संस्कृतमा समासको अनुशीलन
उप–प्रा. योगराज शर्मा
जनता विद्यापीठ, दाङ्ग
जनता विद्यापीठ, दाङ्ग
समस्यते यत् सः यस्तो विग्रहमा समुपसर्गपूर्वक अस् धातुदेखि अकर्तरि च कारके संज्ञायाम् भन्ने पाणिनीय सूत्रले घञ् प्रत्यय भएर समास शब्द बन्दछ । जसलाई समस्त गरिन्छ त्यसलाई समास भनिन्छ ।
समास शब्दको विग्रह गर्ने सन्दर्भमा समसनं समासः यस्तो विग्रह पनि गरिन्छ । भावमा घञ् गरेर निर्मित समास शब्दको सिद्धान्तकौमदीका सुप्रसिद्ध टीका बालमनोरमा र तत्वबोधिनी दुवैले समर्थन न गरेकाले कर्ममा नै घञ्प्रत्यय गरेर समास शब्द निर्मित हुन्छ भन्नु नै उपयुक्त हुन्छ ।
समास शब्दको प्रयोग सर्वप्रथम निरुक्त ग्रन्थमा भएको पाइन्छ । निरुक्त गन्थका अतिरिक्त भाषिक सूत्रमा र ऋक्तन्त्रमा पनि समास शब्दको प्रयोग गरिएको छ ।
क) समासश्चाख्यातपरोùपि ।
ख) समासे ।
सामतन्त्रमा समास शब्दका लागि मास शब्दको प्रयोग गरिएको देखिन्छ । अथर्ववेद प्रातिशाख्यमा समस्यते पदको प्रयोग समास द्योतक भएको एवं नाट्य शास्त्रमा पनि समास शब्द प्रयोग गरिएको छ । जस्तै –
क) भसि मासे ।
ख) गतिपूर्वो यदा धातु क्वचित् स्यात्तद्दितोदयः।
समस्यते गतिस्तत्र आ गमिष्ठा इति निदर्शनम् ।
ग) नामाख्यातनिपातैरुपसर्गसमासतद्धितैयुक्तः ।
सन्धिविभक्तिषु युक्तो विज्ञेयो वाचिकाभिः ।
महर्षि पाणिनिको प्रसिद्ध व्याकरणग्रन्थ अष्टाध्यायीमा समास संज्ञा गरिएको छ । पाणिनि अतिरिक्त वैयाकरण शर्ववर्माले आÇनो कातन्त्रव्यकरणमा समास संज्ञा प्रयोग गरेका छन् । चान्द्रगोमिन्ले चान्द्रव्याकरणमा संमास संज्ञालाई स्थान दिएका छन् । जैनेन्द्र व्याकरणमा भने समासका स्थानमा स संज्ञा गरिएको भेटिन्छ । यससम्बन्धी केही शास्त्रीय तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ –
क) प्राक्कडारात्समासः ।
ख) नाम्नां समासो युक्तार्थः ।
ग) चार्थ समासो मनोज्ञादिभ्यः ।
घ) सः ।
समास शब्दलाई शाकटायन, शब्दानुशासन र सारस्वत्व्याकरणमा पनि वैयाकरणहरुले स्थान दिएका छन् भने मुग्धबोधव्याकरणमा समाससंज्ञाका लागि ससंज्ञा प्रयोग गरिएको छ । समासको उल्लेख अग्निपुराण तथा श्रीमद्भगवद्गीतामा पनि भएको सन्दर्भ प्रस्तुत गर्नु उपयुक्त नै हुनेछ –
क) षोढा समासं वक्ष्यामि अष्टाविंशतिधा पुनः ।
ख) द्वन्द्व सामासिकस्य च ।
शब्दशक्तिप्रकाशिकामा पनि सामसको प्रयोग र विवेचन भएको स्पष्ट देख्न सकिन्छ (
यादृशस्य महावाक्य स्यान्तस्त्वादिनिजार्थके ।
यादृशार्थस्य धीहेतुः ससमासस्तदर्थकः।।
समास सामथ्र्ययुक्त दुई वा दुई भन्दा बढी पदहरुको संक्षिप्त रुप हो । एकपदीभवनत्वं समासत्वं ंयस्तो भनाइ रहेको छ । समासलाई यसरी पनि चिनाउन सकिन्छ –
समासः पदयोरैक्यमैच्छिको नियतः क्वचित् ।
प्रायो लोपोùन्तर्विभक्तेस्तदर्थं ख्याति विगं्रहः ।
संस्कृत व्याकरणमा समासलाई पाँच किसिमले वर्गीकरण गरिएको छ ः(
१) केवल समास
२) अव्ययीभाव समास
३) तत्पुरुष समास
४) बहुव्रीहि समास
५) द्वन्द्व समास आदि ।
समास स्वरुप निर्धारण र व्याख्या तथा विवेचनका लागि वैयाकरण पाणिनिले प्राक्कडारात्समासः सूत्र उपदेश गरेका छन् । जस अनुसार यस सूत्रदेखि कडाराः कर्मधारये सूत्र भन्दा पहिला विभिन्न सूत्रहरुले निर्दिष्ट विधिलाई समास संज्ञा हुन्छ ।
समासलाई पदहरुको समष्टिः मिलन, संमिश्रण, शब्दरचना आदिशब्दहरुले पनि स्पष्ट गर्ने सकिन्छ । लघुता पूर्वक शब्दार्थबोधकालागि समासको महत्व रहन्छ । यसलाई मनुस्मृतिकार योगी मनुले पनि स्पष्ट गरेको पाइन्छ ।
एषा धर्मस्य योनिः समासेन प्रकीर्तिताः ।
प्रक्रियाकौमुदीमा समासलाई चार पं्रकारले वर्गीकरण गरिएको छ। (१) अव्ययीभाव (२) तत्पुरुष (३) बहुव्रीहि (४) द्वन्द्व गरी ।
यस्तै किसिमले प्रसिद्ध वैयाकरण कौण्ड भट्टले पनि आफ्नो ग्रन्थ वैयाकरणभूषणसारमा समासलाई चारप्रकारको वताएका छन् –
समासस्तु चतुर्धेति प्रायोवादस्तथाùपरः।
योùयं पूर्वपदार्थादिप्राधान्य विषयः स च ।
यसै गरी महाभाष्यकार पतञ्जलि र कौण्ड भट्ट दुवैको मतको प्रतिनिधित्व हुने गरी अनुवादचन्द्रिकामा समासलाई छ प्रकारले व्याख्या गरिएको छ ।
समासभेदाः षोढा तत्पुरुषः कर्मधारयः ।
द्विगुद्र्वन्द्वोùव्ययीभावो बहुव्रीहिरितीरिताः ।
समासका विषयमा केही भेदहरु फरक फरक भएता पनि सिद्धान्ततः वैयाकरणसिद्धान्त कौमुदीमा भट्टोजी दीक्षितले स्वीकार गरेका समासका पाँच भेदहरु नै तर्कपूर्ण मानिएका तथा स्थापित रहेका छन्। उक्त पाँच प्रकारका समासका भेदहरुलाई पनि यहाँ प्रस्तुत गर्नु पनि प्रासङ्किक हुने भएकाले तिनको स्वरुप भेद र परिचय प्रस्तुत गरिएको छ –
१) केवल समास ः– विशेषसंज्ञा विनिर्मुक्त समासलाई केवल समास वा प्रथम समास मानिएको छ । विशेषसंज्ञा विनिर्मुक्तो केवलः प्रथमः । यस समासका वागर्थाविव, भूतपूर्व आदि उदाहरण रहेका छन् । मुख्यतः केवलसमासका दुई भेद बताइएका छन् – विभक्त्यलुक र पूर्वप्रयोगनिर्देशसिद्धः। जिमूतस्येव यो विभत्यलुक्को उदाहरण हो भने भूतपूर्वः पूर्वप्रयोगनिर्देश सिद्धको उदाहरण हो ।
२) अव्ययीभाव – पाणिनीय सूत्र अव्ययीभावः यस सूत्रको अधिकार अन्तर्गत रहेका सूत्रहरुले विहित समास नै अव्ययीभाव समास हो । अव्ययीभाव समासका विविध भेदहरु रहेका छन् । प्रायः गरेर पूर्वपदार्थ प्रधान हुने समासलाई नै अव्ययीभाव समास भनिन्छ । अव्ययपदपूर्व र अव्ययपदोत्तर गरी दुई किसिमले यस समासलाई विभाजन गरिन्छ । अधिहरि अव्ययपदपूर्वको उदाहरण हो यस समासलाई यसरी स्पष्ट गर्न सकिन्छ ः प्रायेण पूर्वपदार्थप्रधानोùव्ययीभावः ।
प्रायः पूर्वेणाव्ययेन योगः शब्दान्तरस्य तु ।
नित्योùव्ययीभावः उक्त सोùयं द्वेधा व्यवस्थितः ।
यस पद्यानुसार अव्ययीभाव समास पूर्वपदप्रधान, उत्तरपदार्थप्रधान र अन्यपदार्थप्रधान पनि रहेको देखिन्छ। अधिहरि, शाकप्रति र उन्मत्तगङ्गम् यी उदाहरणहरु क्रमशः माथिका भेदका रहेका छन् । अन्यपदार्थप्रधान अव्ययीभावसमास बहुव्रीहितुल्य मानिन्छ । यहाँ उन्मत्तगङ्क यसको उदाहरण हो यसको विग्रह उन्मत्ता गङ्का यस्मिन् यस्तो गरिन्छ ।
३) बहुव्रीहि समास ः– शेषो बहुव्रीहिः यस सूत्रले बहुव्रीहि संज्ञा गर्दछ । यस सूत्रको अधिकार “चार्थे द्वन्द्वःः”सूत्र भन्दा पूर्वसम्म चल्दछ । चार्थे द्वन्द्वःः सूत्र भन्दा पहिले विभिन्न सूत्रहरुले विहित समासलाई बहुव्रीहि भनिन्छ । प्रायः अन्यपदाथ प्रधान समासलाई नै बहुव्रीहि समास भनिन्छ ः प्रायेणान्यपदार्थप्रधानो बहुव्रीहिः । बहुव्रीहि समास दशप्रकारको मानिएको छ ।
पदयोर्वा पदानां वा योगो बाèार्थबोधकः ।
बहुव्रीहि क्वचिदलुक् सोùयं दशविधो मतः ।
बहुव्रीहि समास दश प्रकारको रहेको छ । कोष्ठकमा उदाहरणसमेत तिनको नाम यस प्रकार छ ः(
१) द्विपदबहुव्रीहि ड्ढवीरपुत्रा नदी )
२) बहुपदबहुव्रीहि ड्ढअधिकोज्वलाङ्क)
३) सहपूर्वपदबहुव्रीहि ड्ढसधनाः)
४) संख्योन्तरपदबहुव्रीहि ड्ढउपदशाः)
५) संख्योभयपदबहुव्रीहि ड्ढद्वित्रा)
६) व्यतिहारलक्षणबहुव्रीहि ड्ढकेशाकेशि)
७) दिगन्तराल्लक्षणबहुव्रीहि ड्ढदक्षिणपूर्वा)
८) उपमानपूर्वपदबहुव्रीहि ड्ढपुण्डरीकाक्षः)
९) व्यधिकरणबहुव्रीहि ड्ढचक्रपाणिः)
१०) नञ्पूर्वपदबहुव्रीहि ड्ढअपुत्रः)
४) तत्पुरुष समास ः– प्राय उत्तरपदको अर्थ प्रधान हुने समासलाई तत्पुरुष समास भनिन्छ । पाणिनीय सूत्र तत्पुरुषः यस सूत्रको अधिकार अन्तर्गत भएका सम्पूर्ण समासहरु तत्पुरुष समास हुन् । यस सूत्रको अधिकार शेषो बहुव्रीहिः भन्दा पहिले सम्म चल्दछ । दिगु समासलाई पनि तत्पुरुष समासको भेद मानिन्छ। तत्पुरुष समास नौ प्रकारको रहेको छ । प्रथमा देखि सप्तमी विभक्ति सम्म तत्पुरुष समास गरिन्छ । नञ्तत्पुरुष र उत्तरपद तत्पुरुष गरी नौ किसिमका भेद यसका रहेका छन् ।
प्रायो भिन्नविभक्त्यर्थ पदयोर्योगकल्पितः ।
उक्त स्तत्पुरुषः सोùयं नवधा पूर्वगैः पदैः ।
यस समासका उदाहरणहरु निम्न रहेका छन् –
१) अर्धपिप्पली, २) कृष्णश्रित, ३) हरित्रात, ४) यूपदास, ५) चोरभयम्, ६) राजपुरुषः, ७) अक्षशौण्डः, ८) कृष्णसर्प ड्ढकर्मधारय), ९) पञ्चगवम् ड्ढद्विगु)
५) द्वन्द्व समास ः– प्रायेणोभयपदार्थप्रधानो द्वन्द्व यस परिभाषा अनुसार प्राय गरेर उभय अर्थात् दुवै पदको अर्थ प्रधान हुने समासलाई द्वन्द्व समास भनिन्छ । चार्थे द्वन्द्व यस पाणिनीय सूत्रले च को अर्थमा द्वन्द्व समास विधान गरिन्छ । चका चारवटा अर्थ हुन्छन् । समुच्चय, अन्वाचय, इतरेतरयोग र समाहार । परस्परमा निरपेक्ष अनेकपदहरुको एक क्रियापदका साथ अन्वय हुनुलाई समुच्चय भनिन्छ । ईश्वरं गुरुं च भजस्व यो वाक्यमा दुवै पद परस्पर मा निरपेक्ष छन् । त्यसकारण यहाँ समुच्चय रहेको छ । जहाँ दुई पदमध्ये कुनै एक क्रियापदका उद्देश्यका रुपमा अन्वय हुन्छ । त्यसलाई अन्वाचय भनिन्छ । अन्वाचयको उदाहरणका रुपमा भिक्षामट गां चानय यो वाक्य रहेको छ। परस्परमा मिलित पदहरुको एक क्रियापदका साथ अन्वय हुनुलाई इतरेतरयोग भनिन्छ । धवखदिरौ, यसको उदाहरण मानिन्छ । समूहलाई समाहार भनिन्छ । द्वन्द्व समासलाई यसरी परिभाषित गरिएको छ ।
व्यूढयुक्तानेकतुल्ययोगो द्वन्द्व उच्यते । इति ।
उपसंहार
लघुरुपमा शब्दबोध र शब्दार्थ ज्ञानका लागि समासको उच्च महत्व रहेको छ । समास भएका शब्दहरु प्रायश संसारका सबै भाषाहरु हुन्छन् । फरक भनेको समासलाई परिभाषित र बोध गर्ने तरिका मात्रै हो । संस्कृतमा समासलाई के कसरी परिभाषित गरिएको छ भन्ने कुरा माथि उल्लेख गरियो । समासको प्रयोग संस्कृतका ग्रन्थहरु भएको कुरालाई पनि लेखमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । मूलतः संस्कृतमा स्वीकृत पाँच वटा समासहरु केवल, अव्ययीभाव, तत्पुरुष, बहुव्रीहि र द्वन्द्व समासको परिभाषा, अर्थ, उदाहरणहरु यहाँ प्रस्तुत गरिएको छ । समासका विषयमा व्याकरणका ग्रन्थहरु अनुवाद चन्द्रिका आदिमा रहेको धारणा पनि यस लेखमा प्रस्तुत गरिएको छ । भाषाको बोध र त्यसमा विशिष्टीकरणका लागि समासको ज्ञान हुनु अनिवार्य हुन्छ। समस्तशब्दको पहिचानले नै शाव्दिक अर्थबोध र व्युत्पत्तिमा सरल हुने गर्दछ । यही उद्देश्यले नै समास सम्बन्धि संस्कृतमा रहेको अवधारणलाई यस लेखको प्रमुख विषय बनाइएको हो । समासको नित्यता र अनित्यता सम्बन्धि विषय आगामी लेखमा प्रस्तुत गरिने छ । कस्तो नित्य र कस्तो अनित्य समास भन्ने कुरा बुझ्न विभाषा अधिकारको बोध र व्याख्या अपरिहार्य रहन्छ । अतः यस लेखले समास अध्ययनमा केही सहयोग भएमा लेखकीय प्रयास सार्थक हुनेछ ।
सन्दर्भ ग्रन्थसूची
१. पौडेल लीलानाथ, शोध प्रबन्धः ड्ढपी.एच.डी.), ने.सं.वि., २०६४ ।
२. भट्टोजी दिक्षीतः, वैयाकरणसिद्धन्तकोमुदी, चौ.सं.प्र. दिल्ली, १९९४ ।
३. भर्तृहरि, वाक्यपदीयम्, सं.सं.वि.वि. वाराणसी, १९७७ ।
४. महर्षि पाणिनिः अष्टाध्यायी, चौखम्बा ओरायन्टालिया वाराणसी, १९७७ ।
५. मीमांसको युधिष्ठिरः, व्याकरण शास्त्रका इतिहास, भारतीय प्राच्य विद्या प्रतिष्ठान, २०२० ।
६. सिग्द्याल सोमनाथ, अनुवाद चन्द्रिका, तृतीय प्रकाश, (स्वयमेव– प्रकाशित, २००६ ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्