बाणभट्टको उज्जयिनी
टेकनाथ घिमिरे
उपप्राध्यापक
पिण्डेश्वर विद्यापीठ
१. कवि परिचय
संस्कृतसाहित्य विधामा नै आफ्नो जीवन समर्पण गर्ने सफल स्रष्टाहरूमध्ये महाकवि बाणभट्टको नाम सर्वोपरि रहेको मानिन्छ । उनी गद्य साहित्यविधाका अहिले सम्मकै अपराजेय प्रतिभा हुन् । उनले आफ्ना कृतिहरूमा पर्याप्त परिचय दिएकाले देश-काल-कृति विषयको परिचय बोध गर्न असजिलो पर्दैन । धन र विद्यामा प्रख्यात बाणभट्टका वंशज विन्ध्याचल प्रदेश अन्तर्गतको द्रोण नदीको किनारामा अवस्थित प्रीतिकूट नामक गाउँमा बस्दथे भनिएको छ भने ठाउँ अहिले पूर्ण ज्ञात नभए पनि विहार प्रदेशको पश्चिमी भूभाग हो भन्ने समालोचकहरूको भनाइ पाइन्छ । उनका पूर्वज संस्कृत भाषा र पूर्वीय दर्शनका धुरन्धर विज्ञ भएको बताइन्छ । त्यही पारिवारिक सुसंस्कारमा महाकवि बाणभट्टको पनि बाल्यावस्थादेखि कै गहिरो रुचि र अध्यन भएको बुझिन्छ । वैदिक सनातन धर्मका उपासक उच्च कुलमा जम्मिएका यिनका गुरु भत्सु बताइन्छ प्राचीन विद्या र कलाको केन्द्र थियो पुरातनी आर्य संस्कृत सभ्यता, संस्कार र आध्यात्मिक संस्कृत शिक्षा नै त्यस समयको जीवनोपयोगी र पारलौकिक शिक्षा मानिन्थ्यो । यस ठाउँमा अविरल पाठशाला चलिरहने हुँदा टाढा-टाढाबाट विद्यार्थीहरू आउने गर्दथे । यतिसम्म कि घरमा पालेर राखेका सुगा, मैनाहरूले पनि वेदका मन्त्रहरू सुनेर कण्ठ गरेका थिए, विद्यार्थीहरूको मन्त्रोच्चारण ठीक नभएका भएन भनेर भनिदिने गर्दथे, त्यसैले वटुहरूले सावधान भएर पढ्नु पर्दथ्यो भनिएको छ । यसले सातौ शताब्दीको आद्यात्मिक शिक्षाको महत्व प्रकाशित हुन्छ जस्तौ -
जगुर्गृहेभ्यास्तसमस्तवङ्मयैः सांसारिकैः पम्जरवर्तिभिः ëकै
नृगुघ्यमाण वतवः पदेपदे, यजूंषि सामानि चयस्य शंकिता ।। कादम्बरी -१२
हर्षचरित र विशिष्ट गद्यकाव्य कादम्बरीको मसिनु अध्ययनबाट महाकवि बाणभट्टको समग्र परिचय ज्ञान गर्न सकिन्छ ।
वात्स्यायन वेशमा सकलशास्त्रविशारद गुण गौरवताले युक्त र जितेन्द्रिय कुवेर गामका व्यक्ति भए, समस्त पैतृक गुणले सहित उनका कुलमा अर्थपति नामक पुत्ररत्नले उदय भयो, र अर्थपतिका छोराको रूपमा चित्रमाउ र चित्रमाउका छोरा बाणभट्ट भए भनी उनको वंश विस्तारको वर्णन भएको पाइन्छ । बाल्यावस्थादेखि नै अत्यन्त कुशाग्र बुद्धिका धनी बाणभट्ट कर्मशील स्वभावकै परिणामस्वरूप संस्कृत साहित्यको गद्यलेखकमा न भूतो न भविष्यति यो उक्तिलाई पूर्ण चरितार्थ गर्न सफल भए । सातौ शताब्दीमा यस पवित्र धरामण्डलको सद्वंशमा उदाएका बाणभट्टको गद्यलेखन कौशलता संस्कृत साहित्यका साधकहरूका पङ्क्तिमा अद्वितीय रहेको छ । यो अनन्त विश्व ब्रéाण्डको एकै छिनमा भ्रमण गरेर बेलुकी आÇनो डायरीमा लेखे झैँ आÇनो अत्यन्तै सूक्ष्म निरीक्षण शक्तिद्वारा एउटै काथा कादम्बरीमा समस्त भारतवर्षका अनगिन्ती स्थान, शास्त्रीय प्रकरण र प्रसङ्कको उठानले उनी एक प्रखर शास्त्रचिन्तक थिए भन्ने कुरा स्वतःसिद्ध हुन्छ ।
सर्वत्र काव्यमा चमत्कारीकला सजाएका महाकवि बाणभट्टलाई कतिपय प्रसिद्ध समालोचकहरूले बाणी वाणे बूभवः अर्थात साक्षात् सरस्वतीको पुरुषावतार मै बाणभट्ट छन् भनेका छन् । अर्काथरी समालोचकले यो दृश्यमाया चराचर संसार नै वाणको जुठो हो ( वाणोच्छिष्टं जगच्छर्वम् पनि भनेको पाइन्छ । यस भनाइबाट त्यस समयमा बाणभट्टको व्यक्तित्व र काव्यको महत्व व्यापक रूपमा थियो भन्ने कुरा प्रमाणित हुन्छ ।
२. कृतिपरिचय
अहिले सम्मको खोज अनुसन्धानका आधारमा गद्यमा लेखिएका बाणभट्टका २ वटा कृतिहरू हर्षचरित र कादम्बरी मात्र रहेका छन् । पद्यमा भने ड्ढचण्डीशतक, पार्वतीपरिणय, मुकुटताडित) जस्ता प्रबन्धकाव्य पनि भएको बुझिन्छ । पहिलो कृति हर्षचरितमा राजा हर्षको जीवन चरित्रको सुन्दर व्याख्यान र उनको व्यक्तिगत जीवनमा घटेका घटनाहरूको आलङ्गारिक शब्दशिल्पले सजाएर वर्णन गरिएको छ । पहिलो रचना भएर हुन सक्छ कादम्बरी जस्तो समस्त पाठक सह्दयको मन छुने अद्भूत चमत्कारी शिल्पकला यहाँ देखिँदैन । आठ उच्च श्वासमा विभाजित भएको यस काव्यमा त्यस समयका समकालीन प्रसिद्ध कविहरूको चर्चा गरिएको देखिन्छ ।
द्वितीय कृति कादम्बरी हो । जस्मा कविले परिस्कारयुक्त प्रतिभाको अनुपम कलाचित्र प्रस्तुत गरेका छन् । सकलशास्त्र पारङ्कत विद्वानहरूका लागि त जीवन संजीविनी विद्या जस्तै अनुपमेय आनन्द अस्वादको अमरत्व रससँग विशिष्ट काव्य विश्लेषण गर्न पारखी समालोचकहरूले यसरी तुलना गरेका छन् कि जसले कादम्बरी कथा बुझेर पढ्दछ भने उसलाई भोकै लाग्दैन कादम्बरी- रसज्ञानामाहारोपि न रोचते । कादम्बरीको उपजीव्यग्रन्थ गुणाढ्यको बृहत्कथा हो भनिएको छ । यो कथा एक लाखभन्दा बढी श्लोकमा भूतभाषामा रचिएको अतीतकथा प्रख्यात छ जसलाई भूतभाषामयी प्राहुरद्भूतार्थ वृहत्कथा यो उक्तिले राम्ररी पुष्टि गरेको छ । उपर्युक्त दुवै कृतिले समस्त आर्यावर्तको सातौं शताब्दीको राष्ट्रिय तथा सामाजिक व्यवस्थाको यथार्थ चित्र प्रस्तुत गरेको देखिन्छ । सर्वत्र व्यवस्थित, समृद्ध, भव्य, सव्य र आदर्श समाजको सर्वाङ्कीण सत्य चित्र हो कादम्बरी ।
३. समय
बाणभट्टको समय निर्धारण गर्न सजिलो छ । प्राचीन संस्कृत साहित्यका कतिपय आचार्यहरूले आफ्नो बारेमा नलेखेकै कारण परिचय दुर्बाध भएको हो । महाकवि बाणभट्ट कानपुरका राजा श्रीहर्षवर्धनका सभापण्डित थिए । श्रीहर्षको समय ६०६(६४७ मानिएको छ । अतः यिनको समय पनि छैटौं शताब्दीको उत्तरार्ध र सातौं शताब्दीको आरम्भ युक्तिसंगत देखिन्छ । श्रीहर्षको निधनपछि पनि बाणभट्ट जीवितै रहेको कुरा इतिहास हेर्दा पुष्टि भएको पाइन्छ ।
४. उज्जयिनी
महाकवि बाणभट्टको अमरकीर्ति विस्तार गर्ने एक मात्र लोकप्रसिद्ध कथाकाव्य हो कादम्बरी । सम्पूर्ण गद्यसाहित्यका विधाहरूमा परिष्कारको अनुपम पराकाष्ठा देख्न सकिन्छ यहाँ । त्रिकालदर्शी महर्षि जावालीले वैशम्पायन शुकसावकको पूर्वजन्मवृत्तान्त वर्णन गर्ने सन्दर्भमा समृद्धशाली उज्जयिनी नगरीको वर्णनबाट कथाको आरम्भ भएको छ । उज्जयिनीका राजा तारापीड अत्यन्तै प्रभावशाली र सुशासक थिए भनिएको छ, साथै रानी विलासवती र विद्वान् मन्त्री शुकनाशको वर्णन गरिएको छ ।
यो नगरी स्वर्ग, मत्र्य, पाताल तिनै लोकमा श्रेष्ठ मानिएको सत्ययुगको उत्पत्ति भूमि जस्तै सुन्दर समुद्रले घेरिएको अग्ला(अग्ला गगनचुम्ब्ी महलहरूले सुशोभित, हिमयुक्त कैलाशपर्वतझैँ ऊँचा(ऊँचा सेता(सेता पर्खालहरूले सजिएको, अलौकिक शोभा सम्पन्न भनिएको छ । यहाँका बजारहरूमा संसारका समस्त उपयोग्य पदार्थ ड्ढखाद्य) र हीराि, मोती रत्नादि आलङ्गारिक वस्तुको विचित्र सजावटले विलक्षणता साथै यहाँ प्रतिदिन हुने सङ्कीतको श्रवण र साक्षात् अवलोकन गर्न स्वर्गीय विमानमा देवताहरूको सपरिवार उपस्थितिको सुमनोहर वर्णन छ । उद्भूत कलाकारिताले सजिएका संग्रहालयले कतै शोभा छ त कतै अग्ला घरका छतमा बनाइएका सुन्दर देवमन्दिरका गजुरमा अविरल फर्फराएका ध्वजाहरूको मनमोहकता अवर्णनीय छ । स्वच्छ जलाशय, सरोवर, कुवा र अखण्डबगैँचामा देखिने यन्त्रिक जलसेचनले हरितशोभा सम्पन्न साथै सर्वत्र पुष्पसमृद्धिले सहित प्रत्येक फूलमा रसास्वादनमा गर्न बसेका भ्रमरसमुदायले गुञ्जायमान कालिकामय र सुवासित वायुसञ्चारले रमणीय बताइएको छ ।
यहाँ प्रत्येक दिन ब्रéमुहूर्तमा गुञ्जिएको वेदध्वनिले कसैको पनि अन्तस्करण कलुषित भावनाको अभाव भएको, जलसेचन यन्त्रबाट उच्छिट्टिएका जलकणमा सूर्यकिरणको संयोगले वर्षाको समयमा देखिने इन्द्रेणि अनगिन्ती देखिन्छन् । निकटमा अखण्ड मयूरीको नृत्य सबै ऋतुमा भैरहने उल्लेख छ । समुद्रको सामीप्यताले सधैँ समीतोष्ण मौसम रहनाले ऋतुज्ञान हुँदैन । मालव देशका सुन्दरीहरूको शारीरिक परिमिल प्रक्षालनले नजिकै समुद्रमा प्रवेश गर्ने सिप्रानदी सुवासित बताइएको छ ।
उज्जयिनीमा विशेषतः धनी, मानी, सुसभ्य, धार्मिक सकलकलाका ज्ञाता, रसिला, हँसिला, दाता, चतुर, वक्रोक्तिनिपुण शास्त्रज्ञाता, सबैप्रति सद्भाव राख्ने, सत्मार्गमा चल्ने, समाजको आदर्शलाई अक्षरसपालना गर्ने, मर्यादाबाट विचलित नभएका, वर्णशङ्गर रहित, कर्तव्यपरायण, प्रबुद्ध सुन्दर आकृति र सउशीलता जस्ता वंशानुगत गुणगरिमाले युक्त सुकेको सत्ययुगको जस्तो परिवार सन्नतिले सुुन्दर, अतिथि आपागतहरूमा स्नेह राख्ने अदर र सम्मानको भावना सर्वोपरी मान्ने, तदनुरूप आचरण गर्ने जस्ता विशिष्ट स्वभाव भएका सत् समाजको बसोबास र संरचनामा सदैव लागि पर्ने आनन्द्यरूप जीवन व्यतीत गरिरहेका विलासिजनहरूको उत्कृष्ट जीवन र दिनचर्याको मीठो वर्णन गरिएको छ ।
गद्यसाहित्यको अभूतपूर्व चमत्कारी भाषा, भाव, शब्द, अर्थ र सहजप्रतिका प्रसूत कल्पनाको असाधारणकृति प्रस्तुत कादम्बरीमा उज्जयिनी नगरकिो एक अलौकिक समृद्धि र गौरवाताको वर्णन भएको छ । मणिजडित प्रसाद, अवर्णनीय शिल्पकला, धार्मिक यज्ञको बहुलता, भूप्रकृतिको अनौठो चित्र, बहुलजातीको वासस्थान, सबैमा परमआत्मीयता अनेकौं बालक्रीडा गृहले युक्त उनले स्वर्गीय सम्पन्नतालाई सहजै जित्ने सबै पूर्वाधार भएको उज्जयिनी नगरी छ भनी कलात्मक वर्णन भएको छ ।
उन्नत गृह, अट्टालिका आदिमा मनोहर भेषभूषामा सजिएका सुन्दरीहरूको पुलकित संगीत शब्दमाधुरीले नजिकैबाट आकृष्ट भएको सूर्यको रथ उज्जयिनीमाथि आइपुग्दा मन्दगति हुने बताइएको छ । किनकि घोडा सारथी सङ्कीतको शब्द श्रवणले हिँड्ने बिर्सेर तल हेर्ने कविको चित्रण कल्पनाको अन्तिम सीमा मान्न सकिन्छ । सर्वत्र मणि र रत्न जडिन घर, भित्ता, आँगन र अन्य(भूभागमा सूर्य र चन्द्रमाको अभिनव किरण पर्दाको संसार कल्पनाको संसारभन्दा पनि माथि बताइएको छ । त्यस सहरका सुन्दरीहरूले लगाएको रत्नप्रभाले दिन(रातको ख्याल नहुनाले यहाँ चखेवाको रात्री वियोग हुँदैनथ्यो भनिएको छ । त्यस्तै चन्द्रमाको बिम्बसौन्दर्यलाई जित्ने यहाँका नगर....हरूको मुखकमल भएको बताइन्छ । जुन नगरीमा भगवान् सदाशिव प्रियप्रेयसी पार्वतीका साथ आफ् नो नित्य निवास कैलाश पर्वतलाई छाडेर नित्य महाकाल स्वरूपले रहनु हुन्छ वा शिवलाई कैलाशभन्दा पनि उज्जयिनी प्रिय भएको कविको काल्पनिक दावी वा अवधारणा रहेको बुझिन्छ ।
अतः कल्पना विशिष्ट कथानक, आलंकारिक पदविन्यास वर्णनीय विषयको व्यापकता, शास्त्रीय पाण्डित्य प्रदर्शनमा अद्वितीय, भाषा, भाव र शब्द विन्यासमा विलक्षणता, यस कथाकाव्यका विशिष्ट पहिचान छन् । गौडी र पाञ्चाली रीतिको मनोहर विन्यास दर्शनीय रहेको पाइन्छ । अतिशयोक्तिपूर्ण कथाविश्लेषण, उपमा, श्लेश, परिसंख्या, उत्प्रेक्षा, रूपक, विरोधाभास, समासोक्ति जस्ता प्रसिद्ध अलङ्गारको समुचित विन्यासले बढाएको गद्यकाव्यको गरिमालाई मनन गर्द गद्यं कवीनां विकषं वदन्ति अर्थात् कविको वास्तविक कवित्व तौलने तराजु नै गद्य हो, यो समालोचकको अर्को उक्ति चरितार्थ सव्य र सार्थक छ भन्न कसैले हिच्किचाउनु पर्दैन ।
अन्त्यमा, सातौं शताब्दीको सामाजिक व्यवस्थाको उत्कृष्ट समावेशी नमूना सद्भाव वर्णन भएको उज्जयिनी प्रान्त हाम्रो देश नेपाल जस्तै बहुल जातीवादी भाषाभाषी संस्कार र संस्कृति सभ्यता र पहिचानको गौरवता बोकेको वर्णन छ । आजको जातीय विखण्डन बीजारोपणको सूत्रात्मक सङ्गेत देखेका हामी सम्पूर्ण नागरिक, साहित्यानुरागी, राजनैतिक व्यक्तित्व र सबै वर्गका पाठकले यो कथाकाव्य एकपटक पढौं चिन्तन गरौं र त्यस्तै सद्भाव सिर्जनाले यो सुन्दर नेपालको गौरवतालाई सच्चा र स्वाभिमानको शिखरमा पु¥याउने प्रण गरौं, यसैमा जीवन सार्थक छ, सबैको कल्याण सम्भव छ । अस्तु ।
सन्दर्भग्रन्थ सूची
१. भट्ट, महाकवि बाण, कादम्बरी चौखम्बा सुरभारती प्रकाशन व्याख्याता शेषराजशर्मा रेग्मी, वाराणसी, २०३६ ।
२. उपाध्याय, वल्र्पव, संस्कृतसाहित्यका इतिहास, शारदा निकेतन स् वाराणसी, १९६६ ।
३. भट्टराई, घटराज, संस्कृतका अमर साहित्यकार, साझा प्रकाशन स् काठमााडौं, २०५५
प्रतिक्रिया व्यक्त गर्नुहोस्