वैयाकरण सिद्धान्त लघुमञ्जूषामा धात्त्वर्थ
पुरुषोत्तम खतिवडा
पिण्डेश्वर विद्यापीठ
धातोरर्थान्तरे वृत्तेः यो कारिकामा अविवक्षा
पदको अर्थ परिष्कृतरूपमा बताइएको छ, जुन रूपबाट अन्वयको विवक्षाद्वारा जसका साथ कर्म
संज्ञा हुन्छ, उसै रूपबाट अन्वयका विवक्षाको अभाव हुनु नै अविवक्षा हो ।
जस्तै ( कारिकायामविवक्षा नाम येन रूपेणान्वयविवक्षया यस्य कर्म संज्ञा तेन रूपेण
अन्वय विवक्षाऽभावः । यो
अकर्मकको संग्राहक हो । त्यो अविवक्षा कहीँ विशेष्याभावले प्रयोज्य अर्थात्
कर्मरूप विशेष्यका अभावद्वारा जस्तै ( नेह पच्यते यो ठाउँमा कर्मको अभाव छ ।
त्यसैले तण्डुलादि कर्मको अविवक्षा अकर्मत्व हो ।
यथा ( स च क्वचिद्विशेष्याभावकृतः यथा मातुः
स्मर्यते इत्यादौ । कहीँ कर्मरूप विशेषणका अभावले अविवक्षा प्रयुक्त अकर्मत्कव
हुन्छ, जस्तै ( मातुः स्मर्यते यसमा मातृरूप कर्मको कर्मत्त्व
रूपले अन्वयको विवक्षा हुँदैन, त्यसैले कर्मत्त्वरूप विशेषणका अभावले नै
अविवक्षा भयो । कार्यका उत्पत्तिको समय अविवक्षा, पछिबाट
विवक्षा यस्तो पनि स्थिति कहीँबाट आउन सक्छ । जस्तै ( कृतपूर्वी कटम्, इत्यादि ठाउँमा यहाँ कृतपूर्वं अनेन यो विग्रहमा कृतपूर्व
शब्दको सुप्सुपा ले समासं भएर सपूर्वाच्च यो सूत्रले इनि प्रत्यय भएर निष्पत्ति
भएको हो यसमा कृत शब्दमा कर्मको अविवक्षाले अकर्मक मानेर भावमा क्त प्रत्यय भयो ।
पूर्व शब्दका साथ समास भएर पछाडि इनि प्रत्यय लागेपछि कं कृतपूर्वी यसप्रकार
कर्मका विवक्षामा कटम यो प्रयोग भएको हो एकै प्रयोगमा पहिले कर्मको अविवक्षा पुनः
उसैमा तद्धित वृत्तिका पछाडि विवक्षाको व्यवस्था भाष्यको प्रमाणबाट कथं कदाचित् भै
गयो, अन्यत्र यस्तो गर्नु हुँदैन । धातोरर्थान्तरे वृत्तेः यो
अंशको उदाहरण जस्तै नदी स्यन्दते यो अर्थमा नदी वहति । यहाँ वह धातुको प्रापण अर्थ
छैन । तर, पनि प्रस्रवण (वहनु) अर्थ हो । यो प्रापणबाट भिन्न अर्थको
अन्तर छ । यो अर्थमा वर्तमान वह धातुलाई अकर्मक मानिन्छ । कारिकामा प्रसिद्धेः यो
पद आएको छ, त्यसमा कर्मणः यो षष्ठ्यन्त पदको अन्वय गर्नु पर्दछ । यसबाट
अर्थ यस्तो भयो कि जहाँ कर्मको प्रसिद्धि छ त्यहाँ झटिति अध्याहारद्वारा कर्मको
ज्ञान हुन जान्छ । यसले त्यहाँ कर्मपदको प्रयोग गरिँदैन जस्तै ( मेघो वर्षति मेघ
वर्षन्छ यस ठाउँमा के वर्षन्छ यजो जिज्ञासामा झटिति जल अर्थको प्रतीत हुन्छ, त्यसैले ज्ञातार्थको प्रयोग निष्प्रयोजन हुनाले गरिँदैन ।
यस स्थलमा वृष धातुबाट अकर्मक प्रयुक्त कार्य हुँदैन भाष्यमा अनुक्त हुनाले ।
अर्थात् मेघेन वृष्यते यसरी वृष धातुबाट भावमा लकार हुँदैन ।
पाणिनि शास्त्रमा अकर्मक पदको कर्मपदबाट काल भाव
अध्व तथा देश रूप कर्मले भिन्न तण्डुल आदि कर्मको ग्रहण गरेको छ । यसैले ताहश
तण्डुलादि कर्मको अभाव भएका धातुको नै अकर्मपदले ग्रहण हुन्छ । यथा ( गतिबुद्धि यो
सूत्रमा ग्रहण गतिबुद्धि कालध्वनोः यी सूत्रमा भाष्यमा स्पष्ट नै छ । यसमा
गतिबुद्धि सूत्रमा रहेको अकर्मक ग्रहण नै प्रमाण हो । किनकि गतिबुद्धि सूत्रको
सकर्मक अंशको कर्मत्त्व कतुरीप्सितमम् नै सिद्ध हुन्छ । अतः गतिबुद्धि सूत्रमा
गत्यादि चार जुन सकर्मक धातु ( सिद्धे सति आरभ्यमाणो विधिर्नियमाय कल्पते यो
नियम नियामक हो । नियम आदि स्वातिरिक्तत्वेन संकोचक हुनेछ । अतः सजातीय
अतिरिक्तद्वारा नियम्य सूत्रमा संकोच गराउने छ । यसैले गत्यादि चतुष्टयको सकर्मक
हुनाले उसको सजातीय सम्पूर्ण सकर्मकका विषयमा नियमता भएन । उसमा अनुक्त कर्ममा
तृतीया हुन्छ । यस अवस्थामा कर्तु ....। सूत्रद्वारा कर्मत्त्व सिद्धि होला यसकारण
यो सूत्रमा अकर्मक ग्रहण व्यर्थ भएर व्याकरणशास्त्रमा अकर्मक पदमा देश काल आदि
भिन्न कर्मको अभाव भएका धातुहरूका ग्रहणको ज्ञापक भयो । उसको फल मसमास्यते यो
प्रयोगमा मासात्मक कालरूप कर्म भएर पनि तदतिरिक्त तण्डुलादि कर्मको अभावद्वारा
अकर्मपदले गृहीत भएर लः कर्मणि.. यो सूत्रले भावमा लट् लकार भयो । गतिबुद्धि ( तथा
कालाध्वनो यी सूत्रको भाष्यमा यसप्रकराको अकर्मक ग्रहणको
सिद्धान्त स्पष्ट पारेको छ ।
पचेर्विक्लित्यनुकूल व्यापारोऽर्थः । स च
अनेक विधः इत्युक्तम् ।
यसभन्दा अगाडि सामान्यरूपमा धात्त्वर्थको निरूपण
गर्दै अरु मतको निराकण गन विशेष गरी धात्त्वर्थकन प्रसङ्कको व्याख्या गरिन्छ ।
जस्तै पच्धातुको विक्लित्यनुरूप व्यापार अर्थ हो । त्यो पनि अनेक प्रकारको हुन्छ ।
अतः तेजः । संयोगानुकूल व्यापारमात्र पच् धातुको अर्थ हो यो भनाई ठीक भएन । किनकि
अग्निसंयोगानुकूल भात विक्लित्यनुकूल प्रस्रवण कर्ताका लागि पचति को प्रयोग हुन
सक्तैन । किनभने यो पहिलो अर्थबाट नै भिन्न छ । णश् धातुको अदर्शनानुकूल व्यापार
अर्थ हो त्यो व्यापार ध्वंस सामग्रीरूप व्यवधानादि अनुकूल व्यापार रूप हो । अदर्शनको
अज्ञात अर्थ हो । अतः निष्ठा संज्ञा विधायक सूत्रमा भाष्यकारको वचन छ उत्पतिते
काके इत्यादि । यसमा नष्ट शब्दको अज्ञात रूप हो । ह्तं नष्टं च लभ्यते । यस स्मृति
वाक्यमा नष्ट शब्दको व्यवहित अर्थ हो, साथै त्यो व्यवधानाद्यनुकूल व्यापारको उदाहरण हो
। नष्ट शब्दमा क्त प्रत्ययको भूतकालको पनि अर्थ छ उसको अन्वय व्यापारमा छ । अतः
अज्ञानको जनक काक (काग) उड्नु हो योसँग भूतकालिक सम्बन्ध छ । अज्ञानरूप फल वर्तमान
नै हो । दोस्रो उदाहरणमा पनि व्यवधान त छ तर उसको जनक व्यापार अतीतकालिक हो ।
व्यापारमा कालको अन्वय फल बताउँछन् कि एतेन यो पदले नाश अर्थात् ध्वंसरूप अभावजन्य
हुनाले पनि नित्य अर्थात् अविनाशी छ, त्यसमा यदि कालको अन्वय धात्त्वर्थव्यापार नै
हुन्छ न कि फलमा । यहाँ अज्ञात तथा व्यवधानरूप फल
नश् धातु वाच्य हो यसमा अन्वय छैन ।
आदेशाश्चाप्यभागाश्च निष्क्रमा निरूपाधयः ।
भावाः संसर्गरूपा तु शक्तिर्भेदाय कल्पते ।
येषां
आकाशादीनां देशो नास्ति, नापि अवयवादिस्तेषं संसर्ग निमित्तक एव शक्तिभेदः
। पूर्वाकाशसंयुक्तो घट इत्यादि व्यवहारात् ।
प्रथमा व्यापार ध्वंससामग्री रूप हो त्यसमा ध्वंस
पदार्थको निर्वचन सत्कार्यवादरूप सांख्यसिद्धान्तद्वारा गर्दछन्, ध्वंस वस्तुको तिरोभाव अवस्था हुन्छ, अर्थात् घट पट आदि कार्यको आÇना आÇना कारणमा
तिरोभाव हुनु कारणमा शक्तिरूपबाट अवस्थान प्रागभाव हो । यी दुवैबाट पृथक्भूत
अभिव्यक्तिरूप धर्मको पूर्णरूपमा प्राप्त नभएका व्यक्तिका लागि जायते यो पदको
प्रयोग हुन्छ । ज्ञा धातुको विषयता सम्बन्धबाट ज्ञान अर्थ फलको कोटिमा छ । आत्मा
तथा मनको संयोग व्यापार हो । यसैले मनोजानाति मन जान्दछ, यो
व्यावहार उपपन्न भयो । यहाँ आत्मा शब्द अन्तःकरणपरक हो । मन पनि अन्तःकरणको एक एक विशेषरूपको
वृत्ति हो, यी दुवै वेदान्तशास्त्रमा सावयव मानिन्छन् । अतः यी दुवैको
अवच्छेदक अंशको सम्भव हुनाले यिनैका पदार्थान्तरले संयोग सम्भव छ किन कि संयोग
पत्किञ्चिद् अवयवरूप अवच्छेदकले नै हुन्छ, जस्तै
शाखारूप अवयवच्छेदद्वारा वृक्षमा कपि (बाँदर) को संयोग छ । न्यायदर्शनमा मन
परमाणुरूप निरवयव हो । यो दशामा यी दुवैका अवच्छेदकरूप अंश नहुनाले यिनीहरूको
कसैका साथ परस्परमा संयोग संज्ञाको सम्बन्ध हुनै सक्तैन ।
आदेशाश्चाप्यभागाश्च निष्क्रमा निरूपाद्ययः ।
भागासंसर्गरूपा तु शक्तिर्भेदाय कल्पते ।
यदि संयोग मान्यौं भने पनि धर्म गरेको फल
धर्मीलाई प्राप्त भए झैँ धर्मद्वारा पृथक् हुँदै धर्मले धर्मीलाई विकृत गरिदिन्छ ।
यथा ( तिरोभावाभ्युपगमे भावानां सैव नास्तिता । यो न्यायद्वारा ज्ञानाश्रयत्व तथा
संयोगरूपधर्म आत्मारूप धर्मीको नाशमा पर्यवशित हुन्छ त्यसैले उसको नित्यत्व समाप्त
हुन्छ । त्यसकारण आत्मा अन्तःकरणरूप तथा मन दुवैको सावयवत्व मान्नुपर्ला ।
जस्तै ( येषां आकाशादीनां देशो नास्ति । यसैले
आकाश सावयव हो । यसलाई खण्डनकर्ता भन्छन् कि संयोग अव्याप्यवृत्ति अर्थात् अवच्छेदकभेदले
आÇनै अभावका
साथ एकाधिकरणमा वर्तमान हुनछ । अतः वस्तुको एकदेशमा नै हुनु उसको निर्विवाद हो ।
यो स्थितिमा आकाश आदिको एकदेशमा संयोगीय देश कहाँ छ, यस्तो
प्रश्नमा संयोग नै कसरी सिद्ध हुन सक्छ ।
यसकारण निरवयवपरमाणुमा पनि यदि संयोगको कल्पना
हुन्छ भने समस्तजगत कल्पनाको विषय हुन जाला । कणादमहर्षिले परिमाण्डलद्वय
परमाणुद्वयका द्व्यणुकसिद्धि तीन द्व्यकणुकद्वारा त्त्यणुक सिद्धि चतुरणुकादि
सिद्धिक्रमले सृष्टिको उत्पत्ति मानिन्छ त्यो विना सावयव कल्पना सम्पन्न हुन
सक्तैन । अतः आकाशादि सबै पदार्थको सावयव मानेर संयोगद्वारा सृष्टिको
व्यवस्थामा कणादमहर्षिको मायावादको भाव छ ।
कुनै अन्यप्रकरणमा खण्डनकारले यो पनि भनेका छन् ।
कुञ्जिकाकारले आचार्य श्रीभर्तृहरिको मत बताएका छन् कि निरवयव परिमाणुहरूमा
दिङ्निमित्तकभागको कल्पनाद्वारा द्व्यणुकादि साधन गरेको छ, यो पनि
भनेका छन् कि जुन आकाश आदि पदार्थहरूको देश छैन, अवयवादि
छैन, उसमा संसर्ग निमित्तक शक्तिभेद मानेर व्यवहार सिद्ध हुन्छ, जस्तै पूर्व आकाशले संयुक्त घट, यो व्यवहार
प्रचलित छ । यथा
विशेष दर्शनं यत्र क्रिया तत्र व्यवस्थिता ।
क्रियाव्यवस्थात्वन्येषां शब्दैरेव प्रकल्पिता ।।
अस्यार्थ :: यत्र कर्मणि कर्तरि वा क्रियाकृतो विशेषः
कश्चिद् दृश्यते तत्र क्रिया व्यवस्थिता इति ।
प्राचीन आचार्य भूषणकार आदिको मत खण्डन गर्दछन्
कि यत्तु( यस पदबाट । ज्ञा धातुको अर्थ आवरण भङ्क अथवा विषयतारूप फल हो । विषयताको
फलकारक प्रकरणमा निरूपण गरिएको छ । दुवै प्रकारका फलमा व्यापार ज्ञान नै छ यो मतको
खण्डन पनि गर्दछन् तत्र यसबाट । अर्थात् ज्ञा धातुको उक्त अर्थ ठीक छैन किन कि
यस्तो दशामा ज्ञा धातुको कर्मस्थ क्रियकत्वको आपत्ति हुन जान्छ यसको व्यवस्था यसरी
भनेका छन् कि जुन कर्म या कर्तामा क्रियाद्वारा कोही विशेष दृष्ट होस् वहाँ क्रिया
व्यवस्थित मानिन्छ । यस्तो स्थितिमा पच् आदि धातुका कर्तामा पनि परिश्रम आदिको
विशेष दर्शनबाट कथन उचित छैन तथा चिन्तयति, पश्यति
इत्यादि धातुमा कर्तृस्थभावकत्त्वको अनुपपत्ति हुन जान्छ किन कि यी क्रियाबाट
कर्तामा कुनैको विशेष दर्शन हुँदैन, अतः अन्य
आचार्यका मतमा यो व्यवस्थाको निरूपण गर्दछन् कि जहाँ कर्ता तथा कर्म दुवैमा रहने
भएको धर्मरूप फल शब्दद्वारा प्रतिपादित त्यो धातु कतृस्थभावक होस्, जस्तै ( पश्यति घटम् ग्रामं गच्छति इत्यादिमा । यी दुवै
स्थलको पहिलो उदाहरणमा विषय सम्बन्ध तथा समवाय सम्बन्धले ज्ञानरूपफल
समवायसम्बन्धद्वारा उभयवृत्ति छ, अतः यस्तो धातु कर्तृस्थ छ । विषयतारूप फल तथा
आवरणभङ्करूप फल यसप्रकार उभयसाधारण छैन ।
जहाँ कर्तामा अवृत्तिधर्मरूप फल छ त्यो धातु
कर्तृस्थभावक छ, जस्तै( भिनत्ति इत्यादि ठाउँमा मिद् धातु (द्विधा) दुइ भावमा
भएर रूप र फल कथमपि कर्तृमपि कर्तृवृत्ति मानिँदैन यस्तो हेलाराजको भनाई छ । अत एव
कर्मवत् सूत्रको भाष्यमा भनिएको छ कि कर्तृस्थभावकधातुहरूको वाच्य भूत फल क्रियाको
कर्ममात्रमा कुनै पनि कर्ममा प्रवृत्ति हुँदैन । जस्तै ( विशेष दर्शनं यत्र क्रिया
तत्र व्यवस्थिता । यो कारिका अनुसार पूर्वोक्त अर्थ लिनाले अनादि
क्रियाका कर्तामा पनि क्रियाकृत विशेषको उपलब्धि नहुनाले चिन्तयति, गच्छति इत्यादि उपक्रमद्वारा यिनीहरूको कर्तृस्थभावक भनाई
असंगत हुन जान्छ । अतः ज्ञानरूप फल तथा संयोग रूप फल कर्तृ कर्म उभय साधारण छ, अतः कर्तृस्थभावकत्वमा कुनै आपत्ति छैन ।
जानाति, समान इच्छतिमा इष् यो धातुको इच्छानुकूल ज्ञान
अर्थ छ अतीत एवं अनागत कालमा पनि बुद्धिस्थत्वरूप (बौद्धपदार्थरूप) द्वारा
इच्छारूप फलको आश्रयता सम्पन्न हुनजान्छ । यस्तैप्रकारले घटं करोति इत्यादि ठाउँमा
पनि बौद्धघट मा नै उत्पति रूप फलको आश्रयता मानेर कर्म संज्ञाको निर्वाह गरिन्छ ।
आत्मानं जानाति यो ठाउँमा अवच्छेदक भेदद्वारा आत्मा दुई रूप मानेका छन् ।
अन्तःकरणद्वारा अवच्छिन्न भएर कर्म संज्ञक भयो । यसप्रकार ज्ञानरूप फल तथा तद्
व्यापारको भिन्नाधिकरणतामा ज्ञा धातुको सकर्मता सुरक्षित छ । यो विषय कर्मवत् यो
सूत्रको भाष्यमा स्पष्टले वर्णित छ । ब्रé जानाति यो
स्थलमा तत्तदविषयरूप उपाधिद्वारा ज्ञानको जन्यत मानेर ज्ञानको कर्तृत्त्व ब्रéमा सम्पन्न
भयो । अतः ब्रé नित्य ज्ञान स्वरूप भएर पनि जन्य ज्ञानको कर्तृता सम्पन्न भयो
। यसै गरी सविता प्रकाशते यो ठाउँमा विषयोपहित प्रकाशको जन्यता हुनाले तत्कर्तृत्व
प्रकाशरूप सूर्यमा मानियो ।
पत् धातु पनि गम धातु जस्तै सकर्मक हो । अत एव
नरकं पतितः इत्यादि प्रयोगको प्रामाणिकता मानिन्छ । विभाजन्य संयोगमात्र अर्थ
पक्षमा, यो पत् धातु अकर्मक मानिन्छ । अत एव भूमौ पतति पातयामास
भूतले इत्यादि प्रयोगहरूको उत्पत्ति भयो । कृञ् धातुको उत्पत्ति व्यधिकरण तदनुकूल
व्यापार अर्थ हो । नैयायिक अभिमत यत्नमात्र अर्थपक्षमा अकर्मत्व पर्वाह रहेन यती
प्रयत्ने यो धातु समान । यस्तो स्थितिमा घटं करोति इत्यादि प्रयोग अनुपपन्न होला ।
तथा कर्मस्थभावकत्त्व पनि कृञ् धातुको अर्थ समाप्त होला । यसैले कर्म कर्तामा
कर्मवदभावनहुनाले यक्( आत्मनेपद(चिप् आदि कार्य बाधित हुन जानेछ । कृति शब्दमा
स्थालीस्ये च यत्ने पचिना कथ्यमाने स्थालीकत्र्री यस्तो
पनि उल्लेख गरेको छ । कृतियत्नशब्दयोः यो मूलपाठमा कृतिश्च यत्न शब्दश्च यो
विग्रहमा द्वन्द्व समास गर्नु पर्दछ । अन्यथा कृति र यत्न शब्द पर्यावाचक हुन् ।
द्वन्द्वसमासका अधिकारी होइनन् । विरूपाणामपि समर्थानाम् यो
वार्तिकद्वारा प्राप्त एकशेष समासले द्वन्द्व समासलाई बाँध्दछ । यथा (
क्रियाया द्योतको नायं संबन्धस्यस्य बाधकः ।
नापि क्रिया पदाक्षेपी सम्बन्धस्य तु भेदकः ।
आत्मानमात्मना हन्ति सृजत्यात्मानमात्मना ।। इति
।।
ननु विषयतासम्बधावच्छिभज्ञानरूपफलानुकूलात्ममनः
संयोगरूपव्या¬पारस्योक्तेषु
सम्भवेन तदुपपत्तावपि ब्रéजानातीत्यादौ स्वस्वरूपापत्ति¬रित्यज्ञानाभावात्तस्य
च अजन्यत्वादात्मनः संयोगस्य च अभावात् कथं तत्त्वमिति ।
सन्दर्भसामग्री सूचि
भट्ट, नागेश विचरित, वैयाकरणसिद्धान्त
मधूमञ्जूष ‘द्वितीयो भागः’ सम्पादक
त्रिपाठी, रामप्रसाद, प्रकाशक :: सं.सं.वि.वि. वाराणसी २०५४ ।
भट्ट, नागेश, परमलघूमञ्जूषा, शुक्ल
कालिकप्रसाद :: ज्योत्स्ना टीका कम. :: प्रकाशक :: महाराजसयाजिरावा विश्वविद्यालय
:: बडौवा वि.सं. २०१७ ।
भट्ट, कौण्ड, विरचित, वैयाकरणभूषणसार :: मिश्र प्रभम्कर, प्रभाकरी टीका संपादकश्च प्रकाशक :: अरविन्द( मकरन्द मिश्रौ ‘प्रथम
संस्करण, वि.सं. २०३९ ।
दीक्षित भट्टोजि, ग्रन्थकार :: सिद्धान्तकौमुदी, सरस्वती ज्ञानेन्द्र तत्त्ववोधिनी टीका क्षेमराज (
श्रीकृष्ण दास मुम्बई ( वि.सं. २०३१ (१९७४)
प्रतिक्रिया व्यक्त गर्नुहोस्