पूर्वीय सिद्धान्तमा बीज र प्रजननयोग्यता
डा.
चन्द्रमणि नेपाल
धरान–१४
पूर्वीय
सिद्धान्तमा अर्थात् संस्कृत वाङ्मयमा पृथ्वीमा सम्पूर्ण प्राणीहरूका जाति
प्रजातिहरूको सङ्ख्या ८४ लाख रहेको मानिएको छ ।१
१.
जरायुज
गर्भमै
शरीरको विकास भई जन्म लिने गाई,
भैँसी, भेडा, बाख्रा, मनुष्य आदि ।
२. अण्डज
अण्डाबाट
बच्चा हुने, सर्प
लगायत विविध पक्षीहरू ।
३.
स्वेदज
फोहोर
मैलाबाट उत्पन्न हुने मच्छर, जुम्रा
आदि ।
४.
उद्भिज
पानी तथा
जमिनमा उम्रने वनस्पति विशेष ।
कतै कतै
गर्मी याममा उत्पन्न हुने प्राणीहरूलाई उष्मज पनि भनिएको छ । तर तिनीहरू पनि
अयोनिज जङ्कम प्राणी भएकाले स्वेदजमा नै पर्न सक्तछन् । यी सबै प्राणीहरूको मूल
कारण बीज नै हो । त्यसमा जङ्कम प्राणीको बीजलाई शुक्रशोणित अर्थात् बीर्य र रज
भनेर चिन्दछौं भने स्थावर प्राणी वनस्पतिहरूका बीजलाई बीज नै भनेर चिन्दछौं । यी
सबैलाई यहाँ बीज शब्द प्रयोग गरिएको छ । यो बीज के हो र कसरी शरीरको रूपमा परिणत
हुने योग्यता प्राप्त हुन्छ ? त्यस
सम्बन्धमा हाम्रा पूर्वज ऋषि महर्षि तथा पाश्चात्यहरूको विश्लेषण के छ ? यो स्पष्ट पार्ने प्रयास
यहाँ गरिनेछ ।
प्राणीको
शरीर जड भौतिक तत्त्वबाट बन्ने भए तापनि पूर्वीय सिद्धान्तमा यो आत्म तत्त्वको
सम्बन्धबाट चेतनशील हुन्छ । चेतन भनेको ज्ञानवान् एवम् सुख दुःख सम्वेदनशीलता हो ।
पुरुषको शुक्राणु र स्त्रीको शोणिताणु लगायत वनस्पतिका बीज नै सामान्यतया शरीर
निर्माणको लागि मूल कारण हो । न्याय दर्शनको भाषामा कुनै पनि बीजको भौतिक स्वरूपमा
पार्थिव तत्त्व समवायिकारण हुन्छ भने जल, तेज, वायु तत्त्वहरू
निमित्तकारण हुन्छन् । समवायिकारणको प्राधान्यले गर्दा बीजलाई पार्थिव नै भनिन्छ ।२
बीजबाट
बनेको शरीर चेतन (सजीव) भएकाले बीजमा पनि सजीवता सम्पादन अभौतिक तत्त्व लगायत अन्य
कतिपय तत्त्वहरूको समूह रहेको कुरा हाम्रा कतिपय दार्शनिकहरूले स्वीकारेका छन् ।
जसमा वेदान्त, सांख्य, योगमा आंशिक तत्त्वको फरक
देखाउँदै त्यसलाई सूक्ष्म शरीर भनिएको छ भने त्यो वैशेषिक दर्शनमा सूक्ष्म शरीरले
गर्ने कामका लागि अदृष्ट आदि गुणविशिष्ट आत्मालाई स्वीकारिएको छ ।३ कतै
त्यसैलाई जीव शब्दबाट पनि पुकारिएको छ । आधुनिकहरू भने शुक्रशोण्ति एवं अन्य बिउ
बीजनमा निहित विविध भौतिक तत्त्वहरूको सम्मिश्रण नै प्राणी शरीर उत्पत्तिको
सर्वस्व ठान्दछन् । आध्यात्मिक तत्त्वका बारेमा उनीहरू अझै अनभिज्ञ अर्थात् उदासीन
देखिन्छन् । मकैको एक दानामा के के तत्त्वहरू कति कति मात्रामा छन् भन्ने कुरा
उनीहरूलाई एक एक थाहा छ, तर ती नै
तत्त्वहरू त्यति
त्यति मात्रामा मिलाएर दाना बनाउँदा बिरूवा उम्रँदैन । किन उम्रँदैन भन्ने कुरा
उनीहरूका लागि अझै अध्ययन कै विषय रहेको छ ।
प्राणधारण
अर्थको जीव् धातुबाट जीव शब्द बनेको हुँदा प्राण विशिष्ट स्थूल शरीरावच्छिन्न
आत्मा अथवा सूक्ष्म शरीरावच्छिन्न आत्मा या अदृष्टादि गुण विशिष्ट आत्मा नै जीवन
हो भन्न सकिन्छ । यो जीवन बीजमा पनि रहेको हुन्छ । प्राण शब्दले कतै वायु (श्वास
प्रश्वास) र कतै आत्मा ( ब्रह्म अर्थात् चित शक्ति) लाई बुझाइएको पाइएको र यही जीवको नै उपनिषद्
आदिमा देवयान, पितृयान
जस्ता गति बताइएको हुँदा दृढ जालले व्याप्त यस शब्दारण्यमा बीजमा रहेको भौतिकेतर
तर मन भिन्न द्रव्यांश नै जीव हो भन्न सकिन्छ । शूक्ष्म शरीरवादीहरू स्थूल भूतांश
विहीन त्यसलाई सूक्ष्म शरीर भन्दछन् भने प्राणी शरीरको मूलकारण भएकाले कोही
त्यसैलाई जीव र आत्मावादीहरू अदृष्टवान् आत्मा, भनेर स्वीकार गर्दछन् । न्याय वैशेषिक दर्शनमा सूक्ष्म शरीर नै भनेर
त्यस्तो कुनै तत्त्वको निरूपण गरिएको छैन । तथापि सूक्ष्म शरीरवादीहरूले जुन प्रयोजनका
लागि त्यो स्वीकारेका हुन्, त्यसको
लाग धर्माधर्म संस्कारादि गुण विशिष्ट जीवात्मालाई स्वीकारेका छन् । त्यही
जीवात्मा प्रारब्ध कर्मानुसार फल भोगका लागि बारबार पुरानो शरीर त्याग गर्दै नयाँ
नयाँ शरीर ग्रहण गर्दछ । अर्थात् बार बार मर्छ र बार बार जन्मन्छ । शरीर पूर्णतया
पाञ्चभौतिक अत एव जड भए तापनि आत्माको सम्बन्धबाट औपाधिक रूपले चैतन्यशील हुन्छ ।४
बीजभित्र
बीजाणु
कतै
हाम्रो पूर्वीय दर्शनमा बीजभित्र बीजाणु हुन्छ भन्ने कुरा स्पष्ट प्रतिपादन गरिएको
छैन । तर जीव विषयमा हाम्रो शास्त्रीय विश्लेषणलाई दृष्टिगत गर्दा बीजमा बीजाणु
हुन्छ भन्ने कुरामा मेरो दृढ निश्चय छ । त्यही नै शरीर नभएको अवस्थामा भावमा
संस्कारवाला अदृश्यवान् आत्माको अवच्छेदक हो र त्यो अनादि अनि मोक्षावस्थामा
त्यसको अदृष्ट खत्तम हुन्छ । बीजमा स्थूल शरीरको विकास हुने व्यवस्थाकै लागि विविध
पोषण तत्त्वहरू हुन्छन् ।
सृष्टिको
सुरुमा शुक्र शोणित आदि बीज नहुने भएकाले बीजाणुबाट नै प्राणी शरीरको प्रादुर्भाव
हुने कुरा वैशेषिक भाष्यकार प्रशस्तपादले भनेका पनि छन् कि सर्गको सुरुमा शुक्र
शोणित आदि बीजको अपेक्षा विना नै धर्म विशेष सहितका अणुद्वारा अयोनिज रूपले देवर्षिहरूको
शरीर प्रकट हुन्छ भने क्षुद्र जन्तुहरूको शरीर अधर्म विशेष सहितका अणुहरूद्वारा
उत्पन्न हुन्छ ।५ यो अणु भनेको बीजाणु नै हो ।
बीज सजीव
हुन्छ । प्राणीबाट बीज र बीजबाट प्राणी हुने प्रक्रियालाई न्याय दर्शनमा बीजाङ्गुर
परम्परा भनिन्छ र यो परम्परा अनादि मानिन्छ ।६ बीज र अङ्गुर दुवै नै उत्पन्न हुने
भएकाले अनित्य हुन् भन्ने कुरा प्रत्यक्ष सिद्ध छँदाछँदै कसरी बीजाङ्गुर परम्परा
अनादि हुन्छ तर भन्ने शङ्गा पनि टड्कारो रूपमा उठ्न सक्तछ । बीजमा नित्य बीजाणु
स्वीकार गरेको खण्डमा नै यो शङ्गाको समाधान हुन सक्तछ । किनकि बीजाङ्गुर परम्पराको
अनादित्व संरक्षक नै बीजाणु हो ।
शरीर
सजीव रहेको अवस्थामा शरीरवच्छिन्न आत्मा (शरीरभरिको आत्मा)मा धर्म अधर्म संस्कार
आदि गुणहरू रहन्छन्, यो न्याय
वैशेषिक दर्शनको मान्यता हो । त्यस्तै शरीर नभएको अवस्थमा (मृत अवस्थामा)
आत्मवृत्ति विशेष गुणहरूको अवच्छेदक केही हुन्छ कि हुँदैन ? हुँदैन भन्ने हो भने
आत्मवृत्ति विशेष गुणहरू एकै समूहमा रहेका हुन्छन् भन्ने युक्ति हुन सक्दैन, किनकि आत्मा व्यापक छ र
आत्मगुणहरूलाई समेट्ने अवच्छेदक पनि मानिएन । तसर्थ कुनै अवच्छेदक स्वीकार्नु
अनिवार्य छ, जसले
शरीर नभएको अवस्थामा आत्म विशेष गुणहरूलाई समेटेको हुन्छ । त्यो अवच्छेदक
प्रलयकालमा पनि रहने भएकाले र न्याय सिद्धान्तमा कार्यद्रव्यानधिकरण (कुनै कार्य
द्रव्यको अस्तित्व नहुने) काल नै प्रलय काल भएकाले त्यो अवच्छेदक अणु नै हुनुपर्दछ
भनेर अनुमान गर्न सकिन्छ । त्यो अणु नै बीजाणु हो । अत एव सृष्टिको सुरुमा अर्थात्
पृथ्वीमा प्राणीहरूको अस्तित्व नभएको अवस्थामा अणुबाट नै प्राणीहरूको आयोनिज रूपले
उत्पत्ति हुने र अर्चिरादि मार्गद्वारा परिष्कृत भई भोजनका माध्यमले प्राणी शरीरमा
गएर अणु नै पछि बीज बन्ने भनी विविध पूर्वीय दर्शनमा बताइएको कुरा पनि न्यायसङ्कत
हुन सक्दछ ।
सर्व
प्राणी साधारण७ (एकै बीजाणुबाट जुनसुकै प्राणी बन्न सक्ने) ती
बीजाणुहरू ब्रह्माण्डमा सर्वत्र फैलिएका हुन्छन् र समुचित वातावरणको
प्रभावमा परेर अणुबाटै अथवा बीजको स्वरूपमा आई अरायुज आदि गरिएका चारै किसिमका
शरीराकारमा परिणत हुन्छन् भने समुचित वातावरण नमिलेका त्यसै निष्क्रिय पनि हुन्छन्
।
बीजाणुमा
(बीजाणुले अवच्छिन्न आत्मामा) सुख दुःखको कारण धर्म र अधर्म, स्मृतिको कारण पूर्वानुभूत
संस्कार आदि गुणहरू सूक्ष्म रूपले रहन्छन् स्वर्गनरकगामी अतिवाहिक शरीर पनि यही
बीजाणुबाट बन्दछ । अरू दार्शनिकहरू सूक्ष्म शरीरमा पनि इन्द्रियहरूको सूक्ष्म
स्वरूपमा अवस्थिति मान्दछन्, तर
इन्द्रियको आश्रय नै शरीर भएकाले नैयायिकहरूको मतमा बीजाणुमा अर्थात् अदृश्यवान्
आत्मामा कुनै पनि स्वरूपमा इन्द्रियहरू हुँदैनन् । शरीर विकासका साथसाथै इन्द्रियको
पनि प्रादुर्भाव तथा विकास हुन्छ र मनको पनि साथै सम्बन्ध हुन्छ ।८
यी
बीजाणुमा कुनै पनि प्राकृतिक प्रकोपको असर पर्दैन किनकि यो अणु हो । अणु कुनै पनि
कारणबाट नष्ट भ्रष्ट हुँदैन बरू पार्थिव अणु छ भने पाकज प्रक्रियाद्वारा स्वरूपमा
(रासायनिक) परिवर्तन हुन सक्तछ । अर्चि र धूममार्गद्वारा अन्तरिक्ष या वायुमण्डलमा
पुगेका यस्ता अणुहरूमा त्यही विविध रासायनिक प्रक्रियाद्वारा बीजत्व योग्यता हासिल
गरी वृष्टिका माध्यमद्वारा पृथ्वीमा झरी झारपात, अन्न आदिमा प्रवेश गर्ने र तत्तद् बीजको रूपमा
परणत भई गर्भाशयमा या आयोनिज रूपले नै पनि शरीर रूपमा विकसित हुने, जन्मने, शिशु, कुमार, यौवन र बृद्धताका क्रममा
आयु रहेसम्म बाँच्ने, अनि
मर्ने, पुनः
बीजाणु, पुनः
अर्चि र धूम मार्ग, पुन
बीजत्व प्राप्ति, पुनः
गर्भ शरीर, जन्म, मृत्यु इत्यादि क्रम नै
स्थावर जङ्कम रूपका दुनियाँ प्राणीको चलिरहन्छ । बीजाणु स्वयं अणु र जीवात्माको
अवच्छेदक समेत भएकाले यो गीतामा बताइएको आत्मधर्मी अच्छेद्य, अक्लेद्य, अदाह्य, अशोष्य, नित्य सनातन हुन्छ ।९ यसकारण
पृथ्वीमा जति प्राणीहरू थिए, छन् र
हुने छन् तिनका बीजाणुहरू प्रकृतिमा नियत हुन्छन्, नयाँ बन्ने र भएका मोक्षबाहेक अन्य अवस्थामा
प्रजनन अयोग्य पनि हुँदैनन् ।
प्रजनन
योग्यताको प्रादुर्भाव
जीवाणु
अथवा जीवको गति क्षेत्र व्यापक हुन्छ । उनीहरू एकलोकबाट अर्को लोक पनि पुग्न
सक्छन्, तर
ब्रह्मलोक पुगेका पुनः पृथ्वीमा फर्कंदैनन् । तिनलाई मुक्त भएको मानिन्छ भने
अन्यत्रका पुनः पृथिवीमा फर्कन सक्छन् । उनीहरूको यस किसिमको गमन र आगमन
स्वेच्छाले होइन, दैववश
हुन्छ । बीजाणुको गतिका बारेमा हाम्रा प्राचीन शास्त्रहरूमा समेत व्यापक चर्चा
परिचर्चा गरिएको पाइन्छ । यस्तो किसिमका गतिबाट विविध क्षेत्रमा पुगेका
बीजाणुहरूमा विभिन्न क्रिया प्रतिक्रिया हुँदा ती बीजाणुहरूमा प्रजनन योग्यता
प्राप्त हुन्छ । उनीहरूको गति तीन किसिमको हुन्छ, जस्तैः
(१) देवयान (२) पितृयान (३) मर्त्ययान१०
आधि
व्याधि जरा आदिले जीर्ण शरीरलाई छोडेर जब जीवाणु या कसैको मतमा सूक्ष्म शरीर
निस्कन्छ (प्राणी मर्छ), तब त्यो
प्राणी यदि ब्रह्मज्ञानी निष्कामकर्मी पुरुष भए उसको बीजाणु या जीव प्रकाश
कणको रूपमा दिन, पक्ष, मास, अयन, वर्ष आदि कालक्रमका
अधिष्ठातृ देवताका माध्यमद्वारा चन्द्रलोक, सूर्यलोक, विद्युत्तरङ्ग
हुँदै तेजपुञ्ज ब्रह्मलोकमा पुगी ब्रह्मसँग एकाकार हुन्छ, ऊ पुनः पृथ्वीलोकमा
फर्कंदैन । उसलाई मुक्त भनिएको छ । ऊ अब यस संसारमा कहिल्यै शरीरको रूपमा आउँदैन, या जन्म लिंदैन । यसलाई
देवयान मार्ग भनिन्छ । यसैलाई अर्ची अथवा शुक्ल मार्ग (गति) पनि भनिएको छ ।११
गृहस्थी
अथवा सकामकर्मीहरूको जीव भने शरीरबाट निस्किएपछि धूमकणको स्वरूपमा रात्रि, कृष्णपक्ष, दक्षिणयन, वर्ष आदि कालक्रमका
अधिष्ठातृ देवताका माध्यमद्वारा पितृलोक, आकाश, चन्द्रलोक
आदि हुँदै स्वर्गादि लोकमा पुगेर अतिबाहिक शरीर धारण गरी स्वस्व कर्मानुरूपको फल
भोग्दछ । प्रारब्ध सकिएपछि उसलाई काल गतिले पुनः पृथ्वीलोकमा फर्काउँछ । फर्किने क्रममा
सर्वप्रथम उसले वाष्पकणको रूप धारण गर्दछ र सूर्य किरणको माध्यमद्वारा पृथ्वीको
आकाशमा आउँछ । त्यसपछि वायुमण्डलमा आएर त्यो वाष्पकण मेघकणको रूपमा परिणत हुन्छ र
विविध क्रिया प्रतिक्रियाद्वारा त्यसमा त्यहीँ प्रजनन योग्यता प्राप्त हुन्छ र
वर्षाका माध्यमले जलकणको रूपमा पृथ्वीमा झर्दछ ।१२ यस प्रक्रियालाई पितृयान
भनिन्छ । कतै यसै प्रक्रियालाई धूममार्ग या कृष्णगति पनि भनिएको छ ।१३
पृथ्वीमा
प्राणीका लागि अनुकूल वातावरण तयार भएपछि हालसम्म नै यो प्रक्रिया निरन्तर
चलिरहेको छ । त्यसैकारणले नै हालसम्म पृथ्वीमा प्राणीहरू जन्मने क्रम चलिरहेको हो
। प्रलय नहुन्जेल चलिरहने पनि छ । पृथ्वीमा प्राणीको अस्तित्व नभएको अवस्थमा
(सृष्टिको प्रारम्भमा) त्यही अणुबाट प्राणीहरूको उत्पत्ति भएको थियो । त्यसरी
प्राणीको उत्पत्ति भइसकेपछि जलकणको रूपमा झरेको त्यो बीजाणु सेचनको माध्यमद्वारा झारपात, अन्न तथा फलफूल आदिमा पुगेर
त्यसैबाट वनस्पतिको बीज बन्ने र ती झारपात, अन्न आदिको भोजनबाट अन्य जङ्कम प्राणी शरीरमा पनि प्रवेश गर्दछन् ।
त्यसमा पनि एक क्रम देखाइएको छ । प्राणीद्वारा खाइएको त्यो जीवाणु सर्वप्रथम रस
बन्दछ । रसबाट खुन, मासु, बोसो, स्नायु (सूक्ष्मनशा) हड्डी
तथा मज्जा (मासी) आदि क्रमले त्यो शुक्र शोणित बन्दछ । १४ छान्दोग्य
उपनिषदमा यस प्रक्रियालाई ५ क्रममा देखाइएको छ ।१५
१.
बीजाणु फर्किने क्रममा सूर्यकिरण नक्षत्र आदिका प्रभावले चन्द्रकिरण बन्दछ ।
२.
त्यसपछि अनुकूल वर्षाकाल आएपछि चन्द्रकिरणबाट वायु, बदल, विद्युत् चट्याङ,
मेघ गर्जन आदिका प्रभावले विशेष जलकण हुन्छ ।
३.
वर्षाका माध्यमबाट त्यो पृथ्वीमा आई ऋतु, सम्बत्सर, आकाश, रात्रि, दिशा, विदिशा आदिको प्रभावबाट झारपात, अन्न, फलफूल हुन्छ र वनस्पतिको
बीज समेत हुन्छ ।
४.
भोजनका माध्यमद्वारा प्राणी शरीरमा गएर इन्द्रिय, प्राण आदिको प्रभावले उपयुक्त क्रमले रज बीर्य
बन्दछ ।
५.
त्यसपछि गर्भमा गई समय अनुसार जन्मने मर्ने गर्दछ ।
यसरी यो
पितृयान नै पृथ्वीमा रहेका शारीरिक रूपले जटिल तथा विशिष्ट प्राणीहरूको उत्पत्ति
(जन्म)का लागि एक मात्र प्रमुख प्रक्रिया हो । यदि कुनै प्रकोपद्वारा यो पितृयान, प्रक्रिया अवरूद्ध हुने हो
भने पृथ्वीका क्षुद्र प्राणी बाहेक अन्य विशिष्ट प्राणीहरू साराका सारा नपुंसक
हुने र तिनीहरूको अपुताली परेर पृथ्वी विशिष्ट प्राणी शून्य बन्दछ ।
कपितय
जीवाणुको भने पृथ्वीदेखि अन्यत्र यात्रा हुँदैन । यिनीहरू पृथ्वीमा नै पर्ने विविध
घात प्रतिघातद्वारा प्रभावित भएर नै प्रजनन क्षमता प्राप्त गर्दछन् । यसरी
पृथ्वीकै विविध प्रक्रियाद्वारा प्रजनन योग्यता प्राप्त गरेका जीवाणुबाट भने
क्षुद्र प्राणीहरू मात्र जन्मन्छन् । उनीहरूको बीज यसरी यहीँ बन्छ, त्यसबाट यहीँ जन्मन्छन्
मर्दछन्, उनीहरूको
अन्तरिक्ष अर्थात् कुनै अरू लोकमा सामान्यतया गमन हुँदैन ।१६ तर
क्षुद्र योनिको प्रारब्ध सकिए पछि भने अन्य मार्गमा गमन हुन्छ । यस प्रक्रियाको
हाम्रा पूर्वजहरूको कुनै नाम जुराएका छैनन्, तर यस प्रक्रियालाई मर्त्ययान भन्नु सान्दर्भिक छ ।
यसरी
कुनै बीजाणुहरू अन्तरिक्ष अथवा वायुमण्डलमा विविध प्राकृतिक प्रतिक्रियाद्वारा र
केही बीजाणु पृथ्वीकै ताप आदिको घात प्रतिघात र वातावरणद्वारा सन्तान जन्माउन
योग्य हुन्छन् । वनस्पति बन्ने बीजाणुहरूमा प्रजनन् क्षमता सम्पादन गर्ने अथवा
वनस्पतिको सृष्तिकारक तत्त्वहरूमा चन्द्रमाको किरणलाई अझ महŒवपूर्ण रूपमा मानिएको
पाइन्छ ।१७ बीजाणुहरूमा यस्तो प्राकृतिक प्रतिक्रियाद्वारा कस्तो
रासायनिक परिवर्तन भएर प्रजनन योग्यता प्राप्त हुन्छ भन्ने कुराको अझ विशेष
जानकारी हासिल गर्न पाश्चात्यहरूले यस विषयमा गरेको विश्लेषण हेर्नु उपयुक्त हुन्छ
।
यसमा
पाश्चात्य विश्लेषण
एउटा
अणुले अन्य आवश्यक अणुहरूलाई आफूमा समाहित गर्नु, अनावश्यक अणुहरूलाई त्याग गर्नु र आफूजस्तै अन्य
अणुहरू बनाउनु आदि नै प्रजननका प्रक्रियाहरू हुन् । एउटा विशेष अणुमा यी प्रक्रिया
सम्पन्न गर्ने योग्यता कसरी प्राप्त हुन्छ ? यो विषयमा पाश्चात्यहरूले पनि पूर्वीय ऋषि महर्षिद्वारा प्रतिपादित
पितृयान याने धूम मार्ग तथा मर्त्ययानको विशेष अध्ययन, अनुसन्धान तथा व्याख्या
विश्लेषण गरेको पाइन्छ । यसमा उनीहरूले नवीन तथ्यहरू प्रस्तुत गरी आÇना शब्दहरूमा पुष्टि गरेका
छन् । उनीहरूका अनुसार सूर्यचन्द्रको प्रकाश लगायत विद्युत र मेघ गर्जनको प्रभावले
अणुहरूमा बृद्धि हुने र सन्तान जन्माउने क्षमता प्रादुर्भाव हुनुको कारण
वायुमण्डलका अन्य परमाणुहरूको संयोजनबाट ती अणुद्वारा कार्वनिक या नाइट्रोजेनिक यौगिकहरूको
निर्माण हुनु हो जुन यौगिकहरू,
एमिनो अम्लको कारण हुन्छ र जसलाई अर्गानिक मोलिक्युल (Organic
Malecules) भनिन्छ । यो नै पृथ्वीमा प्राणीहरूको उत्पत्तिका लागि बीज हो ।
यस
विषयमा सर्वप्रथम रसियन अनुसन्धाता ए. आइ. ओपेरियन (१९२० इ.) र भारतीय अङ्क्रेज अनुसन्धाता
हेल्डेन (१९२९ इ.) ले विशेष अध्ययनद्वारा तथ्यहरू पत्ता लगाए । १८
यिनीहरूका अनुसार पृथिवीमा प्राणीहरूको प्रादुर्भाव हुनुभन्दा पहिले आकाशमा अथवा
वायुमण्डलमा विविध रासायनिक प्रतिक्रियाद्वारा बनेका जीवाणुका कारण एमिनो अम्लका
पनि कारण कार्वन, नाइट्रोजन
लगायत विविध जलवास्पादि तत्त्वहरू पर्याप्त मात्रामा भए पनि अक्सिजनको न्युनताले
ती जीवाणुहरू सक्रिय हुन सकेका थिएनन् । पृथिवी बाहेक अन्य ग्रहहरूमा पनि एमिनो
अम्लका कारण तत्त्वहरू विद्यमान भए तापनि अक्सिजन आदि अन्य तत्त्वहरूको अभावमा
प्राणीहरूको प्रादुर्भाव हुन सकेको छैन अथवा एमिनो अम्ल बन्न नसकेको छैन ।
पृथिवीमा नै एमिनो अम्लका लागि सामग्रीहरू पर्याप्त मात्रामा भएका कारण त्यसबाटै
यहाँ जीव विकास भएको हो ।
उनीहरूका
अनुसार एमिनो अम्ल प्रादुर्भाव हुनुमा ३ कारणहरू छन्, ती हुन् :
१. ओजोन तत्त्व
अहिले
पृथ्वीको वरिपरि ओजोन नामक तत्त्वको छादन (छानो) रहेको छ, जसले सूर्यबाट सिधै आएका
हानिकारक परावैजनी विकिरणहरू पृथ्वीमा आउन नदिई प्राणीको बचाउ गर्दछ । पहिले त्यो
तह नहुँदा पृथ्वीमा अक्सिजनको मात्रा कम थियो । यसले गर्दा अक्सिजनको मात्रा बढेर
गयो र पृथिवीमा एमिनो अम्लको प्रादुर्भाव हुन गयो ।
२. विद्युत्तरङ्ग
आकाशमा
चम्कने बिजुलीका तरङ्गहरूको प्रभावले आकाशमा नै कार्वनिक तथा नाइट्रोनिक
यौगिकहरूको निर्माण हुन्छ र ती वर्षासँगै पृथ्वीमा झर्दछ । यी तत्त्व नै एमिनो
अम्ल जस्ता जटिल अणुको कारण हो ।
३.
पृथिवीको अवस्था
पृथ्वीको
भौगोलिक अवस्थामा परिवर्तन पनि रासायनिक प्रतिक्रियाको एक कारण हो । पृथ्वीमा कुनै
बेला जलभाग अर्थात् समुद्र भएको ठाउँ पूरा स्थल भाग र स्थल भाग पूरा जलभाग अर्थात्
समुद्र भएका छन् । समुद्र सुकेर स्थल भाग हुँदा विविध कार्यनिक यौनिक तथा लवणहरू
पनि स्थल भागमा परिवर्तन भए । त्यस्ता कार्वनिक यौगिकहरू पनि जीवका कारण जटिल
अणुका कारण हुन् । ती पूर्वीय खोजकर्ताले बताएको क्षुद्र जीवहरूको वीजाणु हुन
सक्दछ । जो पृथ्वीकै वातावरणीयले प्रजनन योग्य बन्दछन् । यसरी पृथ्वीमा अनुकूल
तापक्रम हुँदै वर्षा समेत हुन थालेपछि हिमालय, नदी, समुद्र
आदिको उत्पत्ति भयो र जल वास्पमिश्रित एमोनियम मिथेन आदि ग्याँसहरूमा प्रतिक्रिया
भएर हाइड्रोजन, अक्सिजन, नाइट्रोजन आदि परमाणुहरूको
संयोजनबाट प्राणीहरूको प्राण निर्वाहमा उपयोग्य पोषणतत्त्वहरू प्रोटिन, कार्बोहाइड्रड, बोसो आदि कार्वनिक
यौनिकहरूको निर्माण भयो । कालक्रममा त्यसबाट अझ जटिल र बृहत् कार्वनिक
अणुरुको विकास हुँदै गयो र ती अणु भनेकै बीज हुन् । जसमा आफ्नो अनुकूल अरू अणुहरू
ग्रहण गर्ने र अनुपयोगी अणुहरूलाई त्याग गर्ने क्षमता विकसित भयो । यसलाई चयन
योग्यता भनिन्छ भने अझ
कालान्तरमा त्यसमा सुरक्षित हुने, सन्तान जन्माउने तथा आफूलाई नवीकरण गर्ने जस्ता प्राणीमा हुने
योग्यता प्रादुर्भाव भयो । यस प्रक्रियालाई पाश्चात्यहरू अजीवबाट जीवको उत्पत्ति
भन्ने गर्दछन् । तर पूर्वीय विद्वान्हरू त्यसलाई अजीव मान्न तयार छैनन् । उनीहरूका
अनुसार त जीवबाटै जीव हुन्छ ।१९
यसरी
केही बीजहरू अन्तरिक्षमा विविध क्रिया प्रतिक्रियाद्वारा बन्ने पितृयान प्रक्रिया
र केही क्षुद्र प्राणीहरूको बीज भने पृथिवीमा नै प्राणीको आ–आफ्नो वातावरणमा बन्ने मर्त्ययान
प्रक्रिया नै बीजको निर्माण प्रक्रिया हो जो सारा जगत् अर्थात् अरायुज, अण्डज, स्वेदज र उद्भिज प्राणीहरूको
उत्पत्तिको कारण छ ।
पादटिप्पणी
१. (क) स्थावरं विंशतिलक्षं
जलजं नवलक्षकम् । कृमयो रुद्रलक्षञ्च दशलक्षञ्च पक्षिणः ।
त्रिंशत्
लक्षं पशूनाञ्च चतुर्लक्षञ्च वानराः । ततो मनुष्यतां प्राप्तः शुभकर्माणि साधयेत्
। सङ्गलित श्लोक
(ख) न्यायसिद्धान्तमुक्तावली– पृथ्वीनिरूपण
२. वैशेषिकसूत्रम् उपस्कारः– ४।२।११
३. प्रशस्तपादभाष्यम् –(सम्पूर्णानन्द २०३४ वि.)पृ.
१२६
४. मुक्तावली ४७कारिका
(दिनकरी रामरुद्री)
५. देवर्षीणां शरीरं
धर्मविशेषसहितेभ्योऽणुभ्यो जायते । प्रशस्तपादभाष्यम् पृथिवीनिरूपणम् ।
६.प्रवाहोऽनादिमानेषः ...।
न्यायकुसुमाञ्जलिः – १।६
७. यो यो ह्यन्नमत्ति यो
रेतः सिञ्चति तह्यूय एव भवति । छान्दोग्योपनिषद् ५।१०।६
८. चेष्टेन्द्रियार्थाश्रयः
शरीरम् । न्यायसूत्रम् १।१।११
९.अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः ।। गीता २।२४
१०. छान्दोग्योपनिषद् ५।१०
११. ऐ.ऐ. ५।१०।२, श्रीमह्यगवद् गीता– ८।२६
१२. अभ्रं भूत्वा मेघो भवति, मेघो भूत्वा प्रवर्षति ।
छान्दोग्योपनिषद् ५।१०।६
१३. ऐ.ऐ. ५।१०।३–७
१४. निरुक्तम् परिशिष्टम्
१४। ६
१५. छान्दोग्य. ५। १०
१६. छान्दोग्य. ५।१०।८
१७. (क) द्रुमक्षयमथो दृष्ट्वा
किञ्चिच्छिष्टेषु शाखिषु
उपगम्या ब्रवीदेतान्त्राजा
सोमः प्रजापतिम् ।
रत्नभूता च कन्येयं वाक्र्षेयी वरवर्णिनी
भविष्यज्जानतापूर्वं मया गोभिर्विविधता ।।१।१५
विष्णुपुराणम्
वृक्षहरू
नष्ट भएको् देखेर चन्द्रमाले प्रजापति (प्रचेता) को नगचि गएर भने– मेरा किरणहरूद्वारा
हुर्काइएकी यी (मारिष) वृक्षहरूकी पुत्री हुन् । (तिनलाई तिमीहरूले विवाह गर) ।
आदि
(ख) ओषधीशो निशापत्तिः (चन्द्रमा वनस्पतिका स्वामी हुन्)– अमरकोषः दिग्वर्ग ।
(ग) वनस्पतयोऽत्रासृज्यन्त। सोमोधिपतिरासीदिति । पृथ्वीमा वनस्पतिको
सृष्टि हुनुमा चन्द्रमा नै अधिपति (कारण) हुन् । शतपथ ब्राह्मण ३।४।३।१७
(घ) सोमो वा औषधीनां (वनस्पतीनां) राजा । तैत्तिरीय ब्राह्मण ३।९।१७।१
१८. नवीनजन्तुविज्ञान
(हिन्दी) हिन्दुस्तानी बुक डिपो लखनउ २३सं पृ. १९
प्रतिक्रिया व्यक्त गर्नुहोस्