Header Ads

जीवन र ज्योतिषको अन्तर्सम्बन्ध

अर्जुनप्रसाद भट्टराई
उपप्राध्यापक

संसारको सर्वश्रेष्ठ प्राणी स्वीकारिएको मानिसस पृथ्वीको ससुन्दर रचना पनि हो । ढुङ्गे युगबाट अत्याधुनिक सभ्यतामा पदार्पण गर्ने मानवजातिको विगत कम संघर्षपूर्ण र कम रहस्यमय छैन । हिजोआज आगो देख्दा हामीलाई अनौठो लाग्दैन तर यही आगोको आविष्कार हुुनुपूर्वको मानवको रहनससहन र जीवनचर्यामा आगोको आविष्कार पछि निकै ठूलो परिवर्तन आएको अनुभव आगोविनाको समाजको परिकल्पनाबाट गर्न सकिन्छ । त्यस्तै हामीले खाने एकएक खाने वस्तु खाद्य वा अखाद्य के हो भन्ने परीक्षण गर्न पनि निकै ठूलो साहसको आवश्यकता थियो । मानिससले कृषिकर्मको आविष्कार गर्न लाखौं वर्ष बिताउनु परेको हुँदो हो । भाषाको आविष्कार तत्कालीन मानवको सर्वोत्कृष्ट आविष्कार भएकोकुरामा कससैको विमति हुन सक्दैन । समय गणनाको आविष्कार, दिशा निर्धारण आदि विधिको खोज र स्थान निर्धारण विधिको विकासमा कति मानवीय युग तथा बुद्धिविवेक खर्च भए होला भनी अन्दाज गर्न कठिन छ, एवं रीतले प्रत्येक वस्तुको आविष्कारमा कति मानव बुद्धि र श्रमको लगानी भएको होला भन्ने कुराको हामीले अन्दाजसम्म पनि गर्न सक्दैनौ । त्यसबेलाको मानवलाई जीवन बचाउनैका लागि मात्र पनि हरेक कुरामा जागरुक, उत्सुक र जिज्ञासु हुन आवश्यक थियो । त्यसैले हाम्रा तत्कालीन पुर्खाले जीवन र जगत्का हरेक वस्तु, घटना र अवस्था प्रति निकै गहिरो अध्ययन, चिन्तन, मनन र परीक्षण गर्ने गर्दथे ।
हाम्रा पूर्वजहरूले केवल पृथ्वीमा भएका वस्तुका बारेमा मात्र चिन्तन मनन गरेनन् परन्तु आकाशीय वस्तु, घटना र अवस्थाको पनि अध्ययन–विश्लेषण गरे, जसले गर्दा उनीहरूलाई समय, दिशा र स्थानको बोध भयो । दिउँसो सूर्यका आधारमा र राती चन्द्रमा र ताराका आधारमा मानिसले समयको गणना गर्न प्रारम्भ गरेको हुनु पर्छ भने ध्रुवतारा र सूर्यका आधारमा दिशाबोध गर्न थालेको अनुमान गर्न सकिन्छ । त्यस्तै ध्र«ुवको उन्नतिको आधारमा अक्षांश र पूर्वापर देशान्तर निर्धारणद्वारा स्थाननिर्धारण गर्ने प्रविधिको विकास पनि निकै कठिन कार्य हो । अझ आकाशीय ग्रहहरूको गति, स्थिति आदिका आधारमा जीवन र जगत्को उन्नति वा अवनतिको सूक्ष्म विश्लेषण गरी भावी जीवनकोयथार्थ पूर्वानुमान गर्ने सूत्र पत्ता लगाउनु निकै सूक्ष्म र संवेदनशील कार्य हो । हाम्रा पूर्वजहरूले दीर्घ परीक्षण र सत्यतथ्यको सूक्ष्मातिसूक्ष्म विश्लेषणबाट विकास गरेको शास्त्र नै ज्योतिष शास्त्र हो । त्यसैले ज्योतिष शास्त्र विज्ञानमा आधारित प्रत्यक्ष शास्त्र हो जसमा गणितबाट प्राप्त तथ्यका आधारमा मानिसको विगत वर्तमान र भविष्यको विश्लेषण गरिन्छ । भनिएको पनि छ—
अप्रत्यक्षाणि शास्त्राणि विवादस्तत्र केवलम् । प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ । ।
अर्थ—अप्रत्यक्ष शास्त्रहरूमा केवल विवाद मात्र हुन्छ । ज्योतिष शास्त्र प्रत्यक्ष शास्त्र हो जहा चन्द्र र सूर्य साक्षी छन् ।
यसरी ज्योतिष शास्त्रमा ग्रहनक्षत्र आदिको गणित सिद्ध वास्तविक वस्तुस्थितिका आधारमा व्यक्ति वा जगत्मा घट्ने घटनाको पूर्वानुमान गरिन्छ । जन्मकालिक ग्रहनक्षत्रादिको स्थितिका आधारमा व्यक्तिको जीवनभरि हुने शारीरिक, मानसिक, बौद्धिक, पारिवारिक, आर्थिक आदि विविधपक्षको ज्ञान यही ज्योतिष शास्त्रको माध्यमले गर्न सकिन्छ । जस्तै –
१.    जन्मकुण्डलीको प्रथमभावबाट व्यक्तिको रूप, चिन्ह, जाति, आयु, सुखदुःख, विवेक, शील, मस्तिष्क, स्वभाव, आकृति आदिको सबल र दुर्बल पक्षका बारेमा विवेचना गरिन्छ ।
२.    द्वितीय भावको आधारमा कुल, मित्र, आँखा, कान, नाक, स्वर, सौन्दर्य, गान, प्रेम, सुखभोग, सत्यभाषण, सञ्चित पुँजी (सुन, चाँदी, मणि, माणिक्य आदि )र व्यापारको शुभाशुभको बारेमा विश्लेषण गरिन्छ ।
३.    तेस्रो स्थानबाट नोकरचाकर, सहोदर दाजुभाइ, पराक«म, आभूषण, दासता, साहस, आयुष्य, शौर्य, धैर्य, दम, खोकी, क्षयरोग, गायन, योगाभ्यास आदिका बारेका विचार गरिन्छ ।
४.    चतुर्थभावबाट मातृपितृसुख, भवन, गाऊँ, चौपाया, मित्र, शान्ति, अन्तःस्करणका बारेमा विवेचन गरिन्छ ।
५.    पाँचौ स्थानबाट विद्या, बुद्धि, सन्तान, नम्रता, नीति, व्यवस्था, देशभक्ति, मावलीको सुख, नोकरी, धनोपार्जनको उपाय, अप्रत्यासित धनप्राप्ति, जठराग्नि, गर्भाशय, आदिका बारेमा विवेचना गरिन्छ ।
६.    छैठौँ स्थानबाट मामाको स्थिति, शत्रु, चिन्ता, शङ्का, जमिन्दारी, रोग, पीडा, घाउखटिरा, मलद्वार, कीर्ति आदिको बारेमा विश्लेषण गरिन्छ ।
७.    सातौँ स्थानबाट पतिपत्नी, मृत्यु, कामेच्छा, स्वास्थ्य, मैथुन, अंगविभाग, जननेन्द्रिय, विवाह, व्यापार, मुद्दामामिला, ववासिर रोग आदिका बारेमा विचार गरिन्छ ।
८.    त्यस्तै आठौँ स्थानबाट रोग, व्याधि, आयु, मृत्युको कारण, मरण, मानसिक चिन्ता, सामुद्रिक यात्रा, ऋण, लिङ्ग, योनि, अण्डकोष आदिकारोगको बारेमा हेरविचार गरिन्छ ।
९.    नवौँ स्थानबाट भाग्योदय, शील, विद्या, तप, धर्म, प्रवास, तीर्थयात्रा, पितृसुख, मानसिकवृत्ति, दानशीलता आदिका बारेमा भविष्यवाणि गरिन्छ ।
१०.    दशमभावबाट राज्य, मान, प्रतिष्ठा, जागिर, पिता, प्रभावशालीता, व्यापार, अधिकार, ऐश्वर्यभोग, कीर्तिलाभ, नेतृत्वदायी भूमिकाका बारेमा विचार गरिन्छ ।
११.    एघारौँ स्थानबाट सवारीका साधन, रत्न, मांगलिक कार्य, धनार्जन आदिको बारेमा विवेचना गरिन्छ ।
१२.    बाह्रौँ स्थानबाट खर्च, हानी दान, दण्ड, दुव्र्यसन, रोग आदिका बारेमा विचार गरिन्छ ।
यसरी नै ज्योतिषशास्त्रमा मानिसको जन्मनक्षत्रका आधारमाग्रहको दशा गणना गरी त्यसका आधारमा मानिसको वर्तमान दशा निकालिन्छ र शुभ वा अशुभग्रहको दशाका आधारमा उसको वर्तमान जीवनमा शुभाशुभ विवेचना गरिन्छ । उदाहरणका लागि सूर्य, मंगल, शनि, राहु, केतु, क्षीणचन्द्र र पापग्रहसँग बसेको बुध यी पापग्रहहरू हुन् भने पूर्णचन्द्र, शुभग्रहसँग बसेको बुध, वृहस्पति र शुक्र शुभग्रहहरू हुन् । त्यसैले सामान्यतया पूर्वोक्त पापग्रहहरूको दशामा काममा असफलता, रोग व्याधीको प्रकोप, आफन्तसँग कलह, आफन्तको मृत्यु, धननाश, परिवारमा बेमेल अशान्ति, अपयश, कुलत, कुसंगत जस्ता नराम्रा फल हुन्छन् भने पूर्वोक्त शुभग्रहहरूका दशामा पारिवारिक सद्भाव, पारस्परिक सहयोग, धनधान्य वृद्धि, उच्च व्यक्तिको संगत, शारीरिक तथा मानसिक तन्दुरुस्ती, घरमा विवाह व्रतबन्धादि शुभ माङ्गलिक कार्य, सन्तानलाभ, चल अचल सम्पत्तिको जोरजाम, शत्रुमाथि विजय, सवारीका साधनको प्राप्ति, सुनचाँदी आदि रत्नको लाभ, मानसम्मानको प्राप्ति, सुयश फैलने जस्ता शुभ फल प्राप्ति हुन्छ ।
ज्योतिषलाई कोरा भाग्यवादी अकर्मण्य शास्त्रको रूपमा बुझ्नु गलत हो । वस्तुतः ज्योतिष कर्मद्वारा प्रारब्ध समेत बदल्न सकिन्छ भन्ने सिद्धान्तमा आधारित कर्ममार्गी शास्त्र हो । यस शास्त्रले मानिसका शुभ ग्रहदशा चलेका बेला पुँजी, श्रम र सीपको अत्यधिक लगानी गरेर व्यवसायबाटसमुचित लाभ लिन मार्गप्रदर्शन गर्दछ भने खराब दशा भएका बेला त्यसको यथोचित शान्ति गरेर जीवनमा आइपर्ने संकटबाट बच्ने उपाय बताउँछ । ज्योतिषले कहिल्यै पनि कर्मबाट पलायन हुन भन्दैन ।
 जीवनमा ज्योतिषको मुख्य उपादेयता यही हो कि यस शास्त्रको मद्दतले भविष्यमा हुने शुभाशुभ अवस्थाको जानकारी पाएर आÇनो प्रयत्नले अशुभबाट छुटकारा पाउनु । हाम्रा शास्त्रहरूमा ज्योतिषको सहायताले आÇनो भावी संकट थाहा पाएर आÇनो प्रयत्नले तिनीहरूबाट मुक्ति पाएका अनेक दृष्टान्तहरू भेटिन्छन् । उदाहरणका लागि सावित्रीले बालविधवा हुने जानकारी पाएर आशुतोष शिवजीको कठोर तपद्वारा यमराजलाई फर्काई आÇना पतिलाई कालपाशबाट मुक्त गरेकी थिइन् । त्यस्तै सीमन्तिनीले पनि आफू तेह्र वर्षमा विधवा हुने कुरा थाहा पाएर शिवजीको श्रद्धाभक्तिपूर्ण आराधनाले उनी तेह्र वर्ष हुँदा कालिन्दी नदीमा खसेर वेपत्ता भएका पतिलाई तीनवर्ष पछि भेटाएकी थिइन् । ज्योतिषको जीवन उपयोगीतालाई शास्त्रीय दृष्टान्त दिएर अमूर्त बनाउनु भन्दा स्वयं आफैले अनुभव गरी विचार गर्न सकिन्छ । किनकि ज्योतिष प्रत्यक्ष शास्त्र हो र यसको फल स्वयं आफैले भोग्न र अनुभव गर्न पाइन्छ । उदारणका लागि अशुभ स्थानमा बसेको शनिले दुःखको भुमरीमा पारेको व्यक्तिले ज्योतिषको सहायताले उक्त कुरा थाहा पाएर शनिको शान्ति गरेपछि दुःखबाट राहत पायो भने उसलाई ज्योतिषको उपादेयता स्वतः अनुभव हुन्छ । यस्तै स्वतस्फूर्त अनुभवबाट खरो उत्रन सफल भएकोले नै आजको वैज्ञानिक भौतिक युगमा पनि ज्योतिषको लोकप्रियता गुणात्मकरूपले बढ्दोछ । स्मरण रहोस् अनिष्ट ग्रहलाई उक्त ग्रहको पूजा, जप, हवन, दान, रत्न धारण, ईश्वरीय आराधना र संयमित जीवनचर्याबाट निस्तेज पार्न सकिन्छ ।
अझ ज्योतिषमा कम्प्युटरको प्रयोगले त यसलाई अझ सरल, सूक्ष्म र तथ्यपूर्ण बनाएकोछ । असंख्य तथ्यहरूलाई निमेष भरमा विश्लेषण गरेर निकै भरपर्दो परिणाम दिने कम्प्युटर ज्योतिष विज्ञानका लागि वरदान साबित भएकोछ । अनेकौं ऋषिमुनिद्वारा प्रणित हजारौ पृष्ठका स्थूलकाय ग्रन्थहरूमा निर्देशित तथ्यहरूलाई कुनै व्यक्तिको ग्रहस्थितिसँग दाँजेर त्यसको शुभाशुभ खुट्याउन ज्यादै कठिन पर्दथ्यो । त्यति धेरै तथ्यहरू सम्झन असम्भव पनि थियो भने तिनीहरूका पनि अनेक अपवादहरू समेत हुने भएकाले तिनीहरूको समेत ख्याल गरेर फलादेश गर्दा समय र बौद्धिक दबाब पनि पर्ने भएकोले त्रुटि हुने सम्भावना पनि उत्तिकै हुन्थ्यो । तर यस क्षेत्रमा कम्प्युटरको प्रयोग पछि त्यसमा विकसित सÇटवेयरको सहायताले ती ग्रन्थहरूमा निर्देशित तथ्यहरूलाई व्यक्तिको ग्रहस्थितिसँग भिडाएर तत्काल परिणाम दिई फलादेशको कार्यलाई निकै सरल र तथ्यपूर्ण बनाइदिएको छ । यसले फलादेश सटीक भई ज्योतिषमा जनविश्वास बढाएकोछ ।
ज्योतिष र जीवनको निकै गहिरो अन्तर्सम्बन्ध रहेकोछ । एकातर्फ ज्योतिष जीवन र जगत्का बारेमा मानिसको सूक्ष्मविश्लेषणको प्रतिफल हो, जो मानवीय प्रयासले निरन्तर फैलिदै र झाँगिदै गएको छ भने अर्को तर्फ ज्योतिषको उद्देश्य नै जीवनलाई सुखमय, समृद्धशाली र सफल बनाउनु हो । विशेषतः फलित ज्योतिष दुःखसागर तार्ने जहाज झैं वा उचित परामर्श दिने असल मित्र भैmं अथवा धन आर्जनको पथ प्रदर्शन गर्ने विशेषज्ञ परामर्शदाता भैmं ज्यादै उपयोगी छ । ‘यद्यत् पिण्डे तत्तद् बéाण्डे भन्ने तथ्य आध्यात्मिक र भौतिक दुवै दृष्टिले प्रमाणित भएकोछ । त्यसैले बéाण्डमा हुने परिवर्तनले हाम्रो जीवनमा प्रत्यक्ष असर पार्दछन् । ती बéाण्डीय परिवर्तनको गणितीय विश्लेषण गरी तिनले जीवन र जगत्मासकारात्मक वा नकारात्मक कस्तो असर पार्दछ त्यसको विवेचना गरेर अनुकुल प्रभाव पर्ने भए उन्नतिका लागि प्रयासरत रहन प्रेरित गर्दछ भने प्रतिकूल असर पर्ने भए त्यसको निवारणको उपाय बताउँछ ।
साथै ज्योतिष भनेको गणित शास्त्र हो । त्यसैले त ज्योतिषीलाई गणकपनिभनिन्छ । विशेषतः ज्योतिषको सिद्धान्त खण्ड गणित भाग हो जसमा तन्त्रज्योतिष र करणज्योतिष पनि पर्दछन् । यसमा व्यवहारिक अङ्कगणित रबीजगणित, रेखागणित, सरलत्रिकोणमिति, चापीयत्रिकोणमिति,गोलीयरेखागणित, चलनकलन, खगोलगणित आदि सैद्धान्तिक दुबै गणित समाविष्ट हुन्छन् । हाम्रो जीवन अङ्कमय छ । हामी दश महिनामा जन्मन्छौं । हाम्रो उमेरको संख्या बढ्दै जाँदा हामी बालक, युवा वयस्क र बूढो हुदै जान्छौं । हामीले खाने अन्नको परिमाण, लगाउने लुगाको नाप, हाम्रो शारीरिक तथा बौद्धिक बृद्धि र विकासको उमेर, आदि सबै अङ्कमै गनिन्छन् । यसरी अङ्कविनाको जीवनको कल्पना गर्न नसकिने हुनाले ज्योतिषविनाको जीवनको पनि कल्पना गर्न सकिदैन । हाम्रो जीवनका हरेक वस्तु, अवस्था र घटनाहरू कुनै न कुनै हिसाबले अङ्कको माध्यमले ज्योतिषससँग बाँधिएका छन् । त्यसैले ज्योतिषलाई जीवनबाट अलग गर्न सकिदैन भने जीवनविनाको ज्योतिषको त अस्तित्व नै हुदैन । त्यसैले जीवन र ज्योतिषको अन्योन्याश्रित अन्तर्सम्बन्ध रहेको कुरा स्वतः सिद्ध छ ।
Powered by Blogger.