Header Ads

डायस्पोरा र नेपाली भाषा

कृष्णप्रसाद कोइराला
उप–प्राध्यापक
पिण्डेश्वर विद्यापीठ, धरान – १४, सुनसरी
१. विषयप्रवेश
हिजोआज साहित्यका विविध क्षेत्रमा नवीन बहसका रूपमा डायस्पोरा साहित्यको चर्चा हुन थालेको छ । ग्रिसेली मूलको डायस्पोराले एक देशबाट निष्कासित भएर अन्य भूमिमा निर्वासित जीवन बिताउनेहरूको समुदाय भन्ने बुझिन्थ्यो । अहिले पनि एक ठाउ“का मान्छे अनेक ठाउ“मा छरिएर बस्नुलाई डायस्पोरा भनिन्छ । नेपाली भाषामा यसको अर्थ प्रवासी, आप्रवासी, परदेशी भन्ने हुन्छ । तर यी अर्थले वास्तविक अर्थ वहन गर्न नसकेको भन्दै डायस्पोरा शब्द नै अधिकतम रूपमा प्रयोग हुन्छ । यो शब्द सुरुमा विविध कारणले छरिएर बसेका तर थातथलोको माया र संस्कृति बोकेका यहुदीहरूलाई भन्न प्रयोग गरिएको हो ।सुरुमा एकवचनका रूपमा  प्रचलित डायस्पोराशब्द कालान्तरमा चार चरणमा विभाजन गरी अध्ययन गर्न सकिने भयो । बाइबलमा वर्णित इग्जोडसले यहूदीहरूको आमनिष्कासनलाई जनाउ“छ र त्यसपछि मात्र अफ्रिकी, आर्मेनियाली र आइरिस डायस्पोराको अध्ययन हुन्छ, जसलाई प्रथम चरणअन्तर्गत लिने गरिन्छ । यस चरणलेडायस्पोराको  हजारौ वर्षको समयावधि समेट्दछ, त्यसैले यसको आदिमता पुरानो छ । सन्१९८० देखि यताको कालखण्डलाई दोस्रो चरण मानिन्छ, जसमा डायस्पोराको अर्थविस्तार भएर देश निष्कासित, निर्वासित, राजनीतिक शरणार्थी, विदेशी नागरिक, बसाइँसरुवा, जातीय अल्पसङख्यक आदि सबै किसिमका समुदायडायस्पोराभित्र परिभाषित हुन थाले। पहिलो चरणमा देशबाहिर बसोबास गर्ने यस्ता व्यक्तिहरूधेरैजसो छरिएर रहेका हुन्थे भने दोश्रो चरणमा ती बढी सङ्गठित हु“दैगए। सन्१९९० पछि डायस्पोराको  तेस्रो चरण प्रारम्भ भएको मानिन्छ, यस चरणमा डायस्पोराका विषयमा अध्ययन अनुसन्धान गर्नेहरूको सङ्ख्या बढेको पाइन्छ । त्यसपछि मात्र डायस्पोरा, डायस्पोरिक, डायस्पोराज जस्ता शब्द विस्तार भए र विश्वविद्यालय एवं अध्ययन संस्थानहरूमा डायस्पोरा स्टडिज भन्ने अध्ययन र अनुसन्धानको बेग्लै शाखा स्थापित र विकसित भएको हो । अहिले उत्तरआधुनिक दृष्टिले विश्लेषण गर्दै डायस्पोरालाई अवलोकन गर्ने नयाँनया“ सिद्धान्त आएका छन्, जसले यसका पुराना परिभाषा र मान्यतामा परिवर्तन देखिएको छ । थातथलो र परदेश (होमल्यान्ड र होस्टल्यान्ड) बीचको त्यो अनिवार्य विभाजनमा खुकुलोपनको बोध हुन्छ । मानिसको परिचय भनेको सधैं तरल, बदलिरहने, अनेक स्वरूपको र अस्थिर तŒव हो । एउटा नेपाली नागरिक नेपाली हुनुका साथै बेलायती र अमेरिकी पनि हुनसक्छ, अतः एकपक्षीय परिचय, परिचयको स्थिर स्वरूप आदिद्वारा उसलाई सीमित तुल्याउन मिल्दैन किनकि परिचय बारम्बार बदलिरहने तŒव हो ।ईशााको नया“ सहस्राब्दीको थालनीपछिको समयलाई अर्थात् अहिलेको कालखण्डलाई डायस्पोरा अध्ययनको चौथो चरण मानिन्छ , जसलाई स्थिरत्वको समय पनि भनिन्छ ।
२.  डायस्पोराको प्रारम्भिक र वर्तमान अर्थ एवं नेपाली समानार्थी शब्द
डायस्पोरा शब्द ग्रिसेली भाषाबाट आएको हो । ग्रिसेलीबाट आएको डायस्पोरा ९मष्बकउयचब० शब्दलाई हिब्रुमा नबगित ड्ढनिर्वासन) भनिन्छ । डायस्पोराको खास वा मूल अर्थ यहुदी समुदायले प्यालेस्टाइनबाहिर निर्वासित जीवन बिताउनु भन्ने हुन्छ । यसका लागि निर्वासन ९नबगित÷भहष्भि० शब्दभन्दा राम्रो शब्द विकीर्ण अर्थ बुझाउने तभागतशयत (तभागतशयत ९मष्कउभचकष्यल० लाई मानिन्छ । यस शब्दले बलपूर्वक ननिकालिई आफै संसारभर पैmलिनु भन्ने अर्थबोध गराउँछ । ऐतिहासिक बेबिलोनियाली निर्वासन (५८६ ईश्वीपूर्वतिर) पछि यहुदी समुदायका लगभग सबै व्यक्तिहरू निर्वासित भई प्यालेस्टाइन (वर्तमान इजरायल) भन्दा बाहिर छरिन पुगे । यहुदीहरूको यो निर्वासन भौतिक मात्र नभएर धार्मिक, दार्शनिक, राजनैतिक र युगान्तकारी पनि थियो । त्यसैले उनीहरू इजरायल भूमिसँग आÇनो सम्बन्ध गाढा रहेको ठानी यस निर्वासनलाई ईश्वरेच्छा मान्न थाले । बेबिलोनियालीहरूले जुडाह नामक अधिराज्यमा विजय प्राप्त गरेपछि यहुदीहरूलाई ठूलो सङ्ख्यामा दास बनाई अन्यत्र निर्वासित तुल्याएको थियो । पर्सियाली विजेता साइरस महान ९ऋथचगक तजभ न्चभबत० ले बेबिलोन विजय गरेपछि ईश्वीपूर्व ५३८ मा यहुदीहरूलाई आÇनो मातृभूमि फर्कने अनुमति दिए तापनि यहुदीहरूको केही अंश स्वतःस्पूmर्त रूपमा विभिन्न दिशातिर छरिएर बाहिरियो ।
वर्तमान सन्दर्भमा डायस्पोरा शब्द प्रारम्भिक वा पुरानो अर्थमा मात्र सङ्कुचित नभई यसको अर्थविस्तार भएको छ । हाल यसले विकीर्ण हुनु, फिँजिनु  तथा छरिनु वा तितरबितर हुनु भन्ने अर्थ दिन्छ । यस सन्दर्भमा डायस्पोरा भनेको कुनै खास राष्ट्र वा संस्कृतिका मानिसहरू अन्य राष्ट्र वा संस्कृतिमा फिँजिएर, पैmलिएर वा छरिएर रहनु भन्ने हुन्छ । यस सन्दर्भबाट हेर्दा प्रत्येक राष्ट्रको आÇनो डायस्पोरा हुन्छ र त्यो डायस्पोरा आÇनो मातृभूमिभन्दा टाढाटाढाको मुलुकमा छरिएर रहेको हुन्छ । यसर्थ आÇनो मातृभूमिबाट छरिएर टाढाटाढा बस्न पुगेका जुनसुकै समुदाय पनि डायस्पोरा हुने हुँदा यहुदीहरूको मात्र नभएर जुनसुकै राष्ट्रियताको पनि डायस्पोरा हुन्छ । यस दृष्टिबाट हेर्दा नेपालबाट निर्वासित भई अन्यत्र मुलुकमा लामो समयदेखि छरिएर रहेकाहरू नेपाली डायस्पोरा हुन् । यसप्रकार विभिन्न राष्ट्र र जातिका अनेक डायस्पोरा बन्ने क्रम वर्तमान विश्वको विशेषता नै बन्न पुगेको छ ।
डायस्पोरारडायस्पोरिक शब्दको नेपाली समानार्थी शब्द खोज्नु त्यति सजिलो छैन तापनि मोटामोटीमा यसलाई विकीर्णन, विस्थापन, निर्वासन, प्रवासरआप्रवास भन्ने शब्दबाट अथ्र्याउन सकिने स्थिति रहेको छ । यिनमा पनि आप्रवासरआप्रवासी शब्द बढी उपयुक्त देखिन्छ । वर्तमान सन्दर्भमा यसको अर्थबोध गराउन गैरआवासीय शब्दको पनि प्रयोग गर्न सकिने स्थिति देखापर्न थालिसकेको छ ।
३.  डायस्पोराको प्रभाव 
डायस्पोराको प्रभाव खासगरी भाषा, संस्कृति र वंशाणुक्रममा पर्ने गर्दछ । कुनै पनि राष्ट्रको राज्यव्यवस्था सञ्चालनमा आधिकारिक भाषाका रूपमा काम गर्ने राष्ट्रिय भाषा हुन्छ, जसले  डायस्पोरिक समुदायको मौलिक भाषालाई प्रत्यक्ष प्रभाव पार्दछ साथै सम्पर्क भाषाका कारणले पनि उक्त प्रभाव पर्दछ । त्यस्तै त्यहा“को भौगोलिकता, भौतिक संरचना, समाजिक संरचना, भौतिक सामाग्री, खानपिन, पहिरन, आभूषणहरूमा प्रयुक्त हुने राष्ट्रिय एवं स्थानीय भाषाका कारण डायस्पोरिक समुदायको मौलिक भाषा प्रभावित हुनुका साथै परोक्षरूपमा अतिक्रमित समेत हुन पुग्छ । अधिकांश नेपाली डायस्पोराको सम्पर्कको भाषा अङ्ग्रेजी भएकाले नेपाली डायस्पोरिक साहित्यमा २० देखि ३० प्रतिशतसम्मअङ्ग्रेजी शब्दको प्रयोग भएको देख्न सकिन्छ । यसरी नेपाली भाषामा अत्याधिक अङ्ग्रेजी शव्दको सम्मिश्रणले डायस्पोरिक नेपाली साहित्यको भाषा नेपाङ्ग्रेजी बन्न पुगेको छ । जो शुद्ध नेपाली भाषाको व्याकरणीय नियमको र अनुशासनको विरुद्धमा छ तापनि यसले नेपाली डायस्पोरिक साहित्यको भाषामा नया“ र नौलोपन प्रदान गर्दछ । डायस्पोराले भाषामा मात्र होइन संस्कृतिमा समेत प्रभावित तुल्याउँछ । मानिसको भौतिक शरीर त सबैमा समान हुन्छ, तर ऊ संस्कृतिमा अरुभन्दा भिन्न र मौलिक हुन्छ । साँच्चै भन्ने हो भने मानिसबाट उसको संस्कृति छुट्यायो भने ऊ मानिसकै रूपमा रहन सक्दैन । डायस्पोरिक अल्सङ्ख्यक समुदायको संस्कृति स्थानीय बहुसङ्ख्यक समुदायको चपेटामा पर्ने गर्दछ,किनकि डायस्पोरिक समुदायले त्यस पराई भूमिमा आफु स्थापित हुनुपर्ने र आजीविकाका निमित्त गरिखानु पर्नेबाध्यताहुन्छ ।सचेत डायस्पोरिक समुदाय छ भने त जसोतसो आÇनोपनलाई जोगाउने प्रयास गरेको पनि पाइन्छ तर असचेतले त्यहींको संस्कृति अपनाउने क्रममा उसको आÇनो संस्कृतिमा पातलोपन आउने  र पराइपन बाक्लिंदै जाने हुन्छ ।दुई किसिमको संस्कृतिको सम्मिश्रणले त्यहा“ सांस्कृतिक रासायनिकता उत्पन्न हुन्छ र तेस्रो ठिमाहा (हाइब्रिड) संस्कृतिको जन्म हुन पुग्छ ।डायस्पोराले प्रभाव पार्ने अर्को विषय हो – वंशाणुक्रम । प्रकृतिमा अन्य प्राणी झै मानिस पनि आफूसँगै आÇना वंश परम्परालाई निरन्तरता दिने प्राणी हो । त्यसका निम्ति उसले प्रेम, वैवाहिक सम्बन्ध आदिबाट परिवारको स्थापना गर्न आÇनो संस्कारगत विधि, कर्मकाण्ड र नियमको पालना गर्नुपर्ने हुन्छ । तर डायस्पोरामा अल्पसङ्ख्यकरूपमा रहने डायस्पोरिक समुदायले यी नियमहरू पालन गर्न सक्दैनन् र तिनले आÇनै जातजातीसँग मात्रै प्रेम, वैवाहिक सम्बन्ध आदि गर्छन् नै भन्न सकिन्न र सम्भव पनि हु“दैन । परिणामतः उसको पारिवारिक जीवनको तन्तु पनि त्यहा“का स्थानीय बहुसङ्ख्यक समुदायमा सर्दैसर्दै जान्छ र वंशाणुक्रम पनि अतिक्रमित बन्न पुग्दछ ।
४.  डायस्पोरिक नेपाली भाषा र साहित्यको स्थिति
डायस्पोरिक समुदायका माझमा रहेका कतिपय विषमता र चुनौती हुँदाहुँदै सचेत र सजगडायस्पोरिक समुदायले ती विषमता र चुनौतीलाई अवसरको रूपमा परिवर्तित तुल्याएको पाइन्छ । साहित्यको सन्दर्भमा विदेशमा बस्दा आÇनो समाज, संस्कृति र देशको माया तथा विदेशमा पहिचान र पीडानुभूतिले जन्माएका साहित्यिक रचनालाई डायस्पोरा साहित्य भनिन्छ । नेपालमा पनि डायस्पोरा साहित्यको खोजी, विकास, छलफल र बहस हुन थालेको छ ।भारतीय नेपाली डायस्पोराले ती चुनौतीहरूलाई पन्छाउँदै आÇनो भाषा, साहित्य र संस्कृतिको विकास र विस्तारका क्रममा नेपाली भाषालाई महŒवपूर्ण योगदान पु¥याएको छ । भारतीय नेपाली भाषा र साहित्य भारतको उत्तर बङ्काल, सिक्किम, असम, मेघालय, मणिपुर, नागाल्याण्ड, मिजोरम, उत्तर प्रदेश, उत्तराञ्चल, हिमाचल प्रदेशसम्म फैलिएको छ । सन् १९६१मा नेपाली भाषाले पश्चिमबङ्काल राज्यको दार्जिलिङ जिल्लाको सरकारी भाषाका रूपमा मान्यता प्राप्त ग¥यो । सन् १९७४मा सिक्किम राज्यले नेपाली भाषालाई राज्यभाषाको मान्यता प्रदान ग¥यो । भारतमा लामो सङ्घर्षपछि २० अगष्ट १९९२ मा नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूचिमा समाविष्ट हुने अवसर पायो । भारतबाहेक यसका छिमेकी मुलुकहरू  भुटान र म्यान्मार (बर्मा) सम्म पनि नेपाली भाषा र साहित्यको विस्तार भएको पाइन्छ । भारतबाहिरकै चर्चा गर्दा नेपाली भाषालाई मान्यता दिलाउन बेलायतमा आन्दोलन आरम्भ भइसकेको छ । यो हङकङ, अमेरिका र रुस हँुदै संसारभरि विस्तार हुने अवस्थामा छ । डायस्पोरिक नेपाली भाषा र साहित्यलाई संसारभरि विस्तार गर्न साइबर जगत्लेपनि सजिलो तुल्याएको छ । अहिले साइबर जगत्माविभिन्न वेभ पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा भाषिक र साहित्यिक सिर्जनशीलता मुखरित भएको पाइन्छ । त्यसैले नेपाली भाषा, साहित्य र कलाले संसारभरि विस्तार हुनेअनुकूलता प्राप्त गरेको छ । अतः नया“ नेपाली डायस्पोराले आÇनो भाषा र साहित्यलाई विश्वभरि विस्तार गर्दै लगेको अनुमान गर्न सकिन्छ । वर्तमान समयमा डायस्पोरालाई समाजशास्त्री, इतिहासकार, भाषावैज्ञानिक, भूगोलविद् र विशेष गरी साहित्यकारले अध्ययन गर्दछन् । डायस्पोरा समुदाय सबै विषयको अध्ययनको सामाग्री र केन्द्र भएको छ ।
५.  उपसंहार
डायस्पोरालाई ‘आÇनो थातथलोबाट मान्छेहरू टाढाटाढा छरिनु भनेर परिभाषित गरिन्छ । यस शब्दावलीले आÇनो परम्परागत थातथलो छाड्न बाध्य भएर पनि सांस्कृतिक रूपले विकासतिर हिंडिरहेका अल्पसङ्ख्यकहरूको जनसमुदायलाई सङ्केत गर्दछ । नेपालीहरू रोजगारी, अध्ययन र विशिष्ट जीवनपद्धतिका लागि बिदेसिने र त्यतै बस्ने प्रचलन विगत पचास वर्षभन्दा बढी समयदेखि रहे पनि महिला श्रमिकलाई विदेश जाने स्वीकृति भने २०४६ सालको जनआन्दोलनपछि सजिलै मिल्न थालेको हो । यसै सन्दर्भमा २०५२ सालदेखि नेपालमा सञ्चालित माओवादी सशस्त्र विद्रोह र त्यसयताको बन्द, हडताल, राजनैतिक अस्थिरता आदिका कारण नेपालीहरूमा सन्तानको अध्ययन एवं सुरक्षालाई महŒव दिने र विदेश पलायन हुने मोह झन् बढ्न थालेको देखिन्छ । सात समुद्रपारि गए पनि बहुसांस्कृतिक सन्दर्भमा पारिवारिक एवं आत्मसन्तुष्टिका लागि नेपाली भाषा र संस्कृतिलाई जीवित राख्ने, विकसित गर्ने तथा फैलाउने काममा नेपाली समुदाय सक्रिय देखिएको छ । विदेशी भूमिमा रगत र पसिना चुहाएर आर्थिक स्थायित्व कायम गर्दा समेत सांस्कृतिक निरन्तरताको कडीस्वरूप नेपाली साहित्य सिर्जना गर्ने, नेपालस“ग नाता जोड्ने र त्यसलाई साङ्गठनिक परिचर्चामार्फत विस्तार गर्ने कार्य भइरहेको छ । नेपालीहरू छरिएर रहेका युरोप, अमेरिका र एसियाका अधिकांश देशहरूमा नेपालीहरूले यसतर्फ विविध क्रियाकलाप गरिरहेका छन् ।
६.  सन्दर्भसूची
१. एटम, नेत्र, नेपाली डायस्पोरा र अन्य समालोचना (२०६७), काठमाडौ“ ः एकता बुक्स, थापाथली ।
२. कन्दङ्वा, प्रदीप (लिम्बु), नेपाली साहित्यमा डायस्पोरा कार्यपत्रको टिप्पणी – अनलाइन नेपाली लिटरेचर
३. बजगाईं, कृष्ण,(सम्पा.), रोविन ग्लोबल डायस्पोराज रुटलेज इण्डिया, २००८, स्रष्टा र डिजिटल वार्ता (२०६७), अमेरिका ः अनेसास ।
४. भट्टराई, गोविन्दराज, उत्तरआधुनिक ऐना,काठमाण्डौ ः रत्नपुस्तक भण्डार(२०६२)
५. भट्टराई, गोविन्दराज,उत्तरआधुनिक विमर्श,काठमाण्डौ ः मोडर्न बुक्स (२०६४)
Powered by Blogger.