Header Ads

रूद्रावतार श्रीहनुमान्


उपप्रा.नवराज घिमिरे
वाल्मीकि विद्यापीठ

श्री हनुमान् साक्षात् परमेश्वर रूद्र हुन् । उनको रूद्र रूपमा अभिव्यक्ति वेद, उपनिषद्, रामायण, पुराण आदि शास्त्रमा यथा प्रसङ्क निरूपित छ । परब्रé रूद्रावतार श्री हनुमान्का वृत्तान्त रामायण, तन्त्र, मन्त्र तथा अन्यान्य कृतिहरूमा उपलब्ध हुन्छ–
‘रूद्रावतार ः संजज्ञे वायुपुत्रः प्रतापवान्
उपर्युक्त कथन सर्वथा वेदसम्मत छ । महर्षि वाल्मीकि आदि कवि तथा मनीषिहरूले भगवान् विष्णुका अवतार श्रीरामको गुण–गानले आÇनो वाणी पवित्र गरेका छन् । यी कविहरूका मध्यमा श्रीरूद्रावतार हनुमान्को गणना भएको छ । ऋग्वेदमा मन्त्रद्रष्टा ऋषिद्वारा स्वकार्य सिद्धिका लागि रूद्ररूप हनुमान्को आवाहन गरेको प्रसङ्क पाइन्छ –
कृशानुमस्तúन् तिष्यं सधस्थ आ, रूद्रं रूद्रेषु रूद्रियं हवामहे ।।
उपर्युक्त मन्त्रको नीलकण्ठले यसरी भाष्य गर्नुभएको छ –
ब्रéाण्डपिण्डमाक्रान्तुं शक्तो रूद्रस्तं हनुमद्रूपं रूद्रेषु मध्ये रूद्रियं रूद्रकर्मार्हं
शत्रुसंहारक्षमं हवामहे ऊतये स्वकार्य समृद्धये स्वेष्टासिद्ध्यर्थमित्यर्थः ।।
श्रीहनुमान् एकादश रूद्रमा एघारौं रूद्र हुन् । उनी शत्रुहन्ता, परं कल्याण स्वरूप साक्षात् शिव हुन् । प्रायः सबै पुराणहरूमा रामकथाका सन्दर्भमा हनुमान्को चरित्र चित्रण प्राप्त हुन्छ ।
नन्दीश्वरले सनत्कुमारसँग श्री शङ्गरले हनुमान् रूपमा आविर्भूत भई लीला गरेको प्रसङ्क वर्णन गर्ने क्रममा भन्नुभएको छ –
अतः परं श्रृणु प्रीत्या हनुमच्चरितं मुने
यथा चकाराशु हरो लीलास्तदू्रपतो वरा ः ।।
हनुमान् शब्दको अर्थ ऽ “हनू” तदस्य अस्ति अर्थमा अथवा अतिशायिन अर्थमा पनि “तद्धितीय” मतुप् प्रत्ययको योगले हनुमत् अर्थात् हनूमत् शब्दको सिद्धि हुन्छ । यो शब्द सुग्रीव सचिव, पवनपुत्र अथवा श्रीरामदूत हनुमान्को बोधक हो ।
एकाक्षर कोशको मतमा ‘“ह” ड्ढब्रé) को शब्दार्थ शिव, आनन्द, आकाश, जल आदि हो र  “नु” शब्दको अर्थ पूजन अथवा प्रशंसा हो । यसको निष्पत्ति “णु” धातुको अगाडि क्विप् प्रत्ययको योगले हुन्छ । यो युक्तिले निष्पन्न ब्रéवाचक “ह” र पूजनवाचक “नु” हनु+मतुप् ऽ हनुमत् शब्द रामरूप ब्रéको पूजक अर्थात् भक्तरूप अर्थको परिचायक हो । “ह” शिव आनन्द, आकाश र जल आदिको वाचक हो भने, “नु” पूजा, प्रशंसा आदिको बोधक हो । “मा” लक्ष्मी र विष्णुको द्योतक हो भने, ‘“न” बल, बुद्धि, युद्ध आदि वीरता सूचक हो । यी चारै शब्दार्थ श्रीरामदूत मारूतिमा समाविष्ट छन् ।
हः शिवे सलिले शून्ये धारणे मङ्कले द्रपि च ।
गगने नकुलीशे च रक्ते नाके च वण्र्यते ।।
हनुमान्को आविर्भाव ः–
रूद्रावतार हनुमान्को आविर्भाव सम्बन्धमा विभिन्न पुराणहरूमा फरक–फरक मत प्राप्त हुन्छन् । जसमध्ये केही यहाँ प्रस्तुत गरिएको छ –
शिवपुराणमा – एक समय शिवले भगवान् विष्णुको मोहिनी रूपमा मोहित भई श्रीरामको कार्य सम्पन्नतालाई दृष्टिमा राखी आÇनो वीर्य पात गर्नुभयो । शिवबाट प्रेरित भई सो शिववीर्य सप्तर्षिहरूले पातमा राखी अञ्जनीका कर्णद्वारबाट प्रवेश गराइदिए । त्यही वीर्यबाट महाबली पराक्रमयुक्त वानर शरीर भएका हनुमान् रूपमा शिव प्रकट हुनुभयो ।
ततश्च समये तस्माद्धनूमानिति नामभाक्
शम्भुर्जज्ञे कपितनुमहाबल पराक्रमः ।।
स्कन्दपुराणमा – एकदिन कैलास पर्वतमा पुष्पक विमानको गति रोकिएको देखी राक्षसराज रावणले वरिपरि हे¥यो । पर्वतका शिखरमा वानररूपमा अवस्थित नन्दीलाई देखी अट्टहास गरी हास्न थाल्यो । नन्दीले रावणलाई श्राप दिँदै भने – हे दशग्रीव ¤ यो पर्वतमा भगवान् शङ्गर क्रीडा गरी राख्नुभएको छ । म दूत यहाँ बसेको छु । तिमी विमानमा बसी आउँदै छौ र मेरो खिल्ली उडाउँछौ । तिमीले मेरो उपहास ग¥यौ, म तिमीलाई श्राप दिन्छु –
मद्वक्त्रसदृशा घोराः पुलहस्य प्रजापतेः
उत्पस्यन्ति कुले भीमाः क्षयार्थं वानरास्तव ।।
अर्थात् मेरो वानररूपको उपहास ग¥यौ तिम्रो नाशको लागि वानर नै उत्पन्न हुनेछन् । नन्दीलाई रूद्ररूप पनि मानिन्छ ।
शिलादतनयो नन्दी शिवस्यानुचरः प्रियः
यो वै चैकादशो रूद्रो हनूमान् स महाऋषिः ।
अवतीर्णः सहायार्थं विष्णोरमिततेजसः ।।
नन्दी कसरी रूद्रावतार हुन् भन्ने प्रसङ्कमा शिवपुराणमा भनिएको छ – एकदिन शिलाद ऋषिको कठोर तपबाट प्रसन्न शिवले अयोनिज पुत्र रूपमा तिम्रा घरमा उत्पन्न हुनेछु भनी वरदान दिनुभयो –
तव पुत्रो भविष्यामि नन्दीनाम्ना त्वयोनिजः ।।
वस्तुतः हनुमत् शब्दमा प्रयुक्त हनु अथवा हनू शब्द एउटा विशिष्ट घटनामय रहस्यको सङ्गेत छ । हनुमान् वायुदेवताका औरस पुत्र हुन्, उनको शरीर वज्रसमान सुदृढ तथा गति गरूडको समान तीव्र थियो –
मारूतस्यौरसः श्रीमान् हनूमान् नाम वानरः
वज्रसंहनोपेतो वैनतेयसमो जवे ।।
एकदिन माता अञ्जना शिशुलाई गुफामा एक्लै छोडी जङ्कलमा फल लिन गएकी थिइन् । बालक भोकले धेरैवेर रोयो । सोही समय पूर्वदिशामा जपाकुसुमवर्ण सूर्य उदित भइरहेको देखी कुनै फल होला भन्ने सम्झीएर बालक उडेर गयो । सहस्रौं योजन माथि सूर्य समीप पुग्यो । जुनदिन बालक सूर्यलाई कुनै फल सम्झी खानका निमित्त गए सोही दिन राहु सूर्यलाई ग्रहण गर्ने इच्छाले गई सूर्यको रथमाथि बसेको थियो । त्यहाँ अद्भुत बालकलाई देखी राहु भागेर इन्द्रका समीप पुग्यो । आज अमावस्याको दिन मैले ग्रहण गर्नुपर्ने तर त्यहाँ अन्य कुनै अद्भुत बालक पो आएर सूर्यलाई समाउँदै थियो भनेर राहुले भनेपछि इन्द्रले क्रोधित भई वज्र प्रहार गरे तर बालकले सूर्यलाई समातेर मुखमा हालिसकेको थियो । ऐरावत हात्तीमा चढेका इन्द्रको वज्रले आहत भएको बालकको शरीर एउटा पहाडमा वज्रियो । वज्रिएको र वज्रले हिर्काइएको बालकको वामहनु क्षतिग्रस्त भयो । हाहाकार मच्चियो । क्रोधित पवनदेवले समस्त प्राणीको प्राणवायु नै बन्द गरिदिए । ब्रéादि देवताले आई प्रसन्न मुद्रामा बालकलाई अतुल पराक्रमी हुने वरदान दिए भने, इन्द्रले क्षमा याचना गर्दै नामकरण गरे –
मत्करोत्सृष्टवज्रेण हनुरस्य यथा हतः
नाम्ना नै कपि शार्दूलो भविता हनुुमानिति ।।
अर्थात् इन्द्रले पवनदेवसँग भने – मेरा हातबाट छुटेको वज्रद्वारा बालकको हनु टुट्यो तसर्थ यो कपिश्रेष्ठ हनुमान् नामले प्रख्यात हुनेछ । यो घटना देवलोकमा घटित हुनाले यो आधिदैविक कथा हो । भौतिक दृष्टिले यसको तात्पर्य – सूर्यका रूपमा आदित्यमण्डलस्थ ब्रé तथा ज्ञान–प्रकाश, ऐरावतका रूपमा स्वर्गको राजसिक भोग एवं राहुका रूपमा निद्रा–प्रमाद–विषय सुखादि तामसिक भोग जीवनका फल हुन् । ज्ञान र ब्रéको प्राप्तिमा तामसिक र राजसिक भोग प्रतिबन्धक हुन् ।
हनुमान्का विभिन्न नाम प्रसिद्ध छन् । जस्तै ः– आञ्जनेय, पवनपुत्र, शङ्गर–सुवन, केशरीनन्दन आदि ।
आञ्जनेय – पवनपुत्र अञ्जनादेवीका पुत्र हुनाले हनुमान् आञ्जनेय, अञ्जनिनन्दन, अञ्जनिसुत आदि नामले पुकारिन्छन् । यो नामले उनको आधिदैविक रूपको सङ्गेत दिन्छ । अञ्जना पूर्वजन्ममा “पुञ्जिकस्थला” नामकी एक श्रेष्ठ अप्सरा थिइन् । उनको अनुपम सौन्दर्य त्रिलोकमा विख्यात थियो । श्रापवश उनी कपि योनिमा आएकी थिइन् । एक समय उनी मानवी रूपले सुमेरू शिखरमा विहार गर्दै थिइन् । त्यही समयमा अत्यन्त वेगले पवनदेवले उनको संस्पर्श गरे । यसरी वायुदेवताको मानसिक संकल्प एवं संस्पर्शले अञ्जनाका क्षेत्रमा अयोनिज रूपमा एउटा बालक प्रकट भयो । वायुदेवताको संस्पर्शबाट उत्पन्न हुनाले पवनपुत्र नाम रहृयो भने, अञ्जनाका पुत्र हुनाले आञ्जनेय पनि नाम रहृयो । जे होस् उनका जन्म कथा सर्वथा दिव्य एवं रहस्यमयी छन् भने उनका बाललीला झन् मनोहारिणी छन् ।
परमात्मा आÇनो लीला प्रयोजनार्थ केहीलाई लोकमा अभिव्यक्त गर्छन्, कसैलाई परोक्ष राख्तछन् भने, कसैलाई आफैमा अन्तर्निहित राख्तछन् । अभिव्यक्त शक्तिहरूमा केही देवशक्ति परमात्माका इच्छानुसार नित्य एवं स्थायी हुन्छन् तथा केही पुनः परब्रé शक्तिमा नै तिरोहित  हुन्छन् ।
यसैगरी आञ्जनेय नित्य ब्रéकला हुन् तर उनको अभिव्यक्ति श्रीरामावतारका समयमा लीला सहायतार्थ भएको थियो । त्यो समयदेखि लोकमा उनी नित्य देवताका रूपमा कार्यरत छन् । मेरूतन्त्रका अनुसार हनुमान्को प्रभाव चारै युगमा स्थायी छ ।
शङ्गर–सुवन – आनन्द रामायणका अनुसार – अञ्जनाले पुत्र प्राप्तिको कामना गरी शिवको उग्र तप गरिन् । दीर्घकालपश्चात् भगवान् शङ्गर प्रकट भई वरदान माग भनी भन्नुभयो । अञ्जनाले तपाई जस्तै भक्तकार्यार्थ मरिमेट्ने, पवनसमान वेग भएको पराक्रमी पुत्र दिनुहोस् भनी प्रार्थना गरिन् । भगवान् शङ्गरले म नै एघारौं रूद्र रूपमा आउँछु । तिमीले पवन जस्तै पराक्रमी भन्यौ त्यसैले पवनदेव पनि त्यसमा सहयोगी हुनेछन्, दुवैका नामले तिम्रो छोरो प्रसिद्ध हुनेछ । तिमी हात फिजाएर आँखा चिम्ली मेरो ध्यान गर केही समयमा पवनदेवले तिम्रा हातमा प्रसाद राखिदिनुहुनेछ । त्यो प्रसाद खानाले रूद्रावतार परमतेजस्वी वज्राङ्क–शरीर पुत्ररत्न प्राप्त हुनेछ भनी भगवान् शङ्गर अन्तध्र्यान हुनुभयो । त्यही बीचमा राजा दशरथले पुत्रेष्टि यज्ञमा अग्निद्वारा प्रदत्त खीरको केही अंश कैकेयीलाई दिएका थिए । उक्त खीर खान लागेकी कैकेयीका हातबाट एउटा चीलले झम्टी लिएर उड्यो । त्यो मुखले च्यापेको खीर दैवसंयोग चीलका मुखबाट झर्दा अञ्जनाका अञ्जुलिमा झ¥यो । उनले त्यो प्रसाद सम्झी तत्काल खाइन् । नौ महिनापश्चात् चैत्र शुक्ल पूर्णिमा मङ्कलबारका दिन मङ्कलवेलामा श्रीहनुमान्जीको जन्म भयो ।
महाचैत्रीपूर्णिमायां समुत्पन्नोùञ्जनीसुतः । वदन्ति कल्पभेदेन बुधा इत्यादि केचन ।।”
वायुपुराण तथा भविष्यपुराणमा – एकचोटि भगवान् शिवले आÇनो रौद्ररूपको तेजका साथमा अञ्जनाका पति वानरराज केशरीका मुखमा प्रवेश गरी अञ्जनासँग विहार गर्नुभयो । सोही समय पवनदेव पनि केशरीका शरीरमा प्रवेश गर्न आइपुगे । यसै समय रहेको गर्भ हुनाले अञ्जनाले वानरमुख बालकलाई जन्म दिइन् । यसर्थ, हनुमान्को नाम शङ्गर–सुवन रहन गएको हो ।
केसरी नन्दन – वानरराज केसरी सुमेरू पर्वतमा शासन गर्दथे । अञ्जना उनकी पत्नी हुन् । स्मृति ग्रन्थमा पतिलाई “बीजप्रद” एवं पत्नीलाई उसको “क्षेत्र” मानिएको छ । केसरीको क्षेत्रमा वायुको मानस–सङ्गल्प वीर्यबाट उत्पन्न हुनाले हनुमान्लाई केसरीका क्षेत्रज पुत्र मानिन्छ ।
स त्वंं केसरिणः पुत्रः क्षेत्रजो भीमविक्रमः ।।
यही कारण हनुमान्लाई केशरीनन्दन भनिन्छ । केशरी शब्दको वास्तविक अर्थ – “के ब्रéणि सरणशीलः” अर्थात् जो “क” रूप आनन्द – ब्रéमा नित्य सरणशील छ, गति–विहार गर्दछ, त्यसैको नाम केसरी हो । यसरी केसरी ब्रéको आनन्द–सामथ्र्य हो, जो देवभूमिलाई नियन्त्रित एवं अधिशासित गर्दछ ।
केसरी र हनुमान् दुवै वानरका रूपमा छन् । केनोपनिषद्मा आनन्द ब्रéको “वन” नामले उपासना गरिएको छ – वने भवं वानम्, वानं राति इति वानरः अर्थात् वन–नामक ब्रéमा जो आनन्द रस छ, त्यसको नाम “वान” हो, त्यो वानलाई जो प्रदान, ग्रहण या आस्वादन गर्दछ त्यसलाई “वानर” भनिन्छ ।
तद्ध तद्वनं नाम तद्वनमित्युपासितव्यम्
स य एतदेवं वेदाभि हैनं सर्वाणि भूतानि संवाञ्छन्ति ।।
यो कुरा रामचरितमानसबाट पनि स्पष्ट हुन्छ – जाम्बवान् वानरलाई भन्नुहुन्छ – हामी सबै श्रीरामका रूपमा सतत सगुण ब्रéको उपासना गर्दछौ तसर्थ, हामी भाग्यमानी हौं –
हम सब सेवक अति बड्भागी । संतत सगुन ब्रé अनुरागी ।।
अयोध्यामा निवास गर्दा कपिहरूलाई ब्रéको सेवामा समर्पित हुँदा दिन रातको याद नभएको कुरा रामचरित मानसमा उल्लेखित छ ।
ब्रéानन्द मगन कपि सब के प्रभुपद प्रीति ।
जात न जाने दिवस तिन्ह गए मास षट् बीति ।।
यी कुराले के स्पष्ट हुन्छ भने, सुमेरू शासक महाकपि केसरी आनन्द–ब्रé हुन् एवं केसरीनन्दन पदले हनुमान् “श्री रघुनाथ–कला” भएको सङ्गेत मिल्दछ ।
तारकब्रéको स्वरूप स्पष्ट गर्दै याज्ञवल्क्यले तारकतŒवको निरूपणमा रूद्रको रूपलाई हनुमत्परक विचार प्रस्तुत गर्नुभएको छ । ॐ परब्रé हो । यो नै उपास्य हो । यो सूक्ष्माष्टाक्षर हो । अकार प्रथमाक्षर हो, उकार द्वितीयाक्षर हो, मकार तृतीयाक्षर शिव हनुमान् हो –
मकाराक्षरसम्भूतः शिवस्तु हनुमान् स्मृतः ।।
परब्रé नारायण नै शिवस्वरूप हनुमान् हुन् । याज्ञवल्क्यले भरद्वाजलाई बोध प्रदान गर्ने क्रममा भनेका छन् – “ॐ परमात्मा नारायणः नै रूद्रावतार हनुमान् हुन् ।”
ॐ यो ह वै श्री परमात्मा नारायणः स भगवान् मकारवाच्यः ।
शिव स्वरूपो हनूमान् भूर्भुवः सुवस्तस्मै वै नमो नमः ।।
जाम्बवान्ले श्रीरामलाई रूद्रावतार हनुमान्को स्तुति गर्न अभिप्रेरित गरेको प्रसङ्क हनुमान्नाटकमा पाइन्छ –
देव ¤ रूद्रावतारो ùयं मारूतिः, रूद्रस्तुतिः क्रियताम् ।।
देवीपुराणमा स्वयं भगवान् शङ्गर भन्नुहुन्छ –
अहं वानररूपेण सम्भूय पवनात्मजः ।
सहाøयं ते करिष्यामि यथोचितमरिंदमः ।
अर्थात् हे विष्णु तपाईंको सहायतार्थ म वानररूप वायुपुत्र भई ड्ढहनुमान्) आउने छु । यही कुराको पुष्टि यो श्लोकले गर्दछ –
महेशश्च तथांशेन भूत्वा पवननन्दनः ।
 हनुमानिति विख्यातो महाबलपराक्रमः ।।
वायुपुराणको पूवाद्र्धमा महादेवको अवतारै रूपमा हनुमान्को नाम उल्लेख गरेको पाइन्छ –
अञ्जनीगर्भसम्भूतो हनुमान् पवनात्मजः ।
 यदा जातो महादेवो हनुमान् सत्यविक्रमः ।।
हनुमान्मा रहेको अमित पराक्रम बाल्यावस्थामा ब्रéाले दिएको वरदानबाट नै प्राप्त हुन्छ –
कामरूपः कामचारी कामगः प्लवतां वरः ।
 भवत्यव्याहतगतिः कीर्तिमांश्च भविष्यति ।।
अर्थात् यो बालक इच्छानुसार रूप धारण गर्न सक्नेछ, जहाँ मन लाग्छ इच्छानुसार मन्द या तीव्रगतिमा जान सक्नेछ, यसको गति कहीं रोकिंदैन । यो कपिश्रेष्ठ हुनेछ ।
हनुमान्को पराक्रम वर्णन गर्ने क्रममा श्रीराम अगस्त्य ऋषिसँग भन्नुहुन्छ –
शौर्यं दाक्ष्यं बलं धैर्यं प्राज्ञता नयसाधनम् ।
विक्रमश्च प्रभावश्च हनूमति कृतालयाः ।।
अर्थात् शूरता, दक्षता, बल, धैर्य, बुद्धिमत्ता, नीति, पराक्रम एवं प्रभुत्व यी सबै सद्गुण श्रीहनुमान्मा घर गरी  बस्तछन् । यसै कुरालाई महर्षि अगस्त्य पुष्टि गर्नुहुन्छ –
पराक्रमोत्साहमतिप्रताप
सौशील्यमाधुर्यनयानयैश्च ।
गाम्भीर्यचातुर्यसुवीर्यधैर्यै–
र्हनूमतः कोùप्यधिकोùस्ति लोके ।।
हनुमान्मा रहेको व्याकरण ज्ञान अद्भुत थियो, जसको चर्चा ऋष्यमूक पर्वतमा श्रीराम लक्ष्मण पुगेका अवस्थामा परिचय लिन ब्राéण रूपमा आएका हनुमान्को प्रशंसा गर्दै लक्ष्मणसँग श्रीराम भन्नुहुन्छ –
नूनं व्याकरणं कृत्स्नमनेन बहुधा श्रुतम् ।
बहु व्याहरतानेन न किंचिदपशब्दितम् ।।
हनुमान् आÇनो समयका विद्वत् शिरोमणि हुनुहुन्थ्यो । सम्पूर्ण ऋग्वेदको ज्ञान–विज्ञानमा उनको पूर्ण अधिकार थियो । यी यजुर्वेदको कर्म–विज्ञान तथा रहस्यका ज्ञाता थिए । सामवेदका उपासना–विज्ञानका एक तत्वज्ञ मनीषीका रूपमा उनलाई चिनिन्छ । चारैवेदको ज्ञान, कर्म, उपासनाका वेत्ता हनुमान् आचरण सम्पन्न ब्रéचारी थिए । उनलाई तपस्वी, आदर्श सेवक, भक्तिका पूजारी मानिन्छ ।
अतुल पराक्रमी पवनपुत्र हनुमान्का गुरू सूर्यनारायण हुन् । सङ्कीत शास्त्रका गुरू भने नारद हुन् । उनले सूर्यपुत्र सुग्रीवको सदा रक्षा गरे । किनकि, उनी गुरू भक्त थिए । सूर्यले गुरू दक्षिणाका रूपमा सुग्रीवको रक्षा गर्ने वचन मागेका थिए । हनुमान्को सेवा – विषयमा रामचरितमानसमा हनुमान् भन्नुहुन्छ –
राम काजु कीन्हे बिनु मोही कहाँ विश्राम ।।
हनुमान्ले सीता अन्वेषणार्थ समुद्र पार गरी लङ्गामा प्रवेश गर्दा लङ्गिनीलाई दण्ड दिए भने, रावणको कनिष्ठ पुत्र अक्षयकुमारको प्राण हरण गरे । आÇनो बल, पराक्रम शत्रुलाई दर्शाउने क्रममा भक्त विभीषणको भवनबाहेक समस्त लङ्गा नगरीलाई दहन गरे । सीताको पत्तो लगाई फर्किएका हनुमान्लाई अङ्गमाल गर्दै र पवनपुत्रको उपकार सम्झँदै श्रीराम  भन्नुहुन्छ –
हनूमंस्ते कृतं कार्यं देवैरपि सुदुष्करम् ।
उपकारं न पश्यामि तव प्रत्युपकारिणः ।।
अर्थात् हे हनुमान् ¤ तिमी समान मेरा उपकारी देवता, मनुष्य मुनि धेरै के भनौं शरीरधारीमा तिमी समान कोइ छैन । म तिम्रो उपकारको प्रत्युपकार केले गरौं ?
आदिकाव्य अनुसार ब्रéद्वारा प्रेरित सूर्यदेवले बालक छँदा हनुमान्लाई आÇनो तेजको केही अंश प्रदान गर्दै सम्पूर्ण शास्त्रज्ञान प्रदान गर्नुभएको हो –
तदास्य शास्त्रं दास्यामि येन वाग्मी भविष्यति ।
न चास्य भविता कश्चित् सदृशः शास्त्रदर्शने ।।
स्वयं श्रीकृष्ण भगवान् उद्धवसँग आÇनो विभूति वर्णन गर्ने क्रममा भन्नुहुन्छ –
वासुदेवो भगवतां त्वं तु भागवतेष्वहम् ।
किम्पुरूषाणां हनुमान् विद्याघ्राणां सुदर्शनः ।।
भीमसेनसँग भेट हुँदा भीमसेनले हनुमान्लाई भने – हजुरले जाबो रावण मार्न श्रीरामलाई किन दुःख दिनुभएको ? के हजुर रावणलाई मार्न सक्नुहुन्नथ्यो ? उत्तरमा पवनपुत्र भन्नुहुन्छ
भीमसेन न पर्याप्तो ममासौ राक्षसाधमः ।
मया तु निहते तस्मिन् रावणे लोककण्टके ।
कीर्तिर्नश्येद्राघवस्य तत एतदुपेक्षितम् ।।
अर्थात् हे भीमसेन ¤ त्यो राक्षसाधम रावण म बराबर बलवान् थिएन । यदि मैले त्यो राक्षसलाई मारेको भए मेरा प्रभुको यश अहिले भएको जति हुने थिएन, त्यसैले मैले त्यस्को उपेक्षा गरें ।
स्वयं रावण हनुमान्को अतुलबलदेखि त्रसित थियो । मेघनादलाई सम्झाउने क्रममा रावण भन्दछ –
न मारूतस्यास्ति गति प्रमाण न चाग्निकल्पः करणेन हन्तुम् ।।
वायुपुत्र हनुमान्को सामथ्र्यको तुलना छैन । कति बलिया छन् यसको निश्चय छैन । अग्नि समान तेजस्वी वानर कुनै पनि साधनद्वारा मार्न सकिंदैन । त्यसैले होस् गर्नु ।
नारदपुराणमा वज्रदेहको रूपमा हनुमान्को वन्दना गरिएको छ –
विहङ्कमाय शर्वाय वज्रदेहाय ते नमः ।।
नरसिंह पुराणमा सुग्रीवका आज्ञाले भिक्षुरूपी भई पम्पा सरोवर नजिक रामलक्ष्मणको परिचय लिन हनुमान् जानुभएको प्रसङ्क उल्लेख छ–
इत्युक्तो हनुमान् गत्वा पम्पातटमनुत्तमम् ।
भिक्षुरूपी स तं प्राह रामं भ्रात्रा समन्वितम् ।।
बल, पराक्रमको विस्मरण भएका हनुमान्को अद्भुत स्वरूप जाम्बवान्ले बोध गराएपछि लङ्गा प्रस्थान गर्ने बेलामा देखियो । महेन्द्रपर्वतमा आÇनो विशाल पर्वताकार रूप प्रकट गरी समस्त आÇना सेनालाई देखाउनुभएको प्रसङ्क अध्यात्मरामायणमा यसरी वर्णन गरिएको छ –
महानगेन्द्रप्रतिमो महात्मा
सुवर्णवर्णो ùरूणचारूवक्त्रः ।
महाफणीन्द्राभसुदीर्घबाहु–
र्वातात्मजो ùदृश्यत सर्वभूतैः ।।
हनुमान्को रूप अत्यधिक विशाल थियो, सुवर्ण–वर्ण बालसूर्य समान मनोहर मुख, महान् सर्पराजको समान दीर्घ भुजायुक्त थियो । हनुमान्को अद्भुत शरीर देखी भीमसेन पनि डराएको प्रसङ्क महाभारतमा छ –
तमद्भूतं महारौद्रं विन्ध्यपर्वतसन्निभम् ।
दृष्ट्वा हनुमतो वष्र्म सम्भ्रान्तः पवनात्मजः ।।
हनुमान् पञ्चमुखी स्वरूपमा भक्तहरूको कल्याण गर्नुहुन्छ –
पञ्चवक्त्रं महाभीमं त्रिपञ्चनयनैर्युतम् ।
बाहुभिर्दशभिर्युक्तं सर्वकाम्यार्थसिद्धिदम् ।।
उनको पूर्व दिशाको मुख वानरको छ, यो करोडौं सूर्यको प्रभाले युक्त छ । दक्षिणको मुख नरसिंह आकारको छ । यो महान् अद्भुत, भीषण र भय नष्ट गर्ने खाले छ । पश्चिम दिशाको मुख गरूडवक्त्रको छ । जसले विषरोग निवारण गर्छ । उत्तराभिमुखी हनुमान् सूकरवक्त्र युक्त हुनुहुन्छ । यसले ज्वररोग नाश गर्दछ । ऊध्र्वमुख हय ड्ढअश्व) को आकारको छ । यो रूपले दानवको नाश गर्दछ ।
हनुमान् बाल्यावस्थामा अति चञ्चल हुनुहुन्थ्यो । शङ्गर–सुवन, पवनपुत्र, केशरीनन्दन आदि नामले विभूषित हुनाले अतुलपराक्रमी हनुमान् सारै नटखट हुनुहुन्थ्यो । कसैको डर वहाँलाई थिएन । अन्याय र अत्याचार विरूद्ध हरेक समय लडिरहने पवनपुत्र चञ्चलताका कारण ऋषिहरूलाई सताइरहनुहुन्थ्यो । यसै क्रममा, उनको चञ्चलतालाई नियन्त्रण गर्न भृगु एवं अङ्किरा वंशमा उत्पन्न ऋषिहरूले श्राप दिनुभयो । तिमीलाई आÇनो बलको ज्ञान न होस् । कसैले तिम्रो कीर्ति स्मरण गराएमा पुनः बल प्राप्त हुनेछ । यो केवल उनको उद्दण्डता नियन्त्रणका लागि मात्र थियो ।
बाधसे यत् समाश्रित्य बलमस्मान् प्लवंगम ।
तद् दीर्घकालं वेत्तासि नास्माकं शापमोहितः ।।
यदा ते स्मार्यते कीर्तिस्तदा ते वर्धते बलम् ।
सीता अन्वेषणार्थ हजारौं वानरी सेना खटिए पनि आखिर त्यो श्रेय रूद्रावतार श्री हनुमान्लाई प्राप्त भयो । त्यो क्रममा पवनपुत्रले विन्ध्यगिरिमा स्वयम्प्रभासँग भेटी समस्त वानरी सेनालाई फलफूल जल आदि पान गराई तृप्त गराएको प्रसङ्क छ । हनुमान् त्रिकालदर्शी हुनुहुन्थ्यो । जङ्कलमा सीता विरहमा भ्रमण गर्ने राम स्वयं नारायण हुन् भन्ने उनलाई पूर्ण ज्ञान थियो । बालीपुत्र अङ्कदलाई सम्झाउने क्रममा पवनपुत्र भन्नुहुन्छ–
अन्यद् गुहृयतमं वक्ष्ये रहस्यं श्रृणुं मे सुत ।
रामो न मानुषो देवः साक्षान्नारायणो ùव्ययः ।।
सीता भगवती माया जनसम्मोहकारिणी ।
लक्ष्मणो भुवनाधारः साक्षाच्छेषः फणीश्वरः ।।
ब्रéणा प्रार्थिताः सर्वे रक्षोगण विनाशने ।
मायामानुषभावेन जाता लोकैकरक्षकाः ।।
युद्धका क्रममा रावण जस्तो बलवान्लाई एक मुड्कीमा रगत छदाउने सामथ्र्य भएका पवनपुत्र हनुमान्ले लक्षणलाई मृतसञ्जीवनी अन्वेषण गरी बचाए भने, नागपाशमा बाँधिएका रामलक्ष्मणलाई त्यसबाट मुक्त गर्न गरूडलाई भूतलमा ल्याए ।
अहिरावणले बलिदानका लागि अपहरण गरी लगिएका राम र लक्ष्मणलाई आÇनो अद्भुत पराक्रम प्रदर्शन गरी अहिरावण मारी रामलक्ष्मणलाई बचाए । बाल ब्रéचारीका रूपमा विख्यात पवनपुत्रले कालान्तरमा शिवबाणले मृत शत्रुघ्नको प्राण बचाउन यसरी उद्घोष गरे – यदि म मन, वाणी र क्रियाले आजन्म ब्रéचर्य व्रतमा छु भने, शत्रुघ्न तुरून्त जीवित हउन् । उनको यो उद्घोष पश्चात् शत्रुघ्न जीवित भएको प्रसङ्क पद्मपुराणमा प्राप्त हुन्छ –
यद्यहं ब्रéचर्यं च जन्मपर्यन्तमुद्यत ।
पालयामि तदा वीरः शत्रुघ्नो जीवतु क्षणात् ।।
हरेक समयमा भक्तहरूको गर्व हरणका निमित्त पवनपुत्रलाई उपयोग गरिएको छ । जस्तै श्रीकृष्णले अर्जुन, गरूड, सत्यभामा, भीमसेन आदि भक्तहरूको गर्व हरणका लागि हनुमान्को सहयोग लिनुभएको थियो । यी कथाहरू आनन्दरामायणमा वर्णित छन् ।
युद्धमा शनिदेवलाई पराजित गरेको हुनाले र यमराजलाई रावणको बन्धनबाट मुक्त गरेको हुनाले आज पनि शनिदशा र अकालमृत्युबाट मुक्तिका लागि शनिबार हनुमान्को उपासना श्रेयस्कर मानिन्छ ।
हनुमान् सङ्कीत शास्त्रका विशारद हुनुहुन्थ्यो । राम नामको सङ्गीर्तन गर्दै चारैयुगमा विचरण गर्ने र रामायणको प्रचार गर्ने कार्यमा सदासर्वदा तल्लीन रहनुहुन्थ्यो ।
हनुमान्को आयुः सीमा
अष्टचिरञ्जीवीमा पवनपुत्र हनुमान्को नाम पनि आउँछ । उनको आयुको कुनै सीमा थिएन । यो कुरा इन्द्रले दिएको वरदानबाट पनि पुष्टि हुन्छ –
सहस्रनेत्रः प्रीतात्मा ददौ ते वरमुत्तमम् ।
स्वच्छन्दतश्च मरणं तवस्यादिति वै प्रभो ।।
यसैगरी श्रीरामले दिएको वरदानले पनि उनको आयुको कुनै सीमा नभएको प्रष्ट्याउँछ –
यावद् राम कथा वीर चरिष्यति महीतले ।
तावच्छरीरे वत्स्यन्तु मम प्राणा न संशयः ।।
आयुकै प्रसङ्कमा अध्यात्मरामायणमा हनुमान्ले श्रीरामसँग यसरी प्रार्थना गर्नुभएको छ –
यावत् स्थास्यति ते नाम लोके तावत्कलेवरम् ।
मम तिष्ठतु राजेन्द्र वरोùयं मेùभि काञ्छितः ।।
हनुमान्लाई समस्त सिद्धि प्राप्त थियो । सिद्धि प्रदान गर्ने स्वयं माता सीता नै हुनुहुन्थ्यो –
तमाह जानकी प्रीता यत्र कुत्रापि मारूते ।
स्थितं त्वामनुयास्यन्ति भोगाः सर्वे ममाज्ञया ।।
माता सीताको हनुमान् प्रति असीम  कृपा थियो । सीताकै प्रार्थनाले हनुमान्को पुच्छर अग्निदेवले नडढाएका हुन् । भन्ने प्रसङ्क वाल्मीकिरामायण र अध्यात्मरामायणमा प्राप्त छ –
यद्यस्ति पति शुश्रूषा यद्यस्ति चरितं तपः
यदि वा त्वेकपत्नीत्वं सीतो भव हनुमतः ।।
वायोः प्रियसखित्वाच्च सीतया प्रार्थितो ùनलः ।
न ददाह हरेः पुच्छं बभूवात्यन्त शीतलः ।।
यौगिक सिद्धि आठ प्रकारका मानिन्छन् । जस्तै –
अणिमा महिमा चैव गरिमा लघिमा तथा ।
प्राप्ति प्राकाम्यमीशित्वं वशित्वं चाष्टसिद्धयः ।।
१. अणिमा, २. महिमा, ३. गरिमा, ४. लघिमा, ५. प्राप्ति, ६. प्राकाम्य, ७. ईशित्व, ८. वशित्व ।
परंभक्त रूद्रावतार हनुमानमा यी आठै सिद्धि सम्यक्तया प्रतिष्ठित थिए । यी सबै सिद्धिहरूको स्पष्ट रूप महावीर हनुमान्को आचरणमा दृष्टिगत हुन्छ ।
अणिमा र लघिमा – सीता अन्वेषणार्थ जाँदा सागरपार गरी लङ्गिनी निशाचरीको मान मर्दन गरी सूक्ष्मातिसूक्ष्म रूपमा अशोकवाटिकास्थित सिसौको रूखका पातमा लुकी आÇनो परिचय र भगवान् श्रीरामको अवस्था वर्णन गर्नुहुन्छ । यसले मारूतिमा अणिमा र लघिमा दुवै सिद्धि रहेको पुष्टि हुन्छ ।
महिमा – सागर पारगर्दा देवताबाट परिक्षणार्थ खटिएकी सुरसासँग जमघट हुँदा हनुमान्ले आÇनो शरीर १० देखि १०० योजनसम्म बढाएको प्रसङ्क छ ।
वक्त्रं चकार हनुमांस्त्रिंशद्योजन सम्मितम् ।
यसै प्रसङ्कलाई तुलसीदासले आÇनो रामचरितमानसमा यसरी वर्णन गर्नुभएको छ –
सोरह जोजन मुख तेहिं ठयऊ । तुरत पवनसुत बत्तिस भयऊ ।
जस जस सुरसा बदन बढावा । तासु दून कपि रूप देखावा ।।
यसैगरी भगवती सीतासँग भेट भएपछि अतिसूक्ष्म रूपमा छौ, कसरी रावण र उनको सेनालाई मार्छौ भनी सीताले प्रश्न गर्दा आÇनो पर्वताकार रूपको दर्शन दिएको प्रसङ्क रामायणहरूमा प्राप्त हुन्छ ।
कनक भूधराकार सरीरा । समर भयङ्गर अति बलबीरा ।।
यी प्रसङ्कबाट हनुमान्मा महिमा सिद्धि प्रतिष्ठित देखिन्छ ।
गरिमा – गन्धमादन पर्वतमा बलगर्वित भीमसेनको अभिमान नष्ट गर्न आÇनो पुच्छर बढाई सुतिरहेका हनुमान्को पुच्छर उठाउन नसक्दा लज्जित भीमसेन हनुमान्का चरणमा परे । भीमसेनलाई आÇनो वास्तविक स्वरूप दर्शाएको प्रसङ्क महाभारतको वन पर्वमा उल्लेख छ ।
विहाय तं बलोन्मत्तं बाहुवीर्येण दर्पितम् ।
हृदयेनावहश्यैनं हनुमान् वाक्यमब्रवीत् ।।
प्रसीद नास्ति मे शक्तिरूत्थातु जरयानघ ।
ममानुकम्पयात्वेतत् पुच्छमुत्सार्यगम्यताम् ।।
सावज्ञमथवामेन स्मयञ्जग्राह पाणिना ।
न चाशकच्चालयितुं भीमः पुच्छं महाकपेः ।।
यो प्रसङ्कले हनुमान्मा रहेको गरिमा सिद्धि प्रष्ट हुन्छ ।
प्राप्ति – प्राप्ति सिद्धिमा साधक योगीलाई वाञ्छित पदार्थ प्राप्त हुन्छ । सीता अन्वेषण क्रममा वानर भालु चारैदिशामा गए । जसमा मारूति पनि हुनुहुन्थ्यो । निष्कपट भक्तिपूर्ण वाञ्छाले हनुमान्लाई माताको साक्षात्कार भयो । यो नै प्राप्ति सिद्धि हो ।
प्राकाम्य – यो सिद्धिको प्रतिष्ठा भएपछि साधक जुन वस्तुको इच्छा गर्छ, त्यो अचिर प्राप्त हुन्छ । हनुमान्को इच्छा अनपायिनी भक्तिमात्र थियो । तदनुसार श्रीरामले उनलाई वरदान दिएर पनि आफूलाई पूर्ण कृतार्थ सम्झन सक्नुभएन । किनकि, हनुमान्ले गरेको कार्यको मूल्य नै छैन भन्ने प्रभुलाई लागिरहेको थियो । यो नै प्राकाम्य सिद्धि हो ।
ईशित्व – सफल नायकका रूपमा समस्त वानर भालु सेनालाई परिचालन गर्नु एवं प्रभुको परं भक्तका रूपमा आफूलाई उभ्याउनु नै ईशित्व सिद्धिको प्रतिष्ठित रूप हो ।
वशित्व – पवनपुत्रका समस्त इन्द्रिय वशमा थिए । उनी अखण्ड ब्रéचारी थिए । जितेन्द्रिय र अतुलित बल पराक्रमका धनी हनुमान् आत्मजयी हुनुहुन्थ्यो । यो नै वशित्व सिद्धिको प्रतिष्ठित रूप हो । जुन हनुमान्मा सदा विराजित थियो ।
भक्तवत्सल भगवान् श्रीरामले आफू सदा हनुमान्को ऋणी भएको बताउनुभएको छ –
एकैकस्योपकाराय प्राणान्दास्यामि ते कपे ।
शेषस्येहोपकाराणां भवाम ऋणिनो वयम् ।।
यसबाट पनि प्रष्ट हुन्छ, श्रीरामका जीवनमा रूद्रावतार हनुमान्को महŒव कति थियो ¤
हनुमान् पूर्ण परब्रéका रूपमा भगवान् श्रीरामलाई पूज्नु हुन्थ्यो । वहाँका दृष्टिमा –
राम एव परं ब्रé राम एव परं तपः ।
राम एव परं तŒवं श्रीरामो ब्रéतारकम् ।।
त्यागका आदर्श मूर्तिका रूपमा हनुमान्ले आफूलाई उभ्याउनुभएको छ । यसक्रममा, आफूले लेखेको सारगर्वित दिव्य हनुमद्रामायण वाल्मीकिको उज्ज्वल भविष्यका लागि पानीमा बगाएर त्यागको अद्भुत नमुना प्रस्तुत गर्नुभएको छ । भगवान् श्रीरामका लागि जे पनि गर्ने हनुमान्ले एकदिन माता सीताका सिउँदोमा सजिएको सिन्दुरका बारेमा सोधनी गर्दा सिन्दुरले श्रीरामको आयु बढ्छ भन्ने उत्तर पाएर आÇनो शरीर भरी सिन्दुर घसी मैले प्रभुको आयु धेरै बढाएँ भन्दै नाच्नुले पनि उनको रामप्रतिको भाव छर्लङ्किन्छ । प्रसन्न भएका श्रीरामले सिन्दुरमा पोतिएको हनुमान्को शरीर देखी आजका दिन सिन्दुरले तिम्रो पूजा गर्नाले भक्तहरूको समस्त मनोवाञ्छा सिद्ध हओस् भनी वरदान दिनुभयो । त्यो दिन मङ्कलबारको दिन थियो । त्यसैले मङ्कलबार र शनिबार हनुमान्को पूजा अर्चनामा विशेष महŒव राख्दछन् ।
हनुमान् चालिसाको पाठ गर्नाले भूत, प्रेत, साकिनी, डाकिनी आदिबाट मुक्ति मिल्ने कुरा हनुमान् चालिसामा नै उल्लेख छ ।
भूत प्रेत पिसाच निकट नही आवे ।
महावीर जब नाम सुनावे ।।
हनुमान्को अविचल भक्ति गर्नाले बुद्धि, बल, यश, धैर्य, निर्भयता, निरोगिता, साहस आदि प्राप्त हुने कुरा आनन्दरामायणमा उल्लेख छ –
बुद्धिर्बलं यशो धैर्यं निर्भयत्वमरोगता ।
सुदाढ्र्यं वाक्फुरत्वं च हनुमत्स्मरणाद्भवेत् ।।
श्रीरामले रामेश्वरको स्थापना गरेपश्चात् पवनपुत्र हनुमान्ले कैलाशबाट ल्याउनुभएको शिवलिङ्क हनुमल्लिङ्क रूपमा प्रतिष्ठापित गरिएको प्रसङ्क स्कन्दपुराणमा छ –
उत्तरं रामनाथस्य लिङ्कं स्वेनाहृतं पुरा ।
आज्ञया रामचन्द्रस्य स्थापयामास वायुजः ।।
यसरी आÇना स्वामीको कार्यार्थ जुनसुकै मूल्य चुकाउन पछि नपर्ने र आÇना भक्तहरूका लागि जस्तो सुकै काममा पनि अघि बढ््ने रूद्रका एघारौं अवतार पवनपुत्र हनुमान्को महŒव ज्ञानी, ब्रéज्ञानी, ऋषी, महर्षि, शेषनाग आदिले वर्णन गर्न सक्तैनन् भने, हामी जस्ता अल्पज्ञले उनको चरित्र चित्रण गर्नु केवल श्रद्धा सुमन अर्पण गर्नुमात्र
हो ।
अन्त्यमा, बलबुद्धिका निधान पवनपुत्र श्रीहनुमान्ले हामी सबैमा सद्बुद्धि प्रदान गरून् ।

सन्दर्भग्रन्थसूचि

- ऋग्वेद, वेदान्त आचार्य ड्ढसम्पा.), द्वि.सं. २००८, मनोज पब्लिकेसन्स, मेनरोड, दिल्ली ।
- एकाक्षरकोश, पद्मश्री मुनिजिन विजय ड्ढसम्पा.), वि.सं. २०२१, प्रकाशक प्राच्य विद्या प्रतिष्ठान, जोधपुर राजस्थान ।
- दास, तुलसी, रामचरितमानस, २०५५, गीतप्रेस, गोरखपुर ।
- मन्त्ररामायण, योगिराज यशपाल ड्ढसम्पा.), रणधीर प्रकाशन, २०१०, हरिद्वार ।
- वाल्मीकि, वाल्मीकि रामायण, एघा.सं.वि.सं. २०४९, गीताप्रेस गोरखपुर ।
- विष्णुधर्मोत्तर पुराण, नाग पब्लिकेसन्स, तृ.सं. २००९,जवाहरनगर दिल्ली ।
- श्रीमद्धनुमद्विरचित, हनुमन्नाटक, खेमराज श्रीकृष्णदास ड्ढसम्पा.), वि.सं. २०६२, बम्बई ।
- व्यास, वेद, आनन्दरामायण, रामतेज पाण्डेय ड्ढसम्पा.), २००८, चौखम्बा विद्याभवन, वाराणसी ।
- व्यास, वेद, शिवमहापुराणम्, रामतेज पाण्डेय ड्ढसम्पा.), २००८, चौखम्बा विद्याभवन, वाराणसी ।
- व्यास, वेद, स्कन्दमहापुराण, वि.सं. २०६७, चौखम्बा संस्कृत सीरिज आफिस, वाराणसी ।
- व्यास, वेद, वायुपुराण, नागशरण सिंह ड्ढसम्पा.), २००९, नागपब्लिसर्स, जवाहरनगर, दिल्ली ।
- व्यास, वेद, अध्यात्म रामायण, उन्ना.सं. २०४५, गीताप्रेस, गोरखपुर ।
- व्यास, वेद, श्रीमद्भागवत्् महापुराण, २०६३, गीताप्रेस, गोरखपुर ।
- व्यास, वेद, महाभारत, ष.सं.२०४५, गीताप्रेस, गोरखपुर ।
- व्यास, वेद, नरसिंहपुराण, नया सं. २०६७, गीताप्रेस, गोरखपुर ।
- व्यास, वेद, पद्मपुराण, नागशरणसिंह ड्ढसम्पा.), २००९, नागपब्लिसर्स, जवाहरनगर, दिल्ली ।
- व्यास, वेद, ईशाद्यष्टोत्तरशतोपनिषद्, वासुदेव शर्मा ड्ढसम्पा.), २०४०, व्यास प्रकाशन वाराणसी ।
- व्यास, वेद, देवीपुराण ड्ढशक्तिपीठाङ्ग), २०६७, गीताप्रेस, गोरखपुर ।
- सिंह, अमर, अमरकोश, वि.सं. १९९३, यशोदा पुस्तकालय, वाराणसी ।
- श्री विद्यारण्यतिविरचित, श्री विद्यार्णव तन्त्रम्, २००४, प्राच्य प्रकाशन वाराणसी ।
- श्रीहनुमान–अङ्ग ड्ढकल्याण), १९७५, गीताप्रेस, गोरखपुर ।
- हनुमान् चालिसा, श्री दुर्गापुस्तक भण्डार, इलाहाबाद ।

Powered by Blogger.