मलमास
खुमाकान्त रेग्मी
सह–प्राध्यापक
जनता विद्यापीठ, बिजौरी, दाङ ।
मलमास शुद्ध्यर्थक मृजु धातुबाट कल् प्रत्यय भएर बनेको हो । मृज्यते शोध्यते यस
व्युत्पत्ति अनुसार मलको अर्थ अपवित्र भएकाले मलमासको अर्थ अपवित्र महिना भन्ने बुझिन्छ
। मलमासलाई कालविद्हरूले यसरी उल्लेख गरेका छन् :–
मलं वदन्ति कालस्य मासं कालविदोऽधिकम् । (गृह्यपरिशिष्ट) ।
असङ्क्रान्तो हि यो मासो कदाचित् तिथिबृद्धितः ।
कालान्तरात् समायाति स नपुंसक इष्यते ।। (मरीचिटीका) ।
चान्द्रो मासो ह्यसंक्रान्तो मलमासः प्रकीर्तितः । (ब्रह्म–सिद्धान्त) ।
वत्सरान्तर्गतः पापो यज्ञानां फलनाशकृत् ।
नैऋतैर्यातुधानाद्यैः समाक्रान्तो विनाशकैः ।
मलिम्लुचैः समाक्रान्तं सूर्यसंक्रान्तिवर्जितम् ।
मलिम्लुचं विजानीयात् सर्वकर्मसु गर्हितम्
।। (शातातप) ।
इत्यादि ।
मास गणना
महिनाको गणना चान्द्रमासबाट गर्नु पर्दछ । भास्कराचार्यले सिद्धान्त शिरोमणिमा
लेखेका पनि छन् :–
मासास्तथा च तिथयस्तुहिनांशुमानात् । (मध्यमाधिकार, कालमानाध्याय) ।
सूर्यसिद्धान्तानुसार चान्द्रमानको प्रयोग तिथि, करण,
विवाह, क्षौरकर्म, जातकर्म, उपनयन, व्रतोपवास र यात्राका लागि गर्नुपर्ने
कुरा लेखिएको छ । जस्तै :–
तिथिः करणमुद्वाहः क्षौरं सर्वक्रियास्तथा ।
व्रतोपवासयात्राणां क्रिया चान्द्रेण गृह्यते ।। (मानाध्यायः, श्लोक १३) ।
चान्द्रमासको परिमाण
अमावस्याका दिन चन्द्रमा र सूर्यको संयोग हुन्छ, त्यसपछि अर्को संयोग आगामी अमावस्यामा
हुने हुँदा दुईओटा अमावस्याको अन्तवर्तीकाल नै चान्द्रमास हो । जस्तै – रविन्द्वोर्युतेः संयुतिर्यावदन्या विधोर्मासः ।” (सि.शि., म.अ., कालमानाध्याय, श्लोक १९) ।
भास्करकृत सिद्धान्त शिरोमणिका वासनावार्तिककार नृसिंह दैवज्ञले मास शब्दको बारेमा
यस प्रकार लेखेका छन् :–
“मास” परिमाणे इत्यस्माद्धातोर्निस्पन्नोऽयं मासशब्दः । मस्यते
परिमीयते यावता कालेन चन्द्रबृद्धिक्षयौ स चान्द्रो मासः । यद्वा चन्द्रबृद्धिक्षयाभ्यां
मस्यत इति मासः ।
उक्तञ्च –
मस्यन्ते परिमीयन्ते स्वकलावृद्धिहानितः
।
मास एते स्मृता मासास्त्रिंशत्तिथिसमन्वितः
।। इति
एतेन मासाभिधा चान्द्रा एव मुख्या । (सि.शि., कालमानाध्याय) ।
मलमास लक्षण –
सूर्यको संक्रान्ति नभएको र दुई संक्रान्ति भएको चान्द्रमासलाई मलमास भनिन्छ ।
जस्तै –
“यस्मिन्मासे न सङ्क्रान्ति सङ्क्रान्तिद्वयमेव
वा ।
मलमासः स विज्ञेयः” (सि.शि., वासनावार्तिक, अधिमासनिर्णयाध्याय) ।
धर्मसिन्धुमा मलमासको सम्बन्धमा यस प्रकार लेखिएको छ –
स द्विविधः । अधिमासः क्षयमासश्च । संक्रान्तिरहितोमासोकधिमासः । संक्रान्तिद्वययुक्तो
मासः क्षयमासः । पूर्वाधिमासादुत्तरोकधिमासस्त्रिं¬शत्तम¬मासामारभ्यष्टसु नवसु वा मासेष्वन्यतमो भवति । क्षयमासस्तु एकचत्वा¬रिंशदधिकशतसंख्यैर्वर्षैर्वा भवति नत्वधिमासवदल्पकालेन । क्षयमासः कार्तिकमार्ग¬शीर्षपौषेष्वन्यतमो भवति नेतरः । यस्मिनवर्षे क्षयमासस्तस्मिन्वर्षेकधिमासद्वयम्
। क्षयमासात्पूर्वमेकोकधिमासः । क्षयमासादनन्तरमेकोऽधिमास इति ।
भास्कराचार्यको र धर्मसिन्धुकारको मत मिल्दोजुल्दो देखिन्छ ।
भास्कराचार्यको कथन अनुसार अधिमास र क्षयमासको लक्षण –
असंक्रान्तिमासोऽधिमासः स्फुटं स्याद्
।
द्विसंक्रान्तिमासः क्षयाख्यः
कदाचित् ।
क्षयकार्तिकादित्रये नान्यतः
स्यात् ।
तदा वर्षमध्येऽधिमासद्वयञ्च ।।
(सि.शि., अधिमासनिर्णयाध्यायः) ।
संक्रान्ति नभएको महिना जुनसुकै महिनामा पनि हुनसक्ने भएकाले अधिमास सबै महिनामा
पर्न सक्दछ । द्विसंक्रान्तियुक्त महिना केवल कार्तिकादि तीन महिनामा मात्र हुनसक्ने
कुरालाई भास्कराचार्यले यसरी सिद्ध गरेका छन् –
एक चान्द्रमासको पूर्ति २९ दिन ३१ घडी ५० पलामा र एक सौरमासको पूर्ति ३०।२६।१७
दिनादिमा हुन्छ । जब सूर्यको गति ६१ कला बराबर हुन्छ तब २९ दिन ३० घडीमा सूर्यले १
राशिको भ्रमण गर्दछ र चान्द्रमासभन्दा सौरमास सानो हुन्छ । यस प्रकार सबै भन्दा सानो
सौरमास २९।२०।४० दिनको हुन्छ । ६१ कला बराबरको सूर्यको गति वृश्चिकादि ३ राशिमा सूर्य
भ्रमण गर्दा हुने गर्दछ । यस प्रकारको न्यून दिनादिमा पूर्ण हुने सौरमासभन्दा चान्द्रमासका
दिनादि अधिक हुने हुँदा एउटा चान्द्रमासमा दुइओटा सूर्य संक्रान्ति पर्न सक्छन् । त्यसैले
“क्षयकार्तिकादित्रये” भनेर उल्लेख गरिएको हो । (सि.शि., अधिमासनिर्णयाध्याय) ।
चान्द्रमास चैत्रादि र सौरमास मेषदिबाट गणना गरिने हुँदा कार्तिकादित्रयमास वृश्चिकादित्रयमा
पर्ने भएकाले वृश्चिकादि तीन राशिमा सूर्य रहँदा मात्र क्षयमास पर्ने कुरा सिद्ध हुन्छ
।
भास्करोक्त क्षयमास संभवकाल खण्डनः–
कमलाकर भट्टले भास्कराचार्योक्त क्षयमास संभवकालको खण्डन गरेका छन् । भास्कराचार्यले
ग्रन्थ रचना गर्ने समयमा स्थूल सूर्यको मन्दोच्च २।१८० देखेर सूर्य ८।१८० मा नीच हुने
र नीचगत रविको स्पष्ट गति अधिक हुन्छ । सूर्यको अधिक गति हुँदा थोरै दिनमा राशि भोग गर्दछ । त्यसैले भास्कराचार्यले कार्तिक आदि तीन
महिनामा मात्र क्षयमासको संभावनाको उल्लेख गरेका हुन् । यस्तो अवस्था तात्कालिक मात्र
हुन सक्दछ, सर्वकालिक हुन सक्दैन । किनकि मन्दोच्च बिन्दु जसलाई आकर्षण
बिन्दु भनिन्छ त्यो स्थिर छैन । मन्दोच्च चलित भएपछि मन्दोच्चदेखि ६ राशिको दूरीमा
रहने नीच बिन्दु पनि चलित हुन्छ । जब मन्दोच्च २।१८० बाट २।१९०..... ३।१९०....४।१९०.....११।१९०
इत्यादि हुनेछ । तब उच्चाकर्षण चलनले नीचाकर्षण चलन बिन्दु पनि चलित भएर ८।१९०.....
९।१९०....१०।१९०.....५।१९० इत्यादि हुनेछ । अतः सबै महिनामा कालान्तरमा क्षयमास सम्भव
हुन्छ भने कार्तिकादि ३महिनामा मात्र क्षयमास सम्भव हुन्छ भन्नु युक्तिसङ्गत छैन भनी
भास्कराचार्यको मतलाई कमलाकर भट्टले खण्डन गरेका छन् ।
कमलाकर भट्टको मतः–
असंक्रान्तिमासो हि चान्द्रोऽधिमासो
द्विसंक्रान्तिमासः क्षयाख्यस्तदानीम्
।
क्षयाख्यः कदाचित् ततः प्राक्चपश्चा–
दवस्यं हि तत्राधिमासद्वयं स्यात्
। (सि.त.वि., मध्यमाधिकार) ।
भास्करेक्त क्षयमास सम्भवमहिनाको कथनमा साक्षेपकथन :–
स्फुटैर्लक्षणैर्यैरयं तानिसर्वे
ष्वपि स्युर्मधोश्चान्द्रमासपेषु
काले ।
अतोऽयं क्षयः सर्वचान्द्रेस्वपीत्थं
नजानन्ति सद्वासना ज्ञानशून्याः
।।
इदानींतनार्थं न शास्त्रं प्रवृत्तं
न सत् कार्तिकादित्रयोत्थं तदुक्तम्
।
भवेत्कार्यवर्यस्य या दृग्विरुद्धा
।। (पूर्ववत्) ।
कालमाधव, वीरमित्रोदय, धर्मसिन्धु आदि धर्मशास्त्रका प्रामाणिक ग्रन्थहरूमा पनि कार्तिकादि
तीन महिनामा मात्र क्षयमास सम्भव हुने कुरा उल्लेख गरिएको छ । यिनीहरूमा पनि कार्तिकादित्रयको
ठाउँमा सबै महिनामा क्षयमासको सम्भव हुने कुराको उल्लेख गर्नुपर्ने थियो ।
भास्कराचार्यलाई मन्दोच्च गतिको
ज्ञान नभएको होइन । धर्मशास्त्रका प्रणेताहरूलाई पनि मन्दोच्च गतिको ज्ञानै थिएन भन्न
सकिदैन ।
भास्कराचार्य अनुसार मन्दोच्च गति :–
भास्कराचार्यले सिद्धान्तशिरोमणिको
भगणाध्यायमा सूर्यको मन्दोच्च भगण एककल्पमा ४८० भगण हुन्छ भनी लेखेका छन् । यसको आधारमा
भन्दोच्च गतिले सूर्यले एकराशि भ्रमण गर्न ७५०००० वर्ष र १२ राशि भ्रमण गर्न ९०,००,००० वर्ष लाग्दछ ।
सूर्यसिद्धान्तानुसार मन्दोच्च गति :–
“प्राग्गतेः सूर्यमन्दस्य कल्पे
सप्ताष्टवàयः” यो सूर्यसिद्धान्तको वचन अनुसार एक कल्प
(४३२००००००० वर्ष) मा ३८७ भगण मात्र हुन्छ । कमलाकर भट्ट सौरमतानुयायी भएकाले
उनले पनि सूर्यको मन्दोच्च भगण एक कल्पमा ३८७ लाई नै स्वीकार गरेका छन् । यसलाई आधार
मान्दा एक राशि (३००) भ्रमण गर्न ९३०२३२.५५८१ वर्ष र १२ राशि (३६००) भ्रमण गर्न १११६२७९०.७
वर्ष लाग्दछ । यसरी लाखौं वर्षपछि मात्र कार्तिकादि ३ महिना बाहेक अन्य महिनामा पनि
क्षयमास पर्न सक्ने र सयौं वर्षमा पनि मन्दोच्च समान देखिने भएकाले तात्कालिक मन्दोच्चलाई
आधार मानी भास्काराचार्यले र धर्मशास्त्रका प्रणेताहरूले पनि क्षयमास कार्तिकादि तीन
महिनामा सम्भव हुने कुरा लेखेको हुनु पर्दछ ।
अधिकमासको उदाहरण :–
जस्तै वि.सं.२०६७ बैशाख कृष्ण
अमावस्याका दिन मेषसंक्रान्ति परेको थियो, त्यसपछि बैशाख शुक्ल प्रतिपदादेखि
ज्येष्ठ कृष्ण अमावस्यासम्मको बैशाख महिनामा वृषसंक्रान्ति परेन र ज्येष्ठ शुक्ला द्वितीयाका
दिन मात्र वृषसंक्रान्ति परेको थियो । संक्रान्ति नपरेको बैशाख शुक्ल र ज्येष्ठ कृष्ण
मिलेर बनेको बैशाख महिना अधिक महिना भयो ।
क्षयमासको उदाहरण :–
वि.सं.२०३९ पौष कृष्ण अमावस्याको
घट्यादि समाप्त भएपछि पौष शुक्ल प्रतिपदामा मकरसंक्रान्ति परेको छ । त्यसपछि पुनः माघकृष्ण
अमावस्यामा कुम्भसंक्रान्ति परेको छ । पौष शुक्ल प्रतिपदादेखि माघ कृष्ण अमावस्यासम्म
रहने पौष महिनामा दुईओटा संक्रान्ति परेकाले यो पौषमास (पौष शुक्ल र माघ कृष्ण) क्षयमास
भएकाले पञ्चाङ्कमा लेखिएको छैन । क्षय भएको पौष शुक्ल र शुद्ध माघ शुक्ल पक्षलाई उभयात्मक
माघ शुक्ल पक्ष तथा क्षय भएको माघ कृष्ण र शुद्ध फाल्गुन कृष्णलाई उभयात्मक फाल्गुन
कृष्ण भनिन्छ । जस्तै –
एकस्मिन् मासे संक्रान्तिद्वये जाते सति मासयुगलं जातम् । (सिद्धान्त शिरोमणि)
द्विसंक्रान्ति युक्तस्य क्षयस्य मासद्वयेन परिगणनात् । (स्मृतिमुक्ताफल, श्राद्धकाण्ड)
क्षयमासो माससंज्ञा प्रयोजक संक्रान्तिद्वययुक्तत्वात् मासद्वयात्मकः । (जयसिंह
कल्पद्रुम)
यत्रमासि रविसंक्रमद्वयं तत्र मासयुगलं क्षयाàयम् । (रत्नावली)
मासद्वयोदितं कर्म तत्कुर्यादिति निर्णयः । एकस्मिन् मासि मासौ द्वौ
यदि स्यातां तयोद्र्वयोः । तावेव पक्षौ ता एव तिथयस्त्रिंशदेव हि ।। (मदनरत्नोद्धृत
स्मृत्यन्तर वचन)
एक एव यदा मासः संक्रान्तिद्वयसंयुतः । मासद्वयगतं श्राद्धं मलमासेड्डपि शस्यते
।। (सत्यव्रत)
क्षयमासभन्दा पूर्व र पश्चात्का अधिमासको उदाहरण :–
जहिले क्षयमास पर्दछ त्यो भन्दा
पहिलाका तीन महिना भित्र एउटा अधिमास र पछिका तीन महिना भित्रमा अर्को अधिमास पर्दछ
। जस्तै –
२०३९ सालको पौष महिनामा परेको
क्षयमासभन्दा तीन महिना पहिल्यै आश्विन कृष्ण अमावस्यामा कन्या संक्रान्ति थियो र आश्विन
शुक्ल र कार्तिक कृष्ण (आश्विनमास) मा तुलासंक्रान्ति नपरी कार्तिक शुक्ल प्रतिपदामा
परेकाले आश्विनमास असंक्रान्ति भएकाले अधिक भएको थियो । क्षयमास पछि पुनः तीन महिना
भित्रै फाल्गुन कृष्ण अमावस्यामा कुम्भसंक्रान्ति परेपछि फाल्गुन शुक्ल र चैत्रकृष्ण
(फाल्गुनमास) मा संक्रान्ति नपरेको र चैत्र शुक्ल प्रतिपदामा मीन संक्रान्ति परेकाले
फाल्गुन अधिकमास भएको थियो ।
मलमासका भेद :–
क्षयमासभन्दा पहिला आउने अधिकमासलाई
संसर्पमास, क्षयमासलाई शून्यमास र अहंस्पति तथा क्षयमासोत्तर अधिकमासलाई
मलिम्लुचमास भन्दछन् । तैतिरीय संहिता– (१।४।१८) मा अधिकमासलाई संसर्पमास, बाजनेयसंहिता– (७।३०) मा अहंस्पति र (२२।३०मा) मलिम्लुच भनिएको छ ।
कश्यपऋषिले अधिकमासलाई संसर्प र क्षयमासलाई अहर्पति (अहंस्पति) नाम दिएका छन् । जस्तै
(
यस्मिन्मासेड्डर्कसंक्रान्तिर्दर्शनात्प्राक्पुरःसरम् ।
दर्शमुल्लंध्य भवति स संसर्पोड्डधिमासकः ।। (मुहूर्त चिन्तामणि, संक्रान्ति प्रकरण पीयूषधारा टीका)
आगामीन्दुक्षयस्यान्तात्प्राङ्न्यूनाख्यस्;वहर्पति ।।
मुहूर्त चिन्तामणिको पीयूषधारा टीकाकार गोविन्दले क्षयमास पूर्ववर्;ाीलाई अहंस्पति भनेका छन् । (महूर्त चिन्तामणि, शुभाशुभ प्रकरण)
अधिकांशले क्षयमास पूर्ववर्ती अधिकमासलाई संसर्पमास भनेका छन् । यसका दुईओटा भेदछन्
।
१. अव्यवहितपूर्व र २. व्यवहितपूर्व ।
यदि संसर्पमासको लग;ौ क्षयमास प¥यो भने अर्थात् अधिकमास र क्षयमास
संलग्न भएमा यो संसर्पमासलाई अव्यवहितपूर्व भन्दछन् । यदि यी दुईओटाको बीचमा अरुमास
परे भने त्यो संसर्पमहिनालाई व्यवहितपूर्व संसर्पमास भन्दछन् ।
क्षयमासपूर्ववर्ती संसर्पमासमा अधिकमास सम्बन्धी कृत्य अपूपदान, पुरुषोत्तम व्रतादि निषेध गरिएको छ । पुरुषोत्तममास सम्बन्धी धर्मकृत्य क्षयमासोत्तर
अधिमासमा गर्नु पर्दछ । जस्तै –
एकास्मिन्नपि वर्षे चेद् द्वौ मासावधिमासकौ ।
पूर्वोमासः प्रशस्तः स्यादपरस्त्वधिमासकः ।। (सि.शि.,
मरीचि टीका)
क्षयमास पूर्ववर्ती संसर्पमासलाई शुभ र उत्तरवर्तीलाई अधिमास भनिएकाले अधिमास सम्बन्धी
कार्य उत्तरवर्ती अधिमासमा गर्नु उपयुक्त मानिएको छ ।
मलमास गर्न सकिने कर्महरू :–
अरु समयमा गर्न सम्भव नहुने कर्महरूलाई
अनन्य गति कर्म भनिन्छ । त्यस्ता नित्य–नैमित्तिक, काम्यकर्म, जातकर्मादि अन्नप्राशनान्त कर्म, गर्भाधान, ज्वर आदि रोगको शान्ति, गयाश्राद्ध, अलभ्य योगमा गरिने श्राद्ध र
व्रत, निन्य–नैमित्तिकप्रायश्चित्त, नित्यश्राद्ध, ऊनमासिक आदि श्राद्ध, दशंश्राद्ध, चन्द्रसूर्यग्रहणको स्नान दान र जप यो मलमासभन्दा पूर्व प्रारम्भ
गरिएका समाप्त नभएका कर्म, पूजा लोप हुने, अवस्थामा मूर्तिको प्राण प्रतिष्ठा
आदि अनन्य–गति कर्महरू मलमासमा पनि गर्न योग्य हुन्छन् । जस्तै –
मासप्रयुक्तकार्येषु मूढत्वं गुरुशुुक्रयोः ।
नदोषकृन्मलोमासो गुर्वादित्यंदिकं तथा ।। (बृहस्पति)
चन्द्रसूर्यग्रहे स्नानं श्राद्धदानजपादिकम् ।
कार्याणि मलमासेड्डपि नित्यं नैमित्तिकं तथा ।। (यम)
सीमान्तजातकादीनि प्राशनान्तानि यानि वै ।
न दोषो मलमासस्य मौढ्यस्य गुरुशुक्रयोः ।। (मुहूर्त चि., पी.टी.शुभाशुभ प्रकरण)
मलमासमा गर्न नहुने कर्महरू :–
जलाशय, बगैचा र गृहनिर्माण, प्रतिष्ठा, गृहप्रवेश, एकादशी आदि व्रतहरूको आरम्भ र उद्यापन, वधूप्रवेश, षोडशमहादान, सोमयाग, अष्टकाश्राद्ध, गोदान, केशान्तकर्म, नवान्नप्राशन, उपनयन पछि प्रथम पटक गरिने श्रावणी
कर्म, वेदव्रत, काम्यवृषोत्सर्ग, समयमा न भएका बालकका जातकर्मादि
संस्कार, देवस्थापन, मन्त्रग्रहण, मुण्डन, उपनयन, विवाह, सर्वप्रथम कुनै देवता या तीर्थको दर्शन, सन्यास ग्रहण, अग्न्याधान, राजदर्शन, राज्याभिषेक, चतुर्मासयाग, समावर्तन, कर्णवेध र तप्तमाषादिरूपा दीव्यपरीक्षा यी सबै कर्महरू मलमासमा र बृहस्पति तथा
शुक्र बाल, बृद्ध र अस्त भएको समयमा त्याज्य छन् । (मु.चि.शुभाशुभ प्रकरण)
क्षयमास सम्बन्धित जन्म र मृत्युतिथिको निर्णयः–
जसको जन्म वा मरण क्षयमासमा हुन्छ
तिनीहरूको वर्धापन (जन्मोत्सव), तिथ्युत्सव, मृत्युतिथि र श्राद्धतिथिको तिथि
ग्रहण गर्नुपर्दा क्षयमासको तिथिको पूर्वाद्र्धमा जन्म वा मृत्यु भएमा पहिलो महिनामा
र उत्तराद्र्धमा भए क्षयमासोत्तरवर्ती चान्द्रमास ग्रहण गर्नु पर्दछ । जस्तै –
तिथ्यर्धे प्रथमे पूर्वो द्वितीयेड्डर्धे तदुत्तरः ।
मासाविति बुधैश्चिन्त्यौ क्षयमासस्य मध्यगौ ।। (सि.शि., मरीचि टीका)
उदाहरण – वि.सं.२०३९ सालमा पौष शुक्ल र माघकृष्णले बन्ने पौषमास क्षय
भएको थियो । त्यसैले पौष शुक्ल र माघकृष्ण पञ्चाङ्कमा लेखिएको छैन । पौष कृष्ण पछि
एकैचोटि माघशुक्ल लेखिएको छ । यो माघशुक्ललाई पौषशुक्ल र माघशुक्ल उभयात्मक पक्ष भनिन्छ
। यस पक्षको प्रत्येक तिथिको पूर्वाद्र्धमा जन्मेका वा मृत्यु भएका व्यक्तिहरूको तिथि
ग्रहण गर्दा पौषशुक्ल पक्षका त्यही तिथि र उत्तरार्धमा भए माघशुक्लपक्षका तिथि ग्रहण
गर्नुपर्दछ । यस्तै प्रकारले उक्त क्षयमासको दोस्रो पक्ष अर्थात् माघ माघफाल्गुनोभय
कृष्ण पक्षको कुनै तिथिको पूवाद्र्धमा जन्म वा मृत्यु भएमा माघ कृष्ण पक्ष तथा उत्तराद्र्धमा
भए फाल्गुन कृष्ण पक्षको सोही तिथि हुनेछ ।
मलमासमा पर्ने श्राद्ध–निर्णयः–
जो चैत्र आदि मलमासमा मेरका छन्
र कदाचित् त्यही चैत्र आदि मलमास प¥यो भने तिनीहरूको वार्षिक श्राद्ध मलमासमा नै गर्नु
पर्दछ । शुद्धमासमा मरेकाको वार्षिक श्राद्ध मलमासमा नगर्नु, किन्तु शुद्धमासमा नै गर्नु पर्दछ । शुद्धमासमा मरेकाको प्रथम वार्षिक श्राद्ध
मलमास पर्न गयो भने मलमासमा नै गर्नु शुद्ध मासमा गर्नु हुँदैन । द्वितीय आदि वार्षिक
श्राद्ध भने शुद्धमासमा नै गर्नु पर्दछ । एकादशाह पर्यन्त कर्म र सपिण्डीकरण त मलमासमा
पनि गर्नु पर्दछ । द्वितीय मासिक आदि श्राद्ध त मलमास र शुद्धमास दुवै वा आवृत्तिले
गर्नु पर्दछ । द्वादशमासिक अधिमासमा प¥यो भने मलमास र शुद्धमासमा दोहो¥याएर गर्नु पर्दछ । त्यस पछि उनाद्वकालमा उनाद्विक गरी अर्को महिनामा प्रथम वार्षिक
गर्नु पर्दछ । जुन वर्षमा क्षयमासको साथसाथै
पछाडि अधिकमास प¥यो भने जस्तै – कार्तिक अधिमास त्यस पछिको मास
क्षयमास प¥यो भने कार्तिक महिनाको प्रति वार्षिक श्राद्धको पहिला अधिमासमा र पछिको क्षयमासमा
गर्नु पर्दछ । क्षयमास अव्यवहित पूर्वमास अधिक मास परेमा जस्तै क्षयमास अव्यवहित आश्विन
अधिमास भएमा आश्विन मासको श्राद्ध अधिक र शुद्ध दुबैमा गर्नु पर्दछ । व्यवहित क्षयमासको
वार्षिक श्राद्ध भने क्षयमासमा नै गर्नु । (धर्मसिन्धु) ।
गतागत क्षयमासका सम्भव वर्षहरू : –
भास्कराचार्यको जन्म शकसम्वत्
१०३६ मा भएको थियो । उनले ३६ वर्षको उमेरमा सिद्धान्त शिरोमणि ग्रन्थको रचना गरेका
थिए । उनले रचना गरेको सिद्धान्त शिरोमणिको अधिमासादिनिर्णयाध्यायमा लेखे अनुसार शकसम्वत्
९७४ मा क्षयमास परेको थियो र त्यसपछि १११५, १२५६ र १३७८ शकसम्वत्मा क्षयमास
पर्नेछ भनी उल्लेख गरेका छन् । त्यो क्रमलाई हेर्दा ९७४ पछि पहिलो र दोस्रो पटक (९७४
+ १४१ = १११५, १११५ + १४१ = १२५६) १४१ वर्षमा पर्ने र तेस्रो पटक (१२५६ + १२२
= १३७८) १२२ वर्षमा पर्ने देखिन्छ । तर उनले १२२ वर्षमा पर्ने देखाए पनि १२२ वर्ष पछि
पर्ने कुराको उल्लेख गरेका छैनन् । प्रायः १४१ वर्षमा र कहिले काँही १९ वर्षमा पर्ने
मात्र लेखेका छन् । यहाँ १२२ वर्षमा पनि पर्छ भनेर लेख्नु पर्ने थियो ।
सिद्धान्त शिरोमणिका मरीचि भाष्यकार
मुनीश्वरले अधिमासादिनिर्णयाध्यायको आफ्नो भाष्यमा शक् १६०३ र १७४४ मा क्षयमास अवश्य
पर्नेछ भनेर लेखेका छन् । त्यो समयमा क्षयमा परे नपरेको उल्लेख भेटिदैन । १६०३ पछि
१७४४ मा परेको भए १४१ वर्ष पछि क्षयमास परेको देखिन्छ । त्यसपछि १४१ वर्षको क्रमले
शक १८८५– (वि.सं.२०२०) मा पर्ने र त्यसको १९ वर्ष पछि शक् १९०४–
(वि.सं.२०३९) मा पर्ने
देखिन्छ । शक १८८५– (वि.सं.२०२०) मा मार्गशुक्ल र पौष कृष्णले बनेको मार्गमास
क्षय भएको थियो । त्यसपछि १९ वर्षमा शक १९०४– (वि.सं.२०३९) मा पौष शुक्ल र मार्गकृष्णले बनेको पौषमास क्षय भएको थियो । यसरी शक १६०३ पछि १९०४सम्मका क्षयमासको क्रम भास्करोक्तक्रमले
यथार्थ भएको देखिन्छ । शक १६०३ भन्दा पूर्व शक १३७८ सम्मको क्षयमासको उल्लेख स्पष्ट
रूपमा भेटिदैन र भास्करोक्त क्रम पनि मिल्दैन । भास्करोक्त क्रमलाई आधार मान्दा उनले
१९ वर्षमा कहिले काँही मात्र पर्ने र त्यसपछि १२२ या १४१ वर्षमा पर्ने देखिन्छ । यसरी
आगामी क्षयमास शकसम्वत् २०२६ वा २०४५ मा पर्न सक्दछ । ...
सन्दर्भग्रन्थ सूची
१. आचार्य, भास्कार, सिद्धान्त–शिरोमणि, वाराणसीः सम्पूर्णानन्दसंस्कृतविश्वविद्यालय, ई.१९८१ ।
२. शास्त्री, कपिलेश्वर (सम्पादक), सूर्य–सिद्धान्त, वाराणसीः चौखम्बा संस्कृत संस्थान,
वि.सं.२०४४ ।
३. उपाध्याय, काशीनाथ, धर्म–सिन्धु, खेमराज श्रीकृष्णदास, “श्री वेङ्कटेश्वर” स्टीमप्रेस, बम्बई ४, सं.२०४१ ।
४. भट्ट, कमलाकर, सिद्धान्त–त;वविवेक (भाग १), सम्पूर्णानन्दसंस्कृतविश्वविद्यालय, ई.१९८१ ।
५. जोशी, केदारदत्त (सम्पादक), सिद्धान्त–शिरोमणि, वाराणसीः काशीहिन्दूविश्वविद्यालय,
वि.सं.२०१८ ।
६. जोशी, केदारदत्त (सम्पादक), मुहूर्त–चिन्तामणि, (पीयूषधारा टीका) वाराणसीः मोतिलाल बनारसीदास (द्वितीय संस्करण), ई. १९८८ ।
७. गुप्त, जगजीवनदास, ज्योतिस–रहस्य (द्वि.ख.), वाराणसीः मोतिलाल बनारसीदास, ई.१९९६ ।
८८८
प्रतिक्रिया व्यक्त गर्नुहोस्