समयको सीमाभित्र मर्मज्ञ, विशद–बुद्धि, विद्वान्हरूले, धेरैले सुश्लाघ्य काम गरेका छन्, टीका र व्याख्याहरूको रचना गरेका छन् र कसले कतिखेर कहाँ यसतर्फ के कति काम गरे यो कुरो पनि आज खोज–अन्वेषणको वाञ्छनीय विषय बन्न पुगेको छ । सम्पूर्णानन्द संस्कृत–विश्वविद्यालय, वाराणसीको पत्रिका सारस्वतीसुषमा (सन् १९९०–९१, दिसम्वर अङ्ग ३, ४०)मा विद्वान् डा. प्रभुनाथ द्विवेदीको “मेघदूतम् तत्टीकासाहित्यञ्च ”भन्ने शीर्षकमा एउटा लामो लेख प्रकाशित भएको थियो । त्यसमा खोजकार्यमा लागि परेका द्विवेदीले मेघदूतमा जम्मा ६० वटा टीका फेला पारेको कुरा र प्रत्येक टीकाको नाम र संक्षिप्त परिचय समेत दिने ज्यादै राम्रो काम गरेका छन् । यिनका खोजभित्र आएका यी टीका ईसाको १२ औं शताब्दीदेखि यता लेखिएका मात्र छन्, त्यसउता यिनी पुग्न सकेका छैन्न र उनको जिज्ञासाको क्षितिज पनि यत्तिमै शान्त हुन सकेको छैन । समयको निर्धारणमा इसाको पन्ध्रौँ शताब्दीतिरका भारत आन्ध्रप्रदेश कोलाचलवासी, विजयानगरम् राज्यका प्राज्ञ राजसभासद्, संस्कृत काव्यरण्यसाहित्य लघुत्रयी र बृहत्त्रयीका बेजोड टीकाकार महोपाध्याय मल्लिनाथसुरिको मेघदूतको सञ्जीवनी टीकालाई डा. द्विवेदीले यिनमा उत्तम टीका मानेका छन् ।
डा. प्रभुनाथ द्विवेदीले मेघदूतमा संस्कृतटीकासम्बन्धी खोज गरे, तर भारतमा मेघदूतलाई नै आधार उपजीव्य मानेर विद्वान् कविहरूले संस्कृतमा लेखेका कृति काव्यहरूको पनि राम्रो शृङ्खलामाला देखिन्छ । ईसाको आठौं शताब्दीतिरका ठूला जैन पण्डित जिनसेनले पाश्र्वाभ्युदय नामक राम्रो काव्यकृति रचना गरेको देखिन्छ । यिनले यस आÇनो काव्यमा कालिदासको कृति मेघदूतका श्लोकहरूको अन्तिमचरण अथवा कतै कतै उत्तराद्र्धलाई समेत समस्यापूर्तिको काव्यशैलीमा टिपेर सजाएका कुरा तज्ज्ञ, विज्ञ, विद्वान्हरूबाट विदित हुन्छ । १२ औं शताब्दीतिर नै बङ्कनरेश लक्ष्मण सेनका सभापण्डित, कवि श्री धोयीकले पनि मेघदूतको शैली अपनाएर खण्डकाव्य लेखेका छन् – पवनदूत । यस पवनदूतले त पछि धेरै कविलाई दूतकाव्य लेख्न उत्प्रेरित ग¥यो । हंस–दूत, पवन–दूत, शुक–दूत, उद्धव–संदेश, मनोदूत, वातदूत, भृङ्कदूत, पिकदूत आदि धेरै लघुरूपक, दूतकाव्यहरूको रचना भएको कुरा थाहा हुन्छ । काशीका धुरन्धर विद्वान् आचार्य रामावतार शर्माले मेघदूतको शैलीमा मुद्गरदूतम्नामक व्यङ्ग्यखण्डकाव्य रचना गरिएको कुरा कतै पढ्न पाइएको सम्झ्mन्छुु र पिण्डेश्वर संस्कृत –महाविद्यालयका २००९–२०१२ सालका उपप्रधानाचार्य कविराज बलभद्रबडाल, आयुर्वेदाचार्य, ए.एम.एस–ले पनि मेघदूतकै शैलीमा हण्डिकाùùस्फोटदूतम् नामक व्यङ्ग्य खण्डकाव्य लेख्न सुरु गर्नुभएको र २।४ श्लोक सुनाउनुभएको सम्झ्mन्छु तर त्यो पूरा गर्नु भयो–भएन थाहा भएन । उहाँ २०१२ पछि रहनु भएन । यी सबै संस्कृतमा रचिएका काव्य हुन् ।
मेघदूतको लोकप्रियता–प्रसिद्धि आदि अनुसार थपिन पुगेका प्रक्षिप्त श्लोकहरूको कुरा माथि परिसकेको छ । यस अतिरिक्त यसरी यक्षले मेघ–दूतको माध्यमबाट यक्षीलाई सन्देश त पठायो, अब मेघले त्यो पु¥याएपछि यक्षीले त्यस मेघलाई के भनी ? अनि मेघकै माध्यमबाट यक्षकहाँ प्रतिसन्देश पठाई कि पठाइन ? पठाई भने के पठाई ? यी र यस्तै जिज्ञासाको ऊह गरेर विद्वान् कविहरूले विशेषतः उत्तरमेघको अन्त्यमा कतै धेरै र कतै थोरै प्रक्षेप गरेको पनि भेटिन्छ, जसबाट जिज्ञासाहरूको समाधान गरिन्छ । यस अतिरिक्त यस दिशामा दुई स्वतन्त्र ग्रन्थ पनि पाइन्छन् काव्यका, संस्कृतमा । एक पण्डित परमेश्वर झ्mाको यक्षसमागम र दुई श्री त्रिलोकमोहन गुहको मेघदौत्यम् । पहिलोको विषयवस्तु छ –यक्षयक्षीको मिलन, जो काव्यको नामैबाट पनि थाहा पाइन्छ भन्ने दोस्रोमा मेघले यक्षको खबर यक्षीकहाँ पु¥याई भनिसकेपछि यक्षीले अनेक प्रकारले यक्षका बारेमा कुरा सोधेकी र उसले उत्तर दिएका कुरा अत्यन्त स्वादिलो शैलीमा आएका छन् ।
भारतमा मेघदूतको हिन्दी भाषामा टीका–व्याख्या आदिको क्रम पनि पुरानै समयदेखि चलिआएको छ र अन्य, प्रान्तीय भाषाहरूमा पनि यसका भाषान्तर र व्याख्याहरू भएका छन् । मेघदूतको पद्य–अनुवादका काम पनि त्यहाँ भएका छन् । आजभन्दा डेढ–दुई सय वर्षअघि राजा लक्ष्मण सिंहले पहिले महाकवि कालिदासको विश्वप्रसिद्ध नाटक अभिज्ञानशाकुन्तलको हिन्दीमा अनुवाद गरेर त्यसको लगत्तै पछि मेघदूतमा हात हाले । यिनले मेघदूतको पद्यको पद्यैमा अनुवाद गरे, तर छन्द भने बदले । कालिदासको मेघदूतमा प्रयुक्त संस्कृतमा प्रचलित समवृत्त वार्णिक मन्दाक्रान्ता छन्दको सट्टा यिनले त्यस बेला हिन्दीमा प्रचलित मातृक छन्दको प्रयोग गरे, अनि हिन्दी भाषा पनि त्यस बेला कवितामा प्रयुक्त हुने गरेको ब्रजभाषा प्रयोग गरेका छन् । लक्ष्मण सिंहको ब्रजभाषाको यो मेघदूत सरस छ, सरल छ र भावग्राही छ, त्यसैले आज पनि उत्तिकै आदरणीय रहेको छ । यसपछि श्री देवीप्रसाद पूर्णको मेघदूत प्रकाशमा आयो, यसमा पनि ब्रजभाषा नै प्रयुक्त भएको छ । अनि यसको केही पछि पण्डित लक्ष्मीधर बाजपेयीको कृति मेघदूत–पद्यानुवाद देख्नमा आयो । यसको हिन्दी भाषा आजको प्रचलित हिन्दी खडीबोली थियो । खडीबोली हिन्दी पद्यानुवाद मेघदूत सम्भवत यही पहिलो हो कि ? यसको निकै समयपछि हिन्दीका सुप्रतिष्ठित आधारिक विद्वान् पण्डित केशवप्रसाद मिश्रले र त्यस्तै अर्का विद्वान् बाबु कन्हैयालाल पोद्दारले पनि आधुनिक हिन्दीमा मेघदूतको छन्दोबद्ध अनुवाद रचना प्रस्तुत गरे ।यसपछि मेघदूतको पद्य–छन्दोबद्ध अनुवाद गर्ने पालो आयो –पण्डित रामदास राय शर्माको । यिनले पनि पद्यको भाषा खडीबोली अर्थात् आज प्रचलित हिन्दीको नै राखे । मेघदूतको हिन्दीमा पद्य–अनुवाद गर्ने अरू पनि विद्वान् हुन सक्छन्, मेरो दृष्टिमा आएका यी ६ जना विद्वान् मध्ये ब्रजभाषा पद्यानुवादमा राजा लक्ष्मण सिंह र खडीबोली आधुनिक हिन्दी पद्यानुवादतर्फ पण्डितन् रामदास राय शर्माको ख्याति अधिक देखिन्छ । यता मेघदूतलाई लिएर अभिनेय, नाटकीय शैलीमा पनि काम हिन्दीमा भएको म सम्झ्mँदै छु । उपरि उल्लिखित, कालिदास–ग्रन्थावलीका प्रधानसम्पादक आचार्य पण्डित सीताराम चतुर्वेदीको एउटा सानो चार अङ्गको नाटिका प्रकाशित भएको छ –अलका । यसमा आएका यक्षका कथनहरूलाई लिएर अलकापुरीको, यक्षगृहको, यक्षीका अवस्था–स्थितिको र मेघले यक्षीलाई सुनाएको यक्षको सन्देशलाई नाटकीय रूपमा आकर्षक रमणीय शैलीमा सजाइएको छ ।
नेपालाभिजन कवि, विद्वान्हरूको मेघदूतसँगको सङ्कति वा सम्पर्क कहिलेदेखि भयो होला भन्न गाह्रो छ । यहाँको मल्लकाल काव्यसाहित्यको सिर्जनाका लागि उन्नत र उर्वर रहेको कुरा इतिहासले बताउँछ । अरूतिर जस्तै यस दिशामा पनि त्यस बेला पनि केही काम भएको हुनुपर्छ । पाइएसम्म यसतर्फ कलम चलाउने प्रथम कवि पनि हाम्रा युवाकवि मोतीराम भट्ट नै देखिन्छन् । उनको कृति पिकदूत खण्डकाव्य महाकवि कालिदासको मेघदूतको अनुसृतिमा छ – नेपालीमा । यो विशेष ठूलो छैन सानै कृति छ । उता मेघदूतकै लय छन्दमा मेघदूतको अनुवाद गर्नुभएको छ गु.पु. भेषप्रसाद पण्डितले –यो १९९६ सालमा प्रकाशित भएको देखिन्छ । काव्यकारको अरु विशेष परिचय पाइन्न । करिब साढेबाह्र हज्जार श्लोक भएको भरतमिलन जस्तो बृहत्काय भक्तिरसको नेपाली महाकाव्यका रचयिता र अरू थुप्रै काव्यकृतिका सफल कवि पण्डित गुणराज उपाध्याय खनाल रामदासले यी, यस्ता कृति सिर्जना गर्नुभन्दा धेरै पहिले महाकवि कालिदासको मेघदूतको नेपाली पद्यानुवाद गर्नुभएको रहेछ – समश्लोकी र स्रग्धरा छन्दमा, तर यसको प्रकाशन भने २००१ मा गएर मात्र भएको देखिन्छ । सिद्धहस्त कविको यो अनुवाद ज्यादै सरल र सफल देखिन्छ । संस्कृत मन्दाक्रान्ता छन्दको कालिदासका यस मेघदूतको नेपालीमा मन्दाक्रान्तै छन्दमा अनुवाद समश्लोकमा गर्ने अर्का कवि हुनुहुन्छ –संस्कृतका रघुवंश र नैषधीयचरित महाकाव्यका नेपाली–अनुवादक, कोमलगीताका कत्र्ता पण्डित कोमलनाथ अधिकारी । यस मेघदूतको प्रकाशन २०२२ सालमा भएको पाइन्छ । यसको भाषा कस्सिएको संस्कृतबहुल, संश्लिष्ट छ । बिर्सनै नमिल्ने त्यस्तै अर्को एउटा नेपाली मेघदूत मन्दाक्रान्ता छन्दका बदला स्रग्धरा छन्दमा रचना गरिएको पाइन्छ – नेपाल राष्ट्रको क्षितिजदेखि धेरै टाढा भारतको सुदूरपूर्वी राज्य आसाम, लखिमपुर जिल्ला सिमलुगुडीग्रामका बासिन्दा पण्डित छविलाल उपाध्याय दाहाल शास्त्री, कवि–काव्य–कोविदको । यसको रचनाकाल २०४४–४५ तिरको हो जस्तो लाग्छ । नेपाल अधिराज्यदेखि टाढाका प्रवासी नेपाली विद्वान्ले, मातृभाषा नेपालीप्रति प्रेम र श्रद्धा राखी गरिएको यस अनुवादमा त्यहाँ बोलिने नेपाली भाषाको छनक पनि देख्न पाइन्छ । २०४५–४६ सालतिर धरानमा विद्वन्मण्डलीले अध्ययन मनन गरिएका यी ४ कृतिमा खनालको पहिलो, दाहालको दोस्रो, अधिकारीको तेस्रो र मेघप्रसादको चौथो भनी ठम्याएको थियो । हालै मेघदूतको नेपाली पाँचौं अनुवाद पनि थाहा पाइएको छ । त्यो हो वरिष्ठ विद्वान्, सरदार यदुनाथ खनालको । २०५५ सालमा प्रकाशित आÇनो कृति नेपाली भामिनीविलासको भूमिका पृष्ठ (घ) मा उहाँ लेख्नुहुन्छ ... मेघदूत अनुवाद गरेँ जो पहिले नै अनुदित भइसकेको छ भन्ने पछि थाहा पाएँ । पण्डितराज जगन्नाथको उत्कृष्ट काव्य भामिनीविलासजस्तो कृतिका सुसफल अनुवादक सरदार ज्यूको यो अनुवाद पनि उत्तिकै सफल होला, तर देख्न पाइएको छैन । मेघदूतका समश्लोकी यी ५ नेपाली अनूदित कृतिबाहेक, मेघदूतलाई उपजीव्य कोटिमा राखेर स्वतन्त्र रूपमा लेखिएको मोतीराम भट्टको माथि उल्लिखित पिकदूत जस्तै यता २ थान, अरू कृति देखिएका छन् । पाणिनीय व्याकरणका आधिकारिक विद्वान्, कवि प्रतिभाका धनी, नलबारी संस्कृत कलेज(आसाम)का तत्कालीन यशस्वी प्रोफेसर, काव्यकुञ्ज, सुभाषितमाला, लगनको गाँठो, देहरामायण, चन्द्रालोक (नेपाली सुधाव्याख्या), पृथ्वी (खण्डकाव्य), श्वेताश्वतरोपनिषद् (पद्य, नेपाली छायानुवाद), परशुराम क्षेत्रमहात्म्य आदि ग्रन्थका लेखक, झ्mापा बाहुनडाँगी निवासी, श्रीरामचन्द्र ढुङ्काना शास्त्रीको खण्डकाव्य डाक एक र काव्यप्रणयः, काव्यमीमांसा (पद्यात्मकं रूपान्तरणम्), बुद्धिविनोदः (पद्यानुवाद), द्रव्यलेखा (मुक्तावलिपद्यनिबन्धनम्), मिथिलासौरभम् (अलङ्गार –काव्यम्), वितति पुष्पाञ्जलिः (सुमनस्तवकः), श्री ५ वीरेन्द्रोपायनम् (अभिनन्दनकाव्यम्), बकसंहारम् (खण्डकाव्यम्), नेपालगौरवम् (काव्यम्), पूर्वमेघः (पद्यात्मकं रूपान्तरणम्), दाङ् निबन्धनम् (काव्यम्), धरान–विजयपुरपरिचयम् (काव्यम्) आदि दर्जनौं संस्कृत काव्यग्रन्थका वरिष्ठलेखक, मटिहानी र पिण्डेश्वर विद्यापीठका तत्कालीन प्राध्यापक, जनकपुर, किशोरीनगरका वास्तव्य, कवि पण्डित रोहिणीबल्लभ शर्मा पोखरेलको संस्कृतकाव्य अभिनवमेघदूतम् –दुई । डाक महाकवि कालिदासले मेघदूतका लागि रोजेको छन्द – मन्दाक्रान्तामा लेखिएको छ, यसका २ भाग छन् –पहिलो र दोस्रो । प्रत्येकमा ४०, ४० श्लोक छन् । यो जम्मा ८० मात्र श्लोकको खण्डकाव्य हो । डाकलाई सन्देशवाहक दूत परिकल्पना गरी रचिएको कृतिको पहिलो डाकैमा नायकले नायिकाछेउ सन्देश पठाएको र दोस्रो डाकमा नायकको त्यो सन्देश पाएपछि त्यसै सन्देशवाहक डाकद्वारा नायिकाले नायकछेउ पठाएका प्रतिसन्देशका मीठा कुरा छन् यस काव्यमा । आÇनो घर छोडेर जीविकाका लागि दूर परदेश जान बाध्य भएको नेपाली जीवन प्रतिष्ठित भएको छ – यहाँ । यहाँको भाषा अत्यन्त सरल, सुमधुर र काव्य जीवन्त शैलीमा सजिएको छ । यो डाक खण्डकाव्य हाम्रो हुलाक विभागको द्वैमासिक पत्रिका हुलाकको २०३१ असार १३ गतेको अङ्गमा पहिलो डाक र २०३१ कै आश्विन २३ गतेको अङ्गमा दोस्रो डाकको रूपमा प्रथमपल्ट प्रकाशित भएको छ । हाम्रो संस्कृतकृति अभिनभमेघदूतम् नामैले मूल मेघदूतको झ्mझ्mल्को दिन्छ । भारतको वैद्यनाथ–धाम, प्रवासबाट हाम्रो नेपाल, कर्णाली अञ्चल रारातालसम्मको लामो यात्रा तय गरी यहाँको मेघ नायिकालाई नायकको सन्देश पुर्याउन तयार देखिन्छ । यसबीच लामो मार्गमा पर्ने भारत र नेपालका दर्शनीय आदरणीय केही तीर्थहरू, अञ्चलहरूको वर्णन यहाँ आएको छ । यो ओजस्वी, राष्ट्रिय भावनाभरित कृति त्रिभुवन विश्वविद्यालय संस्कृत अध्ययन संस्थान, केन्द्रीय कार्यालय, बेलझ्mुन्डी दाङबाट २०४१ सालमा पहिलोपल्ट प्रकाशित भएको छ । पोखरेलज्यूकै अर्को कृित पूर्वमेघ पद्यात्मकं रूपान्तरणम् पनि छ, तर त्यो देख्न पाइएको छैन ।
संस्कृतका अनेक ठूला–ठूला काव्यग्रन्थमा टीका र व्याख्याहरू लेख्ने, सुप्रसिद्ध टीकाकार, नेपालाभिजन, विद्वान् पण्डित शेषराज रेग्मीले पनि कालिदासको यस मेघदूतमा टीका लेख्नुभएको छ – संस्कृत र हिन्दीमा । नाम छ – चन्द्रकलाटीका । यी दुबै टीका उत्तम छन् र संस्कृत–जगत्मा मानिएका टीका छन् । रेग्मीको संस्कृत चन्द्रकलाटीका सान्दर्भिक दृष्टिमा कहीं कहीं त मल्लिनाथको सञ्जीवनीभन्दा पनि अगाडि देखिन्छ । मात्र एउटा उदाहरण उत्तरमेघको यक्षीवर्णनपरक १९ औं श्लोकमा आएको शिखरिदशना पदको अर्थमा विश्वकोषको शिखरं शैल – वृक्षाग्रकक्षापुलककोटिषुुको हवालामा शिखरिको कोटि ऽ उत्तम भन्ने अर्थ सञ्जीवनीले दिएको छ भने पक्वदाडीमबीजाभं माणिक्यं शिखरं विदुः भन्ने अभिधानचिन्तामणिकोषको हवाला दिएर त्यसै शिखरिको अर्थ चन्द्रकलाले पक्वदाडीमबीजाभ गरेको छ, जो अधिक सान्दर्भिक छ र अनारदाना दाँतका लहर मान्ने नेपालीहरूका लागि त अझ्m नजीकको सावित भएको छ ।
महाकवि कालिदासको अनुपमकृति मेघदूत खण्डकाव्यको सानो चर्चा यहाँ गरियो – केवल बाह्य। यसको अन्तर अझ विशाल छ, उदात्त जीवनमय छ । यस लघुतम पर्यवेक्षणले कसैलाई अलिकति मात्र पनि स्पर्श ग¥यो भने म त्यसलाई लाभ सम्झने छु । शम् ।
७ गते, पौष २०६८ ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्