Header Ads

सिद्धान्तकौमुदी र भट्टोजिदीक्षित


उपप्रा. पुरुषोत्तम खतिवडा

आचार्य भट्टोजिदीक्षितले पाणिनीयव्याकरण प्रक्रियाअनुसार अत्यन्त उपयोगी टीकाको रचना गरे जुन सिद्धान्तकौमुदी नामले प्रसिद्ध छ । यो निर्माण गर्नुभन्दा पहिले धर्मकीर्तिले रचना गरेको रूपावतार विमलसरस्वतिले रचना गरेको रूपमाला, रामचन्द्रको प्रक्रियाकौमुदी आदि सबै ग्रन्थहरूमा पाणिनीय अष्टाध्यायीका सम्पूर्ण सूत्रहरू समावेश गरेका छैनन् । त्यसैले यिनीहरूको न्यूनता परिपूर्ण गर्नका निमित्त भट्टोजिदीक्षितले सिद्धान्तकौमुदी नामको सर्वाङ्कपूर्ण ग्रन्थको रचना गरे । वर्तमान समयमा समस्त अध्यापन सिद्धान्तकौमुदीको आधारबाट नै चलिरहेको छ ।
प्रक्रियाग्रन्थहरूमा सर्वोच्च स्थान ओगटेको छ भट्टोजिदीक्षितद्वारा रचित सिद्धान्तकौमुदी ग्रन्थले यस ग्रन्थमा पाणिनीय अष्टाध्यायीका सम्पूर्ण सूत्रहरू प्रयोगसिद्धिका दृष्टिले सुव्यवस्थित देखिन्छन्, मालामा पुष्पका थुँगाझैं गाँसिएका झैं देखिन्छन्, जस्तै यस ग्रन्थमा भट्टोजिदीक्षितद्वारा रचित ग्रन्थभित्र सिर्जित प्रयोगहरूको विचार प्रयोगसाधनीका अवसरमा प्रयोग गरिएका राम्राराम्रा परिशीलन गर्न योग्य भाषा विषयक समस्त शंका उपशंकाका क्लेश सबै हटाइदिने खालका
छन् । वर्तमान समयमा पाणिनीयव्याकरणको सम्पूर्ण स्थान सिद्धान्तकौमुदीले नै मैदानमा भकुण्डो खेलेझैं गरी ओगटेको छ, त्यसमा पनि विभिन्न विद्वानहरूले आआफ्ना टीका रचना गरेका छन् ।
यो ग्रन्थ पूर्वाद्ध र उत्तराद्र्ध गरी जम्मा दुई भागमा विभाजन गरेको छ ।
पूर्वाद्र्ध    उत्तराद्र्ध
१.     संज्ञाप्रकरणम्    १.     भ्वादि आदि १० गण
२.     पञ्चसन्धिप्रकरणम्    २.     ण्यन्त आदि लकारार्थ
३.     षड्लिङ्गप्रकरणम्    ३.     कृदन्त प्रकरणम्
४.     अव्यय प्रकरणम्    ४.     वैदिकप्रकरणम्
५.     समास प्रकरणम्    ५.     स्वर प्रकरणम्       
६.     फिट सूत्राणी     ६.     तद्धितप्रकरणम्
७.     लिङ्गानुशासन
   
यसरी गणप्रक्रिया विभाजन गरेर अत्यन्त सुन्दर बनाएका छन् ।
सिद्धान्तकौमुदीका व्याख्याकारहरू
स्वयम् भट्टोजिदीक्षितले सिद्धान्तकौमुदीको व्याख्या गरे, जुन प्रौढमनोरमानामले प्रसिद्ध छ । यसमा उनले प्रक्रियाअनुसार कौमुदीको ठाउँ ठाउँमा खण्डन पनि गरे । भट्टोजिदीक्षितले यथोत्तरं मुनीनां प्रामाण्यम्यस परिभाषाले ठूलो बल पु¥याएको छ । प्राचीनग्रन्थकार र अरु व्याकरणकारको मत पनि संग्रह गरेका छन्, तर भट्टोजिदीक्षितले यस प्रक्रियाको खण्डन पनि गरे । त्यसैले आधुनिककालकोे पाणिनीयव्याकरण र प्राचीनव्याकरणको तुलनात्मक ज्ञानबाट भने सबै वञ्चित भएका छन् । भट्टोजिदीक्षितद्वारा रचित प्रौढमनोरमासंवत् १७०८ विक्रममा एक हस्तलेख पूनामा रहेको भण्डारकरप्राच्य विद्याप्रतिष्ठानमा छ ।
प्रौढमनोरमा ग्रन्थ माथि श्री भट्टोजिदीक्षितका नाति श्रीहरि दीक्षितले बृहच्छब्दरत्ननाम गरेको लघुशब्दरत्ननामको व्याख्या गरे । त्यो लघुशब्दरत्नं यो मुद्रण भएर सर्वत्र प्राप्य छ । तर बृहत्शब्दरत्न वर्तमानमा अमुद्रित नै छ । कुनैकुनै विद्वानहरू भन्दछन् कि नागेशभट्टलेलघुशब्दरत्नआफैं लेखेर आफ्ना गुरुका नामबाट प्रकाशित गरे । लघुशब्दरत्नग्रन्थमाथि पनि अनेक विद्वानहरूले टीका लेखेका छन् ।
सं. १५५० देखि लगभग १६०० विक्रमको मध्यवर्ती कालमा श्रीवामनेन्द्रसरस्वतिका शिष्य श्री ज्ञानेन्द्रसरस्वतिले सिद्धान्तकौमुदीको तत्वबोधिनी नामको टीकामाथि व्याख्या गरे । यसमा प्रायः सबै प्रौढमनोरमाको नै सारसंक्षेपमा उद्धृत गरेको छ । त्यस्तै अर्का विद्वान ज्ञानेन्द्रसरस्वतिका शिष्य श्रीनीलकण्ठवाजपेयीले तŒवबोधिनीको गूढार्थदीपिकानामको टीका र सिद्धान्तकौमुदीको सुखबोधिनी नामको व्याख्या पनि गरे (वि.सं. १६००१६७५) मा
विक्रमको मध्यकाल १६८०१७२० तिर शैवविद्वान श्रीमधुकर त्रिपाठीका पुत्र श्रीरामानन्द नाम गरेका विद्वानले सिद्धान्तकौमुदीको तत्वदीपिका नामको टीका लेखे । त्यो वर्तमान समयमा हलन्तस्त्रीलिङ्गसम्ममात्र उपलब्ध छ । प्रायः जसो १७१५ विक्रममा श्री वेङ्कटाद्रिभट्टका पुत्र श्रीतिरुमल उनका पुत्र श्री रामकृष्णभट्ट नाम गरेका अर्का विद्वानले सिद्धान्तकौमुदीकोरत्नाकरनामको टीका पनि लेखे । यसको हस्तलेख तञ्जौरराजकीयपुृस्तकालय जम्मूको रघुनाथ  मन्दिरको पुस्तकालयमा पनि छन् । जम्मूमा रहेको हस्तलेखको समय १७४४ वि.सं. हो । भण्डारकर  प्राच्यविद्याप्रतिष्ठानमा पूना संग्राहलयमा यसको टीका ग्रन्थको चारवटा हस्तलेख प्राप्त छन् ।
विक्रमको १७३०१८१० को हाराहारीमा श्री नागेशभट्ट नाम गरेका अर्का विद्वानलेसिद्धान्तकौमुदीकोबृहच्छब्देन्दुशेखर लघुशब्देन्दुशेखरयी दुई ग्रन्थको टीका लेखे । तर लघुशब्देनुशेखरका अनेक टीका पनि लेखिएका छन् । चोलदेश अन्तर्गत अर्का विद्वान करण्डमाणिक्यग्राम निवासी श्रीरङ्गनाथयज्वा नाम गरेका विद्वानले सिद्धान्तकौमुदीको पूर्णिमानाम गरेको टीका वि.सं. १७४५ मा रचना
गरे । 
विक्रमको १७४०१८०० मा चोल (तञ्जौर) निवासी भोसलवंशीय शाहजीशरभजी तुक्कोजी नाम गरेका तीन जना राजाका मन्त्रीहरूले विद्वान सार्वभौम आनन्दराय अध्वर्यु श्रीमहादेववाजपेयीपुत्र श्री विश्वेश्वरवाजपेयिकाशिष्य श्री वासुदेववाजपेयि नामका ख्यातिविद्वानलेसिद्धान्तकौमुदीको बालमनोरमा नामको टीका लेखे । यो टीका अतीव सरल तरिकाले युक्त छात्र छात्राका लागि अत्यन्त उपयोगी पनि छ ।
यस्तै अर्का विद्वान श्री देवीदत्तका पुत्र श्रीरामसेवक उनका पुत्र श्रीकृष्णमित्र नाम गरेका विद्वानले सिद्धान्तकौमुदीको रत्नार्णवनाम गरेको टीका लेखे, यसको उल्लेख आफ्रख्टमहोदयले आफ्ना बृहत्सूचीपत्रमा उल्लेख गरेका छन् । सं. १८४७ विक्रममा शेषकुलमा उत्पन्न श्री नागोजीपुत्र श्रीरामचन्द्रपण्डितले सिद्धान्तकौमुदीको स्वरप्रक्रिया अंशको व्याख्या गरे । त्यो जम्मूस्थ श्रीरघुनाथमन्दिरपुस्तकालयमा उपलब्ध छ, त्यो हस्तलेखको अन्तिम भागमा तल लेखिएको पाठ उपलब्ध छ । जस्तैः
इति शेषकुलोत्पन्नेन नागोजीपण्डितानां पुत्रेण रामचन्द्र पण्डितेन विरचिता स्वरप्रक्रियाख्या समाप्ता । सं. १८४७ वैशाखमासे शुक्लपक्ष ४, बार शनैश्चर इति ।
प्रायेण सं. १७०० वैक्रमाब्दमा श्री वेङ्कटाद्रिपुत्रले श्री तिरुमल द्वादशाहयाजि महोदयले सिद्धान्तकौमुदीको सुमनोरमानामको टीकाको रचना गरे । सुमनोरमाको एक हस्तलेख तञ्जौरपुस्तकालय मा प्राप्त छ । यसका अतिरिक्त सिद्धान्तकौमुदीको निम्नानुसारका हस्तलेख टीकाहरू तञ्जौर पुस्तकालयमा प्राप्त छन् । 
१.     तोप्पलदीक्षितकृता प्रकाशटीका
२.     अज्ञातकर्तृकी लघुमनोरमा
३.     अज्ञातकर्तृकी शब्दसागर
४.     अज्ञातकर्तृकी शब्दरसार्णव
५.     अज्ञातकर्तृकी सुधाञ्जन
यसका अतिरिक्त श्री लक्ष्मीनृसिंह नाम गरेका विद्वानले रचना गरेका विलास नाम गरेको टीकाको पनि हस्तलेख मद्रास राजकीय पुस्तकालयमा पाइन्छन् ।

सन्दर्भसामग्री
१.     गौड अशोकचन्द्र, संस्कृतव्याकरणशास्त्रेतिहास, भारतीय विद्या संस्थानम्, वाराणसी प्र.सं. २०५५ वि.सं. ।
२.     दीक्षित भट्टोजिविरचिता सिद्धान्तकौमुदी सरस्वती ज्ञानेन्द्र विरचिता Œवबोधिनी टीका खेमराज श्रीकृष्णदास श्री वेकटेश्वर प्रेस मुम्बईसं. २०३१
३.     वरदराज लघुसिद्धान्तकौमुदी, गीताप्रेस, गोरखपुर त्रिपाठी, दत्त श्रीनारायाण सम्पादकः २४ औं संस्करण, २०५३ वि.सं. ।
४.     खतिवडा पुरुषोत्तम, गवेषणा अंक, वर्ष, प्रजातन्त्रवादी प्राध्यापक संघ, पिण्डेश्वर विद्यापीठ, शीर्षकः पाणिनीय व्याकरणको विकासक्रम २०६८ वि.सं. ।
५.     पाणिनीय शिक्षा, पाणिनीः व्याख्याकार मिश्र श्री नारायण चौखम्बा ओरियण्टालिया वाराणसी, १९८८ ई.सं. ।

Powered by Blogger.