Header Ads

संस्कृतका सन्धि : एक चर्चा


उपप्रा. नारायणप्रसाद पौडेल
वाल्मीकि क्याम्पस, काठमाण्डौ
विषयप्रवेश
सम् उपसर्ग पूर्वक धाधातुदेखि कि(सम् +धा +कि) प्रत्यय भएर सन्धि शब्द बन्दछ । जसको अर्थ जोड्नु या मिल्नु भन्ने हुन्छ । संहिताको विषयमा जब दुई स्वर वा दुई व्यञ्जन वर्ण परस्परमा मिलेर छुट्टै वर्ण हुनुलाई सन्धि भनिन्छ ।सन्धिका लागि संहिता हुनु अनिवार्य मानिन्छ । संहिता भनेको वर्णहरूको अत्यन्त सामीप्यता हो । यो स्वभावसिद्ध अर्धमात्राकाल भन्दा बढी हुनु हुँदैन । संहिता एकपदमा नित्य हुन्छ , धातु र उपसर्गका विषयमा नित्य हुन्छ , त्यसै गरी समासमा नित्य हुन्छ भने वाक्यमा संहिता विकल्प हुन्छ , । भर्तृहरि भन्दछन् कि —
संहितैकपदे नित्या नित्या धातूपसर्गयो ः ।
नित्या समासे वाक्ये तु सा विवक्षामपेक्षते ३ । ।
सोमनाथ सिग्देल सन्धिका बारेमा यसरी चर्चा गर्दछन्
सन्धिः समासे नित्यं स्यात् , नित्यं धातूपसर्गयोः ।
श्लोकाद्र्धाभ्यन्तरे नित्यं , गद्यवाक्ये निजेच्छया ।।
समास भएर जोडिने पदमा तथा धातु र उपसर्गको बीचमा पनि सन्धि अनिवार्य हुन्छ । श्लोकको आधा भित्रका पदहरूको पनि सन्धि अनिवार्य हुन्छ भने गद्यवाक्यमा प्रयोक्ताको इच्छा अनुसार विकल्पले सन्धि हुन्छ ।
भानु +उदयः ऽ भानूदयः, प्रति +एकम् ऽ प्रत्येकम् ,प्रति +आगच्छति ऽ प्रत्यागच्छति ,
रामो गच्छति , सन्धि नहुँदा रामः गच्छति, यसरी गद्यवाक्यमा सन्धि विकल्पले हुन्छ । श्लोकको आधा भाग भित्रका पदमा सन्धि अनिवार्य हुन्छ । जस्तै —
विष्णुर्नारायणः कृष्णो वैकुण्ठो विष्टरश्रवाः ।
दामोदरो हृषीकेशः केशवो माधवः स्वभूः ।।
प्रकरणगत हिसाबले सन्धि –अच्, प्रकृतिभाव , हल् , विसर्ग र स्वादिसन्धि गरी पाँच प्रकारका छन् । तिनीहरूको समष्टि भेद नियाल्दा निम्न भेद हुन्छन् ।
गुणसन्धि (गुणीकरण) — दुई विभिन्न स्थानीय ह्रस्व या दीर्घ मूल स्वरहरूबाट एउटा स्वतन्त्र स्वरध्वनि (ए, ओ,अर् ,अल् ) उत्पन्न हुन्छन् । जस्तै – अ +इ ऽ ए , देव +इन्द्रः ऽ देवेन्द्रः । अ +उ ऽ ओ , सूर्य +उदयः ऽ सूर्योदयः । आ +इ ऽ ए , रमा + ईशः ऽ रमेशः । आ +उ ऽ ओ ,गङ्का + उदकम् ऽ गङ्कोदकम् । आ + ऋ ऽ अर् , राजा + ऋषिः ऽ राजर्षिः । अ + लृ ऽ अल् , तव + लृकारः , तवल्कारः।
वृद्धिसन्धि वा वृद्धिकरण — दुई अलग स्थानीय स्वरध्वनिहरूको संयोगद्वारा एक स्वतन्त्र स्वरध्वनि ( आ , ए, ओ , ) उत्पन्न हुन्छ । यसमा पूर्वपदमा अ वा आ हुन्छन् भने उत्तर पदमा ए ओ ऐ औ हुन्छन् । अ +ए ऽ ऐ , कृष्ण + एकत्वम् ऽ कृष्णैकत्वम् । आ + ओ ऽ औ , गङ्का + ओघः ऽ गङ्कोघः । अ + ओ ऽ औ , जल + ओघः ऽ जलौघः आदि । अथवा अ वा आ ऋ वा ऋृसँग मिलेर आर् हुन्छ भने अ वा आ लृ सँग मिलेर आल् हुन्छ । जस्तै – सुख + ऋतः ऽ सुखार्तः , प्र +ऋणम् ऽ प्रार्णम् प्र + ऋच्छति ऽ प्राच्र्छति आदि । 
सवर्णदीर्घसन्धि वा दीर्र्घीकरणसन्धि – यस सन्धिमा दुई समस्थानीय स्वरवर्ण मिलेर एक दीर्घ स्वरवर्ण (आ , ई , ऊ , आदि ) उत्पन्न हुन्छन् । जस्तै – अ ÷ आ +अ ÷आ ऽ आ अथवा आ +आ ऽ आ , दैत्य +अरिः ऽ दैत्यारिः । विद्या + आलयः ऽ विद्यालयः, शिव +आलयः ऽ शिवालयः । इ ÷ ई + इ ÷ ई ऽ ई । जस्तै – गिरि +इन्द्रः ऽ गिरीन्द्रः , लक्ष्मी + ईशः ऽ लक्ष्मीशः,कपि +ईशः ऽ कपीशः आदि । उ ÷ ऊ + उ ÷ ऊ ऽ ऊ हुन्छ । जस्तै – भानु +उदयः ऽ भानूदयः , लघु +ऊर्मिः ऽ लघूर्मिः । ऋ ÷ ऋृ + ऋ ÷ ऋृ ऽ ऋृ , पितúणम् आदि ।
व्यञ्जनीकरण सन्धि – यस अन्तर्गत पूर्ण–व्यञ्जनीकरण(यण्सन्धि )र अपूर्ण– व्यञ्जनीकरण( अयादिसन्धि )गरी दुई भेद रहेका छन् । क. यण्सन्धि – असमान स्वर पर भएमा इ, उ, ऋ, लृ, वर्णको क्रमशः य् ,व् ,र् ,ल् ,हुन्छ । जस्तै –प्रति +एकम् ऽ प्रत्येकम् ,अनु +अयः ऽ अन्वयः ,मातृ + आ ऽ मात्रा आदि ।
ख. अपूर्ण –व्यञ्जनीकरण वा अयादि सन्धि – स्वर वर्ण पर भएमा संयुक्त स्वर वर्ण (ए ओ ऐ औ ) का स्थानमा स्वरको अंश अ या आ रहन्छ भने बाँकी स्वर अंशको य् वा व् रहन्छ । अतः अय् ,अव् ,,आय् ,आव् ,हुन्छन् । ने +अनम् ऽ नयनम् ,पो +अनः ऽ पवनः , नै +अकः ऽ नायकः ,पौ + अकः ऽ पावकः । यकारादि प्रत्यय पर भएमा पनि ओ औ को क्रमशः अव् र आव् हुन्छन् । जस्तै – गव्यम् , नाव्यम् ।
५. स्वरीकरण – व्यञ्जनका स्थानमा स्वर हुनु । यस अन्तर्गत क. उत्वसन्धि, ख. सम्प्रसारण पर्दछन् । दीक्षितले सम्प्रसारणलाई सन्धि प्रकरणमा नराखे पनि यसलाई सन्धि भित्रै गणना गर्न उपयुक्त हुन्छ । उत्वसन्धि –यस सन्धिमा रुको रेफको उ हुन्छ । जस्तै – कस् +अयम् ,कर् +अयम् ऽ कोùयम् । रामः + गच्छति ऽ रामो गच्छति । यिनीहरूमा विसर्गको उत्व नगरेर पहिले नै वाक्यको व्युत्पत्ति कल्पना गरेर सकारको रुत्व र रुको रेफको उत्व गरिन्छ । अदेखि पछाडि रुको रेफ छ र त्यसपछि अ छ भने रेफको उ हुन्छ । जस्तै – शिवोऽच्र्यः यहाँ शिव शब्ददेखि सुप्रत्यय र उकारको इत्संज्ञा लोप भएपछि सकारको रुत्व र अकारको लोप गर्दा शिवर् + अच्र्यः ऽ यस अवस्थामा रेफको उत्व शिव उ अच्र्यः र अ र उको गुण पछि पूर्वरूप भएर शिवो ऽच्र्यः हुन्छ । यस्तै अकारदेखि व्यञ्जन वर्ण पर भएमा रुको रेफको उत्व तथा गुण आदि भएर रामो गच्छति आदि बन्छन् ।
सम्प्रसारण –यसमा य् ,व् ,र्, ल् व्यञ्जन वर्ण सम्प्रसारण अर्थात् क्रमशः इ ,उ, ऋ, लृ ,हुन्छ । यज् + त ( क्त ) ऽ इष्ट , वच् + त( क्त) ऽ उक्त , प्रच्छ् + क्त ऽ पृष्ट आदि । 
विसर्गीकरण वा विसर्ग सन्धि – ख फ छ ठ थ च ट त क प श ष स वर्ण पर भएमा वा पदको अन्त्यमा रेफको विसर्ग हुन्छ । जस्तै रामर् + करोति ऽ रामः करोति । पुनर् ऽ पुनः आदि ।
अघोषीकरण वा चत्र्व सन्धि – घोष वा नाद ध्वनि वर्गका ३ वा चौथो वर्णलाई अघोष ,वर्गको प्रथम वर्ण गर्नु चत्र्व सन्धि हो । तद् +परः ऽ तत्परः , वाग् + पतिः ऽ वाक्पतिः आदि ।
घोषीकरण वा जश्त्व सन्धि – अघोष ध्वनि ( वर्गका प्रथम र द्वितीय वर्ण ) लाई घोष वर्ण ऽ वर्गको तेस्रो वर्ण हुनु घोषीकरण वा जश्त्व सन्धि भन्न सकिन्छ । जस्तै – जगत् + ईंशः ऽ जगदीशः ,अच् + अन्तः ऽ अजन्तः ,सुप् +अन्तः ,ऽ सुबन्तः ,अप् +धिः ऽ अब्धिः ।
अल्पप्राणीकरण – यो पनि जश्त्व सन्धि हो । महाप्राणध्वनि ( वर्गका २,४ वर्ण )लाई अल्पप्राणमध्ये (वर्गको तेस्रो वर्ण )गर्नु हो । जस्तै – शुध् + धिः ऽ शुद्धिः , सिध् +धिः ऽ सिद्धिः , दुघ् + धम् ऽ दुग्धम् आदि ।
१० महाप्राणीकरण – अल्पप्राणध्वनि ( वर्गका १,३ वर्ण )लाई महाप्राण वा वर्गको चतुर्थ वर्ण गर्नु महाप्राणीकरण वा भष्त्व हुनु हो । जस्तै + बुध् –भ्याम् ऽ भुद्भ्याम् आदि ।
११ नासिकीरण – यो दुई प्रकारको छ । क. अनासिक्य ध्वनिलाई नासिक्य वर्गको पञ्चम ( ङ् ञ् ण् न् म् )बनाउनु । ख. म् वा न् लाई अनुस्वार गर्नु । यसलाई परसवर्ण तथा अनुस्वार सन्धि भित्र राख्न सकिन्छ । तत् +मय् तन्मयम् , यत् +न यन्न , वाक् +मयम् वाङ्मयम् , किम् +करोति किं करोति , मन् + स्यते मंस्यते आदि ।
१२ समीकरण – दुई विरूप ध्वनिहरूलाई एकरूप वा एकस्थानीय बनाउनु । यसका धेरै भेद छन् – 
क. तालव्यीकरण वा श्चुत्वसन्धि
स् ऽ श् , हरिस् +शेते हरिश्शेते , कृष्णस् +च कृष्णश्च । त् =च्, सत् +चित् सच्चित् , द् =ज् सद् +जनः सज्जनः , न्= ञ् याच् +ना याच्ञा । तालव्य ध्वनि पहिले वा पछाडि हुँदा समीपस्थ स वा तवर्ग ध्वनि तालव्य ( श् वा चवर्ग) ध्वनिमा परिवर्तन हुनु हो ।
ख. मूर्धन्यीकरण वा ष्टुत्व सन्धि – मूर्धन्य ध्वनि (ष् वा टवर्ग )अगाडि वा पछाडि हुँदा समीपस्थ स वा तवर्गलाई मूर्धन्य ध्वनि (ष् , वा टवर्ग ) हुनु । स् =ष् , रामस् +षष्ठः =रामष्षष्ठः , त्= ट् , हृष् +तः= हृष्टः , पुष् +तः= पुष्टः, द् =ड् उद् +डीनः =उड्डीनः आदि ।
ग. पूर्वसवर्ण (पुरोगामी समीकरण) पूर्वध्वनिका आधारमा परवर्ती व्यञ्जन पूर्वध्वनि समान हुनु । ह् =घ् वाग् + हरिः वाग्घरिः , ह् =ध् तद्धितः ।
घ. परसवर्ण वा पश्चाद्गामी समीकरण – परवर्ती ध्वनिका आधारमा पूर्ववर्ती ध्वनि परध्वनि समान हुनु । त् =वा द् =ल् ,तत् +लीनः ,= तल्लीनः , नकारको अनुनासिक सहित न् ऽ लँ् विद्वान् + लिखति , ऽ विद्वाँल्लिखति, अनुस्वार ङ् हुन्छ । जस्तै – अं + कः =अङ्कः , अनुस्वार न् जस्तै – शां + तः =शान्तः आदि । 
ङ . अनूष्मीकरण – समीकरणका लागि ऊष्मध्वनि (श् ष् स् )ऊष्म रहित हुनु । श्= छ् , तत् +शिवः =तच्छिवः , 
च. ऊष्मीकरण – ऊष्म भिन्न ध्वनिलाई ऊष्म (श् ष् स् ) बनाउनु हो । जस्तै – विसर्ग (ः) लाई स् श् वा ष् बनाउनु । विसर्गको स् रामः +त्राता= रामस्त्राता विसर्गको पहिला स् र त्यसपछि श् हरिः +शेते हरिस् =शेते हरिश्शेते ।
विसर्ग(ः) को षत्व आविः +कृतम् आविष्कृतम् । दुः +कृतम् ,= दुष्कृतम् , न्= स् कान् +कान् =काँस्कान् , 
१३ विषमीकरण – समान वर्णहरूमध्ये एकलाई सामान्यतया पूर्ववर्ती ध्वनिलाई विषम बनाउनु ध् =द् युध् +धम् ,बुध् =धम् युद्धम् , बुध +् धिः =बुद्धिः ध् +त्, उथ् +थानम् = उत्थानम् । यी जश्त्व तथा चत्र्व सन्धिका उदाहरण हुन् ।
१४ मूर्धन्यीकरण अमूर्धन्य ध्वनिलाई मूर्धन्य (ष् ,ण् ) आदि बनाउनु र् वा ष् पछि न्को ण् हुन्छु ।अट्(स्वर र अन्तःस्थ) आदि बीचमा भएमा पनि न्को ण् हुन्छ ।रामे +न =रामेण, कीर् +नः= कीर्णः , यसरी नै जीर्णः , शीर्णः, पूर्णः ,आदि । रामे + सु =रामेषु , हरि +सु =हरिषु , भानु +सु ,भानुषु ।
१५ अनासिकीकरण – नासिक्य ध्वनिहरूमध्ये न् म् ध्वनिलाई नासिक्य भिन्न ध्वनि गर्नु । न्= स् कान् +कान्= काँस्कान् । तान् +तान्= ताँस्तान् , कस्मिन् + चित् =कस्मिँश्चित् ,म् =स् पुम् + कोकिलः =पुँस्कोकिलः, 
१६ पूर्वरूप– दुई विषम वा सम स्वरहरू मिलेर पूर्ववर्ती स्वर शेष रहनु ।
राम +अम् =रामम् ।हरि +अम् =हरिम् ए वा ओ ए वा ओ जस्तै हरे +अव हरे द्रव विष्णो +अव =विष्णोव आदि ।
१७ पररूप – दुई सम वा विषम स्वरहरू मिलेर परवर्ती स्वर शेष रहनु । 
अ +ए= ए ,प्र +एजते =प्रेजते , अ +ओ =ओ ,उप +ओषति= उपोषति ।शिवाय +ओम् =शिवायोम् , भव +अन्ति , =भवन्ति । पटत् +इति =पटिति , आदि । 
१८ ह्रस्वीकरण दुई विषम ध्वनिहरू मिलेर (ह्रस्व समुचित प्रकृतिभाव ) पूर्ववर्ती स्वर ह्रस्व हुनु । जस्तै ईको इ, चक्री +अत्र =चक्रि अत्र ,आ +अ, ब्रह्मा +ऋषिः= ब्रह्म ऋषिः ।
१९ आगम दुई विषम वर्णहरू बीचमा स्वर वा व्यञ्जनको आगम हुन्छ ।संस्कृतव्याकरणमा नुट् धुट् ङुट् तुक् वुक् आदि आगम प्रसिद्ध छन् । यिनीहरूका न् ध् ङ् त् व् आदि शेष रहन्छ । धुट् (ध्) षड् +सन्तः ,= षट्त्सन्तः , ङुट् (ङ्) प्रत्यङ् +आत्मा , प्रत्यङ्ङात्मा ,तुक् (त्) वृक्ष +छाया वृक्षच्छाया आदि ।
२० लोप– लोप धेरै प्रकारका छन् – समस्वरलोप, विषमस्वर लोप, एकव्यञ्जनलोप अनेक व्यञ्जनलोप, स्वरसमूह लोप, समाक्षर लोप, आदि । पूर्वरूप र पररूपका उदाहरणमा वस्तुतः पूर्व वा पर स्वर ध्वनिको लोप भएको हुन्छ । मनस् ईशा , मनीषा यहाँ पररूप हँदा पूर्वका अस् ध्वनिको लोप भएको हुन्छ । गच्छन् + त् स् , गच्छन् यहाँ त् र् स् को लोप भयो ।
२१ द्वित्व– कुनै व्यञ्जन ध्वनिलाई दुई पटक पढ्नु । जस्तै कर् +तव्यम् =कत्र्तव्यम् , कार् + यम् =काय्र्यम् आदि ।
२२ प्रकृतिभाव –कुनै विशेष अवस्थामा सन्धि नगर्नु नै प्रकृतिभाव हो ।यसबाट शब्द वा पद जस्ताको त्यस्तै रहन्छ । जुन स्थानमा प्रगृह्य वा प्लुत हँदैन त्यहाँ प्रकृतिभाव हुन्छ । संस्कृतमा प्रकृति हुने ठाउँ धेरै छन् ।जस्तै हरी +एतौ =हरी एतौ, विष्णू +इमौ= विष्णू इमौ , पचेते +इमौ = पचेते इमौ, अमी + ईशाः= अमी ईशाः, अस्मै +इन्द्र ः =अस्मै इन्द्रः ,इ +इन्द्रः = इ इन्द्रः , अहो +ईशाः= अहो ईशाः 
आदि । यसरी सन्धिका बारेमा संक्षिप्त चर्चा गरियो ।

Powered by Blogger.