व्याकरणधातुपाठ र मनिषीहरू
पुरुषोत्तम खतिवडा
पिण्डेश्वर विद्यापीठ
वैयाकरणीहरूका मतअनुसार शब्दहरू तीन प्रकारका हुन्छन् । धातुबाट बनेका र धातुइतर गरी धातुदेखि बनेका शब्दहरू पनि दुई प्रकारका हुन्छन् । जस्तै ( पचति, पठति आदि क्रियाशब्द र पाचकः, पाठकः आदि नाम शब्द पनि । वृक्ष आदि नाम शब्द पनि । वृक्ष आदि गरिएका नाम उपसर्ग, निपात, अव्ययशब्द धातुभिन्न रूढ मानिन्छन् । समासयुक्त शब्दहरू तीन प्रकारका नै समुदायरूपमा हुन्छन् । त्यसैले तिनीहरूको यहाँ भिन्न गणना गरिएन ।
वैयाकरण निकायमा धातुबाट भनेका शब्दको लक्षणामात्र विधान गरिन्छ । जस्तै ( दधाति विविधं शब्दरूपं यः स धातुः । अर्थात् जसले शब्दहरूको विविधरूप धारण गर्दछ वा निष्पन्न गर्दछ त्यो नै धातु हो वा शब्द हो । जस्तै( भू ( भवति । अद् ( अत्ति । पच्(पचति । जसको मुख्य तŒव हो अनेक शब्दस्वरूपको धारक मूल शब्द नै धातु हो । जुन शब्द आवश्यक अनुसार नाम विभक्तिले युक्त भएर खडा हुन्छ वा स्पष्टसँग विभक्तिले युक्त भएर क्रियालाई प्रकाश पार्दछ वा दुवै रूपमा विभिन्न विभक्तिले रहित भएर स्वार्थलाई मात्र प्रकाश पार्दछ त्यो नै तीनै रूपमा परिवर्तनशील मूलशब्द नै धातु यो पदले विभूषित हुन्छ । यसरी आवश्यकअनुसार विविधरूपमा परिवर्तनशील शब्द नै संसारको आदिमसंस्कृतभाषा नै मूलभाषा थियो । त्यसैले यस्ता मूलभूत शब्दहरू धातुबाट भएका भनेर भारतीय प्राचीन वैयाकरणीहरूको सिद्धान्त सत्य हुन आउँछ । अतिप्राचीनकालका भारतीय भाषाविद्हरू पनि यस्तै प्रकारले मूलभूत शब्दलाई नै धातु यो नामले स्वीकार गर्दछन् ।
पाणिनिभन्दा पहिलेका धातुपाठ व्याख्याताहरू
प्राचीनसमयमा सम्पूर्ण शब्दहरू धातुबाट नै भएका हुन् भनेर विद्वानहरू भन्दथे भनेर पहिले नै पढियो । तर, वर्तमान समयमा शब्दहरूका धेरै अंश रूढ शब्दमा व्यवह्त हुन थाले, तर पनि नैरुक्त आदि व्याकरणग्रन्थमा शाकटायनको पनि नाम र आख्यान दुई प्रकारका छन् भनेर विद्वानहरूले स्वीकारेका छन् । यसो हुनाले नै तत्कालीन वैयाकरणी विद्वानहरूले रूढ शब्दको रूपमा स्वीकार गरिएका वृक्ष आदि शब्दहरूको यौगिक पक्षको खुलस्त भने उणादिपाठको खिलपाठको रूपमा व्याख्यान गरियो । यसरी सम्पूर्ण यौगिक, योगरूढ, रूढ शब्दहरूको प्रकृतिको अंश कल्पनाका लागि धातुहरूको महान् उपयोग हुनु हो । त्यसैले वैयाकरणीहरू आ(आÇना शब्दानुशासनबाट धातुहरूको खिलपाठको संग्रह गरियो । यो संग्रह नै व्याकरणनिकायमा धातुपाठः यो नामले व्यवहार गरिन्छ ।
पाणिनिभन्दा पूर्ववर्ति वैयाकरणीका शब्दमा प्रकृति प्रत्ययको रूप विभागको कल्पना इन्द्रले नै गरे । त्यसैले इन्द्र र उनीभन्दा उत्तरवर्ति वैयाकरणीहरूले धातुपाठको व्याख्या गरेका थिए भनेर साधारण मान्न सकिन्छ । त्यसैले यहाँ संक्षेपले ती धातुपाठ व्याख्याताहरूको वर्णन गरिन्छ, जसले धातुपाठको व्याख्या सधैँ स्पष्टरूपमा जान्न सकियोस् ।
क. इन्द्रः इन्द्र नै शब्द र प्रकृतिप्रत्ययका प्रथम प्रकल्पनाकार प्रकृतिभूत धातुका सामथ्र्य प्रकल्पना गरे । श्री उपमन्यु प्रणीततŒवविमर्शिनीव्याख्याको टीकामा भनिएको छ । जस्तै ( इन्द्रले यसरी उद्घोष गरे ( अन्त्यवर्णसमुद्भूता धातवः परिकीर्तिताः । यसरी यो श्लोकमा इन्द्रले कल्पना गरेका धातुहरूको स्पष्टसँग निर्देशन गरेर इन्द्रले नै पहिले धातुपाठको प्रकल्पना गरेर नै मनुष्यहरूले प्राप्त गरे भनेर स्वीकार्न सकिन्छ । तर, इन्द्रले कल्पना गरेका धातुहरूको स्वरूप कस्तो थियो भनेर जान्न भने सकिँदैन ।
ख. वायुः तैत्तिरीयसंहितायाम् ड्ढ६(४(७) यस्तो लेखिएको छ कि वचनको व्याकृति गरेर शब्दशास्त्रका विशारद वायुले इन्द्रको सहयोग गरे । इन्द्रलाई धातुपाठको प्रवक्ताका रूपमा मानिएता पनि इन्द्रको सहयोगी वायु थिए भने र धातुपाठका प्रवक्ताका रूपमा मान्न सकिन्छ । त्यसैले यिनको ड्ढइन्द्रको) परिचय पहिले नै भनियो ।
ग. भागुरिः आचार्य भागुरिले श्लोकबद्धरूपमा व्याकरणशास्त्रको निर्माण गरे । जस्तै(
गपूधूपविच्छिपणिपनेरायः कमेस्तु णिङ् ।
ऋतेरियङ् चतुर्लेषु नित्यं स्वार्थे परत्र वा । ।
यस्तो भागुरिस्मृतिमा उल्लेख गरिएको छ (
गुपो वधेश्च निन्दायां क्षमायां च तथा तिजः ।
प्रतीकाराद्यर्थराश्च कितः स्वार्थे सनो विधिः । ।
यसरी भागुरिऋषिले भागुरिस्मृतिमा अनेकधातूहरूको उल्लेख गरेको पाइन्छ । गुपू यो दीर्घ ऊकारको अनुबन्धरूप पनि निर्देश गरिएको पाइयो । यसैकारण आचार्य मागुरिले पनि धातुपाठको व्याख्या गरेको थियो यसमा कुनै शंका छैन ।
घ. काशकृत्स्नः आचार्यकाशकृत्स्नले पनि व्याकरणशास्त्रको व्याख्या गरेका थिए भनेर पहिले नै सिद्ध गरियो । तर, काशकृत्स्नको सम्पूर्ण धातुपाठ प्राप्त हुन भने सकेन । पूना भन्ने ठाउँमा रहेको दख्खन कलेजका प्रयासले यो धातुपाठ चन्न्वीरद्वारा रचित कन्नडटीकायुक्त ग्रन्थ कन्नडभाषाको लिपिमा र रोमनलिपिमा पनि प्रकाशित छ । त्यहाँ यो ग्रन्थमा १३७ संख्याले युक्त सूत्र प्राप्त भए । काशकृत्स्न धातुपाठका पहिलो पृष्ठमा काशकृत्स्नशब्दकलापः धातुपाठ इति भ नेर नाम निर्देश गरेको पनि छ । यसैले प्रमाणित हुन्छ कि, शब्दकलापः यो काशकृत्स्नधातुपाठको अन्तरालमै छ ।
अ) शाकटायन ः वैयाकरणनिकायको वैदिकवाङ्मयमा यो प्रसिद्ध छ कि आचार्य शाकटायन सम्पूर्ण नामशब्द र धातुज शब्द पनि स्वीकार गर्दथे । यो कुरा यास्कले निरुक्तमा उल्लेख यसरी गरेका छन् (
तत्र नामान्याख्यातानिति शाकटायनो नैरुक्तसमयश्च ।
भगवान् पतञ्जलिले पनि महाभाष्यमा भनेका छन् ।
व्याकरणेशकटस्य च तोकम् । वैयाकरणानाञ्च शाकटायन आह ( धातुजं नामेति ।
तर पनि शाकटायन प्रोक्त धातुपाठका उद्धरणहरू वास्तविक रूपमा प्राचीन ग्रन्थहरूमा उपलब्ध छैनन् तर पनि यास्क र पतञ्जलिको उक्त भनाई अनुसार स्पष्ट हुन्छ कि शाकटायनले पनि धातुपाठको व्याख्या गरे ।
आ) आपिशलि ः आपिशलिको पनि धातुपाठ वर्तमान समयमा प्राप्त भएको छैन तर पनि उनीद्वारा रचित धातुपाठका उद्धरणहरू महाभाष्य(काशिका(न्यासपदमञ्जरीप्रभृति ग्रन्थहरूमा प्रशस्त पाइन्छन् । त्यसैले यो ज्ञात हुन्छ कि आविशलिनाम गरेका आचार्यले पनि धातुपाठको व्याख्या ड्ढरचना) गरेका थिए यस्करण अनेक धातुहरूको स्वरूप पाणिनीयव्याकरणको अपेक्षा भिन्न थियो धातुस्वरूपको भिन्नताले गर्दा व्याकरण पाठको प्रक्रियामा पनि केही भिन्नता थियो । अपिशलिधातुपाठमा छान्दसधातुहरूको पनि समावेश थियो त्यसैले आपिशलधातुपाठमा अनेकधातुहरू भएकाले संख्याका आधारमा पाणिनीय धातुपाठभन्दा धेरै थिए ।
आचार्य पाणिनि र उनका धातुपाठ
सम्पूर्ण संस्कृतवाङ्मयमा आचार्य पाणिनिको शब्दानुशासन एकमात्र यस्तो आर्षग्रन्थ हो जुन सम्पूर्ण अङ्कले परिपूर्ण सु(समृद्ध सबैतिर प्राप्त हुने ग्रन्थ हो । जसको प्रशंसा देशी(विदेशी विद्वानहरूले उल्लासपूर्ण वातावरणमा सर्वत्र आफूलाई समेत सन्तोष भएर खुशी व्यक्त गर्दछन् । यसैले पाणिनीय शब्दानुशासनको महŒव सर्वातिशायि रहेको छ । महर्षि पाणिनिले आÇनु शब्दानुशासनको पूर्णताका लागि लोकोत्तर कुशलता र सूत्रपाठका साथै सम्पूर्ण अङ्कको व्याख्या र प्रवचनका गरेका थिए जुन धातुपाठ मुख्य हो । पाणिनीयवैयाकरणमा जुन धातुपाठको अध्ययन अध्यापनको परम्परा चलेको देखिन्छ त्यो नै पाणिनि प्रोक्त हो भनेर स्वीकार गरेका छन् यसमा कसैको एकमत छैन ।
पाणिनियवैयाकरणका न्यासकार जिनेन्द्रबुद्धि भन्छन् ( प्रतिपादितं हि पूर्वं गणकारः पाणिनि र्न भवतीति । तथा चाùन्योगणकारोùन्यश्च सूत्रकारः । इत्यादि वचनद्वारा अन्यत्र उनैले पाणिनिको गणकारत्व ड्ढधातुपाठव्याख्यातृको रूपमा) स्वीकारेका छन् । उनको ड्ढजिनेन्द्रबुद्धिको) पाणिनिको जस्तो अस भुवि यस्तो गणपाठ छैन । न्यासकारको वचनअनुसार नै परस्परविरोध प्रदर्शन गर्नाले उनको भनाईलाई स्वीकार्न सकिँदैन । भगवान् पाणिनिले शब्दानुशासनको व्याख्याग्रन्थ रचना गर्ने समयमा भूवादयो धातवः १ । ३ । १ यो सूत्रद्वारा खिलरूप धातुपाठको व्याख्या गरे । त्यसको अनेक प्रमाणहरू कार्यस्वरूपसाथ प्रदर्शन गरेका छन् । जस्तै (
पाणिनिले पुषद्युताद्यलृदितः परस्मैपदेषु ३ । १ । ५५ । ।
किरश्च पञ्चभ्यः ७ । ३ । ७२ । । ड्वितः क्त्रिः ३ । ३ । ८८ । । द्वितोùथुच् ३ । ३ । ८९ । । इत्यादिसूत्रहरूका पाठमा स्मृतैर्धात्वनुपूर्विभिः र धातुपाठको अनुबन्धद्वारा त्ये त्यै कार्यविधानद्वारा स्पष्ट छ कि जस्तै पाणिनिले सूत्र रचना गर्नुभन्दा पहिले नै व्याख्या गरेका थिए । जसरी सर्वादि गणमा प्रातिपदिकको विधान पहिले नै गरेको थियो । त्यस्तै महाभाष्यकार पतञ्जलिले पनि त्यस्तै सिद्ध भएमा मात्र जुन गणको विधान हुन्छ त्यस्तै कुराको मात्र आचार्यहरूले बोध गराउँदछन् । यस्तै पाठ र बाहिर सूत्रमा पनि भाष्यकारले स्पष्ट गर्दै सूत्रझैँ धातुपाठ पनि गरेका थिए भनेर पाणिनिले पनि स्वीकारेका छन् । यतै छायाव्याख्याकार वैद्यनाथपाय गुण्डे महोदय, पदमञ्जरीकार क्षीरस्वामी वामन आदि विद्वानले पनि धातुपाठलाई पाणिनिको सूत्रपाठ झैँ स्वीकारेका छन् ।
धातुपाठको पाणिनिले दुई प्रकारको विधान गरेका छन् । लघुपाठ र बृहद्पाठ भेदगरी जम्मा दुई प्रकारका छन् । अर्थनिर्देशबिनाको धातुपाठ, लघुपाठ र अर्थनिर्देशले युक्त पाठ बृहद्पाठ भनिन्छ । कात्यायनको वार्तिकपाठलाई आश्रय मानेर भएको लघुपाठ र त्यस्तै पाणिनिको अष्टाध्यायी सूत्रपाठलाई आश्रय मानेर पढिएको धातु पाठ नै बृहद्पाठ थियो । पाणिनिको धातुपाठको बृहद्पाठ देशभेदद्वारा तीन प्रकारले विभाजित गरियो । जस्तै ( प्राच्य, औदीच्य र दाक्षिणाŒय भेदले गरी तीन भागमा विभाजन गरियो ।
प्राच्यपाठ ः धातुपाठको प्राग्देशीय विद्वान् मैत्रेयआदिले गरेको व्याख्याद्वारा आश्रितपाठ प्राच्यपाठ हो । न्यासकार पनि प्राच्यपद्धतिको पाठ नै मान्दछन् ।
औदीच्यपाठ ः औदीच्यविद्वान् क्षीरस्वामी आदिद्वारा आश्रित आ(आÇना व्याख्याकृति नै औदिच्यपाठ मान्दछन् ।
दाक्षिणात्यपाठ ः धातुपाठको दाक्षिणात्यपाठ वास्तवमा उपलब्ध छैन तर दाक्षिणात्य विद्वान् पाल्यकीर्तिद्वारा पाणिनिको धातुपाठलाई आश्रय मानेर संभवतः त्यो नै दाक्षिणात्य पाठ थियो । वर्तमान समयमा पाणिनीयवैयाकरणको अध्ययन अध्यापन परम्परा धातुपाठको जुन छ, वा व्यवहारमा लागु छ, त्यो पूर्वनिर्दिष्ट पाठको अपेक्षा विलक्षण पनि छ । यो प्रक्रिाय सायणाचार्यले परिष्कृत गरेको हो ।
धातुपाठका व्याख्याताहरू
यसपछि जसका वृत्तिग्रन्थहरूको ज्ञान गरियो तिनैका धातु पाठका व्याख्याताहरूको वर्णन गरिन्छ ।
पाणिनि ः शब्दानुशासन सूत्रहरूको व्याख्या गर्दै भगवान् पाणिनिले अष्टाध्याय सूत्रहरूको वृत्ति निर्माण गरे । त्यसरी नै तीनै धातुपाठको निर्माणका समयमा पाणिनिले कहीँ कहीँ आÇना शिष्यहरूलाई आफूले रचना गरेका ग्रन्थको उपदेश गरे भन्ने कुरा स्वतः अनुमान गर्न सकिन्छ । आचार्य पाणिनिले अष्टाध्यायी सूत्रपाठ रचना गरेका समयमा रचना गर्दा(गर्दै केही भाग आÇना शिष्यलाई केहीलाई अरु नै सूत्रपाठ र वृत्तिहरूको उपदेश गरेका थिए । यसरी नै अरु समयमा अन्य शिष्यलाई उनै सूत्रको कसैलाई अर्कै सूत्रको व्याख्यावृत्तिको उपदेश दिएको थिए । यस्तै रितले धातुपाठ वर्णन यस्तै गरी एकैप्रकारले विभेद नगरीकन तपस्या र त्यसका प्रभावले वृत्तिको व्याख्या गर्दै उपदेश गरे । परम्परालाई आश्रय मानेर सायणाचार्यले लेख्नुभएको छ कि धातु र सूत्रको व्याख्या शिष्यलाई उपदेश गर्नका लागि पाणिनि दुवैतर्फ सिद्ध भएका छन् भनेर भनेर छन् ( यो सायणाचार्यको भनाई हो ।
प्रक्रिया ग्रन्थान्तर्गत धातु व्याख्यान
विक्रमको ड्ढ१२००) बाह्रशय शताब्दीदेखि पाणिनीय व्याकरणको पठनपाठनमा पाणिनीय शब्दानुशासनको सूत्रक्रमलाई छाडेर प्रक्रियाक्रमले व्याकरणशास्त्रको अध्ययन(अध्यापनको क्रम शुरु भयो । प्रक्रिया ग्रन्थकारहरूले धातुपाठ पनि त्यसै प्रकरणभित्र समाविष्ट गरे । यसकारण धातुपाठको व्याख्याले स्वतन्त्ररूपमा धातुको व्याख्यानग्रन्थहरू हुन सक्दैनन् ।
प्रक्रिया ग्रन्थकारहरूले आ(आÇना प्रक्रियाग्रन्थमा पाणिनिकोशब्दानुशासनको मा त्र सूत्रक्रमको क्रमभङ्क गरेनन् कि, परम्परादेखि चलिआएको धातुको पठन(पाठनको प्रक्रिया नै टुटाईयो । प्राचीन पठन(पाठनको प्रक्रियाअनुसार एउटा धातुको दश लकारको प्रक्रिया, सम्पूर्ण लकारको रूपज्ञान प्रक्रिया पनि धातुको व्याख्याक्रममा विधान गरियो । यसो गर्दा बाँकी रहेका व्यन्त, स;न्त, भावकर्म आदिको सम्पूर्ण प्रक्रियाको निरूपण गरेर अन्त्यमा कतिपय धातुको विधान गरियो । त्यसकारण सबैधातुको सम्पूर्ण प्रक्रियाको रूप राम्ररी ज्ञान हुन निकै गाह्रो पर्दछ । लेट लकार छन्दोमात्रगोचरः भनेर ग्रन्थकारले निर्देशन नै गरेनन् । तर स्वामिदयानन्द सरस्वतीले सर्वाङ्कपूर्ण धातुप्रक्रियाको पठनपाठनपरम्परा भने वेदाङ्कप्रकाश नामको ग्रन्थमा ठूलो प्रयास गरेको छ । यहाँ तिनै महानुभावद्वारा रचित प्रक्रियाग्रन्थको प्रसहङ्कानुसार विवरण संक्षेपमा प्रस्तुत गरिन्छ ।
क्र.सं. ग्रन्थकारको नाम समयकालः ग्रन्थ नामहरू
ज्ञ। धर्मकीर्ति सं. ११४० वै. रूपान्तरः
द्द। अज्ञातः सं. १३०० वै.त्.पूर्वम् प्रक्रियारत्नम्
घ। विमलसरस्वती सं. १४०० वै.त.पूर्वम् रूपमाला
द्ध। रामचन्द्रः सं. १४५० वै. प्रक्रियाकौमुदी
छ। भट्टोजिदीक्षितः सं. १५७०(६५० वै. सिद्धान्तकौमुदी
ट। नारायणभट्टः सं. १६१७(१७३३ वै. प्रक्रियासर्वस्वम्
ठ। वरदराजः सं. १६५० वै. लघुसिद्धान्तकौमुदी
ड। वरदराजः सं. १६५० वै. मध्यसिद्धान्तकौमुदी
यी उपर्युक्त रूपावतार(प्रक्रियारत्न(रूपमाला(प्रक्रियाकौमुदी आदि नाम गरेका ग्रन्थहरूमा पाणिनीय धातुपाठको सम्पूर्ण व्याख्या छैन । तर पनि सिद्धान्त्कौमुदी(प्रक्रियासर्वस्व दुवै ग्रन्थका सम्पूर्ण धातुका रूपहरू प्रदर्शन गरिएका छन् । तर पनि त्यहाँ शुद्ध गरि निर्माण गरिएका रूपहरू छन् भावकर्म आदि प्रक्रियामा कतिपय धातुहरूको रूपहरू देखाइएका छन् । त्यसैले यी ग्रन्थमा कुनै विशेष विशिष्टता देखिँदैन ।
पाणिनिउत्तरवर्तिधातुपाठका व्याख्यातााहरू
कातन्त्तधातुपाठका प्रसङ्कमा शर्ववर्मणले , दुर्गासिंहले आत्रेयले, रमानाथले पनि धातुपाठका वृत्तिहरू रचना गरे ।
चान्द्रव्याकरणको धातुपाठमाथि स्वयं आचार्यचन्द्रगोमिले स्वोपज्ञवृत्ति रचना गरे । यसका अतिरिक्त आचार्यपूर्णचन्द्रले धातुपारायण नामको धातुवृत्ति कश्यम नाम गरेका भिक्षुले पनि चान्द्र व्याकरणको धातुपाठमा केही वृत्ति माथि रचना गरेर प्रकाश पारे ।
जैनेन्द्र व्याकरणको धातुपाठमाथि आचार्य देवनन्दिले धातुपारायण नामको स्वोपशवृत्ति रचना गरे । त्यस्तै श्रुतपाल(श्रुतकीर्ति(वंशीधर आदि विद्वनहरूले आÇना(आÇना धातुपाठ ग्रन्थका बारेमा छलफल सहित रचना गरे ।
पाल्यकीर्ति ड्ढशाकटायन)
पाल्यकीतिद्वारा रचित धातुपाठमाथि स्वयं पाल्यकीर्तिले स्वोपज्ञा अमोघावृत्तिग्रन्थको रचना गरे त्यसको नाम धातु विवरण थियो । त्यस्तै धनवालले शाकटायनधातुपाठको वृत्ति रचना गरे । अभय चन्द्र आचार्यले प्रक्रियासंग्रहमा भावसेन त्रैविद्यदेवले शाकटायन टीकाकारको दयापालमुनिले पनि रूपसिद्धि नाम गरेको प्रक्रियाग्रन्थमा शाकटायन धातुपाठ पनि व्याख्या गरेको कुरा विद्वानहरूले बताएका छन् ।
हेमचन्द्रप्रोक्त धातुपाठमाथि स्वयं हेमचन्द्र सूरिले ५६०० संख्याश्लोक भएको प्रमाण स्वोपज्ञा धातुपारायण नामको विस्तृत व्याख्या गरेका थिए । तर छापाखानाको लापर्वाहीले प्राप्त हुन सकेन । उनैले धातु पारायण संक्षेपमा पनि रचना गरेका थिए । यसलाई लघु पारायण नामले पनि चिनिन्छ । श्रीगुणरत्न सूरिले क्रियारत्नसमुच्चयः । नामको ग्रन्थ श्रीजयवीरगणिना नाम गरेका विद्वानले अवचूरी नामको व्याख्या, श्रीहर्षकुलगाण्ीना नामका विद्वानले आÇनो स्वकीय कविकल्पद्रममाथि धातुचिन्तामणि नाम गरेको टीकाको रचना गरे ।
वोपदेवले रचना गरेको कविकल्पद्रुम नाम गरेको धातु पाठग्रन्थमा स्वयं वोपदेवले कविकामधेनु नामको व्याख्या गरे । श्रीरामनाथले वोपदेवीय धातुपाठमाथि टीका गरे । यस्ता उनका हस्तलेख सम्पूर्णानन्द्य संस्कृत विश्वविद्यालयीय सरस्वती भवन संग्रहालयमा पाइन्छन् । हस्तलेखका अन्त्यमा लेखनकालः १७८३ शकाब्द धातुदीपिका नामको टीका भएको ग्रन्थ रचना गरे । श्रीदुर्गा दासको समयावधिकाल १७०० ड्ढसत्रौं शताब्दि) देखी काल मानेका छन् ।
सन्दर्भसामग्री सूचि
ज्ञ। दीक्षित, वासुदेव, बलमनोरमा, व्याख्यायता सिद्धान्ताकौमुदी, दीक्षित भट्टोजि विरचित, चौखम्बा संस्कृत सीरीज, वाराणसी ः संस्करण षष्ठ, वि.सं. २०२६ ।
द्द। गौड, अशोकचन्द्रः, संस्कृत व्याकरणशास्त्रेतिहासः, भारतीय विद्या संस्थानम् ः वाराणसी, संस्करण प्रथम, वि.सं. २०५५ ।
घ। खतिवडा, पुरुषोत्तम, पाणिनीय व्याकरणस्य विकासक्रम ः शीर्षक, गवेषणा वार्षिक मुखपत्र संपादक मण्डल, प्रजातन्त्रवादी प्राध्यापक संघ, पिण्डेश्वर, धरान, २०६८ ।
द्ध। दीक्षित, भट्टोजि, सिद्धान्तकौमुदी, तŒववोधिनी टीका, क्षेमराज श्रीकृष्ण दास श्रेष्ठ, मुम्बई, वि.सं. २०३१ ।
छ। भट्टाचार्य, वरदराज, लघुसिद्धान्तकौमुदी, नेपाली भाषानुवाद संहिता, भवानीशङ्गरसूरि, विरचित नेपाली टीका, प्रकाशक ः बालकृष्ण शास्त्री, ज्योतिष प्रकाश यन्त्रालय ः वाराणसी, वि.सं. १९९२ ।
दीक्षित, भट्टोजि, प्रोढमनोरमा, चौखम्बा सुरभारती प्रकाशन ः वाराणसी, द्वि.सं. १९८० ई. ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्