निबन्धकार जगदीश घिमिरेको 'स्वभाव ' उपशीर्षक निबन्धका केही घतलाग्दा कुराहरू
प्रा. तोयराज कोइराला
पिण्डेश्वर विद्यापीठ
वि.सं. २००२ साल चैत्र– २८ गते जनकपुर अञ्चलको रामेछाप जिल्लाको मन्थलीमा जन्मेका निबन्धकार जगदीश घिमिरे अचेल काठमाडौं चोभारको आÇनै घरमा बस्छन् । समाजशास्त्र र जनसङÑख्या विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिएका घिमिरे उनकै प्रकाशित कृतिका आधारमा हेर्दा उच्च वर्गीय परिवारका व्यक्तिका रूपमा चिनिन्छन् । उपन्यास, कथा, निबन्ध (आत्मालाप), नाटक, कविता आदि विधामा सफल रूपमा कलम चलाएका घिमिरे आधुनिक नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । यिनको लेखनकलाको उच्च मूल्याङ्गन गर्दै उनको “अन्तर्मनको यात्रा ”२०६४ (आत्मालाप )कृतिका लागि उनलाई मदन पुरस्कारले सम्मान गरेको छ । उनको लेखनशैली अत्यन्त सरल, रोचक र प्रभावशाली रहेको देखिन्छ ।
स्वभाव निबन्ध
सन्दर्भ
निबन्धकार जगदीश घिमिरेको अन्तर्मनको यात्रा २०६४ भित्रका आत्मालाप (निबन्ध) मध्ये को सातौंं निबन्ध हो भाव स्वभाव र वास्तविकता । एउटै शीर्षक दिए पनि यसभित्र बेग्लाबेग्लै उपशीर्षक दिएर संरचना गरिएको हँुदा यहाँ स्वभाव, उपशीर्षकका केही घतलाग्दा कुराहरूलाई मात्र चर्चा गर्ने प्रयास गरिएको छ । निबन्धकार घिमिरेलाई एक्कासी माइलोमा नामक रक्त क्यान्सर रोग लागेको थाहा भए पछि जीवन र मृत्युको दोसाँधमा रहेको अवस्थामा उनले अदम्य उत्साहका साथ अन्तर्मनको यात्रा कृति लेखी प्रकाशित गरेका हुन् । अरु निबन्धमा जस्तै यस निबन्धमा पनि घिमिरेले मृत्युसँगको जम्काभेटका क्रममा आफूले भोगेका जीवनका गहिराइ र मार्मिकतालाई अभिव्यक्ति दिएको पाइन्छ । यस निबन्धमा घिमिरेले व्यावहारिक जीवनका भोगाइ, पारिवारिक नातासम्बन्ध, देशप्रतिको माया, मानिसका पेसागत स्वभाव आदि विभिन्न कुरालाई समेट्ने प्रयास गरेको देखिन्छ । त्यस्तै विगतको जीवनका र हालको जीवनका सङ्खर्ष, साहित्यप्रतिको अभिरुचि, आफूले गरेका सामाजिक कार्यहरू, माओवादी सशस्त्र द्वन्द्वको वातावरण, मृत्युको भय, जीवन बोध, बाँच्ने प्रबल इच्छा आदि विभिन्न सन्दर्भलाई लिएर यस निबन्धको रचना घिमिरेले गरेको देखिन्छ ।
संरचना
लामाछोटा ४९ अनुच्छेदमा संरचना गरेको यस निबन्धमा लेखकले कतै एकै वाक्यमा पनि अनुच्छेद राखेका छन् । सिंगै पुस्तकमा लेखकका परिशिष्ट समेत १९ वटा शीर्षकका निबन्धमध्येको एक उपशीर्षकको निबन्ध स्वभाव हो । यसको मूल शीर्षकमा भाव, स्वभाव र वास्तविकता भए पनि स्वभाव उपशीर्षकलाई मात्र यस लेखमा समेट्ने प्रयास गरिएको छ । त्यसकारण यसको स्वभाव शीर्षक राखिएको हो । यस स्वभाव शीर्षकले मानवका स्वभाव, उसका संस्कार, पारिवारिक वातावरण, उसले आर्जन गरेका ज्ञान आदि विभिन्न कुराको लेखाजोखा गर्ने काम गरेको देखिन्छ ।
मानिसका स्वभाव
अहङ्गारहीनता हुनु नम्रताको पहिचान हो भने व्यावहारिक नम्रतालाई असल स्वभाव भनिन्छ । कुनै अहङ्गारी मानिसलाई नम्र स्वभाव भएको असल मानिसले उसको बानी सुध्रियोस् भनी केही उपदेशमूलक ज्ञान दिन खोजेमा त्यस्तो मानिस उसको घमण्डले गर्दा ऊ पहिले आफूलाई कमजोर वा अनभिज्ञ भएको नै स्वीकार गर्दैन । दोस्रो कुरा अरुको उपदेशले ऊ सुध्रन पनि चाहँदैन । तेस्रो कुरा उसलाई समय पुग्दैन । त्यसैले मानिसका अहङ्गार, स्वार्थ र मूर्खतामा समस्या रहेको कुरा निबन्धकार देख्दछन् । मूर्खहरू यस्ता समस्या आफूमा होइन अरुमा रहेको देख्छन् । यस्ता मानिसले आफूलाई सर्वज्ञ ठान्दछन् । त्यसैले समस्याको समाधान हुन सक्दैन । मानिस जति मूर्ख हुन्छ त्यति नै आफूलाई सज्जन, जति अविवेकी हुन्छ उति विवेकी र जति बेइज्जती हुन्छ उति इज्जती ठान्दछ । यस्तो स्वभाव भएको मानिस विभिन्न क्षेत्र, परिवार, मित्रमण्डली, कार्यालय आदि ठाउँमा उपहासको पात्र भएको हुन्छ । यस्ता अज्ञानी मानिसलाई आÇनो ज्ञान मात्र थाहा हुन्छ । मातेको मानिसले आफू मातेको होइन, जगत् संसार मातेको देख्दछ । नेपाली उखानको उदाहरण दिँदै निबन्धकार अविवेकी मानिसले आÇनो आङको भैँसी मात्र होइन हात्ती नै दौडे पनि देख्दैन तर अर्काका आङको जुम्रो मात्र होइन लिखा र चम्कनालाई प्रष्ट रूपमा देख्ने कुरा स्वीकार गर्दछन् । अविवेकी मानिसहरू आफूमा जति दुर्गुण र कमजोरी हुन्छन् त्यो भन्दा बढी अर्काका कमजोरी र दुर्गुण खोज्दै मानमर्दन गरी सन्तुष्टि लिने प्रयास गर्दछन् । विशेष गरी यस्ता मानिस रिस उठेको आफन्तको कमजोरी खोतलेर निन्दा गर्दा साँचो कुरा गरेको ठान्दछन् तर अरुले उनीहरूको साँचो कुरा ग¥यो भने निन्दा गरेको ठान्दछन् । जुन मासिन कमजोर, बैगुनी, मूर्ख, घमण्डी, लोभी, पापी, कुकर्मी आदि भएर समाजमा तिरष्कृत भएको हुन्छ, तब ऊ गर्व गर्दछ र आफूलाई महात्मा सम्झ्mन्छ । वास्तवमा ऊ हुन्छ दुरात्मा । संसारमा यस्ता दुरात्मा छ्यास्छ्यास्ती पाइन्छन् भने महात्मा ज्यादै कम छन् भन्ने ठहर लेखकको रहेको छ । नम्र मानिस ज्ञानी हुन्छ । ज्ञानीलाई आÇनो अज्ञान मात्र थाहा हुन्छ । ऊ आÇनो अज्ञानको खोजीमा लागिरहेको हुन्छ । धेरै जान्नु भनेको जान्न धेरै बाँकी छ भन्ने जान्नु हो । त्यसकारण अज्ञानीले बोलेको कुरा ज्ञानी चुप लागेर सुनिरहन्छ उसले कुरा बुझ्mेको हुन्छ । यस प्रसङ्कमा निबन्धकार संस्कृतको सूक्तिलाई अघि सार्दै यसो भन्छन् –
“दुर्जनं प्रथमं वन्दे सज्जनं तदनन्तरम् ।
मुखप्रक्षालनात्पूर्वं गुदाप्रक्षालनं यथा ।”
अर्थात् बिहानै उठेपछि मुख धुनुभन्दा पहिलो आची धोएजस्तै सज्जन मानिसलाई भन्दा पहिले दुर्जनलाई ढोग्नु पर्दछ । यद्यपि मानिस महात्मा नै त बन्न सक्दैन तापनि ज्ञानी, नम्र मानिस दुरात्मा चाहिँ हुँदैन । महात्मा र दुरात्माका बीचमा लामो भिन्नता रहेको हुन्छ । निबन्धकारका विचारमा समाजमा छुच्चो भनिएका प्रष्टवक्ता सही चिन्तक र प्रष्टकर्ता मनोजोगीलाई आजका सन्दर्भमा सन्त मानिस मान्न सकिन्छ ।
मानिसका पेसागत स्वभाव
मानवीय स्वभावलाई उसका व्यवसायले पनि बेग्लै पारेको हुन्छ । यस प्रसङ्कमा निबन्धकार कर्मचारीलाई पदपूजक, व्यापारीलाई धनपूजक, राजनीतिज्ञहरूलाई शक्तिपूजक तथा पत्रकारहरूलाई अर्काको दोषदर्शकका रूपमा देख्दछन् । कर्मचारीले आÇनो पदलाई जीवनको उद्देश्य मानेका हुन्छन् । रकमी कर्मचारी भए उसले आÇनो पदको उपयोग गर्न सक्तछ । उसले माथिलाई रिझ्mाउन, समानसँग मिल्न र मुनिकालाई झ्mुकाउन राम्ररी जानेको हुन्छ । कतिपय बरु अभाव खप्ने तर नबिक्ने सचेत र स्वाभिमानी कर्मचारी पनि प्रशस्तै पाइन्छन् ।
व्यापारीको जीवनोद्देश्य धन हुन्छ । सफल व्यापारीले पैसाले शक्ति किन्नै पर्दछ र शक्तिले पैसा बनाउनै पर्दछ । सोझ्mा बाङ्का विभिन्न उपायबाट प्राप्त हुने रकमजन्य शक्ति र त्यो शक्तिको सदुयोग वा दुरूपयोगजन्य सुख सुविधाहरू व्यापारीका चारित्रिक स्वभाव हुन् भन्ने विचार निबन्धकार व्यक्त गर्दछन् । अचेल यस्तै चारित्रिक स्वभाव भएका उद्योगी व्यापारीहरू उच्च स्थानमा पुगेका छन् । यस्ता उद्योगी वा व्यापारीले फाँचोको आधारमा भैँसीको मूल्य तोकेझ्mैँ धनका आधारमा मान्छेको मूल्य निर्धारण गर्दछन् । धनकै बलमा संसार विजय गर्ने लक्ष्य तिनीहरूको हुन्छ । आÇनो व्यवसाय धान्न उचित कार्य मात्र नगरेर घुस ख्वाउँन र बाँड्नका लागि समेत उपभोक्ताको शोषण र निमुखा जनताको रगत चुसेर उनीहरू आफू सम्पन्न बन्दछन् । विशेष गरी राज्य सञ्चालन गर्ने दलहरू, प्रतिपक्षी र तिनका आफन्तहरू, सुरक्षायन्त्रका विभिन्न तहहरू, चन्दा माग्नेहरू, डाकाहरू आदिलाई समेत व्यापारीले पाल्नु पर्दछ, नत्र तिनीहरूको कार्यक्रम सफल बन्न सक्दैन । यसै प्रसङ्कमा आÇनो कठिन अवस्था गुजारेर अस्तित्व जोगाउने व्यापारीहरू पनि भएको यथार्थलाई निबन्धकार प्रष्ट्याउँछन् ।
यसैगरी डाक्टर, इन्जिनियर, वकिल आदि व्यवसायीहरूको स्वभाव धनधर्मी र अपवादमा एकाध मनधर्मी पनि हुन्छन् । धनधर्मीले धन चिन्छ भने मनधर्मी मन । धनधर्मी मन चिन्न चाहँदैन किनभने मन चिन्दा खर्च हुने हुँदा ऊ चिने पनि नचिनेझ्mैँ गर्दछ ।
अर्को एक प्रसँग् झ्mिक्दै निबन्धकार नेपाल राज्य, नेपाली समाज, व्यापारीतन्त्र, कर्मचारीतन्त्र, पत्रकारिता आदि कार्यहरू नागरिक समाज र व्यवसायीहरूको उपचक्रको भुँमरीमा घुमिरहेका देख्दछन् । ती व्यवसायीहरूले मकै पिस्दा घुन पिसिन्छ भने पनि निबन्धकारका विचारमा घानका घान जनतारूपी घुन पिसिइरहेका छन् । यदाकदा मकैका दाना मिसिन्छन् तर त्यस्तो जाँतो घुमाउने हातो विदेशीको हातमा रहेको उनी देख्छन् ।
यस्तै गैरसरकारी संस्थाको डलर थुपार्ने स्वभाव हुन्छ । यस्ता संस्थाका व्यक्तिहरू राम्रो नराम्रो, उचित अनुचित आदि कुनै कुराको पनि ख्याल नगरी सरकार, नेता र दाताहरूको पछि लागिरहेका हुन्छन् । मानिस जति धनी बन्दै जान्छ उति अविवेकी, अज्ञानी बन्न पुग्छ । जब ऊ अविवेकी बन्छ तब आÇना ठूलाठूला कमजोरीलाई पनि देख्दैन, तर अरुका भने सानासाना कमजोरीलाई पनि देखिहाल्छ । यसरी निबन्धकारका विचारमा आफूमा कमजोरीको भारी बोकेर हिंड्ने व्यक्ति अर्काका कमजोरी मात्रै खोज्दै हिँड्छ । ऊ आफूलाई जे होइन त्यो हो र जे हो त्यो होइन भनी साबित गर्न चाहन्छ । त्यस्ता व्यक्ति आÇना कमजोरी नचिनी ती कमजोरीलाई नै सबल पक्ष ठान्दछन् । त्यसैले त्यस्ता व्यक्ति समाजमा आलोचित भइरहेको हुन्छ ।
मानिस आफू जन्मे बढेको समाज, संस्कार, पेसा आदिबाट स्वभाव सिक्तछ । घमण्डीपनको व्यवहार मानिसको स्वभावमा रहेको कुरालाई निबन्धकार पूर्वीय दर्शनका आधारमा प्रस्तुत गर्दछन् । मानिस अरुलाई व्यङ्ग्य गर्दा, होच्याउँदा आफूलाई तार्किक देख्दछ तर आफूलाई त्यस्तै अरुले गरे भने दुखको बोध गर्दछ । त्यसैले निबन्धकार दुष्टसँग प्रतिकार गर्नुभन्दा त्यसलाई रिसाउन नदिईकन निवारण गर्नु उचित ठान्दछन् ।
यसरी प्रस्तुत निबन्धमा निबन्धकार जगदीश घिमिरेले विश्वसाहित्यका विभिन्न सूक्तिमय भनाइलाई आÇनो जीवनसँग गाँस्दै सम्पूर्ण मानव जीवनलाई हेर्ने प्रयास गरेको देखिन्छ । यस क्रममा निबन्धकारले कतै हितोपदेश (संस्कृत ग्रन्थ)का श्लोक, कतै सन्त कवीरका दोहा, कतै नेपाली गीत र कवितालाई उदाहरण दिएर प्रस्तुत गरेका छन् । आफूले देखेका, भोगेका र अनुभव गरेका सारा कुराको सारको निष्कर्ष यहाँ निबन्धकार घिमिरेले प्रस्तुत गरेको पाइन्छ ।
भाषाशैली
आत्मकथात्मक गद्यशैलीमा लेखिएको प्रस्तुत स्वभाव उपशीर्षकको निबन्धको भाषा सरल, सरस र विशिष्ट किसिमको रहेको छ । यसको प्रस्तुतिमा कतै सूक्तिको प्रयोग, कतै उखानटुक्काको प्रयोग र कतै सामान्य भाषाको प्रयोग गरिएको छ । त्यसै गरी कतै संस्कृत साहित्यका मार्मिक श्लोकको सन्दर्भ, कतै गीतकारका गीत, कतै कवि कबिरका दोहा र कतै अङ्ग्रेजी भाषाका मार्मिक कुरालाई अुनवाद गरी उदाहरणका रूपमा अघि सारेर घिमिरेले निबन्धलाई मर्मस्पर्शी, गम्भीर र तार्किक बनाएका छन् । मूलतः यस निबन्धको भाषाशैली सरल, मिठो, आत्मलापीय तथा चिन्तनले भरिएको काव्यमय रहेको छ । अस्तु ।
सन्दर्भ पुस्तकहरू
– घिमिरे, जगदीश, अन्तर्मनको यात्रा २०६४, घिमिरे प्रतिष्ठान ।
– नेपाली साहित्यिक रचना २०६५, साझ्mा प्रकाशन काठमाडौं ।
– ढकाल, नारायणप्रसाद, बालकृष्ण शर्मा तथा भरतकुमार भट्टराई, (संयुक्त सम्पादन) अनिवार्य नेपाली व्याकरण बोध र समीक्षा हजुरको प्रकाशन काठमाडौं २०६६ ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्