‘नरेन्द्र दाइ’ उपन्यासका पात्र
उप–प्राध्यापक कृष्णप्रसाद
कोइराला
पिण्डेश्वर
विद्यापीठ, धरान–१४, सुनसरी
प्राज्ञिक
जगत्मा नदीको जलप्रवाहको गति झैं निरन्तर चर्चा र सम्झना भइरहने नाम हो, विश्वेश्वरप्रसाद कोइराला (१९७१
: काशी, भारत – २०३९ : काठमाण्डौं
) । नेपाली साहित्य र राजनीति दुबै क्षेत्रमा समुज्वल नक्षत्र भएर चम्किरहने र
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफल व्यक्तित्वका रूपमा कोइरालाको नाम
अग्रपङ्क्तिमा आउ“छ । पिता
कृष्णप्रसाद र माता दिव्या कोइरालाका सुपुत्रका रूपमा उनको जन्म भारत निर्वासनका बेला
बनारसस्थित विश्वेश्वर गल्लीमा भएको हुनाले भगवान् विश्वनाथको प्रसाद मानेर
विश्वेश्वरप्रसाद नामकरण गरिएको हो । बी.ए. बी.एल.सम्मको अध्ययन गरेका कोइरालामा
प्रसिद्ध मनोचिकित्सक सिग्फण्ड फ्रायड र रुसी साहित्यकार एन्तोन चेखबको प्रभाव
देखिन्छ । नेपाली साहित्यमा कथाकार र उपन्यासकारका रूपमा सिद्धहस्त मानिएका
कोइराला नेपाली राजनीतिका प्रथम जननिर्वाचित प्रधानमन्त्री पनि हुन् । राणाशासनको
अन्त्य गर्ने २००७ सालको क्रान्तिमा उनको उल्लेखनीय भूमिका रहेको थियो भने उनले
राजा महेन्द्र र वीरेन्द्रको शासनकालमा तात्कालिक निरङ्कुश पञ्चायती शासन
व्यवस्थाका विपक्षमा प्रजातन्त्र प्राप्तिका निमित्त निरन्तर सङ्खर्ष गर्दै अग्रणी
नेतृत्व प्रदान गरेका थिए । त्यसैले उनले २०१७ सालमा राजा महेन्द्रको हुकुमी ‘कु’द्वारा प्रधानमन्त्री पदबाट
अपदस्थ हुनुप¥यो भने
पटकपटक कठोर कारावास र निर्वासनको सजाय समेत भोग्नु प¥यो । बन्दी अवस्थामा रहँदा
उनले साहित्य लेखनलाई दैनिकीका रूपमा सदुपयोग गरे । फलस्वरूप २०१७ देखि २०२५
सम्मको सुन्ड्ढरीजलको बन्दी गृहमा रह“दा तीनघुम्ती (२०२५), सुम्निमा (२०२७),
नरेन्द्र दाइ (२०२७), मोदीआइन, हिटलर र
यहुदी, श्वेत
भैरवी–कथासङ्ग्रह
( २०३९) आत्मकथा लगाएताका कृतिहरू लेखे । यसबाहेक यिनको दोषी चस्मा कथासङ्ग्रह (२००६)
पनि प्रकाशित छ ।
कथाकारका
रूपमा यौनमनोविज्ञानको क्षेत्रमा सबैभन्दा बढी चर्चित रहेका कोइराला उपन्यासकारका
रूपमा अस्तित्ववादी र दार्शनिक छविका साथमा उपस्थित भएका छन् । उपन्यासकार
कोइरालाका उपन्यासमा यौनमनोविज्ञानका अतिरिक्त युद्धको भत्र्सना, मानवताको प्रवद्र्धन, आत्मिक नैतिकताको पाठ, मनुष्यजीवनको नियतिप्रति
उच्च संवेदनशीलता, व्यक्ति
अस्तित्वको समस्या र शक्तिको गहिरो परख, लैङ्गिक विभेद तथा जातीय भेदभाव जस्ता सामाजिक समस्याहरूको गहिरो
अभिव्यञ्जना, जातीय
एवं क्षेत्रीय सम्मीलनको ध्वनन,
व्यक्तिसत्ताको पैरवी, नारीचेतनाको स्वर पक्षले पनि उल्लेख्य स्थान पाएको भेटिन्छ ।
आख्यान
साहित्यको महत्तम विधा उपन्यास मानव जीवनको सम्पूर्णताको अभिव्यक्ति हो । यसले
मानव सभ्यताका विविध पक्षहरूमाथि आधारित घटना शृङ्खलाको यथार्थ वा अतिरञ्जनात्मक, गद्यात्मक र कलात्मक
अभिव्यक्ति दिन्छ । उपन्यासभित्र मानवीय जीवनको सुख–दुःख, माया–प्रीति, सपना–विपना, आशा–निराशा, करुणा–सहानुभूति, आपत्–विपत्का साथै यथार्थ, आदर्श, विसङगत पक्ष आदि समावेश
भएको हुन्छ । जसमा जीवनका यावत् भोगाइ तथा अनुभवहरू उतारिएको हुन्छ ।
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा पनि सामाजिक यथार्थ, प्रेम, दर्शन र द्वन्द्वका
विषयवस्तु समेटिएका छन् । उनको कलमले रतिरागमूलक प्रेमका अतिरिक्त धर्मसंस्कृति र
आध्यात्मिक चिन्तनलाई पनि आत्मसात् गरेको छ । सुम्निमामा विपरीत धर्मसंस्कृतिका
अनुयायी प्रेमीप्रेमिकाबीच द्वन्द्व देखाई आआफ्नो धर्मका परम्परा र मान्यतालाई
किरा“त र
आर्यसंस्कृतिका बीच हुने भिन्नता र विशेषताको चर्चाका क्रममा व्यक्त गरिएको छ ।
मोदिआइन र हिटलर र यहुदीमा गीता दर्शनको विशद चर्चा गर्दै महाभारतको युद्ध तथा
दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा युद्ध र शान्तिका पक्षमा द्वन्द्वात्मक परिवेश
खडा गरिएको छ । त्रिकोणात्मक प्रेमको जटिल अवस्थालाई बाबुआमा र छोराले देखाएको छ
। अर्को उपन्यास तीन घुम्तीमा चाहि“ एउटी नारी पात्रले समय परिस्थिति अनुसार स्वार्थ अनुकूल बेग्लाबेग्लै
तीनवटा निर्णय गरेर आफ्नो जीवनमा महत्वपूर्ण तीनवटा घुम्ती पार गरेको देखाइएको छ ।
कोइरालाको नरेन्द्र दाइ उपन्यास अस्तित्ववादमा आधारित उपन्यास हो । यस उपन्यासमा
त्रिकोणात्मक प्रेमलाई पृष्ठभूमिमा राख्दै नरेन्द्र, गौरी र मुनरिया तीनै जनाको जीवनवृत्त बताउँदै
तिनका बेग्लाबेग्लै जीवन दर्शनलाई चित्रण गरिएको छ । बास्तबमा अस्तित्ववाद
गहिरो जीवन दर्शन हो । मानवजीवनलाई व्यक्तिगत अस्तित्वको अर्थमा, जीवनको व्यक्तिगत अनुभवका
आधारमा मात्र बुझ्न सकिन्छ भन्ने उक्तिबाट अस्तित्ववादको नामकरण भएको हो । भहष्कतभलअभ
उचभअभमभक भककभलअभ भन्ने मूल मान्यता बोकेको यो दर्शनले व्यक्तिलाई जीवनमा सम्पूर्ण
भ्रमबाट मुक्त पार्न चाहन्छ र एउटा शून्यको बिन्दुबाट व्यक्तिले आफूलाई खोज्नु
पर्छ, आफ्नै
प्रयासले उसले आफूलाई प्राप्त गर्न सक्नुपर्छ भन्छ अस्तित्ववादले । निख्खर आफूबाट
नितान्त नौलो ‘आफूलाई
प्राप्त गर्न व्यक्तिले जीवनमा जा“गर गरोस् , साहस
गरोस् भन्ने चाहन्छ यो दर्शन । छोटकरीमा भन्नुपर्दा हरेक व्यक्तिले जीवनको
निस्सारता र विसंगति–असंगतिप्रति
पूर्ण सजगता राख्दै तर त्यसबाट निरासिएर होइन, त्यसैलाई आशाको प्रमुख आधार स्वीकार्दै जीवनमा आफ्नो कर्म आफै रोज्नुपर्छ , आफ्नो मूल्य आफै प्राप्त गर्न प्रयास गर्नुपर्छ भनी वैयक्तिक जीवनलाई
नया“ सन्दर्भ, अर्थ र मानवीय मूल्यमा
प्रतिष्ठापित तुल्याउन खोज्नु नै अस्तित्ववादी दर्शनको मूल अभीष्ट हो ।
ग्रामीण
परिवेश र जमिन्दार समाजको यथार्थ पक्षलाई उद्घाटन गर्न सफल प्रस्तुत उपन्यास
नरेन्द्र दाइमा तराईको ग्रामीण जीवनलाई चित्रण गर्ने क्रममा धेरै पात्रहरूको
संयोजन गरिएको छ । यस उपन्यासमा नरेन्द्र दाइ, उनकी पत्नी गौरी र प्रेमिका मुनरियालाई मुख्यपात्रका रूपमा र कथाको
समाख्याता म पात्र अर्थात सानो बाबु, साननानी, भटना, छुतहरू, फगुनी, रामपियारी, आमा, कप्तान्नी आमा, भान्से बजै, जुन्टु नानी, महारानी, काका, भान्दाइ, पिताजी, बाबुसाहेब, नजरियाकी स्वास्नी, लछमनिया, रसिक मण्डली, फुपू, फुपूको भतिजो, डाक्टर आदि प्रशस्त पात्रको
सहायक पात्रका रूपमा प्रयोग गरिएको छ । यीमध्ये आमा, कप्तान्नी आमा, जुन्टुनानी, महारानी
दिदी, भान्दाइ, पिताजी आदि पारिवारिक
सदस्यका हैसियतले र अन्य पात्रहरू सहयोगी पात्रका रूपमा देखापरेका छन् ।
मुख्यमुख्य
पात्रहरूको चरित्रचित्रण यसप्रकार छ : –
१.
नरेन्द्र दाइ : मुख्य पात्र र केन्द्रीय चरित्रका रूपमा चित्रित
नरेन्द्र दाइ उपन्यासका नरेन्द्र दाइ गौरीको पति, मुनरियाको प्रेमी र कप्तान्नी आमाको एक्लो छोरो हो
। यसकै नामबाट उपन्यासको नामकरण भएको छ । उसको सानै उमेरमा गौरीसँग विवाह भएको छ ।
शारीरिक संरचनामा अपूर्ण देखिने गौरीमा उसको मन अडिंदैन । त्यसैले गौरीलाई तिरस्कार
गर्दै ऊ अर्कै व्यक्तिसित चुमौन भईसकेको र द्विरागमन हुन बाँकी भएको आफ्नो घरमा
नोकर्नी भई काम गर्ने मुनरियासित रीतिस्थिति र परम्पराको ख्यालै नगरी प्रेम गर्न
थाल्दछ । उसको प्रेमालाप बढ्दै गएपछि र एक कान दुई कान हुँदै व्यापक भएपछि ऊ
मुनरियालाई भगाउन बाध्य हुन्छ । मुनरियासँग आनन्दपूर्वक काठमाडौँ र बनारस घुम्दै
जीवनयापन गरेको नरेन्द्र पछि क्षयरोगले ग्रस्त हुन्छ । रोगी नरेन्द्र उपन्यासको
अन्त्यमा एक्लै घर फर्कन्छ, त्यहीं
उसको मृत्यु हुन पुग्छ । सामाजिक हैसियतले ऊ सामन्तवादी परम्पराको जमिन्दार वर्गको
सदस्यको प्रतिनिधिका रूपमा उपन्यासमा चित्रित छ । ऊ स्वभावले जिद्दी र परम्परालई
नमानी सामाजिक बन्धन तोड्ने विद्रोही चरित्रको रूपमा देखिन्छ, तर ऊ परिस्थितिसँग जुध्न
नसक्ने र पलायनमुखी हुन पुगको छ । अमर्यादित ढङ्कले निम्न वर्गकी प्रेमिकालाई
प्रेम गर्न सक्ने नरेन्द्रले आफ्नी प्रेमिकाको अस्मिता सुरक्षित गर्न सकेको
देखिंदैन । अतः नरेन्द्र दाइ यस उपन्यासमा निस्सार पात्रका रूपमा चित्रित छ । उसका
माध्यबाट उसको अस्तित्वविहीन जीवनको प्रस्तुती यस उपन्यासमा सफलता पूर्वक गरिएको छ
।
२. गौरी : प्रस्तुत उपन्यासको नायक नरेन्द्र दाइकी विवाहित
पत्नीका रूपमा गौरी नामक पात्रको उल्लेख भएको छ । वीरगञ्जमा माइती भएकी गौरीको
सानै उमेरमा विवाह भएको छ । आफू सधवा हुँदा पतिबाट परित्यक्त भएकाले सिंगारपेटार
नगरी तथा भक्तिमार्गमा लाग्ने स्वभाव भएकाले ऊ विधवाको आचरण गर्ने महिला झैं
देखिन्छे, तर
परदेशबाट रोगग्रस्त भई घरमा आएर लोग्नेले प्राणत्याग गरेकाले लोग्नेलाई स्वायत्त
भएको ठान्दै ऊ सधवाको पहिरनमा देखा पर्छे । यसरी ऊ विपरीत मानसिकता भएकी चरित्रका
रूपमा उपन्यासमा अङ्गित हुन पुगेकी छ । ऊ शारीरिक बनौटले ठगिएकी छ । आँफू आदर्श, मर्यादापालक र परम्पराको
अनुशासनबाट विचलित नभए पनि उसले पतिको प्रेंम र स्पर्शबाट वञ्चित भई मानसिक
कुण्ठामा पिल्सिएकी उपेक्षित नारीपत्रका रूपमा उपन्यासमा स्थान ग्रहण गरेकी छ ।
सुखभोग गर्न नपाएपछि नरेन्द्रलाई घर छाडने परिस्थिति हुन नदिन ऊ लोग्नेकी प्रेमिका
मुनरियाका घरमा पुगेकी छ, तर उसलाई
नभेटेकाले उसले मुनरियासमक्ष अनुरोध गर्न पाएकी छैन । मुनरियासँग खेलवाड र हाँसखेल
गर्दै परदेशमै बुढो भएको रोगी नरेन्द्रलाई अधबैंसे उमेरमा पुनः प्राप्त गर्दा ऊ
भावविभोर हुन पुगेकी छ । लोग्ने मरेपछि उसको मानसिक सन्तुलन खजमजिएको छ । ९० सालको
भूकम्पमा परी घर भत्कँदा गौरीको मृत्यु भएको छ । आभिजात्य संस्कारका घरमा पतिको ऐøयासीको पीडा खेप्न बाध्य
विपन्न मानसकी नेपाली नारीको प्रतिनिधित्व उपन्यासमा गौरीबाट भएको छ । हिन्दु
आदर्शका परिधिभित्र रहेकीे पतिपरायणा गौरीले उपन्यासको अन्त्यमा भग्न मानसिकताका
कारण सामाजिक मर्यादालाई लत्याएकी छ । समग्रमा गौरीले पनि अस्तित्वविहीन जीवन
धान्न बाध्य पात्रको भूमिका निर्वाह गरेकी छ ।
३.
मुनरिया : यस उपन्यासमा नायक नरेन्द्रकी अनन्या प्रेमिकाका
रूपमा मुनरियाको चरित्राङ्गन गरिएको छ । अर्कै व्यक्तिसँग चुमौन भइसकेकी मुनरियाको
गौना (द्विरागमन) हुन बाँकी छ । तर निम्नवर्गीय परिवारमा जन्मी, हुर्की, जमिन्दारको घरको दासी भई
त्यहीं जुठोपुरो खाई बढेकी मुनरिया जमिन्दारको छोरो नरेन्द्रसित प्रेमपाशमा
लठ्ठिन्छे । नरेन्द्रको मायाजालमा फँसेर एउटी रखौटीका रूपमा उसले एउटा दुःखी र
टिठलाग्दो जीवन बिताएकी छ । उसलाई काठमाडौँ बनारस आदि विभिन्न ठाउँमा घुमाई
अन्त्यमा आफू रोगी भएको निउँ पारी रसिक मण्डलीको दिल बहलाउने साधनका रूपमा अलपत्र
पारी नरेन्द्रले छोडेको छ । आफनो अस्तित्वहीन जीवन बिताउन विवश भएकी मुनरियाले
अन्त्यमा बनारसकै जौहरीसित नयाँ गृहस्थ आरम्भ गरेको देखिन्छ । एकातिर मुनरियाले
गौरीको अपरिपक्व तनबाट यौनजन्य तृप्ति नपाई उजाड भएको नायक नरेन्द्रको जीवनमा बहार
ल्याएर सकारात्मकता देखाएकी छ भने अर्कातिर गौरीको दाम्पत्यजीवनमा घात गर्दै
खलपात्रको भूमिकासमेत निर्वाह गरेकी छ ।
प्रस्तुत
नरेन्द्र दाइ उपन्यास नरेन्द्र दाइ, गौरी र मुनरिया गरी जम्माजम्मी ३ जना चरित्रको त्रिकोणात्मक भूमिकामा
केन्द्रित उपन्यास हो । तर उपन्यासको कथावस्तुलाई जीवन्तता प्रदान गर्न यहाँ
सामन्तवादी र आभिजात्य जीवनचक्रसँग मेल खाने प्रशस्त पात्रहरूको उपस्थिति देखाइएको
छ । सानो बाबु अर्थात म पात्र यी तीनजना पात्रको जीवनलाई नियाल्ने समाख्याताका
रूपमा बालपात्रको रूपमा उपन्यासमा उपस्थित भएको छ भने सान्नानी उसको बालसखाका
रूपमा देखा परेकी हुँदा यी दुबै पात्रले कथानकको सूत्रधार भई उल्लेखनीय कार्य
गरेका छन् । यी बाहेक अन्य पात्रहरू कथाप्रसङ्कलाई निरन्तरता प्रदान गर्न
प्रसङ्कवश चर्चा पाउन सफल भएका छन्, चरित्रचित्रणका क्रममा तिनको उल्लेख अनिवार्य देखिंदैन । समग्रमा
यिनै पात्रको मानसिक उहापोह र जीवन्त कार्यकलापका माध्यमले उपन्यास परम्परामा
नरेन्द्र दाइ निकै सबल र सक्षम उपन्यासका रूपमा देखा परेको छ ।
सन्दर्भ
सामाग्रीहरू
१. कोइराला, विश्वेश्वरप्रसाद, (२०५७), नरेन्द्र दाइ, ललितपुर : साझा
प्रकाशन ।
२. बराल, कृष्णहरि र नेत्र एटम, (२०६७), नेपाली कथा र उपन्यास, काठमान्डु : अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रा.लि. ।
३. भट्टराई, तुलसी, (२०५८), बी.पी.कोइराला चिन्तन र
प्रयोग, काठमाडौ“, हिमशिखर प्रकाशन ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्