Header Ads

सङ्ख्याका विषयमा पाणिनीय अवधारणा


 योगराज शर्मा
उपप्रध्यापक
जनता विद्यापीठ

    सङ्ख्या शब्द लोक प्रचलित एक प्रसिद्ध शब्द हो । सङ्ख्यायते यया सा यस्तो विग्रहमा सम् उपसर्गपूर्वक ख्या प्रकथने धातुबाट आतश्चोपसर्गे यस सूत्रले करण अर्थमा अङ् प्रत्यय हुन्छ त्यसपछि अनुबन्धलोप र स्त्रीत्वविवक्षामा टाप् प्रत्यायादि कार्य भएर सङ्ख्या शब्द बन्दछ । सङ्ख्या शब्दको अर्थ हुन्छ जसद्वारा गणना गरिन्छ । जसलाई गणना गरिन्छ वा गर्न सकिन्छ त्यसलाई सङ्ख्या भनिन्छ ।
सङ्ख्या एक पाणिनीय अन्वर्थ तथा महर्ती संज्ञा हो । सङ्ख्या शब्दको उल्लेख विभिन्न शास्त्रीय ग्रन्थहरूमा स्पष्ट रूपले भएको पाइन्छ । पाणिनीले अष्टाध्यायी ग्रन्थमा सङ्ख्यालाई पारिभाषिक संज्ञाको रूपमा प्रस्तुत गरेका छन् ।
सङ्ख्या सम्बन्धि प्रयोग विभिन्न ग्रन्थहरूमा यसरी प्रस्तुत भएको पाइन्छ ।
             एकइता सङ्ख्या ।
             असर्वशस्त्रिप्रभृतिस्वनेकश स् ।
                स्मरन्ति सङ्ख्या नियमेन शाकलम् ।।
             अष्टौं षस्टिश्च वृत्तानि ह्याश्रयन्त्यतिशक्वरिम् ।
                पञ्चषस्टिसहस्राणि सहस्रार्धश्च संख्यया ।।
                यसैगरी सङ्ख्या शब्दको प्रयोगका  लागि काशकृत्स्न व्याकरणमा चित् शब्द प्रयोग भएको पाइन्छ ।
             धातौ साधने दिशि पुरूषे चिति तदाख्यायाम् ।
संस्कृतका पाणिनि पूर्व तथा पाणिन्युत्तरकालीन सम्पूर्ण वैयाकरणहरूका व्याकरणका ग्रन्थहरूमा पनि सङ्ख्याशब्दको प्रयोग भएको देखिन्छ । चान्द्रव्याकरणमा  कति आदि शब्दहरूलाई सङ्ख्यातुल्य मानिएको छ । जैनेन्द्रव्याकरणमा र शाकटायन व्याकरणमा पनि सङ्ख्या संज्ञाको उल्लेख भएको छ ।
             कति स् सङ्ख्या
             घड्डति सङ्ख्या , बहुगुणं भेदे ।
सङ्ख्या शब्दको उल्लेख  विवेचन एवं प्रयोग प्राचीन ग्रन्थहरू प्रयोगरत्नमाला र हरिनामामृत आदिमा पनि गरिएको छ । यी दुवै ग्रन्थहरूले सङ्ख्यालाई संज्ञाको रूपमा स्वीकार गर्नुका साथै पारिभाषिक र अपारिभाषिक दुवै अर्थमा प्रयोग हुनसक्ने बताएका छन् । जसलाई यहाँ प्रस्तुत गर्नु उपर्युक्त नै हुने छ ।
             सङ्ख्या एकद्धिबह्व्र्थडतिवच्वन्तका मता स् ।
             सङ्ख्याया अतिशदन्ताया करामः।
सङ्ख्या लौंकिक अत्यन्त सरल एवं महत्वपूर्ण शब्द हो । माथिका प्रयोग एवं प्राचीन ग्रन्थहरूका प्रामाणिक अभिव्यक्तिले सङ्ख्याको स्वरूप निर्धारण एवं पहिचान तथा अर्थबोध  सहज रूपमा गर्न सकिन्छ । विविध वाङ्मयमा जसरी सङ्ख्यालाई उच्च महत्वका साथ प्रस्तुत गरिएको छ  त्यसै अनुरूप पाणिनीय व्याकरणशास्त्रमा पनि सङ्ख्या संज्ञा विधान अर्थ अवस्था महत्व एवं प्रसिद्धिलाई प्रस्तुत गरिएको छ । जसलाई वर्णन र विवेचना गर्नु नै यस लेखको प्रमुख उद्देश्य रहेको छ  सङ्ख्या संज्ञा विधानका लागि महर्षि पाािणनिले आप्mनो सुप्रसिद्ध ग्रन्थ अष्टाध्यायीमा स्पष्टरूपमा सूत्रको उल्ल्ेख गरेका छन् जो यस प्रकार छ ।
बहुगणवतुडति सङ्ख्या १२३
महर्षि पाणिनिले बहुशब्द, गणशब्द, वतु र डति प्रत्ययान्त शब्दहरूलाई सङ्ख्या संज्ञा दिएका छन् । सिद्धान्तकौमुदीको सुप्रसिद्ध व्याख्या टीकाबालमनोरमामा सङ्ख्याको बारेमा यस्तो उल्लेख रहेको देखिन्छ  जसद्धारा गणना गरिन्छ त्यसलाई नै सङ्ख्या
भनिन्छ । यसैका आधारमा यहाँ बहु र गणशब्द जो त्रित्वादिपरार्धसङ्ख्यापर्यन्त व्यापक र विशेष रहेका छन् ती सबैको ग्रहण गरिन्छ । अर्थात् गणना गरिने सम्पूर्ण सङ्ख्याको बोध हुन्छ ।
यसै सन्दर्भमा वतु र डति प्रत्यय मात्रको भाषामा प्रयोग असंभव एव अनर्थक हुने भएकोले नै प्रत्ययग्रहणे यस्मात् स विहितस्तदादेस्तदन्ततस्य ग्रहणम् यस परिभाषाको सहयोगले वतु र डति प्रत्ययान्त शब्दहरूलाई नै सङ्ख्या संज्ञा हुन्छ र सङ्ख्याले उपर्युक्त प्रत्ययान्त शब्दहरूलाई बोध गराउँदछ । यस विषयमा बालमनोरमामा यस्तो उल्लेख गरिएको छ ।
वतुडती प्रत्ययौ । संज्ञाविधावपि इह तदन्तग्रहणम् केवलयोः प्रयोगानर्हत्वात् ।।
यसकारण संज्ञाविधौ प्रत्ययग्रहणे तदन्तग्रहणं नास्ति यो परिभाषा यहाँ प्रवृत्त हँदैन भन्ने कुरा स्पष्ट रूपमा बुभ्mन सकिन्छ ।
सङ्ख्याको अर्थ हुन्छ सङ्ख्यायते अनया अर्थात् जसद्वारा गणना गरिन्छ । एक दुई तीन आदि शब्दले पनि गणना गर्न सकिन्छ त्यसकारण यिनलाई सङ्ख्या मानिन्छ ।
व्याकरणशास्त्रमा सङ्ख्या शब्दको ग्रहणले लोकमा सुप्रसिद्ध एकत्वादि (एकदेखि नीलसम्म) सङ्ख्या र पाणिनीय सूत्रद्वारा सङ्ख्या संज्ञा विहित बहु, गण, वतु र डति प्रत्ययान्त दुवैको ग्रहण एवं बोध गर्न सकिन्छ ।
     सङ्ख्याको ग्रहण र अर्थबोध एवं प्रयोगका सन्दर्भमा कृत्रिमाकृत्रिमयोः कृत्रिमे कार्यसम्प्रत्यययो भवति यो परिभाषाको उपस्थिति रहदैन किनभने सङ्ख्या शब्दले एकत्वादि र पारिभाषिक दुवैको ग्रहण हुने कुरा पाणिनीय सूत्र सङ्ख्याया स् अतिशदन्तायाः कन् भन्ने सूत्रले नै प्रमाणित गरिसकेको छ ।
यसै अनुसार बहुकृत्वः र पञ्चकृत्वः इत्यादि प्रयोग बन्दछन् । यसैगरी समास र पूरणप्रत्ययान्त शब्दहरू पनि सङ्ख्या शब्द भित्र पर्दछन् भन्ने प्रमाण अर्धपञ्चमशूर्पम् र अर्धपञ्चमकम् जस्ता उदाहरणबाट स्पष्ट हुन्छ । बालमनोरमा व्याख्यामा रहेको सङ्ख्या विषयक कथनलाई यस रूपमा प्रस्तुत गर्न सकिन्छ ।
बहुगणशब्दादिह त्रित्वादिपरार्धान्तसङ्ख्याव्यापकधर्मविशेषवाचिनौ गृह्येते, न तु वैपुल्यसंघवाचिनौ, सङ्ख्यायतेùनयेति अन्वर्थसंज्ञाविधानात् ।
  अतः विपुलता तथा संघवाचक शब्दहरू सङ्ख्या भित्र पर्दैनन् जसद्वारा गणना हुन्छ वा बहुगणशब्द अन्तर्गत त्रित्वादि परार्धसङ्ख्या सम्मका सबैलाई सङ्ख्या मानिन्छ ।
सङ्ख्या शब्द लोक व्यवहारमा अत्यधिक प्रयोग हुने शब्द हो । संसारका सम्पूर्ण भाषाहरूमा सङ्ख्याको प्रयोग अवश्यमेव हुने गर्दछ । अन्य भाषाका सङ्ख्या केवल लौकिक मात्र हुन सक्दछन् । तर संस्कृत भाषामा लौकिक र पारिभाषिक दुवैलाई लिइएको छ । यो नै पाणिनीय सङ्ख्याविषयक  विशिष्ट अवधारणा मानिन्छ ।
सङ्ख्यालाई पाणिनीय व्याकरणका सूत्रहरूले अपरिवर्तनीय रूपमा प्रमाणित गरेका छन् । जसको उदाहरण संस्कृत भाषाका ग्रन्थहरूमा स्पष्ट रूपमा देख्न सकिन्छ ।
प्रस्तुत लेखमा सङ्ख्याका विषयमा पाणिनीय अवधारणा सामान्य रूपमा प्रस्तुत गरिएको छ । यसलाई आगामी समयमा अझ विस्तृत रूपमा प्रस्तुत गरिनेछ । समग्र व्याकरणशास्त्रको साङ्कोपाङ्क अध्ययनले नै यस विषयमा पार हुन सकिने देखिन्छ । संस्कृत व्याकरण शास्त्रको अध्ययन र अध्यापनमा केही सहयोग पु¥याउनु नै यसको प्रमुख उद्देश्य रहेको छ ।
Powered by Blogger.