शुक्रसूर्यपारगमन रोमाञ्चकारी घटना
जयन्त आचार्य
यही २०६९ साल जेठ २४ गते विहानै सूर्यलाई नियालेर हेर्ने जो कोहीले पनि सूर्यमा प्वाल परेको जस्तो सजिलै देख्न सक्दछ । अर्थात् २४ गते शुक्रग्रह सूर्य विम्बको बाटो भएर हिड्दै छ । यस्तो परिस्थितिलाई हाम्रा प्राचीन आचार्यहरूले सूर्य शुक्रगमन भनेर नामाकरण गरेका छन् भने आधुिनक खगोलविद्हरू ट्रान्जिट भनेर भन्ने गर्दछन् । प्रचीन खगोलविद् कमलाकरले वुधसूर्यगमन र शुक्रसूर्यगमनको बारेमा प्रशस्त उल्लेखगरी सिद्घान्त तत्वविवेकको विम्बाधिकारमा शास्त्रार्थ नै गरेका छन् । उनीहरूले बुध सूर्यगमन र शुक्रसूर्यगमन एकैपटक भयो भने सूर्यमा दुइवटा प्वालपरेको जस्तो देखिन्छ भनेर अत्यन्त रोचक ढङ्गबाट ती घटनाहरूको गणितीय उपपत्तिसमेत वताएका छन् । त्यस्तै सूर्यकलंङ्कका बारेमा वेदमा पनि आकृष्णेन रजसा भन्ने मन्त्रमा स्पष्ट उल्लेख गरेको देखिन्छ । त्यतिमात्र हाइन महभारत, रामायण, हरिवंश आदि पौराणिक ग्रन्थहरूमा र वराहमिहीर विरचित बृहत्संहिता जस्ता संहिता ग्रन्थहरूमा पनि सूर्यबिम्बमा नाना आकारका काला धब्वा देखिएको कुरा उल्लेख गरिएको छ । यसरी अनेकौ आचार्यहरूले सूर्यविम्बलाई नियालेर हेरेको र सूर्यविम्बमा नानाप्रकारका आकृति भइका धब्वा देखेको वर्णन गरेका छन् । प्राय सबैले मनुष्यको टाउको जस्तो आकृति अर्थात् कलंङ्क सूर्यमा देखेको कुरा वर्णन गरेका छन् । सूर्यशुक्रपारगमन वा सूर्यवुधपारगमन भनेर स्पष्ट उल्लेख गरेको त भेटिदैन तर टाउको जस्तो कालो धब्वा देखेको वर्णन उनीहरूmे गरेको त्यो सूर्यशुक्रपारगमन नै होला भन्ने अनुमान भने सजिलै गर्न सकिन्छ । पछि आएर कमलाकरले भने सूर्यशुक्रपारगमन र बुधसूर्यपारगमनको वर्णन राम्ररी बुझेर गरेकाले र शुक्र र बुधको कलावृद्घिका वारेमा पनि युक्ति युक्त कुरा लेखेकाले उनले भने स्पष्टै यो विषय बुझेको कुरा प्रमाणित हुन्छ । तसर्थ हाम्रो पूर्वीयपरम्परामा शुक्रसूर्यगमनको उल्लेख वेदमानै भेट्न सकिन्छ भने आधुनिक खगोलविद्हरूले ट्रान्जिटको अवलोकन टेलीस्कोपको आविस्कार भए पछि मात्र गरेका हुन् ।
जव शुक्र ग्रह आफ्नो बाटोमा हिड्दैगर्दा पृथ्वी र सूर्यको वीचमा आइपुग्छ तव कहिले काहि सूर्यशुक्र गमन हुने गर्दछ । सूर्यशुक्र गमन अर्थात ट्रान्जिट एउटा रोमान्चकारी तथा विरलैहुने घटना हो तर पनि यस घटनालाई अत्यन्त महत्वकासाथ लिने गरेको पाइन्छ । हुन पनि अहिले पृथ्वीमा भएका मानिसहरूकालागि यो उसको जीवनको अन्तिम घटना हो । अर्थात् अव यस्तो सूर्यशुक्र गमनको घटना १०५.५ बर्ष पछि मात्र देख्न सकिन्छ । आधुनिक वैज्ञानिकहरूले टेलीस्कोपको आविष्कार गरिसकेपछि यस्तो घटना जम्मा ६ पटकमात्र देख्न सफल भए । यद्यपि यो घटना ना¨ै आखाले देख्न पनि सकिन्छ तथापि यो घटना ना¨ैआखाले कदापि हेर्न हुदैन । विशेष किसिमको फिल्टरको माध्यमबाट मात्र हेर्नु पर्दछ । ना¨ैआखाले हेरे आखा सदाको लागि विग्रन पनि सक्दछ । विशेषज्ञको निगरानीमा टेलीस्कोपबाट वा सूर्यलाई परावर्तन गरी छायामा हेर्दा आखा सुरक्षित हुन्छ अथवा सूर्यहेर्नका लागि भनेर बनाइएको बिशेष किसिमको चस्माको प्रयोग गरी यो घटना हेर्न सकिन्छ । एक्स रे, वा सिसामा ध्वासो लगाई वा अन्यकुनै किसिमबाट पनि यो घटना हेर्न नहुने कुरा विशेषज्ञहरू वताउछन् । असावधानीपूर्वक सूर्यलाइ हेर्दा आखा सदाकालागि बन्दहुन पनि सक्छ, आखा विग्रिएको स्वयं आफूलाई पनि थहा नहुन सक्छ । यसरी आखामा खरावी पहिल्यै आउदा आखा दुख्ने पोल्ने वा तत्काल असर थाहानभइकन तीन चार घण्टा पछि थाहाहुने गरी आखा पुरै अथवा कुनै रङ्गलाइमात्र देख्न नसकिने गरी विग्रन सक्दछ । त्यसैले यस्ता घटनाहरू बिशेषज्ञको निगरानीमा बिशेषज्ञको सल्लाह र सुझाव भित्र रहेर मात्र अवलोकन गर्नु पर्ने हुन्छ ।
जेठ २४ गतेको सूर्यशुक्रपारगमनको दृश्य हामी नेपालीहरूले सूर्याेदय देखि नै देख्न सक्नेछौ । अर्थात् त्यस दिन काठमाण्डौमा पाच बजेर नौ मिनेट देखि १० बजे र ३६ मिनेट ४५ सेकेण्ड सम्म उक्त रोमाञ्चकारी दृश्य देख्न सकिने छ । यो खगोलीय रोमान्चकारी घटना अष्टे«लीयाको सिडनी, जापान, चीनको वेइजीङ, कोरिया क्यानडाको उत्तरीभाग, तथा अलास्का बाट सुरुदेखि अत्यसम्मको घटना देखिने छ भने नेपाल, भारत, श्रीलंङ्का, खाडिमुलुकहरू, युरोपका अधिकांश देशहरूबाट भने सूर्याेदय हुदा शुक्रसूर्यगमन भइसकेको हुनेछ र अन्त्यसम्मको घटना देख्न सकिन्छ । दक्षिण अमेरिकाका केहीमुलुकहरू र अफ्रिकामहादेशका पश्चिमतिरका मुलुकहरूबाट भने यो रोमान्चकारीघटना देख्न सकिने छैन ।
सूर्यलाई शुक्रले पारगर्न अर्थात् यो घटना सुरुभएदेखि अन्त्यहुनको लागि ६ घण्टा ४० मिनेट को समय लाग्नेछ भने नेपाल बाट सूर्याेदय भएदेखि बिहानको १०ः३६ सम्म देख्न सकिने छ । यस्तो घटना फेरी १०५ बर्ष पछि वि सं २१७४ मंसिर २४ गते शनिवारका दिन हुनेछ । तसर्थ यस्तो ज्यादै दूर्लभ घटना हेर्ने मौका न गुमाउन सबैले प्रयत्न गर्नु पर्छ तसर्थ कुनैले पनि यो घटना हेर्न छुटाउने छैनन् होला किन कि यस्तो घटना सायद फेरी अर्कोपटक आफ्नो जीन्दगीभरमा आउने छैन । बुध सूर्यगमन अर्थात् वुधको टान्जिटभने अलि छोटो समया दोहोरिने हुदा शुक्रको जस्तो दुर्लभ अवस्था सूर्यबुधपारगमनको हुदैन । बुधको त ७, १३, १३, १३ वर्षमा हुन्छ भनेर सर्वानन्दकरणमा उल्लेख गरिएको छ ।
यस्तो घटना सर्वसाधारणका लागि रोमान्चकारी र अलौकिक घटना हो भने खगोलविद, वैज्ञानिकहरूका लागि विभिन्न गणितीय गणनाहरू परीक्षण गर्नपाउने एउटा महत्वपूर्ण अवसर पनि हो । वेलायतका प्रसिद्ध वैज्ञानिक जेरेमिह होरोक्सले सन् १६३९ मा शुक्रसूर्यगमन हुनु भन्दा एक महीना अगाडि गणना गरे त्यस समयमा शुक्रको व्यास, सूर्य, शुक्रको दूरी निर्धारण गर्न उनी सफल पनि भएका थिए । त्यस समयमा जम्मा दुई जना होरोक्स र उनका साथी वीलीयम्स क्रावट्रिले मात्र शुक्रसूर्य गमन हेरेको इतिहास भेटिन्छ ।
हाम्रा समाजमा प्रचलित पात्राहरूको परीक्षण यो घटनाको माध्यमबाट गर्नेहो भने उनीहरूको गणना अशुद्ध रहेछ भन्ने प्रष्टै हुन्छ किन कि उनीहरूको गणना अनुसार शुक्रसूर्यगमन हुदै नहुने देखिन्छ । अतः पंञ्चाङ्गनिर्णायक समिति र सस्कृत विश्वविद्यालयबाट प्रकाशित पञ्चाङ्गहरूमा दिइएको ज्येष्ठ २४ गतेको सूर्य र शुक्रका स्थितिअनुसार त शुक्रसूर्यगमन नै हुदै हुदैन भन्ने देखिन्छ । किन भने ती पञ्चाङ्गहरूमा उक्त दिन सूर्य र शुक्रको अन्तर ६, ७ अंशले फरक परेको देखिन्छ । जव कि सूर्यको पूराविम्ब करीव ३२ कलाको अर्थात् आधाअंश जतिको मात्र छ । तर प्रत्यक्षै आकाशमा हेर्ने व्यक्तिले सूर्यमा नै शुक्रले प्वाल पारेको जस्तो देख्नेछन् । तसर्थ हाम्रा पञ्चाङ्गहरू कति शुद्ध रहेछन् भन्ने कुराको परीक्षण पनि यसवेला हुने भएको छ । प्राचीन आचार्यहरूले आफ्नो गणना कति शुद्ध छ भन्ने जान्न भग्रहयुत्यधिकार र ग्रहयुत्यधिकार भन्ने छुट््टा छुट्टै प्रकरण नै रचना गरेका छन् । भग्रहयुत्य धिकारमा तारा र ग्रहको योग अर्थात् युति त्चबलकष्त कति वेला र कहिले हुन्छ भन्ने गणना गरिन्छ भने ग्रहयुत्यधिकारमा ग्रहहरूको परस्परयुति कहिले र कति वेला हुन्छ भन्ने गणना गरिन्छ । यसरी सूर्य र शुक्रको ६, ७ अंशको अन्तर देखाउने सस्कृत विश्वविद्यालयको पञ्चाङ्ग र पञ्चाङ्गनिर्णायक समितिबाट स्वीकृत पात्राहरू सबै अशुद्धछन् भन्नेकुरा शुक्रको त्चबलकष्त अवलोकन गर्ने साधारण मानिसले पनि अब सजिलै थाहापाउने छन् । त्यसैले पात्राहरूमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता भएको प्रष्ट नै हुन्छ । उक्त पात्राहरूका आधारमा गणना गरेर हेर्दा त्यस दिन सूर्यशुक्रगमन नहुने पक्का देखिन्छ परन्तु मेरो गणना अनुसार त्यस दिन शुक्रसूर्यगमन अवश्य हुनेछ । अतः हाम्रा पात्राहरूमा व्यापक गणितीय सुधारको आवश्यकता देखिएको छ । आजको वैज्ञानिक युगमा पनि परम्परागत ढङ्गबाट मात्र गणना गरी प्रत्यक्षै अशुद्ध भएको थाहाहुदा हुदै पनि त्यस्ता अशुद्ध पद्धति बाट नै गणितगरी पात्राहरू सरकारी माध्यमबाट प्रकाशित गर्न स्वीकृति दिनु एउटा लाजमर्दो बिषयहुन पुगेको छ ।
सदर्भग्रन्थहरू
१ सर्वानन्दकरण गोविन्दगणक आप्टे
२. शुल्कयजुवेदसंहिता
३. सिद्घान्त तत्वविवेक, कमलाकर
४. बृहत्संहिता, बराहमिहिर
५. रामायण वाल्मीकि विरचितम्
६. महाभारत, वेदव्यास प्रणीतम्
प्रतिक्रिया व्यक्त गर्नुहोस्