गृहस्थी धर्म
उपप्रा. दामोदर गौतम
पिण्डेश्वर क्याम्पस, धरान
आश्रम चार किसिमका हुन्छन् । तिनलाई क्रमशः ब्रéचर्याश्रम, गृहस्थाश्रम, वानप्र्र्र्र्रस्थाश्रम र सन्यासाश्रम भनिन्छ । मानिसको आयु पनि युग(अनुसार भिन्नभिन्न हुने बताइएको छ । मानिसको आयु सत्ययुगमा ४०० वर्ष, त्रेतायुगमा ३०० वर्ष, द्वापरयुगमा २०० वर्ष र कलियुगमा १०० वर्ष हुन्छ भन्ने प्रमाण भेटिन्छ । अहिले प्रचलनमा कलियुग छ । त्यसैले वर्तमान युगका लागि निर्धारित यही १०० वर्षको आयुलाई आधार मानेर चारवटै आश्रमका लागि समय विभाजन गर्नु पर्ने हुन्छ । यसरी विभाजन गर्दा प्रत्येक आश्रमका लागि २५ वर्ष समय पर्न आउँछ । अतः मानिसको जीवनमा सामान्यतया २५ वर्षसम्मको अवधि ब्रéचर्याश्रमका निमित्त निर्धारित हुन्छ र त्यसै गरी गृहस्थाश्रमका लागि ५० वर्षसम्मको अवधि, वानप्रस्थाश्रमका लागि ७५ वर्षसम्मको अवधि र सन्याश्रमका लागि जीवनको अन्त्यसम्म अर्थात् १०० वर्षसम्मको अवधि निर्धारित हुन आउँछ । यस विभाजनमा ब्रéचर्याश्रम र गृहस्थाश्रमका निमित्त तोकिएको समयसीमा थोरै हुने देखिन्छ किनभने ब्रéचारीले विद्याध्ययन गर्ने समय हो । विद्याभ्यासका लागि २५ वर्षको समय थोरै हो, किनकि ज्ञानार्जन त निरन्तरको प्रक्रिया हो । यस प्रक्रियालाई समयको कुनै बन्देजभित्र नराख्दा नै उपयुक्त हुन्छ । वेद ४ वटा छन्, तीमध्ये एउटा वेदको अध्ययन गर्नमात्र मेधावी विद्यार्थीलाई कम्तीमा ५ वर्षको समय लाग्दछ, सामान्य छात्रछात्राले १२ वर्षमा मात्र उक्त कार्य सम्पन्न गर्न सक्दछ । यस गणनाबमोजिम पनि ३ वटा वेदको अध्ययन गर्न ३६ वर्ष र ४ वटै वेदको अध्ययन गर्न ४८ वर्षको समय
लाग्दछ । मनुस्मृति र याज्ञवल्क्यस्मृति मा बताइएको प्र्र्र्र्र्र्रसङ्कमा स्पष्टतः वेदको अध्ययन पूर्ण नहुञ्जेल ब्रéचर्याश्रममा रहन निर्देश गरिएको छ । यसरी मेधावी ब्रéचारीलाई १५ प्रतिवेद वा पढाइ नसकिउञ्जेल अथवा प्रतिवेद १२ वर्षका दरले छुट्याइएको छ । त्यसैले जो अध्ययन पूर्ण गर्न चाहन्छ त्यसलाई २५ वर्षको समयले पुग्दैन । त्यस अवस्थामा वेदाध्ययन वा अन्य शास्त्राध्ययनमा प्रवीण नभई गुरुको अनुमति लिएर गृहस्थाश्रममा जानु भनिएको छ ।
ब्रéचारीले विवाह गरेपछि गृहस्थाश्रम धर्म प्र्र्रारम्भ हुन्छ । घरमा बसेर गृहस्थी भई आÇनो कुल(परम्पराबमोजिम घरव्यवहार गरी सन्तान उत्पादन गर्नेदेखि तिनको पालनपोषण गर्नुका अतिरिक्त आफूसँग आश्रित बाल(बृद्ध(रोगीजनको सेवासुश्रुषा गरी पालनपोषण गरी यथा समयमा शक्तिअनुसारको दानादि र धार्मिककृत्य सम्पादन गरी धर्मार्थकाममोक्षादि चतुर्वर्ग पुरुषार्थमा लागी पर्नु गृहस्थीजनको मुख्य कर्तव्य हो ।
चारवटै आश्रममध्ये सबैभन्दा उत्तम आश्रम गृहस्थाश्रम नै हो । गृहस्थीहरूले केवल आफूमात्र वा आÇनै बालबच्चालाई मात्र भरणपोषण गर्दैनन्, ब्रéचारी, वानप्र्रस्थी र सन्यासी पनि कुनै न कुनै ढंगले गृहस्थाश्रमको आश्रय र संसर्गमा रहने गर्दछन् । त्यसैले गृहस्थाश्रम अन्य तीनवटा आश्रमभन्दा ठूलो मानिएको हो । जसरी सबै जन्तुहरू वायुमा आश्रित रहन्छन् त्यसरी नै अन्य आश्रमवासीहरू गृहस्थीको आश्रयमा रहन्छन् । गृहस्थीले अन्न उब्जाएर, त्यस अन्नलाई दान गरेर वा वितरण गरेर होस् वा युगानुकूल बिक्रीवितरण गरेर गृहस्थी कृषकको परिश्रमले उब्जिएको अन्नले नै स्वयं गृहस्थी र अन्य आश्रमवासीहरू पालिएका हुन्छन् । बास्तबमा यिनै तथ्यले गृहस्थाश्रम सर्वश्रेष्ठ हुन गएको हो ।
गृहस्थीहरू ब्रéमुहूर्तमा उठेर सद्विचार, सत्यचिन्तन र आफूले आज गर्ने कार्यहरू र गरेका कार्यको मूल्याङ्गन र चिन्तन गरी राम्रा कार्यको विस्तार गर्ने र नराम्रा कार्यको त्याग गर्दै जाने एवं धर्म, अर्थ र काम यी त्रिगुणको यथाशक्ति समुचित तरिका अपनाई सदुपयोग गर्ने सुझाव याज्ञवल्क्यस्मृतिले प्रदान गरेको छ । प्रातःकालमा ब्रéमुहूर्तमा उठी शौैच र स्नानादिबाट निवृत्त भई प्रत्येक दिन सन्ध्यावन्दन र इष्टदेवताको स्मरण समेत गरी नित्य सूर्यको उपासना एवं यथाशक्ति अग्निसेवा र विभिन्न शास्त्रचिन्तन एवं देवता र पितृको नित्य पूजा(आराधना गर्नु पर्दछ । आफूले जानेर वा नजानीकन अथवा पाप गरौं नै भन्ने मनसाय हुँदाहुँदै पनि गृहस्थीहरू पाँच किसिमका दोषले ग्रसित हुन
सक्छ । ती पाँच वटा दोषहरू चुलो, जाँतो, कुचो, मुस्ली तथा ओखल र गग्रेटो ड्ढ पानीको घडा राख्ने स्थान) बाट उत्पन्न हुन्छन् । माथि उल्लेखित सामाग्रीको प्रयोगबाट हिंसाको सम्भावना रहन्छ । त्यसैले ती वस्तुबाट अन्जानमा आइपर्ने दोषबाट उन्मुक्त हुन नित्यशः पञ्चयज्ञ सम्पादन गर्न निर्देश भएको छ । यस्तो यज्ञको प्रभावबाट गृहस्थीहरूले एकातिर अन्जानमा गरेका दोषबाट छुटकारा प्राप्त गर्न सक्दछ भने अर्कातिर उसले दिनहुँ सत्कर्ममा लाग्ने प्रेरणा पनि प्राप्त गर्दछ । ती पञ्चयज्ञमा बलि, स्वधा, होम, स्वाध्याय र अतिथिको सेवा पर्दछन् । बलिकर्म भन्नाले प्राणिलाई अन्नादि आहारा प्रदान गर्नु हो । यहाँ बलिको अर्थ काटमार गर्ने काम होइन । स्वधा शब्दद्वारा पितृयज्ञ र पिण्डतर्पणादि कर्मको द्योतन हुन्छ । देवतालाई उद्दिष्ट बनाई गरिने हवनादि कार्यलाई होम भनिन्छ । वेद, पुराणादि धर्मशास्त्रादि दैनिक नियमित रूपले अध्ययन गर्नु स्वाध्याय हो । अतिथिको सेवा गर्नु, भिक्षुलाई ससम्मान भिक्षा दिनु वा भिक्षुलाई अर्पण गरेर मात्रै आफूले खानु अतिथि सत्क्रिया हो ।
गृहस्थीले खाना पकाउँदा केवल आÇना लागिमात्र पकाउने होइन । कोही अतिथि, सेवक र आशामुखीहरूले पनि आशा गरेर बसेका हुन्छन् अथवा प्राणीलाई पनि दिने हिसाबले पकाउनु पर्दछ । भोजन तयार पारेर बालक बृद्ध अतिथिसेवक र आशामुखीहरूलाई लाई खुवाएर मात्रै अन्त्यमा पनि पतिपत्नीले भोजन गर्नुपर्दछ । घरमा पति पत्नी र अन्य घरका सदस्यहरू सन्तुट रहनाले सुखी जीवन बित्नुका साथै त्यस कुलको नै कल्याण हुन्छ ।
घरमा नारी प्रसन्न रहनाले कुल नै प्रसन्न रहन्छ । त्यसैले गृहस्थीहरूले नारीलाई प्रसन्न गराउने मुख्य कर्तव्य रहन्छ । गृहस्थी भन्नु नै नारीसँग सम्बन्धित रहन आउँछ । नारीविनाको गृहस्थी हुँदैन । गृहिणी भनेको नै गृह हो । नारीविनाको घर हुँदैन । नारी नैै घर हुन् । त्यसैले नारीलाई सदैव प्रसन्न राख्नुपर्दछ । नारी प्रसन्न नभएमा घरका सम्पूर्ण सदस्य नै अप्रसन्न, निराश र असन्तुष्ट रहने गर्दछन् । गृहस्थीहरूले नित्य श्राद्ध गर्नु अनिवार्य छ । श्राद्ध गर्नाले पितृ प्रसन्न भई पितृको आशीर्वादले भावी कुल सन्तति सप्रन्छन् र सन्मार्गमा लाग्दछन् साथै आयु, पुत्र, यश, स्वर्ग, कीर्ति, पशुधनादिको बृद्धि हुन्छ । नित्य देवपूजा, पितृपूजा, स्वाध्याय गर्नु आत्मोन्नतिको बाटो हो । यसले मानिसलाई धार्मिक र सत्कर्मी हुन पे्र्ररित गराउँछ । कुकर्मबाट टाढा राख्दछ । कुकर्म नगरे अन्याय, अत्याचार र व्यभिचार हुँदैन र सबैमा भाइचारा सम्बन्ध कायम हुन्छ । मनु र याज्ञवल्क्यले वर्णन गरेअनुसारको कामको वर्णव्यवस्था गरी काम विभाजन भएको छ । सोही अनुरूप चल्ने हो भने जातीय पेसा छुट्टिने थियो । आआÇनो पेसामा गौरव बढ्नुका साथै पेसामा सुनिश्चित अधिकार पनि हुने थियो । आÇनो जातीय पेसामा नै विश्वास राखी अन्य पेसामा अधिकार खोज्ने थिएनन् । याज्ञवल्क्यका अनुसार जातीय पेसाअन्तर्गत ब्राéणको यज्ञ गर्ने, गराउने, दान लिनेदिने, अध्ययन गर्ने र अध्यापन गराउने गरी छ किसिमका हुन्छन् । यस व्यवस्था(अनुसार सम्पूर्ण गुरुवर्ग वा शिक्षकको जिम्मा ब्राéण जातिलाई दिइएको छ । क्षत्रीलाई अध्ययन गर्ने, यज्ञ गर्ने, दान दिने र राज्य सञ्चालन गर्ने, सुरक्षा गर्ने, सेनाप्र्र्रहरी हुने सबै क्षत्री जातीलाई दिइएको छ । वैश्य जातिलाई अध्ययन गर्ने, यज्ञ गर्ने, दान दिने आदि कर्म तोकिएका छन् । यी तीनवटा कर्म द्विजातिका साझा कर्म हुन् । वैश्यको मुख्य कर्म व्यापार व्यवसाय वाणिज्य कृषिकर्म पशुपालन र ब्याज असुली गर्ने हो । यज्ञोपवित संस्कार अर्थात् ब्रतबन्ध नगर्ने जातिलाई शुद्र जाति भनिएको छ । शुद्र जातिको जातीय पेसा कलाकारिता हो । सिकर्मी, डकर्मी र हस्तकला, वास्तुकला जति पनि छन् ती सबै कलाहरू शुद्र जातिको भनिएको छ । वर्तमान समयमा कला र शिल्पको महŒव बढेको छ । कला र शिल्पप्रतिको जन(आकर्षण बढ्दो छ । हस्तकला, चित्रकला, मूर्तिकला, वास्तुकला आदिमा सबै यसैभित्र पर्दछन् । यसरी वर्ण, जातिअनुसारको पेसागत व्यवस्था मानी आआÇनो पेसा अपनाउने हो भने मानिस आÇनो पेसामा समर्पित हुने थिए र अर्काको पेसामा हस्तक्षेप गर्न जाने थिएनन् र आÇनो पेसाको लागि दक्ष बन्ने थिए । आआÇनो जातीय पेसा सुरक्षित र मर्यादित समेत हुने
थियो । पेसागत र परम्परित पेसामा पनि सुरक्षा र सम्मृद्धि हुने थियो, प्रतिस्पद्र्धात्मक भावको विकासले गुणस्तर पनि कायम हुने देखिन्थ्यो । वर्ण व्यवस्थाअनुसारको धर्म संस्कृति परम्परा स्वजातीय पेसा अपनाउँदै सबैका लागि सबैले मान्ने साझा धर्म यसप्रकार छ – हिंसा नगर्नु, सत्य बोल्नु, चोरी नगर्नु, पवित्र रहनु, इन्द्रिय वशमा राख्नु गरिब दुःखी असहायलाई दान दिनु संयम अपनाउनु प्राणी मात्रमा दया गर्नु क्षमाशील हुनु यी सबैको जाती वर्ण आश्रमका साझा धर्म हुन् । यी साधारण धर्म सबैका लागि र सबैले मान्ने धर्र्मको पालना गर्दै जीवनयापन गर्नु वेश हुने छ साथै खाद्यान्न धेरै सङ्ग्रह गरेर नराख्ने, आफूलाई चाहिने मात्र जीवनयापनको लागि सङ्ग्रह गर्ने, आफूले उब्जाएको अन्न एक वर्षसम्म आÇना परिवारलाई खान पुगेर बच्ने भए सो बचेको अन्न अन्य कम अन्न राख्नेभन्दा दैनिक जुटाएर खाने गृहस्थीलाई उत्तम मानिएको छ । यसरी गृहस्थीहरूले पनि धेरै सञ्चय नगरी आवश्यक पर्ने आÇनो परिवारको खर्च मात्रै सीमित मात्रामा राख्ने भनिएको छ ।
निष्कर्ष ः
धर्मशास्त्रमा उल्लेख भएअनुसारका नियम पालना गरी गृहस्थी जीवन बिताउने जीविकोपार्जनको व्यवस्था गर्ने पनि धर्मशास्त्रकै मान्यतानुसार वर्ण, जाति, व्यवस्था अनुसार चल्ने हो भने जागिरका लागि अनैतिक प्रतिस्पद्र्धा हुने थिएन । जातीय पेसा त्यही जातिले मात्रै गर्न पाउने थिए । अर्को जातिको हस्तक्षेप हुने थिएन । यस्तो भएमा मात्र रामराज्यको परिकल्पना पूर्ण हुने थियो कि? वर्तमान समयमा गृहस्थीहरूले धर्मशास्त्रको अध्ययन यथा समयमा नियम पालना गरी चलेमा सुखी जीवन बित्ने थियो । आधुनिकताको नाममा छाडा संस्कृतिलाई त्यागेर शास्त्रीय विधि(अनुसारको ऋषिमुनिहरूले देखाएको बाटोको अनुसरण गर्दै आधुनिकतालाई अँगाल्ने हो भने मानिसको जीवन सन्तोषका साथ सुखी जीवन बित्ने थियो ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्