Header Ads

संस्कृत शिक्षाप्रति जनजातिले उठाएका विमतिहरू



मधुसूदन भट्टराई

उप–प्राध्यापक 
विश्वविद्यालय विद्यापीठ, दाङ्

नेपालको इतिहासलाई हेर्दा शिक्षाको पर्यायवाचीका रूपमा संस्कृत शिक्षा थियो भन्ने कुरामा कसैको पनि विमति रहला जस्तो लाग्दैन । त्यस्तो महनीय स्थान ओगटेको संस्कृत शिक्षा वा वाङ्मय आज सबैबाट आलोचित हुन पुगेकोले यस विषयमा गम्भीर विचार हुनु आवश्यक देखिएको छ । संस्कृत शिक्षा वा वाङ्मयलाई बाहुनको शिक्षा भन्ने र सोही रूपमा सरकारी नीति पनि निर्धारण हुँदै गएकाले संस्कृत शिक्षा क्रमशः जनताका बीचबाट अलग्गिदै गयो । अमेरिकी सहयोग र नीतिका आधारमा ल्याइएको राष्ट्रिय नयाँ शिक्षा योजना २०२८ लागू हुनुपूर्व घोषित नेपाल संस्कृत विश्वविद्यालय पनि एउटा विश्वविद्यालयमात्र कायम राख्ने नीतिका कारण खारेज हुन पुग्यो । संस्कृत विश्वविद्यालय संस्कृत अध्ययन संस्थानमा सीमित हुनु पुग्यो भने करिब २३३ वटा संस्कृतका प्राथमिक पाठशाला, ५ वटा माध्यमिक पाठशाला र ५ वटा प्रधान पाठशाला गरी २४३ वटा संस्कृतका विद्यालय रहेकामा नयाँ शिक्षा योजनाको कार्यान्वयनसंगै ती पाठशालाहरू क्रमशः विस्थापित हुँदै शून्यतामा परिणत हुनु परेको इतिहास हाम्रासामु विद्यमान छ । पाश्चात्य शिक्षा र संस्कृतिको बीजारोपण गरी नेपालको शैक्षिक परम्परालाई विस्थापित गर्ने कूटनैतिक आधारमा प्रवेश गरेको अमेरिकी शिक्षा नीतिले नेपाली माटोमा हुर्कंदै आएको गुरुकुलीय शिक्षा, समाजमा प्रचलित धर्म, सभ्यता, संस्कृति आदिमाथि प्रहार गर्दै आÇनो प्रभाव देशका कुना कुनामा अप्रत्यक्ष रूपमा जमाउँदै गयो । सोही शिक्षानीतिले ल्याएको प्रवाहले संस्कृतका पाठशालाहरू करिब तीन दर्जन माध्यमिक विद्यालयमा सीमित हुन पुगे । अमेरिकी सहयोग र अनुदान प्राप्त हुँदासम्म ती विद्यालयहरू चल्दै रहे । जब अनुदान सहयोग बन्द हुन थाल्यो, तब सरकारी नीतिकैै आधारमा विद्यार्थी संख्याको कारण देखाई संस्कृतका माध्यमिक विद्यालयहरू क्रमशः साधारण माध्यमिक विद्यालयमा परिणत हुन बाध्य बनाइयो । विदेशबाट आयातित नयाँ शिक्षा योजनाको लक्ष्य भनेको नै प्रचलित प्राच्य शिक्षा प्रणालीलाई विस्थापित गर्दै पाश्चात्य शिक्षा प्रणालीलाई संस्थापित गर्नु थियो भन्ने कुरा आजको परिवेशलाई हेर्दा पनि प्रमाणित हुन्छ । 
शिक्षा कुनै जाति वा वर्गको नभई एउटा सिङ्गो वाङमय हुन्छ भन्ने कुरालाई जरैबाट उखेल्न नयाँ शिक्षा योजना सफल भयो । फलस्वरूप नेपाली भूमिमा साधनारत राजर्षि जनक, जगज्जननी सीता, शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्ध जस्ता कैयौं ऋषि–महर्षिहरूले आर्जित ज्ञानविज्ञानका भण्डारलाई पाखा लगाउँदै पाश्चात्य शिक्षाले आÇनो प्रभुत्व नेपाली जनमानसमा जमाएको कुरा नकार्न सकिंदैन । नेपालको शिक्षा प्रणालीमा आÇनो प्रभुत्व जमाउँदै नेपाली विद्वान्द्वारा लिखित वा संरक्षित सम्पूर्ण संस्कृत, ब्राéी, नेवारी, किराती, शारदा आदि लिपिका पाण्डुलिपिहरू बिदेसिएको तीतो यथार्थ हाम्रासामु विद्यमान छ । अहिले तिनै पाण्डुलिपिहरू पश्चिमी भूमिमा सम्पादन भइरहेको कुरा सञ्चारमाध्यमबाट थाहा पाउन सकिन्छ । यसरी संस्कृत शिक्षाप्रति राष्ट्रले गरेको अन्यायलाई दृष्टिगत नै नगरी संस्कृतलाई राज्यले प्रश्रय दिएको र अन्य भाषालाई मात्र अपहेलना ग¥यो भन्नु सरासर अन्याय हो जस्तो लाग्दछ । त्यसरी राष्ट्रिय भाषाको रूपमा प्रचलनमा रहेको संस्कृत भाषालाई त पाखा लगाइयो भने अन्य भाषाको दशा कुन अवस्थामा होला सो कुरा अवश्यै पनि सोंचनीय विषय पक्कै हो । त्यसो भए संस्कृत विश्वविद्यालय स्थापना कसरी भयो त भन्ने कुरा उठ्न सक्छन्, सो विषय पनि गम्भीर 
छ । यस विषयमा विश्वकै हिन्दुधर्माबलम्बी र संस्कृत–वाङ्मयभित्रका ज्ञान–विज्ञानका विषयमा अध्ययन र अनुसन्धान चलाई रहेका विभिन्न राष्ट्रको दबाबमा संस्कृत विश्वविद्यालको स्थापना गरिदिएको मात्र हो । त्यसैले संस्कृत विश्वविद्यालयको स्थापना त भएको छ, तर पर्याप्त स्रोत र साधन विना स्थापित विश्वविद्यालयले जनभावनालाई सम्बोधन गर्न नसकी जनताबाट स्वतः तिरस्कृत भई आपैm समाप्त होओस् भन्ने कुत्सित भावना सरकारी स्तरमा छिपेको अनुभूति हुन्छ ।
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, म मरे पनि मेरो देश बाँची रहोस् भन्ने आम नेपालीको भावनालाई सबै वर्ग, तप्का र क्षेत्रले गम्भीरतापूर्वक सोंच्नुपर्ने हुन्छ । संस्कृत शिक्षाको आलोचना वा संस्कृत भाषालाई बहिष्कृत गर्ने व्यक्ति, वर्ग वा जातिले मान्दै र व्यवहारमा प्रयोग गर्दै आएका भाषा, कला, साहित्य, दर्शन, सभ्यता, संस्कृति, संस्कार र सामाजिक बनावटको मूलस्रोत कुन हो र कुन धरातलमा हामी रहेका छौँ भन्ने दिशामा पनि सम्बद्ध पक्षले सोच्नुपर्ने बेला आइसकेको छ । हामीले संस्कृत वा नेपालीभाषालाई हटाई अंग्रेजी भाषालाई अग्रस्थान दिंदा के आम नेपाली जनता समुन्नत हुन्छौं त । यदि आम नेपाली जनताको संस्कृतप्रति साच्चिकै विमति र वितृष्णा नै हो भने संस्कृतलाई हटाएमा पनि यहाँ आकाश खस्नेवाला छैन । देशले विकासको फड्को मार्छ र आम नेपाली जनताको उन्नति हुन्छ भने सामन्ती सोंच र सत्ताले प्राथमिकताका साथ प्रयोगमा ल्याएका भाषा,  संस्कृति र सभ्यतालाई परित्याग गर्दै आÇनो भाषा र शिक्षा लागू गर्नै पर्दछ । तर स्मरण रहोस् अमेरिका, बेलायत आदि देशमा अंग्रेजी भाषा, चीनमा चाइनिज भाषा, जापानमा जापानिज भाषा, रुसमा रसियन भाषा, जर्मनीमा जर्मन भाषाको प्रचलन छ भन्ने कुरा सुनिन्छ । के ती राष्ट्रमा अन्य भाषाका भाषी छैनन्, के तिनीहरू आ–आÇनो मातृभाषा बोल्दैनन् । तत्तत् मुलुकमा अन्य भाषाभाषी एवं धर्मावलम्बी छँदै छैनन् त । हाम्रो मुलुकमा मात्रै यो के जात्रा हो, हामी नेपालीमा एउटाले अर्काको, एउटा भाषाभाषीले अर्को भाषाको, एउटाक्षेत्रको बसोबासीले अर्को क्षेत्रको विरोध गर्ने कस्तो प्रचलन आयो । हामीले पहिचानसहितको अधिकार खोजेका हौं भने आÇनो स्वत्व बचाई राख्ने कि नराख्ने । सामन्ती सोंच र विचार भन्दै विगत र वर्तमानलाई वहिष्कृत गर्दै गयौं भने आÇनो पहिचान र स्वत्व नै समाप्त हुनेछ र हामी को हौं भनी भावीपिंढीले विदेशमा गई आÇनो धर्म, संस्कृति, सभ्यता आदिको अन्वेषण गर्ने अवस्था नआउला भन्न सकिदैन । नेपालको विगतलाई हेर्दा शिव र वैदिक संंस्कृतिको प्रभाव बराबर रूपमा प्रवाहित हुँदै आएको देखिन्छ । शिवले किराँतको रूपमा जन्म लिई ताण्डवनृत्य गर्ने,  विष, भाङ्–धतुरो खाने र मसानमा बस्ने जस्ता क्रियाकलाप गरी विलासी जीवनको लीला प्रस्तुत गरेको हुँदा सोही कर्मको अनुसरण गरी किराती क्षेत्रमा बसोबास गर्ने सबै जातिका मानिसले शिव संस्कृतिलाई अनुसरण गरेको पाइन्छ । शिव संस्कृतिमा आद्याशक्तिको पूजन गर्ने प्रक्रिया प्रबल रहेको हुँदा पशुबलि दिने प्रचलन पनि व्याप्तरूपकै मानिन्छ । शक्तिका उपासकहरूले तान्त्रिक विधिद्वारा आजा–पुजा गर्ने भएकाले मद्यपान र मांसलाई अभिन्न अंगका रूपमा अङ्कीकार गरेको देखिन्छ । शिवसंस्कृतिमा आबद्ध जाति वा समुदायले चाड–पर्व, नाच–गान, भोज–भतेर आादिमा रमाउने प्रचलन रहेको र शिक्षा आर्जन गर्ने भन्दा मोजमस्तीमा बढी मोहित हुने गरेको देखिन्छ । वैदिक संस्कृतिमा आबद्ध समुदायले रामकृष्ण आदिको पुजाआजा गर्ने, धर्म, यज्ञयागादि गर्ने, पुनर्जन्ममा विश्वास गर्ने र सात्विक जीवनको बाटो लिएको देखिन्छ । तात्कालिक अवस्थामा क्षेत्रीयरूपमा बसोबास गर्ने जुनकुनै जाति वा समुदायले तत्तत् संस्कृतिको अवलम्बन गरेको पाइन्छ । त्यसैले बाéण र क्षेत्रीहरूले पनि कुलपुजा गर्दा बलि दिने प्रथा अद्यापि रहेको देखिन्छ । उदाहरणका लागि एउटै थर र गोत्रका ब्राéणले कहीं बलि दिने र कहीं बलि नदिने प्रथा अद्यापि चलेको पाइन्छ । त्यस्तै दलित र जनजातिमा पनि सो प्रक्रिया रहेको देखिन्छ । सामान्यरूपमा हेर्दा आद्याशक्ति देवीमाताका जति पनि शक्तिपीठहरू छन्, ती पीठहरू तान्त्रिकविधि अनुरूप स्थापित भएकाले मगर, राई, नेवार आदि जातिका पुजारी रहने गरेको कुरा भनिरहनु पर्छ जस्तो लाग्दैन । तसर्थ आÇनो इतिहास र आधारलाई कसैले पनि बिर्सनु हुँदैन । शिव वा वैदिक संस्कृति संस्कृत वाङ्मयबाटै निस्केका मार्ग हुन् । जनजाति वा अन्य जातिका कुनै पनि व्यक्ति वा समुदायले शिव वा वैदिक संस्कृति अँगाल्न वा छाड्न पाउँछ । तसर्थ जनजाति वा अन्य जाति भनेर हीनताबोध गर्नुपर्ने देखिंदैन । त्यसैले अर्काको लहै लहैमा हुबहु नक्कल गर्ने प्रवृत्ति र प्रविधिलाई परित्याग गरी हामी र हाम्रो सुरक्षण गर्नेतर्पm विचार गरौं यही नै आजको आवश्यकता हो ।  
संस्कृत एउटा भाषा नभई वाङ्मय नै भएकाले यहाँमात्र नभई विश्वका कैयौं मुलुकमा संस्कृत वाङमयको अध्ययन अनुसन्धान भइरहेको कुरा आधुनिक सञ्चार माध्यमबाट स्पष्टै थाहा पाउन सकिन्छ । नेपालबाट उत्पादित जनशक्ति संस्कृत वाङ्मयको अध्ययन र अनुसन्धानका लागि विभिन्न मुलुकमा पुगेको कुरा पनि तथ्यांकबाट थाहा पाउन सकिन्छ । पाश्चात्य मुलुकमा नता हिन्दु नै छन्, नता ब्राéणहरू । तर संस्कृत वाङ्मयको अध्ययन र अनुसन्धान निरन्तर चलिरहेको छ । विश्वका धेरै मुलुकहरूमा बौद्ध धर्माबलम्बीहरू रहेका छन् र बौद्धदर्शनका ग्रन्थहरू पाली र संस्कृत भाषामा लेखिएका छन् । नेपालमा बसोबास गर्ने जनजातिले पनि बौद्धधर्म अङ्कीकार गरेको पाइन्छ । बौद्धमार्गीहरूलाई संस्कृतको ज्ञान हुनु अनिवार्य जस्तै मानिन्छ । त्यसैले विभिन्न मुलुकका बौद्धधर्मावलम्बीहरू संस्कृत भाषा सिक्न र बौद्धदर्शनको अध्ययनका लागि नेपालमा आउने गरेका छन् । के ती व्यक्तिहरू पनि ब्राéण नै होलान् त ? यदि ब्राéण होइनन् भने नेपालमा बसोबास गर्ने जनजाति वा आदिवासी वा दलितहरूले पनि संस्कृत शिक्षाप्रति गम्भीर भएर सोच्नु पर्दछ । 
भाषा ज्ञान आर्जन गर्नका लागि साधनमात्र हुन्छ र वाङ्मयलाई समग्र ज्ञानको स्रोतका रूपमा लिनु पर्दछ । कुनै पनि भाषा वा वाङ्मयको विरोध गर्नु भन्दा अमुक भाषाको विकास हुनु पर्दछ भन्ने मान्यता राख्नु सकारात्मक हुन्छ । संस्कृत वाङ्मय पूर्वीय सिद्धान्तको अजस्र स्रोतका रूपमा प्रवाहित हुँदै आएको छ भने ग्रिक, ल्याटिन, अंग्रेजी आदि भाषा पाश्चात्य सिद्धान्तका परिपोषकका रूपमा लिइन्छ । तसर्थ संस्कृत वाङ्मयको विरोध वा समर्थन गर्नु भनेको पूर्वीय धाराको विरोध गर्नु हो भन्ने पनि संझिनु पर्दछ । संस्कृतका विद्वान् वा संस्कृतानुरागीहरू संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालयका रूपमा अगाडि बढाउने कुरामा कुनै विमति राख्दैनन् । संस्कृत विश्वविद्यालयको ऐनले पनि परम्परागत मूल्य–मान्यता, सदाचार र सच्चरित्रवान् जनशक्तिको उत्पादन गर्नका लागि स्थापित विश्वविद्यालय भएकाले कुनै अवरोध होला जस्तो लाग्दैन । सोही उद्देश्यलाई दृष्टिगत गरी दोस्रो जनआन्दोलन हुनुपूर्व नै नेपाल एक बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक देश भएकाले यहाँका सबै जातजातिका धर्म, संस्कृति, भाषा, साहित्य, कला, परम्परा, चालचलन तथा इतिहासको विशेष अध्ययन गर्ने गराउने उद्देश्यले विश्वविद्यालय अन्तर्गत एउटा राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र रहनेछ । भन्ने नियमको तर्जुमा गरी सबै भाषा साहित्यको अध्ययन गराउने कार्यक्रमलाई अगाडि बढाएको छ । तर नेपाल सरकार वा सम्बद्ध निकायबाट कार्यक्रमको स्वीकृति र वजेटको व्यवस्था नभएकाले कार्यान्वयनमा लैजान सकिएको छैन । यसरी प्रस्तावित कार्यक्रमलाई स्वीकृति नदिने र बजेटको व्यवस्था नमिलाई दिने व्यक्ति वा निकायलाई दोषी ठान्ने वा संस्कृत भाषा वा वाङ्मय वा विश्वविद्यालय वा पदाधिकारी वा ब्राéणहरूलाई । संस्कृत विश्वविद्यालयले आदिवासी, जनजाति वा दलित जातिका विद्यार्थीहरूलाई अन्य जातिले पाउने छात्रवृत्तिको रकमभन्दा दोब्बर छात्रवृत्ति दिने निर्णय गरी सो सुविधा प्रदान गर्दै आएको कुरा जानकारी गराउँदै संस्कृत विश्वविद्यालयले तत्तत् जातिलाई संस्कृत शिक्षा अध्ययन गर्न प्रोत्साहन गर्दै आएको छ । 
संस्कृत भाषाका कुनै विद्वान्ले जातजाति, दलित, महिला आदि प्रति लक्षित गरी कुनै ग्रन्थ वा पुस्तकको लेखन ग¥यो भन्दैमा संस्कृतका मूलग्रन्थको रूपमा प्रतिष्ठित वेदहरूले कुनै विभेद गरेको देखिंदैन । संस्कृतले त सर्वे भवन्तु सुखिनः, संगच्छध्वम्, संवदध्वम् र सह नाववतु, सहनौ भुनक्तु जस्ता आदर्शलाई अङ्कीकार गर्दै आएकोछ । समय, परिस्थिति र शासनको अवस्थालाई आधार बनाई कुनै विद्वान्ले कसैप्रति दुराग्रह राखी लेख वा रचना प्रकाशित गरेको छ भने त्यसैलाई आधार बनाई संस्कृत भाषा वा वाङ्मयकै विरुद्धमा उत्रिनु सान्दर्भिक हुँदैन । अहिलेको परिस्थितिमा नेपालमा पनि विभिन्न मत–मतान्तरहरू भइरहेका छन् । तीनै मतलाई आधार बनाई पहिरो खसाउनु बुद्धिमानी हुँदैन । तसर्थ सबै सुखी होउन्, सबै जनता निरामय होउन्, संगै हिडौं, संगै बोलौं, साथसाथै हिंडौं र संगै खाउँ भन्ने आदर्शलाई हामी सबैले पालन गरौं । कसैप्रति आग्रह वा पूर्वाग्रह राख्नुले समाज वा देशको विकास हुन सक्दैन । त्यसैले हाम्रो सभ्यता–संस्कृति, कला–कौशल, धर्म–कर्म आदिको आद्यस्रोत पूर्वीय पद्धति नै भएकाले आÇनो बाबु वा हजुरबाबु वा जिजुबाबुलाई बिर्सने काम नगरौं, यसरी आÇना पुर्खालाई सम्झ्यौं भने हाम्रो मूल आधार वा धरोहरको ज्ञान अवश्यै हुनेछ, यसैबाट हाम्रो कल्याण सुनिश्चित हुनेछ ।

Powered by Blogger.