रीतिविवेचना
नन्दन भट्टराई
उपप्राध्यापक
वाल्मीकि विद्यापीठ
१. विषयप्रवेश
काव्यमा रीतिको अत्यन्तै महŒवपूर्ण स्थान रहेको छ । यद्यपि
‘अङ्कसंस्थाविशेषवत्’ भनेर रीति अर्थात् संघटनालाई काव्यको शरीर स्थानीय पक्ष
मात्रै हो भन्ने पनि पाइन्छ । तर संघटना भन्नु नै शब्दविन्यास भएको, शब्दमा अर्थ आश्रित रहेको एवं शब्द र अर्थको विशिष्ट सहभावविना रसको अभिव्यक्ति
हुन नसक्ने भएकोले रीतिलाई काव्यको अनिवार्यतŒवको रूपमा स्वीकार गरिएको छ ।
पदविन्यासको शैली मूलतः दुईप्रकारको हुन्छ ( सुकुमार शैली र
कठोर शैली । यही कोमलकान्त कमनीय शैली वा रचना पद्धतिलाई सुकुमार मार्ग वा वैदर्भ मार्ग
पनि
भनियो । कठोर, उद्धत वा ओजपूर्ण शैली वा रचना
पद्धतिलाई विचित्र मार्ग वा गौडमार्ग भनियो । काव्यरचनाका यही मूल दुई शैली वा रचनापद्धतिको
मूल आधार चाहिँ कवि स्वभाव नै हो । सुकुमार स्वभाव भएका कविका रचना स्वाभाविक रूपमा
सुकुमार नै हुने भए भने कठोर, उद्धत स्वभावका कविका रचना अलि उद्धत, ओजपूर्ण नै हुने भए । महाकविहरूका मुख्य यी दुई स्वभाव वा प्रवृत्ति नै कालान्तरमा
काव्यरचनाका मूल आधार बन्न पुगे । प्रारम्भमा व्यक्तिको स्वभावमा आधारित काव्यरचना
शैली पछि गएर देश विशेषको नामबाट वैदर्भ मार्ग वा गौडमार्गका रूपमा प्रसिद्ध भए । कालान्तरमा
यही दुई मार्गको बीचबाट मिश्रित मार्ग वा मध्यम मार्गका रूपमा तेस्रो मार्गको पनि उदय
हुन गयो । यही दुई मूल प्रवृत्ति विकासको क्रमसँगै पदसंघटनाका रूपमा वैदर्भी, गौडी, पाञ्चाली एवं लाटी रीतिको रूपमा परिणत भए । कविको व्यक्तिगत स्वभाव, रुचि वा प्रवृत्ति कतिपय अवस्थामा समूहगत वा जातिगत स्वभावका रूपमा परिणत हुन्छ
र तत् तत् जातीय वा देशीय स्वभाव वा प्रवृत्तिका रूपमा परिणत भएर परम्परा बन्न जान्छ
। शायद यही तथ्यलाई विचार गरेर बाणभट्टले उदीच्यमा श्लेष,
प्रतीच्यमा अर्थगौरव, दाक्षिणात्यमा उत्प्रेक्षा एवं गौडमा वर्णहरूको आडम्बर हुन्छ भनेका हुन् (
श्लेषप्रायमुदीच्येषु प्रतीच्येष्वर्थ गौरवम् । उत्प्रेक्षा
दाक्षिणात्येषु गौडेष्वक्षरडम्बरः ।।
२.१ रीति शब्दको व्युत्पत्ति
र परिभाषा
भोजदेवको अनुसार गत्यर्थक ‘रीङ्’ धातुबाट रीतिशब्द व्युत्पन्न भएको छ ( ‘रीङ्गताविति धातोः सा व्युत्पŒया रीतिरुच्यते ।’
अर्थात् जेद्वारा गइन्छ
वा पुगिन्छ त्यसलाई रीति भनिन्छ । यस अर्थमा पद्धति, सरणी, मार्ग, वृत्ति, प्रवृत्ति, शैली आदि शब्दहरूको पनि प्रयोग
भएको पाइन्छ । काव्यलक्षण ग्रन्थहरूमा पदविन्यासको तरिका वा शैलीलाई रीति मानिएको छ
। यही रीतिलाई नै संघटना पनि भनिन्छ । राजशेखरको अनुसार रीतिसिद्धान्तका प्रथम आचार्य
सुवर्णनाभ हुन् ।
२.२ रीतिको लक्षण
(
वामनाचार्यले रीतिको लक्षण गर्दै ‘विशिष्टा पदरचना रीतिः’ एवं ‘विशेषो गुणात्मा’ भनेका छन् ।
उनको मतमा ओज, प्रसाद आदि काव्यशोभाको सम्पादक धर्मविशेष गुण हो र
गुण नै आत्मा अर्थात् स्वभाव भएको विशेषले युक्त पदरचना रीति हो । ध्वन्यात्मवादी आचार्य
आनन्दवर्धनले रीतिको स्थानमा संघटना शब्दको प्रयोग गर्दै माधुर्य आदि गुणलाई आश्रित
गरेर रहने एवं रसादिलाई अभिव्यक्त गर्नेलाई संघटना भनिन्छ भनेका छन् –
गुणानाश्रित्य तिष्ठन्ती माधुर्यादीन् व्यनक्ति सा ।
रसान् तन्नियमे हेतुरौचित्यं वक्तृवाच्ययोः ।।
विश्वनाथले शरीरमा अंगप्रत्यङ्कको बनावट अर्थात् शरीरको संगठन
भए जस्तै पदहरूको मेल वा संगठनलाई रीति भनिन्छ र यो रसादिको उपकारक हुन्छ भनेका छन्
(
‘पदसंघटना रीतिरङ्कसंस्थाविशेषवत् । उपकत्र्री रसादीनाम्
।।’
अर्थात् जसरी एउटी युवतिका हातगोडा,
नाक, कान, मुख, कटि, वक्ष, नितम्ब आदि शरीरका अङ्क प्रत्यङ्गको बनावटले बाè सौन्दर्यको निरूपण गरेर तिनलाई
दर्शनीय बनाउनुका साथै तिनको आन्तरिक स्वरूपलाई समेत चमत्कारी बनाउँदछ त्यसैगरी रीतिले
पनि पदहरूको सौन्दर्य अभिवृद्धि गर्दै त्यसका माध्यमबाट काव्यको आत्मभूत रसको अनुभूतिलाई
दिव्य बनाउनमा मद्दत गर्छ ।
२.३ रीतिका भेद
नाट्यशास्त्रकार भरतमुनिले नाट्यप्रयोगका आधारमा चारप्रकारको
प्रवृत्ति ड्ढवेष, भूषा, व्यवहार) मानेका छन् ( आवन्ती, दाक्षिणात्या, पाञ्चाली र औड्र मागधी । विष्णुधर्मोत्तर पुराणको अनुसार वृत्ति चार प्रकारको
छ – ‘आवन्ती, दाक्षिणात्या, मागधी र पाञ्चाली ।’ दण्डीको मतमा श्लेष, प्रसाद, समता, माधुर्य, सुकुमारता, अर्थव्यक्ति, उदारत्व, ओज, कान्ति एवं समाधि यी दशगुण समग्रले युक्त वैदर्भमार्ग हुन्छ भने यिनीहरूको विपर्ययमा
ड्ढआंशिकसम्बन्ध वा अत्यन्ताभावमा) गौड मार्ग हुन्छ ।
दण्डीका पूर्ववर्ती भामहाचार्यका अनुसार गौड र वैदर्भ भनेर काव्यको
नामाकरण गरी कुनै एउटालाई उत्कृष्ट मान्नु बुद्धिहीनको भेंडचाल मात्र हो (
वैदर्भभिदमेतत्तु गौडीयमिति किं पृथक ।
गतानुगतिकन्यायान्नानाख्येयममेधसाम् ।।
उनको विचारमा वक्रोक्ति र अतिशयोक्ति नै काव्यको चमत्कारका कारण
हुन् । यसैले जुनमा काव्यको आन्तरिक तŒव चमत्कारी हुन्छ, त्यो नै ग्राè हुन्छ । दण्डीले परस्पर सूक्ष्मभेद भएको वाणीको मार्ग
अनेक छ जसको मुख्य दुई भेद ( वैदर्भमार्ग र गौडमार्ग हुन् भनेका छन् (
अस्त्यनेको गिरां मार्गो सूक्ष्मभेदः परस्परम् ।
तत्र वैदर्भगौडीयौ वण्र्येते प्रस्फुटान्तरौ ।।’
कुन्तकले पनि भामहकै विचारलाई समर्थन गर्दै देशभेदका आधारमा
गरिने काव्य विभाजन उचित होइन भनेका छन् । उनको विचारमा यसबाट आनन्त्यदोष आउँछ अर्थात्
जति देश छन् त्यति नै काव्यभेद मान्नुपर्छ अनि एकै देशका कविहरू सबैले एकै रीतिमा रचना
पनि गर्दैनन् त्यसैले देशधर्मका रूपमा कुनै एक रीति स्वीकार गरेर त्यसैमा सबै कविका
काव्यको रचना संभव छैन ।
वामनाचार्यले ‘रीतिरात्मा काव्यस्य’ भनेर रीतिलाई काव्यको आत्मा अर्थात् मूलतŒव माने ।
वामनाचार्यले वैदर्भी, गौडी र पाञ्चाली गरी तीन प्रकारको
रीति मानेका छन् ( ‘सा त्रेधा वैदर्भी गौडीया पाञ्चाली चेति ।’ उनको अनुसार विदर्भ आदि देशका कविहरूको व्यवहार ड्ढकाव्य
प्रयोग) का आधारमा वैदर्भी आदि नाम रहन गएको हो ( ‘वैदर्भादिषु दृष्टत्वात् तत्समाख्या
।’ अर्थात् विदर्भदेशका कविले प्रयोग गर्ने शैलीविशेष वैदर्भी, गौडदेशीय कविव्यवह्त सरणी गौडी एवं पाञ्चाल देशका कविले अङ्कीकार गरेको काव्यरचना
पद्धति पाञ्चाली हो ।
वामनको मत अनुसार समस्त गुणले युक्त वैदर्भी, ओज र कान्तिले युक्त गौडी एवं माधुर्य र सौकुमार्यले युक्त पाञ्चाली रीति हुन्छ
।
भोजराजको मान्यता अनुसार रीति छ प्रकारका छन् ( वैदर्भी, पाञ्चाली, गौडी, आवन्ती, लाटी र मागधी ।
काव्यप्रकाशकार मम्मटाचार्यले आÇनो लक्षण ग्रन्थमा रीतिको छुट्टै
निरूपण नगरी अनुप्रास अलङ्गार ड्ढवृŒयनुप्रास) को विवेचनको क्रममा
उपनागरिका, परुषा र कोमला यी तीन वृत्ति हुन्छन् भनेका छन् । उनको अनुसार
माधुर्यव्यञ्जकवर्णहरूद्वारा निर्मित वृत्ति उपनागरिका, ओजोगुण प्रकाशक वर्णहरूद्वारा
रचित वृत्ति परुषा एवं शेष वर्णहरूद्वारा रचित वृत्ति कोमला ड्ढकसैको मतमा ग्राम्या)
भनिन्छ –
माधुर्यव्यञ्जकैर्वर्र्णैरूपनागरिकोच्यते
। ओजः प्रकाशकैस्तैस्तु परुषा, कोमला परै ः ।।
उनले यहाँ व्यक्त गरेका यी तीन वृत्ति उद्भटसम्मत वृत्ति हुन्
। यिनै उपनागरिका आदि वृत्तिलाई वामन आदिको मतमा वैदर्भी आदि भनिन्छ भन्ने पनि उल्लेख
गरेका छन्(
केषाञ्चिदेषा वैदर्भीप्रमुखा रीतयो मताः ।
साहित्यदर्पणकार विश्वनाथले ‘सा पुनः स्याच्चतुर्विधा’ भनेर वैदर्भी, गौडी, पाञ्चाली र लाटीसमेत चार प्रकारका
रीति अङ्कीकार गरेका छन् (
वैदर्भी चाथ गौडी च पाञ्चाली लाटिका तथा ।
अब साहित्यदर्पणोक्त यी चार रीतिको क्रमशः वर्णन गरिन्छ
(
२.३.१ वैदर्भी
माधुर्यगुणका व्यञ्जक वर्णहरूद्वारा गरिएको समासरहित
अथवा अल्पसमासयुक्त मनोहर रचनालाई वैदर्भी रीति भनिन्छ (
माधुर्यव्यञ्जकैर्वर्णै रचना ललितात्मिका ।
अवृत्तिरल्पवृत्तिर्वा वैदर्भीरीतिरिष्यते ।
वैदर्भी रीतिको उदाहरणका रूपमा विश्वनाथले अधोलिखित पद्यलाई
प्रस्तुत गरेका छन् (
अनङ्कमङ्कलभुवस्तदपाङ्कस्य भङ्कयः ।
जनयन्ति मुहुर्यूनामन्तःसन्तापसन्ततिम् ।।
उपुर्यक्त उदाहरणमा माधुर्यगुणका अभिव्यञ्जक वर्णहरू
ञकारजकार, ङकारगकार, नकादकार आदि ड्ढमूध्र्नि वर्गान्त्यवर्णेन युक्ताष्टठडढान्विना
। रणौ लघू च इत्यादि श्लोकले निर्दिष्ट गरेका अक्षरहरू) एवं अनङ्क इत्यादि तीनपद मात्रको
अल्पसमासविशिष्ट रचना भएको कारणले वैदर्भी रीति मानिएको हो ।
२.३.२ गौडी
ओजो गुणलाई अभिव्यक्त गर्ने कठोर वर्णहरूद्वारा बनाइएको
समासबहुल उद्धत रचनालाई गौडीरीति भनिन्छ ( ओजः प्रकाशकैर्वणैर्बन्ध आडम्बरः पुनः ।
समासबहुला गौडी ।।
ओजोगुणलाई प्रकट गर्ने वर्णहरू अर्थात्
‘वर्गस्याद्यतृतीयाभ्यां युक्तौ
वर्णौ तदन्तिमौ ।
उपर्यधो द्वयोर्वा सरेफाष्टठडढैः सह ।।
शकारश्च षकारश्च तस्य
व्यञ्जकतां गताः ।
तथा समासबहुलो घटनौद्ध्यत्यशालिनी
।।’
इत्यादि नियम अनुसार बनाइएको रचना गौडी हो ।
जस्तो ( चञ्चद्भुजभ्रमितचण्डगदाभिघात(
सञ्चूर्णितोरुयुगलस्य सुयोधनस्य
।
स्त्यानावनध्दघनशोणितशोणपाणि(
रुत्तंसयिष्यति कचाँस्तव देवि
भीमः ।।
उपर्युक्त उदाहरणमा ‘द् भु’, द्ध, भ्र, ण्ड, शो शो, एवं अन्य संयुक्त वर्णहरू तथा दीर्घसमासयुक्त रचना भएकोले गौडी
रीति स्वीकार गरिएको छ ।
२.३.३ पाञ्चाली
माधुर्य एवं ओजोगुणका व्यञ्जक वर्ण बाहेकका वर्णहरूद्वारा
गरिने, पाँच वा छ पदको समास भएको रचनालाई पाञ्चाली भनिन्छ (
शेषैर्वर्णैः पुनद्र्वयोः । समस्तपञ्चषपदो बन्धः पाञ्चालिका
मता ।।
जस्तो (
मधुरया मधुबोधितमाधवीमधुसमृद्धिसमेधितमेधया ।
मधुकराङ्कनया मुहुरुन्मदध्वनिमृता निभृताक्षरमुज्जगे
।।
२.३.४ लाटी
वैदर्भी र पाञ्चाली रीतिको बीचको अर्थात् दुवैको किञ्चित्
लक्षणले युक्त रचनालाई लाटी भनिन्छ (
लाटी तु रीतिर्वैदर्भी पाञ्चाल्योन्तरे स्थिता ।
जस्तो ( अयमुदयति मुद्राभञ्जनः पद्मिनीनामुदयगिरिवनालीबालमन्दारपुष्पम्
।
विरहविधुरकोकद्वन्द्वबन्धुर्विभिन्दन् कुपितकपिकपोलक्रोडताम्रस्तमांसि
।।
२.३.५ रीतिप्रयोगको सिद्धान्त
उपर्युक्त रीतिहरूको प्रयोग रस अनुकूल हुनुपर्दछ । रीतिहरूको
प्रयोगका सम्बन्धमा सामान्यसिद्धान्त यही हो । तर कहिलेकाहीँ वक्ता, वाच्य, प्रबन्धको औचित्यले गर्दा रचना, वृत्ति र वर्णहरू अन्यथा रूपमा
पनि प्रयुक्त हुन सक्छन् भनेर साहित्य दर्पणमा उल्लेख गरिएको छ ( ‘क्वचित्तु वक्त्राद्यौचित्यादन्यथा रचनादयः ।’
जस्तो ( ‘मन्थायस्तार्णवाम्भः’ इत्यादि श्लोकमा वाच्यार्थ हर्षसूचक प्रश्नवाचक छ, त्यसैले यो क्रोधादिको व्यञ्जक
होइन । तथापि यहाँ वक्ता भीमसेन उद्धत ड्ढक्रोधी) भएकोले सोही अनुरूप उद्धत रचना गरियो
। त्यस्तै ‘मूर्धव्याधूयमान’ इत्यादि पद्यमा वक्ताले ‘शंकरजीको ताण्डव तिम्रो लागि मङ्कलकारक होस्’ भनेर आशीर्वाद दिँदै छन् । तर
वाच्य ‘ताण्डव’ जस्तो उद्धत भएकोले सोही अनुरूप रचना उद्धत बन्नपुगेको छ । त्यसैगरी
प्रबन्धको औचित्यले नाटक आदिमा अभिनयको प्रतिकूल हुने भएकोले रौद्ररसमा पनि दीर्घसमास
आदि पारिँदैन । यस्तै आख्यायिकामा शृङ्गाररसमा पनि कोमल रचना हुँदैन भने कथामा रौद्रमा
पनि अत्यन्त उद्धत रचना हुँदैन । उपर्युक्त संघटनाको प्रयोगका सम्बन्धमा जुन नियम प्रतिपादन
गरिएको छ त्यसको हेतु वक्ता र वाच्यको औचित्य नै हो भनेर आनन्दवर्धनले भनेका छन् (
तन्नियमे हेतुरौचित्यं वक्तृवाच्ययोः ।
३. उपसंहार
उपर्युक्त विवेचनाबाट विशिष्ट पदरचना भनौं अथवा पदसंघटना
भनौं जे भने पनि काव्यमा पद विन्यासको शैलीलाई रीति भनिएको हो र काव्यमा रीतिको अत्यन्त
महŒवपूर्ण भूमिका रहेको छ भन्ने स्पष्ट हुन्छ । कोमल र कठोर अनि यी दुईको मध्यम कविस्वभावबाटै
वृत्ति, रीति वा संघटनाको उदय भएर पहिले देशविशेषको नामबाट अनिपछि कविप्रवृत्ति अनुसार
वैदर्भी आदि रीतिको स्थापना हुन पुगेको हो । पदहरूको विशिष्ट विन्यासचातुरीले काव्यमा
विच्छित्तिविशेष उत्पन्न हुनछ र काव्य रसात्मक
बन्दछ । त्यसैले रीतिलाई काव्यको उत्कर्षाधायक तŒवको रूपमा स्वीकार गरिएको छ । परम सुन्दरी लावण्यवती रमणीको अङ्कविन्यासको सुषमा
एवं गजगामी पदविन्यासले रसिक जनलाई सम्मोहित पारेजस्तै काव्यमा पदविन्यासको रसात्मक
शैलीले सह्दयलाई मुग्ध तुल्याउँदछ । यसर्थ काव्यमा रीतिको अत्यन्त महŒवपूर्ण स्थान रहेको छ ।
सन्दर्भग्रन्थ सूची
कुन्तक, वक्रोक्तिजीवित, पंचम सं., वाराणसी ः चौखम्बा संस्कृत संस्थान, इ.सं. १९९४ ।
जगन्नाथ, रसगंगाधर, बम्बे ः निर्णयसागर प्रेस, इ.सं. १९३९ ।
दण्डी, काव्यादर्श, द्वि.सं., वाराणसी ः चौखम्बा विद्या भवन, इ.सं. १९९६ ।
भामह, काव्यालङ्गार, द्वि.सं., पटना ः विहार राष्ट्र भाषा परिषद्, वि.सं. २०४२ ।
भोजराज, सरस्वतीकण्ठाभरण, नई दिल्ली ः कलामूलशास्त्र ग्रन्थमाला ।
बाण, हर्षचरित ।
मिश्र, जयन्तः, काव्यविच्छित्तिमीमांसा, दिल्लीः राष्ट्रिय संस्कृत संस्थानम्, इ.सं. १९९८ ।
भरतमुनि, नाट्यशास्त्र, अनु. गोविन्दप्रसाद भट्टराई, काठमाडौंः ने.सं.प्र.प्र., सं. २०३९ ।
वामन, काव्यालङ्गारसूत्र, वाराणसी ः चौखम्बा सुरभारती प्रकाशन, इ.सं. १९९५ ।
विश्वनाथ, साहित्यदर्पण, नवम् सं., दिल्ली ः मोतीलाल वनारासी दास, इ.सं. १९७७ ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्